Saturday, January 10, 2009

"साभार् कास" अमेरिकी अदालतमा नेपाली हत्याको मुद्दा

दिनेश रेग्मी


काठमाडौं, अमेरिकाको एक अदालतमा चार वर्षअघि इराकमा मारिएका १२ नेपालीलाई तस्करी गरी काममा लगाएको आरोपमा मुद्दा चलेको छ । यो मुद्दाको सुनुवाइ पुस २८ -जनवरी १२) मा हुँदै छ । नेपाली युवालाई 'मानव तस्करी' गरी इराकमा पुर्‍याएको आरोप अमेरिकको सैन्य सामग्री ठेकेदार कम्पनी 'किलोग ब्रन एन्ड रुट -केबीआर)' लाई लागेको छ ।
मुद्दा अमेरिकाको लस एन्जलसस्थित जिल्ला अदालतमा चलेको छ । नेपालीप्रति सहानुभूति राख्ने अमेरिकी वकिल म्याट हेडली कार्यरत वासिङ्गटनडीसीस्थित ल र्फम कोहेन मिल्सटेइनले 'मानव तस्करी अन्तर्राष्ट्रिय र अमेरिकी कानुनको उल्लंघन' भएको भन्दै यो मुद्दा भदौ ११ -अगस्ट २७) मा दायर गरेको थियो ।

मुद्दामा नेपालीको तर्फबाट चार वकिल ल्ाागेका छन्, ती सबै अमेरिकी हुन् । उनीहरू मुद्दा जित्नेमा आशावादी छन् । 'ती युवालाई अमेरिकी र जोर्डनी होटलमा राम्रो होटलमा काम लगाउने भनेर सैनिक कम्पनीमा काम गर्न लगाइएको छ,' नेपाल आएका हेडलीले सञ्चारकर्मीसँग भने- 'घटनाको साक्षीको रूपमा एकजना जीवित नेपाली पनि छन् ।'

घटनाको साक्षी बुद्धिप्रसाद गुरुङ अर्को गाडीमा भएको कारण इराकमा अपहरण हुनबाट जोगिएका थिए । गुरुङलाई पनि मावन तस्करी गरी त्यहाँ पुर्‍याइएको भनेर ल र्फम कोहेन उनको पक्षमा पनि लडेको छ । हेडलीमा अनुसार मानव अधिकार रक्षाका लागि नेपालीको तर्फबाट अमेरिकी अदालतमा परेको पहिलो मुद्दा हो । यसको लागि काठमाडौंबाट 'नेपाल इन्टिच्युट अफ डेभलपमेन्ट स्टडिज -निड्स) ले सहयोग गरेको छ ।

इराकमा आतंकवादी समूहको अपहरणमा परी ०६१ भदौ १५ गते मारिएका १२ मध्ये १० परिवारलाई अमेरिकी ल र्फम मिल्सटन र निड्सको सहयोगमा मुद्दा लडेर क्षतिपूर्तिसमेत दिलाएका छन् । दुई परिवारको सदस्य नभेटिएकाले उनीहरू १० परिवारको तर्फबाट मुद्दा लडेका थिए ।

क्षतिपूर्ति अमेरिकी कम्पनी केबीआरको सहायक ठेकेदार जोर्डनी कम्पनी 'डाउड एन्ड पाट्नर' ले तिरिसकेको छ । त्यहाँ मारिएका नेपाली युवाले डाउड एन्ड पाट्नरको सहयोगमा काम गरेका थिए ।

उनीहरूले अमेरिकाको श्रम विकाससम्बन्धी प्रशासनिक श्रम अदालतको मार्च २५ र अपि्रल १६ को निर्णयअनुसार मे २२ मा क्षतिपूर्ति दिइएको थियो । अदालतको निर्णयअनुसार प्रत्येक मृतकका परिवारले प्रतिमहिना २ सय ३३ अमेरिकी डलर र छोराछोरी हुनेले थप ७५ डलर पाएका छन् । 'पहिला मुद्दा सानो माछालाई हालिएको थियो र जितियो' निड्सका अध्यक्ष्ा गणेश गुरुङले भने- 'अहिले ठूलो माछालाई हालिएको छ, हेरौं के हुन्छ ।' वकिल हेडलीका अनुसार केबीआर कम्पनीले मानव बेचबिखन नगरेको भन्दै मंसिर ७ मा मुद्दा खारेज गर्न निवेदन दिएको थियो ।

केबीआरले मुद्दाको सुनुवाइ लसएन्जलबाट टेक्ससमा सार्नसमेत आग्रह गरेको छ । टेक्ससमा केबीआरको मुख्यालय भएको र त्यहाँको कानुन अलि खुकुलो भएकोले जोड दिएको हुन सक्ने वकिल हेडलीको भनाइ छ । केबीआर इराक युद्धका बेला सैन्य आपूर्ति गर्ने अमेरिकाको एउटा ठूलो कम्पनी मानिन्छ ।

यो कम्पनीको मुख्य कार्यकारीमा अमेरिकी उपराष्ट्रपति डिक चेनीले समेत प्रमुख कार्यकारी भएर काम गरेका थिए । चेनी पहिला कार्यरत भए पनि मुद्दामा कुनै फरक नपर्ने हेडलीको भनाइ छ ।

'अहिले मुद्दा प्रारम्भिक अवस्थामा छ, अगाडि बढ्न पनि सक्छ, बन्द हुन पनि सक्छ,' एक दशकअघि नेपालमा २ वर्ष बिताएका हेडलीले भने- 'अदालतले यो मुद्दालाई मानव तस्करी हो भन्ने ठहर्‍यायो भने अघि बढ्छ, नत्र बन्द हुन्छ ।' हेडलीले १९९७ देखि २ वर्षसम्म सुदूरपश्चिमको कञ्चनपुरमा अमेरिकी संस्था 'पिस कोर' को स्वयंसेवक भएर काम गरेका थिए ।

मुद्दामा नेपालीको तर्फबाट हेडलीसहित अमेरिकी वकिलहरू एजनिज्का प|mाइनम्यान, मोली म्याककोवेन र टारेक मासरनी लागेका छन् । इराकमा १२ नेपाली मारिएपछि सरकारले त्यहाँ काम गर्न नेपालीलाई प्रतिबन्ध लगाए पनि जाने क्रम रोकिएको छैन । अहिले १५ सय महिलासहित करिब ५० हजार नेपाली इराकमा कार्यरत रहेको अनुमान छ ।

No comments:

Post a Comment

प्रिय पाठक मित्रहरु तपाईंहरुले मेरो ब्लगलाई ब्राउज गरिदिनुभएकोमा धन्यवाद ! र लेख रचनाहरु को अध्यायन पछी कृपया कमेन्टपनी लेखी दिनुहोला तपाईंहरुको सल्लाह र सुझपनै मेरो सफलताको प्रतिक हुने छ । तर प्रतिकृया लेख्दा शिर्सक सँग सम्बन्धित प्रतिकृया लेख्नु होला । कृपया जताभाबी अपच शब्दको प्रयोग नगरिदिनुहोला । धन्यवाद ! धन्यवाद !! धन्यवाद !!!