Tuesday, August 13, 2013

साहनियामा एतिहासीक मेची-महाकाली बनभोज।



८ अगष्ट तथा मुस्लिम धर्मवलम्बीहरुको महानचाड ईद अल फितरको बिदाको अवसर पारेर कतारको समाल पार्कमा डिल्लीराम भण्डारी ज्युको अध्क्षयता करिब ६०जनाको हाराहारीको मेची देखी महाकाली सम्मका दाजुभाई दिदिबहिनीहरुको सहभागीतामा बनभोज कार्यक्रम सम्पन्न भएको छ।
हुनत यहाँ मातृ संस्था,सामाजीक संस्था र बैचारी संस्थाबाट बनभोज कार्यक्रमहरु नभएको भने होईन तर  बिना सामाजिक संस्था र बिना बैचारीक संस्थाबाट मेची देखी महाकाली सम्म समेटेर बनभोज कार्यक्रम बिरलै हुने गर्छन। इन्दिरा दहाल, लक्ष्मी गिरी, इन्दिरा खड्का,सबिता लिम्बु,डम्बर लिवाङ, डिल्लिराम भण्डारी,  मनकुमार राई ज्युहरूको  अग्रसरतामा मेची देखी महाकाली सम्मलाई नै समेटेर एउटा एतिहासिक बनभोज कार्यक्रम समपन्न भएको छ। बनभोजमा सहभागीहरुले  उत्साह पुर्वक मेची देखी महाकाली सम्मका नेपालीहरुको बनभोज कार्यक्रम यो एतिहाँसिक भएको र यस्मा सहभागी बन्न पाएकोमा आयोजक प्रति आभार व्याक्त गर्नु भएको थियो। 

उत्साहित देखीनु भएका बनभोज अगुवा डम्बर लिवाङ भन्नु हुन्छ हामीले त गाँउका भाईहरु सँग ईदको बिदाको अवशरमा गेट टुगेदर गर्ने भनेका थियौ तर भाग्यवस मेची देखी महाकाली सम्मका दाजुभाई दिदि बहिनीहरु सँग मनाउने एतिहाँसीक मौका पायौ ! अत्ती खुसी लागेको छ।

बनभोज कार्यक्रमका अध्यक्ष्य द्वारा न्रित्य गरि शुरु भएको बनभोज कार्यक्रम बिच बिचमा कलाकारहरू बिनिता खड्का,रिया थापा, मनोज शाह, सलीम खान, मनकुमार राइ, सुरेन्द्र लिम्बु,  नन्दकिशोर शाहले मौलीक झाकीहरु पस्केर कार्यक्रमलाई अझ रोचक बनाउनु भएको थियो भने सरस्वती श्रेष्ठ, प्रवेज दाहाल, देव सुनुवार ले लोकदोहोरी भाका गाएर समाल पार्कको सेरोफेरोनै गुन्जयमान बनाएका थिए ।   
अझ खुसीको कुरा सुडान समुदायका मान्छेले नम्रता पुर्वक बनभोज टिम सँग समय मागेर आफ्नो सुडान संस्कृतीक झाकी प्रस्तुत गर्नु भएको थियो।उक्त बनभोज कार्यक्रममा कुमार राई,निर लिम्बु, मनोज कुमार शाह, पदम सङ्रौला, बिजया राइ, प्रचण्ड,कलामोदिन अन्सारि, डोलेस भट्टराइ लगायतले स्यमसेवकको प्रमुख भुमिका निभाउनु भएको थियो भने सामाजीक र बैचारीक संस्थाका लोकेन्द्र कुमार तुम्रोक र भेसराज पराजुली ज्युहरुलाई सम्मान स्वरुप अथिती आसनग्रहण गराएको थियो। ९ अगष्टको दिन समिक्षाको क्रममा  अध्यक्ष्य भन्डारीले आफु धेरै बनभोज कार्यक्रमा गए पनि यो पालीको एतिहाँसिक बनेको र तर्जुमा मिलाउने टिमबाट भएको कमि कमजोरीहरु प्रती आत्माआलोचना गर्नु भएको थियो।  पोखरा निवासी भिम परिवारले आफुले भौतीक सहयोग केहि गर्न नसके पनि बनभोजमा सहभागी बन्न मात्र पाउदा गर्वको महशुस भएको धारणा व्याक्त गर्नु भयो भने समिक्षामा उपस्थित सबैले धेरै गर्मीको कारण केहि असहज भएपनी प्रकृतीको नियम भएकोले त्यो सहय भएको धारणाहरु व्याक्त गर्नु भयो । औपचारी कार्यक्रम दुबै दिन डम्बर लिवाङले सञ्चालन गर्नुभएको थियो।

Friday, July 5, 2013

वैवाहिक जिवनलाई सुखी अनि खुशी राख्नको लागि !





साधरण भाषामा वैवाहिक जीवन भन्नाले समाजमा चली आएको चलन चल्ति अनुरुप एउटा पुरुषले एउटी महीलाई समाजलाई साक्षी राखी अग्नि ज्वालाको कसमा सहित खाली सिउदोमा सिन्दुर लगाई विवाह गर्नुलाई वैवाहिक जीवन भनिन्छ । तर वैवाहिक जीवनको अर्थ त्यतिमात्र छैन । वैवाहिक जीवन भन्नाले दुई मुटुको एक मिलन अर्थात दुई आत्माको मिलन हो । त्यसैले जो कोहि वैवाहिक जीवनमा आवद्ध भई सके पच्छी । प्रत्येक क्षणका आत्मिय निर्णयहरूलाई दुबै दाम्पती बीचको सहमतिमा गर्दै जानु पर्दछ, ता की जिवनका हरेक आरोह-अवरोह (उतर-चडाब) हरूलाई सहज पूर्ण ढंगले पार गर्न सकिन्छ। अर्थात वैवाहिक जीवनमा सूख अनि खुशीको अनुभुती गर्न सकिन्छ।

जीवन संघर्षशिल हुनु पर्दछ। जीवनमा जस्तो सुकै परिस्थितीहरू आइपरे पनि उत्त समस्याको निकासी मुल फुटाउन सक्नु पर्दछ। जो ब्यात्तीले जीवनमा सघर्ष, धैर्यधारण गर्न सक्दैन उसको जीवन केवल हावाले उडाई रहेको प्लास्टिकको टुक्रा भन्दा फरक हुँदैन । जीवनमा जस्तो सुकै अपार प्रखालहरू हाम्रा अगाडी खडा भए पनि त्यस पर्खालाई फोरेर अगाडी बड्छु भन्ने साहस प्रत्येक ब्यात्तिमा हुनु पर्दछ। यसो भन्दैमा श्रीमान र श्रीमतीको बीचको बिना सहमती एक-एर्काले आफू खुशी समस्याको निकासहरू खोज्न थाल्यौ भने त्यो सम्भव हुँदैन । दुबै जनाले उचित समयमा उचित निर्णय गर्न सक्नु पर्दछ।
समाजमा यस्ता उधारणहरू धेरै छन । कुनै पनि कार्य गर्नु पर्दा श्रीमानले श्रीमती सँग सल्लाह नगर्ने र श्रीमतीले पनि श्रीमान सँग सल्लाह नगरि कुनै पनि योजनाको निचोड गर्ने । यसो गर्नाले कुनै ना कुनै अवस्थामा दाम्पती बीच खलबली आउन सक्दछ। त्यसैले अती साना-साना बिषयहरू पनि एकले अर्कालाई अवगत गरि गराइ अगाडी बड्ने बानिको बिकाश गर्नु पर्दछ। केही ब्यात्तिमा यस्तो सोचाइ आउन सक्छ । यो मेरो लागि फैदा जनक छ तर मेरो श्रीमान अर्थात श्रीमतीलाई जानकारि गराए भने उसले ठाडै अस्विकार गर्दछ । त्यसैले उसलाइ जानकारि गर्नु ठीक होईन भनेर एकल निर्णय गर्ने गर्दछन । तर त्यो निर्णय भनेको छोटो समयको लागि स्वार्थी निर्णय हो । यसले सफल वैवाहिक जीवनमा खोट पुर्याउदछ। यति सफल जीवनको चाहाना राख्नु हुन्छ भने । अरबौको फैदाजनक कार्यमा पनि तपाईको जोडीले त्यस योजनाको लागि कस्तो मत राख्दै हुनुहुन्छ? अरबौको भौतिक सम्पत्तिको  फाइदालाई भन्दा तपाईको श्रीमान अर्थात श्रीमतीको भावनालाई बुझ्न अती आवश्यक छ। ताकि तपाईको निर्णयले तपाईको जीवन साथिलाई खल्लो पन महसुस नहोस । यसको मतलव फाइदा बेफाइदा जस्तो सुकै निर्णयहरू पनि दुई दाम्पत्ती बीचको सहमतिमा हुनु पर्दछ ।

बोली चालीको क्रममा एकले अर्कालाई अती सम्मानजक शब्दहरू प्रयोग गरेर बोल्ने बानिको बिकास गर्नु पर्दछ। ता की तपाईले बोल्दै गर्नु भएको शब्दहरूले तपाईको  जिवन साथीको मायाको पर्खालाई स्पर्ष गर्न सकोस । तपाईको प्रत्येक ब्याबहारले तपाईको जिवन साथिको मन प्रफुल्ल रहोस। यदि तपाईको जीवन साथिले तपाईको ब्यात्तिगत ब्याबहारमा अर्थात बोल्ने, खाने, बस्ने, लगाउने, हिड्ने हरेक कुरामा कुनै एक बिषयमा तपाईले सुधार गर्नु पर्दछ भन्ने मत राख्नु हुन्छ भने तपाईले त्यस बिषयमा तुरुन्त सुधार गर्नु पर्ने हुन्छ। जबकी तपाईको जीवन साथिले मैले भनेको कुरा मेरो जोडीले मानेन भन्ने महसुस नहोस । र कुराकानीको क्रममा आफ्नो जीवन् साथिको जहिले तारिफ गर्ने गर्नुहोस।
तपाइ पूर्व तीर लाग्दै हुनुहुन्छ । म पश्चिम तीर जान्दै छू जस्ता झुटो कुरा कहीले नगर्नुहोस । जीवनमा तपाईको जिवन साथिले एकपटक मात्र तपाईको कम्जोरी थाहा पाएमा त्यो कम्जोरीको शिकार जीवन भरी हुनु पर्दछ। किनकी त्यहा बाट बिश्वासका आधारहरु चर्कन सुरु हुन्छन् ।
यदि तपाइ नारी अर्थात कसैको श्रीमती हुनुहुन्छ भने । तपाइले समाजमा रहेका ब्यात्तीहरूलाई अर्थात पारिवारिक सदस्य बीच सम्मानजनक व्यबहार गर्नु सिक्नुहोस  । आफ्नो श्रीमानको साथी-भाइ अर्थात घरमा कोहि आगन्तुक पाहुना ,बटुवा आए भने तपाईले उहाँहरूको इज्यत गर्न सिक्नुहोस । बस्ने ब्यबस्था मिलाउनुहोस। घरमा केही नभए पनि मिठो बोली बचन सहित पानी दिएर भएपनि स्वागत गर्ने गर्नुहोस । तपाईको जुन ब्याबहारले अगान्तुक पहुना अनि तपाईको  जीवन साथी अर्थात तपाईको सिंगो परिवारलाई खुशी मिल्नेछ। यसले तपाईको शफल वैवाहिक जीवनमा थप सहयता मिल्नेछ।


Wednesday, June 12, 2013

२०६९को एस एल सी परिक्षमा उत्तिर्ण भाई बहिनालाई हार्दिक बधाइ तथा शुभकामना



मंगलबार दिउँसो परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०६९ सालको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। 

शिक्षा क्षेत्रको फलामे द्वार भनेर चिनिने २०६९को एस एल सी परिक्षमा उत्तिर्ण भाई बहिनालाई हार्दिक बधाइ तथा शुभकामना टक्रौदछु। र अनुतिर्ण भाइ-बहिनालाई धर्य धारण गर्न अनि आउँदा दिनहरुमा सफल्ता हासिल गर्दै जानुहोला भन्ने शुभकामना प्रकट गर्दछु । 

www.slc.ntc.net.np

Tuesday, June 11, 2013

प्राकृति प्रकोपलाई मध्यनजर गर्दै एउटा चिठ्ठी


विश्व प्राकृति प्रकोपलाई मध्यनजर गर्दै एउटा चिठ्ठी कोर्ने झमर्को गर्दै छु।
हुन सक्छ संसारको अनत्य अर्थात यस पृथिवीमा अधिक रुपमा कृतिम बस्तुहरूको बृदि भएर हो!या त कुनी के भएर हो ? घरि-घरी त साँच्चै अकल्पनिय  प्राकृति
 प्रकोपहरू भई दिन्छ। घरि-घरी २२डिसेम्बर जस्ता हो-होल्लाहरू बिश्वमा फैलि दिन्छ । घरि-घरी हिड्दा हिड्दै बीच बाटोमै अन्दकार अधेरीले छेकेर आएको जस्तो हुन्छ। घरि एकासी चारै तीर बेगले तुफान बाडी आई दिन्छ। वास्तमै भन्नु पर्दा यस्तो जोखिमय जीवन् जिउनु भन्दा बरु संसारमा आफ्नो परिचय लिएर न-आउनुनै बेस हुने थियो होला।
मलाइ पल-पल केहीना केही मानसिक तनावले सताइ रहेको हुन्छ। कहीले काही अतितका दिनहरुमा गरेका केही महत्वपुर्ण कार्यहरूलाई सम्झन्छु। कहीले काहि ती अतितिका पलहरूलाई पल्टाएर हेर्छु। कहीले काहि आफ्नै परिवार अनि जीवन संगिनी सँग अन्कमाल गरि खिचिएका तस्बिरहरू पल्टाएर हेर्छु। र निर्दोस नयनहरुबाट आशुका ढिकाहरू खसाल्दै। भगवान् सँग प्राथना गर्छु । संसारमा जस्तो सुकै अकल्पनिय प्राकृतिक प्रकोप भए पनि मेरो परिवार अनि मेरी प्राण भन्दा प्यारी जीवन् संगिनी सँग भेट्न पाऊँ । यसरिनै फेरी फेरी जिवनमा संगै बसेर रमैलो गर्दै । तस्बिरहरू खिच्न पाऊँ भनेर कामना गर्छु। फेरी यसरी चिन्तामय अवस्तामा टोलाएर बसी रहेको अवस्थामा अचानक अकाशमा मेग गर्जन थाल्छ। धर्तिनै फुट्लाझै गरेर गडाङ, गुडुङ गर्न थाल्छ। फेरी मेंरो जीवनको यात्रनै यति रहेछ। फेरी बिगतका रमैला क्षणहरू अनुभव गर्न नपाइएलाकी, मेरि प्राण भन्दा प्यारी जीवन् सङिनी र परिवार प्रति गर्नु पर्ने बाकी कर्तब्य पूरा गर्न नपाइएलाकि? जीवनामा फेरी पनि मेरि जीवन् संगिनीलाई थप माया गर्न नपाइएलाकि जस्तो भान हुन्छ।। फेरी धत कस्तो कु-बिचार?? भनेर आफ्नै टाउकोमा आफैले हिर्काउछु । र फेरी केही हुन्न भनेर मनलाई बुझाउन खोज्छु। अचानक प्रक्रितिक प्रकोपहरू भई दिन्छ। फेरी दिमाकले अन्याथा सोच्न थाल्छ !

Sunday, March 10, 2013


२७ फागुन, काठमाडौं । मलेसियाको केलाङ मेहरुमा रहेको चर्चित कम्पनी ‘टप ग्लोब’ ले राति बन्दुक देखाएर केही नेपाली कामदारलाई  फिर्ता पठाएको छ । कम्पनीका निजी सुरक्षाकर्मी लगाएर फिर्ता पठाइएका केही कामदार प्लाष्टिकको थैलोमा कपडा बोकेर कट्टु र सेन्डोमै काठमाडौं एयरपोर्ट आएको मलेसियाबाट फर्काइएका सिन्धुपाल्चौक हेलम्बुका तेन्जिङ लामाले अनलाइनखबरलाई बताए ।
‘सुतिरहेका ठाउँमा कम्पनीका पुलिसले बन्दुक तेस्र्याएर उठाए अनि सिधै एयरपोर्टमा ल्याएर काठमाडौं पठाए ।’ बिहीबार ६ जनाको समूहमा नेपाल फर्काइएका लामाले भने- ‘कति साथीले बैंकमा रहेको पैसा एटिएमबाट झिक्न पाएनन्, कसैले तलबसमेत पाएनन, हामीलाई चोरलाई जस्तो व्यवहार गरियो ।’लामाका अनुसार टप : ग्लोब कम्पनीले विहीबार ६ जना, शुक्रबार १३ जना र शनिबार ४ जना नेपाली कामदारलाई राति नै बल प्रयोग गरेर नेपाल पठाइसकेको छ । कम्पनीका कार्यरत् अन्य सयौं नेपालीहरुले नेपाल फर्काइने डरले झोला किनेर सामान पोको पार्न थालेका छन् ।
किन फर्काइयो नेपाल ?
मलेसियाको टप ग्लोब त्यहाँको चर्चित एवं प्रतिष्ठित कम्पनी हो । २७ वटा फ्याक्ट्री सञ्चालनमा रहेको सो कम्पनीमा कार्यरत करिब ७ हजार मजदुरमध्ये नेपालीमात्रै करिब ५ हजारको संख्यामा छन् । हालै मलेसिया सरकारले मजदुरको न्यूनतम पारिश्रमिक ५ सय ४६ रुपैयाँबाट बढाएर ९ सय रिंगेट बनाएपछि कम्पनीले पुराना नेपाली कामदारलाई हटाएर सस्तोमा नयाँ मजदुर ल्याउन त्यसो गरेको पीडितको गुनासो छ । सरकारले तोकेको पारिश्रमिक र आइतबारको दोब्बर ओभरटाइम दिन कम्पनीले इन्कार गरेपछि गत आइतबार टप ग्लोबका मजदुरले २४ घण्टा हड्ताल गरेका थिए । सोही हड्तालपछि कम्पनीले नेपालीहरुलाई राता-रात निकालेको लामाको गुनासो छ । उनका अनुसार ३/४ जना नेपाली कामदारलाई थुनामासमेत राखिएको छ ।
‘तिमीहरुलाई ९ सय रिंगेट दिन्न, बरु नेपालबाटै नयाँ मजदुर ल्याएर ६ सय ३० मै काम लगाउँछु ।’ कम्पनीको भनाइ उधृत गर्दै लामाले अनलाइनखबरसँग भने । नयाँ सरकारी नीति लागू भएपछि पहिलो महिना पूरौ तलब दिएर अर्को महिनादेखि कम्पनीले बढेको तलब खुवाउन आनाकानी गरेको नेपाली कामदारको गुनासो छ । ‘पहिले २६ दिनको एक महिना मानिन्थ्यो, ४ वटा आइतबारको ओभरटाइममा दोब्बर पारिश्रमिक दिइन्थ्यो ।’ पीडित लामा भन्छन्-’ अहिले आइतबारको ओटी कटौती गरिएको छ । लेबी, कोठाभाडा र विमा काट्न थालिएको छ, यसले गर्दा तलब बढे पनि महिनामा थाप्ने तलब खासै बढेको छैन ।’
मलेसियन राजनीतिको मार नेपालीमाथि
‘मलेसियाका रोजगारदाता कम्पनीहरुले नेपालीलाई यसरी रातारात खेद्नुका पछाडि त्यही न्यूनतम ९ सय रिंगेट तलबकै विवाद हो ।’-नेपाल फर्केका पीडितको गुनासो छ । नयाँ मजदुर ट्रायलमा राख्दा ६ महिनासम्म न्यूनतम ९ सय दिनु नपर्ने नयाँ कानूनमा उल्लेख भएकाले गर्दा कम्पनीका मालिकहरु पुराना कर्मचारीलाई जबर्जस्ती हटाएर नयाँलाई ट्रायलमा राख्ने पक्षमा देखिएका छन् । यसका लागि नेपालमा जति पनि सस्तोमा मजदुर पाइने उनीहरुको दाबी छ । मलेसियामा नयाँ चुनाव आउन लागेकाले विपक्षीलाई तह लगाउन र स्वदेशी मजदुरको भोट बढाउन मलेसियन सरकारले तलबवृद्धिको घोषणा गरेको हो ।
तर, विदेशी मजदुरको हकमा ६ महिना ट्रायलमा कम तलबमा काम लगाउन सकिने र ३६ वटा कम्पनीले ९ सय तलब नदिए हुने नयाँ व्यवस्था त्यहाँको सरकारले गरेको छ । पीडितहरुका अनुसार कम्पनीका मालिकहर अनेकन सुविधा कटौती गरेर ९ सय तलब नदिने नियतमा सक्रिय भएका छन् ।अर्काको देशमा काम गर्ने भएकाले नेपाली कामदारमाथि परेको अन्यायका विरुद्ध बोलिदिने निकाय नभएको पीडितहरुको गुनासो छ । अनलाइनखबरसँग लामाले भने- ‘हामीलाई कम्पनीले यसरी हतियार देखाएर रातारात खेदाउँदा पनि हाम्रो पक्षमा बोलिदिने कोही छैन ।’
नेपालमा मेनपावरको अर्को ठगी धन्दा
उता मलेसियन सरकारले मजदुरको न्युनतम तलब ६ सय ३० बाट बढाएर एक्कासी ९ सय रिंगेट पुर्याएको घोषणा गर्नासाथ यता नेपालका मेनवापर कम्पनी र त्यसका एजेन्टहरुले नेपालीहरुलाई ठग्न थालेको गुनासो केहीले गरेका छन् । ‘मलेसिया पठाउँदा पहिले ८०/९० हजारसम्म लिने मेनवापरले अहिले सरकारलाई छलेर १ प्रतिव्यक्ति १ लाख ८० हजारसम्म लिन थालेका छन् । मलेसियामा ९ सय तलव पुग्यो नि भन्दै उनीहरुले युवाहरुबाट बढी रकम उठाउन थालेको स्रोतले अनलाइनखबरलाई बतायो ।
‘एक त मलेसियन सरकारले तोकेको तलब त्यहाँका कम्पनीले दिन कानेका छैनन्, दोस्रो नेपालबा मेनवपावरले गैरकानूनी तरिकाले दोब्बर रकम उठाउँन थालेका छन् ।’ मलेसियाको टप ग्लोबबाट फर्केका युवाले भने- ‘हामी त पीडित भयौं, अब अरु नेपाली दाजुभाइहरु कसैबाट पनि नठगिउन् र बेलैमा चनाखो बनुन् ।’
नयाँ कामदारले पुरानै तलब पाउने
स्रोतका अनुसार नेपालबाट टप ग्लोबले नयाँ कामदारहरु लैजान लागेको छ । उनीहरुलाई ९ सय तलव दिनु नपर्ने भएकाले पुरानालाई जबर्जस्ती हटाएर नयाँ लान लागिएको हो । नेपालका मेनपावरले ९ सय तलब पाइन्छ भन्दै बढी रकम लिएर कामदार पठाए पनि उनीहरुले पुरानै स्केलको तलब पाउने पीडितको गुनासो छ ।
"साभार अनलाइन खबर "