Thursday, December 13, 2007

एड्सको औषधि फेला...??...???

दोहारासा // काठमाण्डौ चाविल निवासी जनकराज वाग्लेले एचईभी एड्स रोगको औषधि पत्तालगाएको दाबी गरेका छन् । जडिबुटिबाट आफुले विगत पाँच वर्षदेखि बनाएको औषधि प्रयोगबाट केही बिरामीमा प्रगति देखिएको वाग्लेले जनाएका छन् । वाग्लेल्ले आफ्नो औषधिको प्रयोगबाटकेहि बिरामीको तौल महिनामा १२ किलो ग्राम सम्म बढेको तथा रोगी स्वस्थ ब्यत्ति सरह सम्पुर्ण कृयाकलाब गर्न सक्ने बताएका छन् । बम्बाई को थाइरोकेरियर बम्बै इन्डियामा जाँच गर्दा एड्सबाट एच आइ भि चरणमा झरेको उधारण पनि वाग्लेले प्रमाण पेस गरेका छन् । वाग्लेले एच आइ भि एड्सको नाम "दुर्नाम" र आफ्नो औषधिको नाम "भिषक" राखेका छन्। रोगिलाई निशुल्क औषधि वितरण गरिरहेका वाग्लेले औषधि बिहान र बेलुकि एक-एक चम्चा सेवन गरे पुग्ने बाताएका छन् ।
मेरो औषधि कुनै सँगठित सँस्था या सरकारि निकायले तीन महिना बन्द सिबिर गरेर बिस-तिसजना एड्स रोगिहरुमा परिक्षण गरोस, सम्बन्धित निकायले अध्यन अनुसन्धान गरोस म निशुल्क: औषधि दिन्छु वाग्ले भन्छन् ।

Sunday, December 9, 2007

सभामुख सुबास नेम्बाङ्को स्वागत........


शुदुर पश्चिमा अन्चल महत्सब उत्घाटनका लागी पुगेका सभामुख सुबास नेम्बङ् लाई यसरि माला अर्पण गरियो । सायद तपाईले जिवानमा यो माँपहिलो पटक देख्दै हुनुहुन्छ होला होइन....? मालाको ओजनमात्र कति हो थाहा छ तपाईलाई ? नडराउनुहोला..... २१ किलो रे ! हरे...हरे....हाम्रा सभामुखले यतिका भारि बोकेको महसुश त राष्ट्रको पुरै भार बोक्दा पनि भएको थिएन होला हगी ?