मखमलि अनि सयपत्रिको माला उनेर के गर्र्छौ ?
नहुँदा माइति भाइटिकामा ढोका थुनेर के गर्र्छौ ?
लाइदिनु वल्लो पल्लो घरको दाजुभाईलाई
सबै भन्दा ठुलो माला मरै नाममा चुनेर के गर्र्छौ ?
दिन'लाई पनि खाल-खालको तरकारी सेलरोटी र
भर्लाको पातको टपरी बुनेर के गर्र्छौ ?
साथी संगीहरु, रातैभरि देउसी, भैलो खेल्दा
एक्ले तिमी मनमा कुरा बुनेर के गर्र्छौ ?
पाए पछि चिठ्ठि सुनेपछि हालखबर मेरो
परदेशमा माइतिको दुःख सुनेर के गर्र्छौ ?
सौजन्य दोहा//रासा
केबी किराँत
टाँडी-६, मोरङ्ग
Email-purbelisathi@hotmail.com
Tuesday, October 28, 2008
Monday, October 27, 2008
चेलिलाई चिठ्ठि!!
लेखिरा'छु चिठ्ठ तिमलाई
पर'देशको भुमि बाट ।
दशै आई बिदा भयाे
तिहार पनि भित्री सक्यो
गाउँ घरमा हिजो आज ।
गए साल भने तिमलाई,
यो साल त आउ'छु भनि ।
गन्दै होलीउ दिनहरु
माइति कहिले आउने भनि-।
माफि गर चेली मलाई,
अन्जान एउटा माइति सम्झी ।
नगरेको कहाँ हो र -,
कसुर मैले आउने भनि ।
हुदैन रैेछ परदेशमा,
सोचे जति सबै पनि ।
नबसहै अव तिमी
दिनहरु गनी, गनी ।
फुलेका होलान धकमक्क,
सयपत्रि मखमलि
आगनि र कान्लाहरुमा ।
भए होलान झिलिमिली,
हिजो आज गाउँ घरमा ।
फर्के होलान प्रदेशबाट,
पल्ला घरे दाईभाई पनि ।
सप्तरङ्ग िटिका निधारमा,
सयपत्रि मखमली गलामार्
अर्पण गर्न भनि, चेलिको हातमा ।
झनै चित दुख्यो होला
माइति साथ नहुँदा खेरि ।
नरौं है चेलि बिन्ति छ मेरो
फर्कि आउछु अर्को साल,
तिमलाई सम्झी कसैगरी!
डि. वि. लिवाङ्ग
दोहा कतार
पर'देशको भुमि बाट ।
दशै आई बिदा भयाे
तिहार पनि भित्री सक्यो
गाउँ घरमा हिजो आज ।
गए साल भने तिमलाई,
यो साल त आउ'छु भनि ।
गन्दै होलीउ दिनहरु
माइति कहिले आउने भनि-।
माफि गर चेली मलाई,
अन्जान एउटा माइति सम्झी ।
नगरेको कहाँ हो र -,
कसुर मैले आउने भनि ।
हुदैन रैेछ परदेशमा,
सोचे जति सबै पनि ।
नबसहै अव तिमी
दिनहरु गनी, गनी ।
फुलेका होलान धकमक्क,
सयपत्रि मखमलि
आगनि र कान्लाहरुमा ।
भए होलान झिलिमिली,
हिजो आज गाउँ घरमा ।
फर्के होलान प्रदेशबाट,
पल्ला घरे दाईभाई पनि ।
सप्तरङ्ग िटिका निधारमा,
सयपत्रि मखमली गलामार्
अर्पण गर्न भनि, चेलिको हातमा ।
झनै चित दुख्यो होला
माइति साथ नहुँदा खेरि ।
नरौं है चेलि बिन्ति छ मेरो
फर्कि आउछु अर्को साल,
तिमलाई सम्झी कसैगरी!
डि. वि. लिवाङ्ग
दोहा कतार
Friday, October 24, 2008
इन्टरनेट प्रयोगाकर्ताहरू होसियार .......!!!!!!!!!!!
हिजोआज इन्टरनेट विश्वाका सबै मनिषाको उठबस गर्ने साथीको रुपमा हुँदै अाइरहेको छ । यो इन्टरनेट अरु संचारको माध्यम भन्दा अलिक फरक भएकोले पनि होला मनिषहरु इन्टर्नेटलाई बडी प्राथमिकता दिने गर्दछन। र साच्चैनै यो इन्टरनेट फाईदा जनक पनि छ। सरल, सुलव अनी छरित्तो ढंगले यसको प्रयोग गर्न सकिन्छ। अनी विश्वाको जुनासुक्कै ठाउमा रहेर पनि आफुले कुरा गर्न खोजेको ब्यात्ती सँग प्रतक्ष हेराहेर गर्दै च्याटिङ गर्न सकिन्ने । तर हिजो आज इन्टरनेट प्रयोग कर्ताहरुले सजकता अपनाउनु जरुरी छ, जब हामीले नेटको मजा लिनलाई बिभिन्न साइटहरुमा ब्रौजिङ गर्दै भित्र पस्दै जाँदा कुन्नैबेला यस्तो ठाउमा पुगिन्छकी त्यहा बिभिन्न प्रलोभन देखाउदै एटिएम नम्बर र पासओर्ड पनि माग्न थाल्छ यदी त्यस्तो अवस्थामा तपाईंले आफ्नो सेक्रेट कुराहरु सार्वजनिक नगर्नु उत्तम हुने छ । नत्र तपाईंले पछुत्ताउनुपर्ने हुन्छ । कसै यस्ता ब्यत्ती पनी छौ आफ्नो अन्लाईनको साथीहरुलाई पनि पासओर्ड दिने तर यसो गर्नु राम्रो हुन्न । पछील्लो दिनहरुमा आएर यस्ता बिभित समस्याको शिकार बन्ने मानिसको सन्ख्य दिननु दिन बड्दै छ । त्यसैले इन्टरनेट त प्रयोग गराऔ तर होस् पनि पुर्याउ
Sunday, October 12, 2008
कतारमा केहि नेपालीहरूले यसरी दशैं मनाए !
नेपाल बिबिध भाषा, लिपी, सस्कृती अनी परम्पराको धनी देश हो । नेपालीहरुको एउटा महान पर्बको
रुपमा दशै र तिहारलाई मानिन्छ, र यो दशै र तिहारलाइ प्राय नेपालीहरुले प्रथम प्राथमिकता दिने चलन छ । यसरीनै २०६५ सालको बिजय दशमीको भोलिपल्ट शुक्रबारको दिन म पनि दशैको बिदाको रमाइलो गर्न भनी दोहाको पार्कतिर निस्केको थिए । जहाँ मैले यस्तो दृष्य देखे जुन दृस्यलाई चुक्कौनै सकिन । जहाँ नेपालीहरु आ-आफ्नै तरिकाले रमाइरहेका थिए। मिठा-मिठा पारीकार बनाइ त्यहा एक अर्कामा बाडिचुडी गरी खाने कार्यक्रम भई रहेको थियो । त्यो क्षणले म कतारमा नभै नेपालमानै रमाउदै छु जस्तो भान भयो । साच्चैनै रमाइलो थियो त्यहा। त्यो रमाइलो दृस्यको केही अंश मैले मेरो मनको चौतारी मा पस्किएको छु ।
Subscribe to:
Posts (Atom)