Friday, February 20, 2009

मरुभुमी बाट आमालाई सम्झेर "एउटा चिठ्ठी"

आमा! यो बिरानो मुलुकमा बाध्यताले काम गरिरहनु परेको छ । यहाँको हालआमालाई सुनाउनु अघिनै भक्ककानोको बाँध फुटेर भुइभरी रलवल छरिन थाल्छन् । समग्रमा तपाईको आर्शिबादले आजको मितिसम्म आरामै छु । हो आमा, म सानी छँदा आँगनबाट दाउरा ल्याइर अगेनामा आगो जोड्नतपाईले भन्नुहुँदा नाई म सक्दिन भन्दै तपाईसँग फन्केर हिँडेको दिन सम्झेर रोइरहेकी छु । सक्नु हुन्छ भने ती दिनहरु फेरि फर्काइदिनुहोस् आमा ! आज तपाईको मायाको अभावमा यो विशाल मरुभुमिको अनकन्टार सहरभित्र पागलैपागलको हुलबीच रोइरहेकी छु ।
आमा तपाईलाई कस्तो छ ? सुखमा हुनुहुन्छ कि दुःखमा? सुखत कसलाईपो छर ? सबै दुःखमै छनयहा । तपाईजहाँ र जुनसुकै अवस्थामा रहुनभए पनि सुखमानेर बस्नुहोस् खुसी भएर बाँच्नुहोस ।
आफ्ना सपना पुरा गर्ने रहरले आज मजस्ता थुप्रै अन्य नारी पनि यहाँ विदेशीको दास हुन बाध्य छन् । यदि आफ्नो मातृभूमिमै रोजगार पाइन्थ्यो त यो विरानो मुलुकमा नुनिलो आँसुको घुट्को पिएर किन काम गरिबस्नु पथ्र्यो र- यहाँ म लगायत अन्य नेपाली चेली पनि दुःखैदुखमा छन् ।
हामी आफ्नै रहरले दुःखको सागरमा फसेका हौं ।तै पनि भोलिको सुनौलो भविष्यको आशा गरेर संर्घष्ारत जिवन बिताउदै आईरहेका छौ । र्सर्ंघष गरेरै जिवनलाई बचाइराख्ने अठोट गरेका छु मैले पनि । मानिस भएर जन्मे पछि आफु हारेर होइन, दुःखलाई हराएर बाच्न सिक्नु पर्छ भन्ने तपाइको उपदेशलाई आत्मासाथ गर्दै म त्यहि बाटोमा हिड्दै छु आमा!
म कसरी सुनाउ यहाँको हालत-- हामी यहाँ रुसी कथाका बालपात्र "भाङका"को हालतमा छौं । जसले हेरिङ्ग माछालाई उल्टोबाटो केलाउदा सबै ब्रि्रन्छ र मालिकले त्यहि माछाले उसको मुखमा र्हिकाउदा धेरै टाढा रहेको हजुरबुबाको नाम लिएर बचाऊ हजुरबा भनेर द्मयालमा बसी ऊ रुन्छ, जब कि उसको रोदन सुन्ने त्यहाँ कोहि हुदैन ।
एक दिनको कुरा मालिको नाबालक छोरालाई सुताउन कोक्रो हल्लाईरहँदा नाबालक निदाउनु अघि ऊ आफै निधाएछ । त्यो दिन भाङकालाई मालिकनीले बाल्टिनमा पानी हालेर टाउको डुबाउदै र उठाउदै गर्दा हिक्क-हिक्क गर्दै बालक भाङकाले भनेका थिए, हजुरवा! तपाईले जे काम लगाउनुस्, मलाइृ कुटुनुस्, बरु त्यो मान्न तयार छु तर यहाबाट जसरी भए पनि मलाई गाउँमा लैजानुस् । उनले जानी नजानी चिठ्ठी लेखेर बिनाठेगाना पत्र मन्जुसामा खसालेका थिए । हो आमा हामी पनि त्यहि बिशाल मास्को शहरको धनाड्यको घरमा गरिब नोकरिको जिवन बिताईरहेका बालक भाङकाकै हालतमा छौ । यहाँ बन्द प्रखाल भित्र जे पनि हुन सक्दोरहेछ । तर जति चिच्याए पनि सुनीदिने कोहि छैनन् । हामी नेपाली चेलीमाथि भएको अन्यायलाई मालिक घरमा नभएको बेलामा द्मयालबाट बाहिर हेरेर आँसुको रुपमा आफैले पिउनुबाहेक केहि उपाय नहुँदो रहेछ आमा!
प्रायः सबै नेपाली नारी घरायसी कामनै गर्छन । यहाँ कैयौ नारीमाथि रोजगारदाताले गरेको शोषणको बयान गरिसाध्य पनि छैन । अझ कैयौ नारीले त आर्थिक,श्रम र यौनशोषणजस्ता दर्ुर्ब्यवहार पनि सहनुपरेको सुनेकी छु । भगवानको कृपा र हजुरको आशिर्वादले त्यति साह्रो विपत्तिचाहिँ खेप्नुपरेको छैन। भोली के हुन्छ-त्यो त कसलेपो भन्न सक्छ र - सरकारी र गैरसरकारी पक्षबाट ती विभिन्न कोणबाट शोषणमा परेका नेपाली चेलीको उद्धार गर्ने प्रयास गरे उनीहरुको कल्याण हुने थियो । आमा, छिट्टै पुनमिलन हुने आशा गर्दै यो सन्देशका साथ आजलाई पत्र बन्द गर्दछु !


तपाईकी संर्घष्ाशिल छोरी
जानुका भण्डारी
हालः लेवनान
सभार:राअसा दोहा

No comments:

Post a Comment

प्रिय पाठक मित्रहरु तपाईंहरुले मेरो ब्लगलाई ब्राउज गरिदिनुभएकोमा धन्यवाद ! र लेख रचनाहरु को अध्यायन पछी कृपया कमेन्टपनी लेखी दिनुहोला तपाईंहरुको सल्लाह र सुझपनै मेरो सफलताको प्रतिक हुने छ । तर प्रतिकृया लेख्दा शिर्सक सँग सम्बन्धित प्रतिकृया लेख्नु होला । कृपया जताभाबी अपच शब्दको प्रयोग नगरिदिनुहोला । धन्यवाद ! धन्यवाद !! धन्यवाद !!!