Friday, February 27, 2009

तपाईहरुको लागी एउटा गीतहै ल प्लीज प्ले बटनमा थिच्नुहोला !

Friday, February 20, 2009

मरुभुमी बाट आमालाई सम्झेर "एउटा चिठ्ठी"

आमा! यो बिरानो मुलुकमा बाध्यताले काम गरिरहनु परेको छ । यहाँको हालआमालाई सुनाउनु अघिनै भक्ककानोको बाँध फुटेर भुइभरी रलवल छरिन थाल्छन् । समग्रमा तपाईको आर्शिबादले आजको मितिसम्म आरामै छु । हो आमा, म सानी छँदा आँगनबाट दाउरा ल्याइर अगेनामा आगो जोड्नतपाईले भन्नुहुँदा नाई म सक्दिन भन्दै तपाईसँग फन्केर हिँडेको दिन सम्झेर रोइरहेकी छु । सक्नु हुन्छ भने ती दिनहरु फेरि फर्काइदिनुहोस् आमा ! आज तपाईको मायाको अभावमा यो विशाल मरुभुमिको अनकन्टार सहरभित्र पागलैपागलको हुलबीच रोइरहेकी छु ।
आमा तपाईलाई कस्तो छ ? सुखमा हुनुहुन्छ कि दुःखमा? सुखत कसलाईपो छर ? सबै दुःखमै छनयहा । तपाईजहाँ र जुनसुकै अवस्थामा रहुनभए पनि सुखमानेर बस्नुहोस् खुसी भएर बाँच्नुहोस ।
आफ्ना सपना पुरा गर्ने रहरले आज मजस्ता थुप्रै अन्य नारी पनि यहाँ विदेशीको दास हुन बाध्य छन् । यदि आफ्नो मातृभूमिमै रोजगार पाइन्थ्यो त यो विरानो मुलुकमा नुनिलो आँसुको घुट्को पिएर किन काम गरिबस्नु पथ्र्यो र- यहाँ म लगायत अन्य नेपाली चेली पनि दुःखैदुखमा छन् ।
हामी आफ्नै रहरले दुःखको सागरमा फसेका हौं ।तै पनि भोलिको सुनौलो भविष्यको आशा गरेर संर्घष्ारत जिवन बिताउदै आईरहेका छौ । र्सर्ंघष गरेरै जिवनलाई बचाइराख्ने अठोट गरेका छु मैले पनि । मानिस भएर जन्मे पछि आफु हारेर होइन, दुःखलाई हराएर बाच्न सिक्नु पर्छ भन्ने तपाइको उपदेशलाई आत्मासाथ गर्दै म त्यहि बाटोमा हिड्दै छु आमा!
म कसरी सुनाउ यहाँको हालत-- हामी यहाँ रुसी कथाका बालपात्र "भाङका"को हालतमा छौं । जसले हेरिङ्ग माछालाई उल्टोबाटो केलाउदा सबै ब्रि्रन्छ र मालिकले त्यहि माछाले उसको मुखमा र्हिकाउदा धेरै टाढा रहेको हजुरबुबाको नाम लिएर बचाऊ हजुरबा भनेर द्मयालमा बसी ऊ रुन्छ, जब कि उसको रोदन सुन्ने त्यहाँ कोहि हुदैन ।
एक दिनको कुरा मालिको नाबालक छोरालाई सुताउन कोक्रो हल्लाईरहँदा नाबालक निदाउनु अघि ऊ आफै निधाएछ । त्यो दिन भाङकालाई मालिकनीले बाल्टिनमा पानी हालेर टाउको डुबाउदै र उठाउदै गर्दा हिक्क-हिक्क गर्दै बालक भाङकाले भनेका थिए, हजुरवा! तपाईले जे काम लगाउनुस्, मलाइृ कुटुनुस्, बरु त्यो मान्न तयार छु तर यहाबाट जसरी भए पनि मलाई गाउँमा लैजानुस् । उनले जानी नजानी चिठ्ठी लेखेर बिनाठेगाना पत्र मन्जुसामा खसालेका थिए । हो आमा हामी पनि त्यहि बिशाल मास्को शहरको धनाड्यको घरमा गरिब नोकरिको जिवन बिताईरहेका बालक भाङकाकै हालतमा छौ । यहाँ बन्द प्रखाल भित्र जे पनि हुन सक्दोरहेछ । तर जति चिच्याए पनि सुनीदिने कोहि छैनन् । हामी नेपाली चेलीमाथि भएको अन्यायलाई मालिक घरमा नभएको बेलामा द्मयालबाट बाहिर हेरेर आँसुको रुपमा आफैले पिउनुबाहेक केहि उपाय नहुँदो रहेछ आमा!
प्रायः सबै नेपाली नारी घरायसी कामनै गर्छन । यहाँ कैयौ नारीमाथि रोजगारदाताले गरेको शोषणको बयान गरिसाध्य पनि छैन । अझ कैयौ नारीले त आर्थिक,श्रम र यौनशोषणजस्ता दर्ुर्ब्यवहार पनि सहनुपरेको सुनेकी छु । भगवानको कृपा र हजुरको आशिर्वादले त्यति साह्रो विपत्तिचाहिँ खेप्नुपरेको छैन। भोली के हुन्छ-त्यो त कसलेपो भन्न सक्छ र - सरकारी र गैरसरकारी पक्षबाट ती विभिन्न कोणबाट शोषणमा परेका नेपाली चेलीको उद्धार गर्ने प्रयास गरे उनीहरुको कल्याण हुने थियो । आमा, छिट्टै पुनमिलन हुने आशा गर्दै यो सन्देशका साथ आजलाई पत्र बन्द गर्दछु !


तपाईकी संर्घष्ाशिल छोरी
जानुका भण्डारी
हालः लेवनान
सभार:राअसा दोहा

Monday, February 16, 2009

खाडीमुलुकमा महिला कामदारको पिडा

खाडी मुलुकमा नेपाल सरकारले घरेलु कामदारको रुपमा नेपाली महिलाहरुलाई नपाठाउने प्रावधान बनाएको भए पनि दलालहरु मार्फत भारतको बाटो हुँदै । कतार लगायत अन्य खाडीमुलुकमा घरेलु कामदारको लागी नेपाली महिलाहरु यहाँ आउने क्रम दिनानु दिन बड्दै गइरहेको छ । भरखरै मात्र नेपाल दुताकासको सरणमा आएका केहि नेपाली चेलीहरुलाई बिभिन्न संसस्था अनि बुद्धि जीवी तथा सहयोगी भावना भएका नेपालीहरुको रोहवरमा ति पिडीत चेलीहरुलाई प्लेन टिकेट उपलब्ध गराइ नेपाल फर्काएको केहि दिन वित्न नपाउदै । विदेशमा गएर आफ्नो नयाँ जिवनको सुरुवात गर्छु मेरो नामको पच्छि झुण्डीएको गरिवी शब्दलाई हटाउने छु । मेरो उज्वल भबिश्यको निर्माण गर्ने छु भन्ने बृहत सपना बोकि २ महिना अघी कतार आएकी, दमक-११, मालपोत टोलकी राधिका लिम्बूको पनि अन्य नेपाली चेलीहरुकोझै दयनीय अवस्था भएको छ । उनि नेपालबाट यहाँ आउन अगाडी एजेन्टले आफुलाई कम्पनीको कामको लागी पठाउने र मासिक तलब पनि ७५० कतारी रियल दिने प्रतिबद्धता गरेका थिए रे । र काम भने अफिसमा चियाँ बनाउने र बगैचामा पानी लगाउने भनेर तर राधिका जव कतारमा आइ पुगिन र उनिलाई थाहाँ भयो । उनि कम्पनीको कामको लागी नभई घरेलु कामको लागी आएकी रहेछिन् । त्यो पनि एक पाकिस्थानी परिवारमा। त्यसैले उनीले जुन घर मालिक को दुर्व्यबहार र अन्य समस्यालाई झेल्न नसकेर अहिले दुताबश्को शरणमा छीन । यसरीनै झुट आस्वसन देखाई सिधा-साधा नेपालीहरुलाई ठग्ने क्रम दिनानु दिन बृद्धि भईरहेकोछ । त्यसैले नेपाली दिदि-बहिनी तथा दाजुभाईहरु हामी आफै सजक हुनु नितान्त आबश्यक छ ।
नपाली पुरुष तथा महिलाहरु जो कोही पनि बिदेशिनु कुनै रहर होइन । यो आ-आफ्नो बाद्दयता हो । गरिवी, बेरोजगारी, राजनितिक अराजकता जस्ता गम्भिर समास्याका कारणले गर्दानै नेपालीहरु बैदेशिक रोजगारीको लागी बिदेशिनु पर्ने बाद्दयता सृजना भएको छ ।
तर यस्ता समस्यामा परि ठुलो रकम दलाललाई अशुल गरि बैदेशिक रोजगारीमा आउने नेपाली कामदारहरुले । भनेको जस्तो परिश्रामिक ज्याला नपाउने, सम्झाउता अनुसारको सुविधा नपाउने । अझै जटिल समस्या महिला घरेलु कामदारहरुले झेल्नु परेको छ । घर मालिकको दुरब्याबहार, २४सै घण्टा काममा लादिनु पर्ने खान बस्नको उचित ब्याबस्था नहुने, जस्ता समस्याले गर्दा उनिहरुमा शारिरीक अनि मानसिक अशर समेत पर्न गएको यर्थात घट्नाहरु छन् । त्यसैले जो कोहि पनि बिदेशिनु अगाडी आफु के कामको लागी? कति मासिक तलब? कति घण्टा सम्म काम गर्नु पर्ने? के-के सुबिधाहरु छन? मेरो दक्षता अनुरुपको काम हो की होइन? भन्ने यर्थाथ जानकारी लिएर मात्र विदेशिनु पर्ने सल्लाह र सुभब छ । र नेपाली दिदिबहिनीहरुलाई मेरो अनुरोध खाडीमुलुकमा तपाईलाई कुनै दलालले घरेलु कामदारको निम्ती विबिध प्रलोभन देखाई फसाउने प्रयास गर्दै छन् भने । तपाईको जस्तोसुकै दयनिय आर्थिक अबस्था भए पनि घरेलु कामदारको लागी खाडी मुलुकमा नआउनु होला । ति दलालहरुले भने बमोजिमको कुनै पनि सर सुविधा पाउनुहुने छैन । त्यसैले बेलैमा बुद्धि पुर्‍यौ, आफ्नो अस्तित्व अनी इज्यतको सम्रक्षण गरौं ।

सेवारो! डि बि लिवाङ

Monday, February 9, 2009

अपील

आदाणीय लिम्बुवानवासी दिदीबहिनी तथा दाजुभाइहरू !

नेपाली जनताको त्याग तपस्या र बलिदानले आज मुलुकमा आमुल परिवर्तन भएको छ । विभिन्न समयमा भएका जनआन्दोलन र दशौं वर्षको जनयुद्धको उत्कर्ष्ा स्वरुप ०६२/०६३ को बलिदानीपूर्ण संघर्षपछि सामन्तवादको नाइके राजसंस्थाको अन्त्य भर्इ मुलुक संघीय लोकतान्त्रिक चरणमा प्रवेश गरेको छ । शदियौंदेखिको शोषण र उत्पीडनको बन्धन चुँडालेर आज सम्पूर्ण जाति, भाषा , धर्म, संस्क्रिती र क्षेत्रहरु आफ्नो अधिकार प्राप्तिको लागि जुटेका छन्‍ । यसै सन्दर्भमा आफ्नो एेतिहासिकताको आधारमा सम्पूर्ण् लिम्बूवानवासी जनताहरु लिम्बुवान स्वायत्त राज्य निर्माणका लागि आन्दोलित बनेका छन्‍ । लिम्बुवानवासी जनताको यही चाहनालार्इ मूर्त रुप दिन विगत धेरै समयदेखि उठिरहेको लिम्बुवान प्राप्तिको आन्दोलनहरुको सम्बोधन गर्न र लोकतान्त्रिक मान्यतामा आधारित लिम्बुवान स्वायत्त राज्य निर्माण्ाका लागि एकीक ृत र संगठित शत्तmिको आवश्यकता महशुस गरी लिम्बुवान स्वायत्त राज्य निर्माण्ाका लागि संयुत्तm लिम्बुवान मोर्चा नेपालåारा आयोजना हुन गइरहेको विशाल जनप्रदर्शन र जनसभाहरु निम्न मिति, समय र स्थानहरुमा हुने भएकोले नयाँ नेपालको संविधान लेखिँदा विगतमा शान्तिपूर्ण्ा वा सशस्त्र रुपमा उठेका राजनीतिक मुद्दाहरुको दीर्घकालीन समाधानका लागि लिम्बुवान मुत्तmि मोर्चा, लिम्बुवान राष्टि्रय मुत्तmि मोर्चा (एकीक ृत नेकपा माओवादी), संघीय लिम्बुवान राज्य परिष्ाद (संघीय लोकतान्त्रिक राष्टि्रय मञ्च), नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ (नेकपा एमाले), नेपाल लिम्बुवान स्वशासित संघ एकीक ृत (नेकपा एकीक ृत), लिम्बुवान प्रान्तीय परिष्ाद (राजमुपा), नेपाली कांग्रेस सम्वद्ध लिम्बूहरु र किरात याक्थुङ चुम्लुङबीच संयुत्तm लिम्बुवान मोर्चा, नेपाल गठन भर्इ विगतदेखि नै केन्द्रीय सरकारका प्रधानमन्त्रि राष्ट्रपति, सभाध्यक्ष्ा र राजनीतिक दलहरुलार्इ ज्ञापन पत्र बुभmाउनेलगायत विभिन्न दवावमूलक कार्यत्रmम गर्दै आइरहेको जानकारी गराउँदछौ । यसैत्रmममा स्वायत्त लिम्बुवान राज्यबारे २०६५ पौष्ा १९(२० मा धरानमा बसेको मोर्चाको विस्तारित बैठकले लिम्बुवान स्वायत्त राज्य प्राप्तिको लागि लिम्बुवानवासी सम्पूर्ण्ा जाति जनजातिहरुको अधिकारलार्इ सुनिश्चित गर्दै सरकारलार्इ दवाव दिन र स्थानीय स्तरमा जागरण्ा ल्याउन शान्तिपूर्ण्ा आन्दोलनको घोष्ाण्ाा गरेको जानकारी गराउँछौं । लिम्बुवानवासी आदरण्ाीय दिदीबहिनी तथा दाजुभाइहरूमा हाम्रो निम्न बमोजिम हुन गइरहेको शान्तिपूर्ण्ा विशाल जनप्रदर्शन र जनसभामा उपस्थित भर्इ संघीय लोकतान्त्रिक गण्ातन्त्र नेपालमा स्वायत्त लिम्बुवान राज्यको स्थापनामा सहयोग गर्न आह्वान गर्दछौं । उत्तm जनसभालार्इ मोर्चाको केन्द्रीय नेताहरुले सम्बोधन गनर्े जानकारी गराउँदछौं ।
विशाल जनसभा हुने मिति:र स्थानहरु:
माघ २२ गते ( ताप्लिजोङ जिल्ला पुmङ्‍लिङ बजार
माघ २४ गते ( पान्थर जिल्ला पेmदेम बजार
माघ २५ गते ( इलाम जिल्ला इलाम बजार
माघ २६ गते ( भmापा जिल्ला दमक बजार
माघ २७ गते ( मोरङ जिल्ला पथरी बजार
माघ २८ गते ( सुनसरी जिल्ला धरान बजार
माघ २९ गते ( धनकुटा जिल्ला धनकुटा बजार
फागुन १ गते ( तेह्रथुम जिल्ला मेयाङलुङ बजार
फागुन ३ गते ( संखुवासभा जिल्ला सिद्धपोखरी बजार

उपरोत्त विशाल जनसभापछि संयुत्तm लिम्बुवान मोर्चाको तर्पmबाट स्वायत्त लिम्बुवान राज्यको समर्थनमा १० लाख हस्ताक्ष्ार संकलन गरी सरकारलार्इ बुभmाउने साथै चैत्र पहिलो साता विशाल जनसमूहको उपस्थितिमा एकात्मक केन्द्रीक ृत राज्यसत्ता घेराउm गनर्े कार्यत्रmम रहेको छ ।

संयुत्त लिम्बुवान मोर्चा, नेपाल

Saturday, February 7, 2009

जुनि जुनि सँगै सँगै जिउन पाए हुन्थ्यो

++RISHI++

बिहानिको लालि सँगै रङ छर्न पाए हुन्थ्यो
कोयली सँगै पालुवामा गाउन पाए हुन्थ्यो
गित बनि मधुमासमा नाच्न पाए हुन्थ्यो
तारा बनि जुन सँगै लुक्न पाए हुन्थ्यो
छितिज पारि मिर्मिरे मा रम्न पाएहुन्थो
जुनकिरिले मलाइ पनि मित लाए हुन्थो
जुनि जुनि नछुटिने पृत लाए हुन्थो
सहि दिन्थे बिर्सिएर सबै सबै घातहरु
बिर्सि दिन्थे चोट पनि थामिदिन्थे हात हरु
गई दिन्थे ढुङ्ग पुज्ने मन्दिर बरु लाने भए
खाइ दिन्थे बाचा कसम भए भरको खाने भए
उमङ्ग छन मनभरि रहर छन तन भरि
सपना धेरै साचेको छु सजेको छ आखा भरि
नत मैले दौलत मागे नत मागे सुनचादि
नत मागे ऐस आरम नत लाएबिन्ति
खालि एउटामन मागे, मागे एउटा माया
लुटपुटिने काख मागे, मागे एउटा छाया
त्यसैले नै बिन्ति गर्छु माया पाए हुन्थ्यो
जुनि जुनि सँगै सँगै जिउन पाए हुन्थ्यो
त्यसैलेनै जुनकिरिले मित लाए हुन्थ्यो
जुनि जुनि नछुटिने पृत लाए हुन्थ्यो











blogs.mp3 -

Monday, February 2, 2009

कसैले बुझेनन् मनको पीडा "विचार"(साभार//रासा)

विष्णु मायाँ
हाल-दोहा कतार


अविछिन्न आफ्नै पारामा दौडिरहेको यस जिन्दगीमा कुनै लक्ष्य प्राप्तिका लागी टन्टलापुर घाममा खटिनुपर्ने रहेछ । कोहिबेला घनघोर वषर्ात्मा होमिनु पर्ने रहेछ । सफलताको शिखर चुम्न चुनौतीको कठोर यातनासमेत हाँसीहाँसी सामना गर्नु पर्ने रहेछ । जहाँ मानविय भावना प्रेम, दयाँ जस्ता भावनाका गुणहरुलाई समेत पराइको आँचलमा सुम्पिएर जीवनको आदर्शलाई खोक्रो बनाएर आफ्नो लक्ष्य र सपना साकार पार्नुपर्ने रहेछ ।

यो कस्तो विवस्ता होला? यो कस्तो मजबुरी होला? आफ्नो परिचय आफ्नो मौलिकता समेत पैतालामा राखेर जीवनको आवश्कता पुरा गर्नुपर्ने किन? महान नेपालीको गौरवलाई समेत बेवास्ता गरेर नेपालीको छाँतीमा बदनामीको कालो पोतो पोत्ने यो विवश क्षण, यो मजवुरीको मुटु चिरिने विवशताको क्षण कसले दिएको? कोहीसँग उत्तर छ? नेपालीले ४५ ड्रि्रीको घाममा गैती र बेल्चा हान्नु पर्ने बिवश परिवेश कसले सिर्जना गरेको? सिउँदोको सिन्दुर र हातको खन्खन चुरीलाई चटक्कै छाडेर पराइको आँगनमा पराइको गुलामी गर्ने यो महान् अवसर कसले दिएको? समाजको तिखो बचन, सभ्य र सुसज्जित नामले चिनाउने समाजले आज एक अवला नारीलाई शोषण र दमन गर्ने मनसाय बोकेर आफ्नो स्वार्थ मनोकांक्षा तृप्त नहुँदा विभिन्न आरोप एवं लाल्छना लगाएर परिवार/समाजदेखि टाढा पुर्‍याउछन्, यो अधिकार कसले दिएको ? कोहिसँग उत्तर छ?

लोकतन्त्रर र प्रजातन्त्रको नाममा लाखौं नेपाली चेलीको सिउँदोको सिन्दुर पुछिएका छन् । यो कसले बुझेको छ? नारी स्वतन्त्रताको नाममा विभिन्न गोष्ठी सभाहरु सम्पन्न भएका छन् तर कसैले सोचेका छैनन् । ग्रामीण भेगमा जो दासताको सिकार भएर परिवारबाटै पीडित हुँदा आत्माहत्या गर्ने बाहेक विकल्प छैन ।
के त्यहाँ लोकतन्त्र, प्रजातन्त्र, नारी स्वतन्त्रता जस्ता परिवर्तित सोच र अधिकार पुगेका छन् त- एक छाकका लागी २४ घण्टा खटिँदा पनि विभिन्न आरोप लाल्छना लगाएर बदनामीको तितो बचन सहनर्ुपर्छ,नारी अधिकार परिवर्तनको नौलो किरण खाई, कहाँ छ??