लेखनाथ अधिकारी, (काठमाडौं) मुलुकका प्रथम राष्ट्रपति डा. रामवरण यादवले बिहीबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुहुँदा प्रत्यक्ष रूपमै सञ्चारमाध्यमबाट त्यसको प्रसारण हेरिरहेका थुप्रैले भने- ‘हत्तेरिका, के गरेको यस्तो ? कि आफै जान्नू, नभए सिकाउनेले त सिकाउनू।’
प्रसंग थियो, मुलुकका नम्बर १ व्यक्तिको पाना पल्टाउने शैली। राष्ट्रपति महोदय, हातको औंला चाट्दै थुक लगाएर पाना पल्टाउँदै गरिरहनुभएको थियो। एक त यसो गर्दा उहाँलाई विभिन्न कीटाणुको संक्रमणका कारण रोग लाग्न सक्ने स्थिति थियो भने दोस्रो मुलुककै नम्बर १ व्यक्ति जो र्सवसाधारणका लागि अनुकरणयोग्य पनि हुनुपर्ने हो, उहाँबाट के अनुकरण गर्ने त ? पाना पल्टाउँदा औंला चाट्ने- प्रश्न गम्भीर रूपमा उठ्न पुगेको छ।
‘उहाँ त आफै पनि मेडिकल डाक्टर, यस्तो कुरामा त ख्याल गर्नुपर्ने हो किन गर्नुभएन अचम्म लागेको छ’, -डा. रवीन्द्र समीरले नेपाल समाचारपत्रसँग भन्नुभयो- ‘स्वास्थ्यका हिसाबले पनि पेपरमा कीटाणु हुन सक्ने भएकाले उहाँ स्वयम्लाई असर गर्न सक्छ। उहाँले दिएको पेपर अरूले लिँदा पनि कुनै कीटाणु भए र्सन सक्छ, यति कुरामा त उहाँले कम्तीमा ध्यान दिनुपर्ने हो। झन् अहिले त स्वाइनफ्लुको महामारी नै छ, विश्वमा।’
राष्ट्रपतिले थुक लगाएर पाना पल्टाएको दृश्य देशभित्र मात्र होइन, विदेशमा पनि टेलिभिजनका दर्शकहरूले प्रत्यक्ष प्रसारणमार्फ हेरिरहेका थिए। मनोविज्ञानविद् डा. गंगा पाठक राष्ट्रपतिले बिहीबार र्सार्वजनिक समारोहमा देखाउनुभएको आदत बच्चादेखिकै बानी हुन सक्ने बताउनुहुन्छ।
‘तर, देशको संवेदनशील पदमा रहनुभएका व्यक्तिले र्सार्वजनिक समारोहमा यस्तो हर्कत देखाउनु लाजमर्दो कुरा हो। राष्ट्रपतिजस्तो मान्छेले गरेको काम बच्चाले अनुकरण गर्न सक्छन्। उहाँबाट आखिर के सिक्ने त ? उहाँको पहिलादेखि लागेको बानी भए पनि र्सार्वजनिक समारोहमा त्यस्तो आदत नियन्त्रण गर्नुपथ्र्यो। तर उहाँले नियन्त्रण नगरेको देख्दा उहाँको अवचेतनले नै त्यसो गरेजस्तो देखियो’ -डा. पाठकको भनाइ थियो।
ठूलो ओहोदाधारीले विदेशमा पनि यसखाले गतिविधि नगरेका भने होइनन्। बंगलादेशका तत्कालीन राष्ट्रपतिले एकपटक राष्ट्रसंघको महासभामा बोल्ने क्रममा पाना पल्टाउँदा ठूलो आवाज निकालेको र नेक्स्ट पेज भनेकोमा हाँसो उत्पन्न भएको एकपटक हामीले सुनेका थियौं, पूर्वराजदूत तथा पूर्वशिष्टाचार महापाल केशवराज झाले भन्नुभयो- ‘राष्ट्रपतिलाई यस्ता सामान्य कुराको जानकारी राष्ट्रपति कार्यालयका कर्मचारी वा परराष्ट्र मन्त्रालयका कर्मचारीले नै दिनुपर्नेमा त्यसो नगरेर गल्ती भएको छ’ -उहाँले भन्नुभयो।
उतिबेला राजाहरूले यस्ता कार्यक्रममा भाग लिँदा पहिला नै ब्रिफिङ लिन्थे र ‘रिहर्सल’ गर्ने हुँदा यस्तो गल्ती देखिँदैनथ्यो’ -उहाँको भनाइ थियो। डा. समीर भने विदेशमा यसखाले भीभीआईपीले सम्बोधन गर्ने कार्यक्रममा एउटा सानो बट्टामा कपास राखेर पानी वा कुनै रसायन हाल्ने गरिएको र त्यहाँ औंला चोपल्दै पाना पल्टाउने गरिएको बताउनुहुन्छ। नेपालमै पनि बैंकहरूमा पैसा गन्दा त्यस्तो बट्टा प्रयोग गरेको पाइन्छ।
कतिपय प्रसंगमा भने विशिष्ट व्यक्तिले लिखितरूपमा बोल्दा पाना कुनै सहायकले पल्टाइदिने चलन पनि हुन्छ। तर, बिहीबार राष्ट्रपतिले नीति तथा कार्यक्रममाथि सम्बोधन गर्दा पाना पल्टाउने कुरामा कसैको ध्यान जाने त कुरै भएन, पिउने पानीसमेत राखिएको रहेनछ- ‘उहाँ वाचन गरिरहेकै बेला ‘मुख सुक्यो पानी खाऔं न’ भन्न पुग्नुभयो।
त्यसपछि केहीबेरमा बल्ल उहाँका लागि पानी आइपुग्यो। राष्ट्रपतिलाई पहिल्यै पानीसम्मको व्यवस्था नगरिएको प्रसंगमा संसद् सचिवालयका कार्यवाहक महासचिव मनोहरप्रसाद भट्टर्राईसँग नेपाल समाचारपत्रले जिज्ञासा राख्न प्रयत्न गर्दा बिहीबार राति उहाँले फोनमा भन्नुभयो- ‘म भीडमा छु। अहिले राम्रोसँग बुझिनँ है।’ फेरि सर्म्पर्क गर्दा उहाँ सर्म्पर्कमा आउन नै चाहनुभएन। किनकि पहिल्यै विषयवस्तु भनिसकिएको थियो।
Friday, July 10, 2009
Monday, June 29, 2009
सम्झन्दा खेरी हिजोजस्तो लाग्छ तर जबकी आउँला भाच्दा लगभग ९ बर्ष पुरा भई सकेछ, कुरा एस एल सिको हो । भन्ने गर्थे एस एल सि भनेको फलामे द्वारहो यसलाई पारर्गन सके अन्य ढोकाहरु पारगर्न खासै गाह्रो पर्दैन भनेर आफु भन्दा अग्रज अभिभाबकहरु भन्ने गर्थे । एसएलसी को परिक्षा समाप्ती पछी परिक्षाको नतिजाको पर्खाइमा दिनहरु गन्दै बसेको थिए । एकदिन रेडियो नेपालको समाचारमा एस एल सि परिक्षाफल प्रकासित भएको अखबार सुन्न पाए मेरो मुटुले गतिमा धेरै परिवर्तन गर्यो मनमा धेरै खुल्दुली भयो । के गर्ने ? म बसेको ठाउमा संचारको आभब थियो, भनऔ त्यहा टेलिफोन समेको पनि सुबिधा थिएन जुन समयमा । पत्र पत्रीका, अनलाई मध्यम भनेको त कुन चरिकोनाम हो कतिलाई थाहै थिएन । र आफ्नो रिजल्ट थाहा पाउनको लागी म आफ्नो सदरमुकाम ताप्लेजुङ् आउनु पर्ने भयो र म बिहान सबेरै उठेर सदरमुकाम तर्फ लागे। बल्ल तल्ल साझपख सदरमुकाम पुगे र बजारमा गोरखापत्र खोजे कत्तै भेटिन भर्खर बिरटनगर, झापा सम्म मात्रा आउँदै गरेको समाचार त्यहाका ब्याबसयीहरुले बताये अब मैले के गर्ने?? झापामा आफ्नो परिवारअलाई फोन गरे त्यहा पनि गोर्खापत्र बजारमा रहेनछ । र सिराहामा मेरो एकजना साथी टेक्नेसियन पेसामा कार्यरत थिए उनलाई फोन गरे र एउटा गोर्खापत्र किन्न लगाये । अनी मेरो बिधालयबाट सेन्टअप परिक्षा धेरै कडाईका साथ भएको हुनाले १५ जनाले मात्रा परिक्षामा सामेल हुन पायौ, मेरो साथीलाई हामी सबैजनको सिम्बल नम्बर दिए र १५ मिनेट पछी मैले फेरी फोन गरे र मलगायत १२जना पास भएको रहेछौ । ३जना साथीहरुको नमवली प्रकाशन हुनसकेन रहेछ, र घर फर्कन्दा बाटमा सबैले मलाई सोध्न थाले मेरो रिजालट के भयो? के भयो ?? भन्दै मैले तिनजना कसरी फेल भएको कुरा सुनाउ? मैले भन्नै सकिन स्यम् फेलभएका साथीहरुले पनि सोधे मैले मनले नमानी नमानी ढाटी दिये रिजालट को लागी अहिलेनै निश्चित छैन मैले पनि गोर्खापत्र हेर्न पाइन भनेर कुरा टाडे त्यसैले अझै पनि एसएलसी परिक्षाको नतिजा प्रकाशन भयो भन्ने सुन्दा मेरा ति अतितका दिनहरु र ति मेरा समस्त कक्षाका साथीहरुलाई सम्झैदिन्छ र खुशी लाग्छ । यो मेरो एस एल सि को अनुभवहो।
यो बर्ष परिक्षार्थी मध्ये ६८.७४ प्रतिशत विद्यार्थीलाई खुशी छभने अन्यबाकि परिक्षार्थिहरु दुखी हुनुहुन्छ तर असफल विद्यार्थीहरुले आफ्नो आत्मबललाई दर्हो बनाइ सफलअताको मार्गमा लम्कनकोलागी आफ्नो प्रत्एक गतिलाई परिवर्तन गर्ने सल्लह र सुजप अनी सफल परिक्षार्थिहरुलाई सदबहार यसरीनै सफलता हासिल गर्दै जानुहोला भन्दै उज्वल भबिश्यको कामना शाहीत यो बर्षको एस एल सि शिर्सक बाट ओझेल पर्दछु । सेवारो !!
तपाईंको एस एल सि नतिजा हेर्नको लागि यहाँ क्लिक गर्नु होस्

Thursday, June 25, 2009
आदाणिय पाठक ब्रिन्द म ३ महिना अगाडिदेखी ब्यातिगत कारणबिशेषले अती ब्यस्त रहेको हुनाले नयाँ प्रकाशनमा ढिलाई भएकोमा हृदय देखिनै क्षमा चाहन्छु । DB Liwang
Friday, March 27, 2009
प्राकृतिक सौदर्यताको धनि देश नेपाल // पाहुनाको कोशेली// {भिडियो ब्लॉग}
विविध प्राकृतिक सौदर्यताको धनि देश नेपाल भनेर विश्वलाई र्सवविधितै छ । त्यसमा पनि पर्ुवअञ्चलको एक रमणिय स्थल यासोक पान्थरको बारेमा यहाँ विस्तृत जानकारी गरिएको छ ।
कृपया एक पटक तपाईको अमुल्य समयलाई यहाँ खर्च गरिदिनु होला ल...........................!
भिडीयो / जयन्ती लिम्बु, हालः युके
कृपया एक पटक तपाईको अमुल्य समयलाई यहाँ खर्च गरिदिनु होला ल...........................!
भिडीयो / जयन्ती लिम्बु, हालः युके
Saturday, March 21, 2009
यो दोहोरी हेर्नको लागी पच्छी नपर्नु होला है ल !
हरेर्नुना यी अमेरीकिन महिलाले नेपाली लोक दोहोरी कसरि गाएकी? नेपालीहरुले त यस्ता नेपालीको पहिचान गर्ने साराकुरा बिर्सन थाले तर विदेशिहरुले रुचाउदा रहेछन !
Friday, March 6, 2009
Tuesday, March 3, 2009
म मेरो मनको कुरा ओकल्दै छु

म त एउटा अन्जान बटुवा
हिंड्न मात्र सिक्दै छु
म त एउटा मनुस्यको चोलामात्र हो
मान्छे बन्न सिक्दै छु
म त एउटा झुपडिको पाले हुँ
मनको महल बनाउन खोज्दै छु
तर सक्दिन म बनाउन'महल दौलतको
जहाँ हुन्छ आबश्यक दौलतको
त्यहा आफुलाई ठहराउन सक्दिन
म त एउटा गरीबको छोरा
मुफतका बस्तुको खोजिमा छु
मुल्यवान बस्तुकमा भागढौड गर्दछु
त्यसैले म गरीब छु
म मनको मलायन छु
म मेरो मनको कुरा ओकल्दै छु
Friday, February 27, 2009
Friday, February 20, 2009
मरुभुमी बाट आमालाई सम्झेर "एउटा चिठ्ठी"
आमा! यो बिरानो मुलुकमा बाध्यताले काम गरिरहनु परेको छ । यहाँको हालआमालाई सुनाउनु अघिनै भक्ककानोको बाँध फुटेर भुइभरी रलवल छरिन थाल्छन् । समग्रमा तपाईको आर्शिबादले आजको मितिसम्म आरामै छु । हो आमा, म सानी छँदा आँगनबाट दाउरा ल्याइर अगेनामा आगो जोड्नतपाईले भन्नुहुँदा नाई म सक्दिन भन्दै तपाईसँग फन्केर हिँडेको दिन सम्झेर रोइरहेकी छु । सक्नु हुन्छ भने ती दिनहरु फेरि फर्काइदिनुहोस् आमा ! आज तपाईको मायाको अभावमा यो विशाल मरुभुमिको अनकन्टार सहरभित्र पागलैपागलको हुलबीच रोइरहेकी छु ।
आमा तपाईलाई कस्तो छ ? सुखमा हुनुहुन्छ कि दुःखमा? सुखत कसलाईपो छर ? सबै दुःखमै छनयहा । तपाईजहाँ र जुनसुकै अवस्थामा रहुनभए पनि सुखमानेर बस्नुहोस् खुसी भएर बाँच्नुहोस ।
आफ्ना सपना पुरा गर्ने रहरले आज मजस्ता थुप्रै अन्य नारी पनि यहाँ विदेशीको दास हुन बाध्य छन् । यदि आफ्नो मातृभूमिमै रोजगार पाइन्थ्यो त यो विरानो मुलुकमा नुनिलो आँसुको घुट्को पिएर किन काम गरिबस्नु पथ्र्यो र- यहाँ म लगायत अन्य नेपाली चेली पनि दुःखैदुखमा छन् ।
हामी आफ्नै रहरले दुःखको सागरमा फसेका हौं ।तै पनि भोलिको सुनौलो भविष्यको आशा गरेर संर्घष्ारत जिवन बिताउदै आईरहेका छौ । र्सर्ंघष गरेरै जिवनलाई बचाइराख्ने अठोट गरेका छु मैले पनि । मानिस भएर जन्मे पछि आफु हारेर होइन, दुःखलाई हराएर बाच्न सिक्नु पर्छ भन्ने तपाइको उपदेशलाई आत्मासाथ गर्दै म त्यहि बाटोमा हिड्दै छु आमा!
म कसरी सुनाउ यहाँको हालत-- हामी यहाँ रुसी कथाका बालपात्र "भाङका"को हालतमा छौं । जसले हेरिङ्ग माछालाई उल्टोबाटो केलाउदा सबै ब्रि्रन्छ र मालिकले त्यहि माछाले उसको मुखमा र्हिकाउदा धेरै टाढा रहेको हजुरबुबाको नाम लिएर बचाऊ हजुरबा भनेर द्मयालमा बसी ऊ रुन्छ, जब कि उसको रोदन सुन्ने त्यहाँ कोहि हुदैन ।
एक दिनको कुरा मालिको नाबालक छोरालाई सुताउन कोक्रो हल्लाईरहँदा नाबालक निदाउनु अघि ऊ आफै निधाएछ । त्यो दिन भाङकालाई मालिकनीले बाल्टिनमा पानी हालेर टाउको डुबाउदै र उठाउदै गर्दा हिक्क-हिक्क गर्दै बालक भाङकाले भनेका थिए, हजुरवा! तपाईले जे काम लगाउनुस्, मलाइृ कुटुनुस्, बरु त्यो मान्न तयार छु तर यहाबाट जसरी भए पनि मलाई गाउँमा लैजानुस् । उनले जानी नजानी चिठ्ठी लेखेर बिनाठेगाना पत्र मन्जुसामा खसालेका थिए । हो आमा हामी पनि त्यहि बिशाल मास्को शहरको धनाड्यको घरमा गरिब नोकरिको जिवन बिताईरहेका बालक भाङकाकै हालतमा छौ । यहाँ बन्द प्रखाल भित्र जे पनि हुन सक्दोरहेछ । तर जति चिच्याए पनि सुनीदिने कोहि छैनन् । हामी नेपाली चेलीमाथि भएको अन्यायलाई मालिक घरमा नभएको बेलामा द्मयालबाट बाहिर हेरेर आँसुको रुपमा आफैले पिउनुबाहेक केहि उपाय नहुँदो रहेछ आमा!
प्रायः सबै नेपाली नारी घरायसी कामनै गर्छन । यहाँ कैयौ नारीमाथि रोजगारदाताले गरेको शोषणको बयान गरिसाध्य पनि छैन । अझ कैयौ नारीले त आर्थिक,श्रम र यौनशोषणजस्ता दर्ुर्ब्यवहार पनि सहनुपरेको सुनेकी छु । भगवानको कृपा र हजुरको आशिर्वादले त्यति साह्रो विपत्तिचाहिँ खेप्नुपरेको छैन। भोली के हुन्छ-त्यो त कसलेपो भन्न सक्छ र - सरकारी र गैरसरकारी पक्षबाट ती विभिन्न कोणबाट शोषणमा परेका नेपाली चेलीको उद्धार गर्ने प्रयास गरे उनीहरुको कल्याण हुने थियो । आमा, छिट्टै पुनमिलन हुने आशा गर्दै यो सन्देशका साथ आजलाई पत्र बन्द गर्दछु !
तपाईकी संर्घष्ाशिल छोरी
जानुका भण्डारी
हालः लेवनान
सभार:राअसा दोहा

Monday, February 16, 2009
खाडीमुलुकमा महिला कामदारको पिडा
खाडी मुलुकमा नेपाल सरकारले घरेलु कामदारको रुपमा नेपाली महिलाहरुलाई नपाठाउने प्रावधान बनाएको भए पनि दलालहरु मार्फत भारतको बाटो हुँदै । कतार लगायत अन्य खाडीमुलुकमा घरेलु कामदारको लागी नेपाली महिलाहरु यहाँ आउने क्रम दिनानु दिन बड्दै गइरहेको छ । भरखरै मात्र नेपाल दुताकासको सरणमा आएका केहि नेपाली चेलीहरुलाई बिभिन्न संसस्था अनि बुद्धि जीवी तथा सहयोगी भावना भएका नेपालीहरुको रोहवरमा ति पिडीत चेलीहरुलाई प्लेन टिकेट उपलब्ध गराइ नेपाल फर्काएको केहि दिन वित्न नपाउदै । विदेशमा गएर आफ्नो नयाँ जिवनको सुरुवात गर्छु मेरो नामको पच्छि झुण्डीएको गरिवी शब्दलाई हटाउने छु । मेरो उज्वल भबिश्यको निर्माण गर्ने छु भन्ने बृहत सपना बोकि २ महिना अघी कतार आएकी, दमक-११, मालपोत टोलकी राधिका लिम्बूको पनि अन्य नेपाली चेलीहरुकोझै दयनीय अवस्था भएको छ । उनि नेपालबाट यहाँ आउन अगाडी एजेन्टले आफुलाई कम्पनीको कामको लागी पठाउने र मासिक तलब पनि ७५० कतारी रियल दिने प्रतिबद्धता गरेका थिए रे । र काम भने अफिसमा चियाँ बनाउने र बगैचामा पानी लगाउने भनेर तर राधिका जव कतारमा आइ पुगिन र उनिलाई थाहाँ भयो । उनि कम्पनीको कामको लागी नभई घरेलु कामको लागी आएकी रहेछिन् । त्यो पनि एक पाकिस्थानी परिवारमा। त्यसैले उनीले जुन घर मालिक को दुर्व्यबहार र अन्य समस्यालाई झेल्न नसकेर अहिले दुताबश्को शरणमा छीन । यसरीनै झुट आस्वसन देखाई सिधा-साधा नेपालीहरुलाई ठग्ने क्रम दिनानु दिन बृद्धि भईरहेकोछ । त्यसैले नेपाली दिदि-बहिनी तथा दाजुभाईहरु हामी आफै सजक हुनु नितान्त आबश्यक छ ।
नपाली पुरुष तथा महिलाहरु जो कोही पनि बिदेशिनु कुनै रहर होइन । यो आ-आफ्नो बाद्दयता हो । गरिवी, बेरोजगारी, राजनितिक अराजकता जस्ता गम्भिर समास्याका कारणले गर्दानै नेपालीहरु बैदेशिक रोजगारीको लागी बिदेशिनु पर्ने बाद्दयता सृजना भएको छ ।
तर यस्ता समस्यामा परि ठुलो रकम दलाललाई अशुल गरि बैदेशिक रोजगारीमा आउने नेपाली कामदारहरुले । भनेको जस्तो परिश्रामिक ज्याला नपाउने, सम्झाउता अनुसारको सुविधा नपाउने । अझै जटिल समस्या महिला घरेलु कामदारहरुले झेल्नु परेको छ । घर मालिकको दुरब्याबहार, २४सै घण्टा काममा लादिनु पर्ने खान बस्नको उचित ब्याबस्था नहुने, जस्ता समस्याले गर्दा उनिहरुमा शारिरीक अनि मानसिक अशर समेत पर्न गएको यर्थात घट्नाहरु छन् । त्यसैले जो कोहि पनि बिदेशिनु अगाडी आफु के कामको लागी? कति मासिक तलब? कति घण्टा सम्म काम गर्नु पर्ने? के-के सुबिधाहरु छन? मेरो दक्षता अनुरुपको काम हो की होइन? भन्ने यर्थाथ जानकारी लिएर मात्र विदेशिनु पर्ने सल्लाह र सुभब छ । र नेपाली दिदिबहिनीहरुलाई मेरो अनुरोध खाडीमुलुकमा तपाईलाई कुनै दलालले घरेलु कामदारको निम्ती विबिध प्रलोभन देखाई फसाउने प्रयास गर्दै छन् भने । तपाईको जस्तोसुकै दयनिय आर्थिक अबस्था भए पनि घरेलु कामदारको लागी खाडी मुलुकमा नआउनु होला । ति दलालहरुले भने बमोजिमको कुनै पनि सर सुविधा पाउनुहुने छैन । त्यसैले बेलैमा बुद्धि पुर्यौ, आफ्नो अस्तित्व अनी इज्यतको सम्रक्षण गरौं ।
सेवारो! डि बि लिवाङ

Thursday, February 12, 2009
Monday, February 9, 2009
अपील
आदाणीय लिम्बुवानवासी दिदीबहिनी तथा दाजुभाइहरू !
नेपाली जनताको त्याग तपस्या र बलिदानले आज मुलुकमा आमुल परिवर्तन भएको छ । विभिन्न समयमा भएका जनआन्दोलन र दशौं वर्षको जनयुद्धको उत्कर्ष्ा स्वरुप ०६२/०६३ को बलिदानीपूर्ण संघर्षपछि सामन्तवादको नाइके राजसंस्थाको अन्त्य भर्इ मुलुक संघीय लोकतान्त्रिक चरणमा प्रवेश गरेको छ । शदियौंदेखिको शोषण र उत्पीडनको बन्धन चुँडालेर आज सम्पूर्ण जाति, भाषा , धर्म, संस्क्रिती र क्षेत्रहरु आफ्नो अधिकार प्राप्तिको लागि जुटेका छन् । यसै सन्दर्भमा आफ्नो एेतिहासिकताको आधारमा सम्पूर्ण् लिम्बूवानवासी जनताहरु लिम्बुवान स्वायत्त राज्य निर्माणका लागि आन्दोलित बनेका छन् । लिम्बुवानवासी जनताको यही चाहनालार्इ मूर्त रुप दिन विगत धेरै समयदेखि उठिरहेको लिम्बुवान प्राप्तिको आन्दोलनहरुको सम्बोधन गर्न र लोकतान्त्रिक मान्यतामा आधारित लिम्बुवान स्वायत्त राज्य निर्माण्ाका लागि एकीक ृत र संगठित शत्तmिको आवश्यकता महशुस गरी लिम्बुवान स्वायत्त राज्य निर्माण्ाका लागि संयुत्तm लिम्बुवान मोर्चा नेपालåारा आयोजना हुन गइरहेको विशाल जनप्रदर्शन र जनसभाहरु निम्न मिति, समय र स्थानहरुमा हुने भएकोले नयाँ नेपालको संविधान लेखिँदा विगतमा शान्तिपूर्ण्ा वा सशस्त्र रुपमा उठेका राजनीतिक मुद्दाहरुको दीर्घकालीन समाधानका लागि लिम्बुवान मुत्तmि मोर्चा, लिम्बुवान राष्टि्रय मुत्तmि मोर्चा (एकीक ृत नेकपा माओवादी), संघीय लिम्बुवान राज्य परिष्ाद (संघीय लोकतान्त्रिक राष्टि्रय मञ्च), नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ (नेकपा एमाले), नेपाल लिम्बुवान स्वशासित संघ एकीक ृत (नेकपा एकीक ृत), लिम्बुवान प्रान्तीय परिष्ाद (राजमुपा), नेपाली कांग्रेस सम्वद्ध लिम्बूहरु र किरात याक्थुङ चुम्लुङबीच संयुत्तm लिम्बुवान मोर्चा, नेपाल गठन भर्इ विगतदेखि नै केन्द्रीय सरकारका प्रधानमन्त्रि राष्ट्रपति, सभाध्यक्ष्ा र राजनीतिक दलहरुलार्इ ज्ञापन पत्र बुभmाउनेलगायत विभिन्न दवावमूलक कार्यत्रmम गर्दै आइरहेको जानकारी गराउँदछौ । यसैत्रmममा स्वायत्त लिम्बुवान राज्यबारे २०६५ पौष्ा १९(२० मा धरानमा बसेको मोर्चाको विस्तारित बैठकले लिम्बुवान स्वायत्त राज्य प्राप्तिको लागि लिम्बुवानवासी सम्पूर्ण्ा जाति जनजातिहरुको अधिकारलार्इ सुनिश्चित गर्दै सरकारलार्इ दवाव दिन र स्थानीय स्तरमा जागरण्ा ल्याउन शान्तिपूर्ण्ा आन्दोलनको घोष्ाण्ाा गरेको जानकारी गराउँछौं । लिम्बुवानवासी आदरण्ाीय दिदीबहिनी तथा दाजुभाइहरूमा हाम्रो निम्न बमोजिम हुन गइरहेको शान्तिपूर्ण्ा विशाल जनप्रदर्शन र जनसभामा उपस्थित भर्इ संघीय लोकतान्त्रिक गण्ातन्त्र नेपालमा स्वायत्त लिम्बुवान राज्यको स्थापनामा सहयोग गर्न आह्वान गर्दछौं । उत्तm जनसभालार्इ मोर्चाको केन्द्रीय नेताहरुले सम्बोधन गनर्े जानकारी गराउँदछौं ।
विशाल जनसभा हुने मिति:र स्थानहरु:
माघ २२ गते ( ताप्लिजोङ जिल्ला पुmङ्लिङ बजार
माघ २४ गते ( पान्थर जिल्ला पेmदेम बजार
माघ २५ गते ( इलाम जिल्ला इलाम बजार
माघ २६ गते ( भmापा जिल्ला दमक बजार
माघ २७ गते ( मोरङ जिल्ला पथरी बजार
माघ २८ गते ( सुनसरी जिल्ला धरान बजार
माघ २९ गते ( धनकुटा जिल्ला धनकुटा बजार
फागुन १ गते ( तेह्रथुम जिल्ला मेयाङलुङ बजार
फागुन ३ गते ( संखुवासभा जिल्ला सिद्धपोखरी बजार
उपरोत्त विशाल जनसभापछि संयुत्तm लिम्बुवान मोर्चाको तर्पmबाट स्वायत्त लिम्बुवान राज्यको समर्थनमा १० लाख हस्ताक्ष्ार संकलन गरी सरकारलार्इ बुभmाउने साथै चैत्र पहिलो साता विशाल जनसमूहको उपस्थितिमा एकात्मक केन्द्रीक ृत राज्यसत्ता घेराउm गनर्े कार्यत्रmम रहेको छ ।
संयुत्त लिम्बुवान मोर्चा, नेपाल

Subscribe to:
Posts (Atom)