Monday, October 27, 2008

चेलिलाई चिठ्ठि!!

लेखिरा'छु चिठ्ठ तिमलाई
पर'देशको भुमि बाट ।
दशै आई बिदा भयाे
तिहार पनि भित्री सक्यो
गाउँ घरमा हिजो आज ।

गए साल भने तिमलाई,
यो साल त आउ'छु भनि ।
गन्दै होलीउ दिनहरु
माइति कहिले आउने भनि-।

माफि गर चेली मलाई,
अन्जान एउटा माइति सम्झी ।
नगरेको कहाँ हो र -,
कसुर मैले आउने भनि ।

हुदैन रैेछ परदेशमा,
सोचे जति सबै पनि ।
नबसहै अव तिमी
दिनहरु गनी, गनी ।

फुलेका होलान धकमक्क,
सयपत्रि मखमलि
आगनि र कान्लाहरुमा ।
भए होलान झिलिमिली,
हिजो आज गाउँ घरमा ।

फर्के होलान प्रदेशबाट,
पल्ला घरे दाईभाई पनि ।
सप्तरङ्ग िटिका निधारमा,
सयपत्रि मखमली गलामार्
अर्पण गर्न भनि, चेलिको हातमा ।

झनै चित दुख्यो होला
माइति साथ नहुँदा खेरि ।
नरौं है चेलि बिन्ति छ मेरो
फर्कि आउछु अर्को साल,
तिमलाई सम्झी कसैगरी!

डि. वि. लिवाङ्ग
दोहा कतार

No comments:

Post a Comment

प्रिय पाठक मित्रहरु तपाईंहरुले मेरो ब्लगलाई ब्राउज गरिदिनुभएकोमा धन्यवाद ! र लेख रचनाहरु को अध्यायन पछी कृपया कमेन्टपनी लेखी दिनुहोला तपाईंहरुको सल्लाह र सुझपनै मेरो सफलताको प्रतिक हुने छ । तर प्रतिकृया लेख्दा शिर्सक सँग सम्बन्धित प्रतिकृया लेख्नु होला । कृपया जताभाबी अपच शब्दको प्रयोग नगरिदिनुहोला । धन्यवाद ! धन्यवाद !! धन्यवाद !!!