Sunday, January 25, 2009

Tribhuwan International Airport KTM " Copy from DC Nepal"

Friday, January 23, 2009

!!एउटा जिवनको प्रेम !!

मानव जिवनको आ-आफ्नै रुपरेखाहरु हुन्छन् । जो कसैले बनाउन अनि भत्काउन सक्दैन । जसलाई उपरवलाको देन भनेर बुझिन्छ ।

म सानो छदा देखीनै चञ्चले अनि मिलनसार स्वभाबको थिए । र त्यो बाल्यकालको स्वभावलाई अहिले सम्म पनि मैले सुरक्षीत राख्दै आएको छु । सायद म अलिक चुलबुले स्वाभावको भएरनै होला ! मैले जिवनमा अनगिन्ती प्रशंसाका विषयहरुलाई चुम्न पुगे भने, त्यतिकै तिरस्कारहरु पनि ।
कुरा केही समय अघिको हो । म त्यो समयमा १६/१७ बर्षो थिए । मानव जिवनको त्यो बखत भनेको चन्द्रमालाई पृथ्वीमा मिलाउने र अकाशका ति ताराहरुलाई आफ्नो अन्जुलीमा अर्टाई राख्न सक्ने साहस आउने गर्दछ ।
सायद भाग्यको रेखामानै त्यस्तै कोरीको थियो होला । प्रसंग यस्तो छ ...........! म सानै देखि पत्र पत्रिका भने पछि हुरुक्कै हुन्थे । दैनीक, साप्ताहिक अनि मासिक सबै खाले पत्रपत्रिकाहरु हर्ेर्ने गर्थे । एक दिन मैले पर्ुवअञ्चलको लोक प्रिय मासिक पत्रिका "सगरमाथा सौगात" हर्ेर्ने अवशर पाए । मैले जुन मेग्जिनको भित्री अंगहरुलाई पल्टाउदै अघि बडिरहेको थिए । अचानक पत्रमित्रता स्तम्भ भएको पृष्ठमा आखाँ जुध्न गयो । र मैले पनि आफुलाई जहा समाबेश गर्ने साहस गरे । अनि तत्काल सम्पादक मण्डललाई मैले सर्म्पर्क गरे र मैले आफुलाई पत्रमित्रता स्तम्भमा समाबेश गर्न सफल भए ।
एक दिनको कुरा हो म कलेज बाट घर तर्फर्फकन्दै थिए । मेरो पछि-पछि एक जना दाई साइकलको बेल मार्दै म भएकहाँ बेगमा आदै हुनुहुन्थ्यो । उहाँ केहि नजिक आइ पुग्नु भयो । उहाँ हुलाकी दाई हुनुहुन्थ्यो । हुलाकी दाईलाई मैले नमस्कार दाई अनि यति बेगमा कहाँ सम्म लाग्नु भा- भनेर उहाँलाई सोधे । उहाँले भन्नु भयो मैले भाइको कोशेली लिएर आएको हो भन्दै एउटा रजिस्टर पत्र मेरो हातमा थमै दिनु भयो । मलाई धरै खुलदुली लाग्न थाल्यो यो कसले लेखेको होला- कहाँ बाट आएको हाला- भन्दै मैले हत्तार हतार पत्र खोले हतारमा पत्रनै च्यातीएछ । पत्र यसरी सुरुवात गरिएको थियो ।

मिती २०५७ साल ०२ / २२

हृदयी स्पषर्ी अदृश्य मित्र रोहन जी.(नाम परिवर्तन)......!
अविरल सम्भनाको साथै अनमोल मायाँका अनुपम लहरहरु...........!! सायद तपाइलाई अनौठो महसुुुस भइरहेको होला, बसन्तको पालुंवाले मिठो सुवास उर्ढाई ल्याए सरि, अचानक अपरिचित मित्रको पत्र हातमा पर्दा कृपया अन्याथ नसोचि दिनुहोला । तपाइले सगरमाथा सौगातमा पत्रमित्रता स्तम्भ सहित आफ्नो एउटा रचनालाई पनि प्रस्तुत गर्नु भएको रहेछ । मलाई धैरै राम्रो लाग्यो । र तपाई सँग परिचित हुने उत्साह जाग्यो त्यसैले मैले तपाईलाई २शब्द कोर्ने कसुर गर्दैछु । यदि मेरो गल्ती भए अन्जान मित्र सम्झी माफि गर्नु होला । सम्भब भए मेरो पत्रको प्रतिउत्तरमा आफ्नो २ शब्द कोर्न कन्च्यूर्साई नगरी दिनु होला भन्दै ओझेल पर्दछु ।

उहि अपरिचित मित्र
रोहीमा -नाम परिवर्तन)

यसरी लेखिएको एउटा अपरिचित पत्र मेरो हातमा पर्न सफल भयो । मेलै पनि त्यो पत्रको प्रति उत्तर दिनमा कन्चुर्साई गरिन । सहजै प्रति उत्तर दिन सफल भए। त्यसरिनै हामी विचको अदृश्य पत्र-मित्रताको यात्राले निरन्तर दिदै गयो ।
र त्यसरी हाम्रो मित्रतालाई अझ प्रगाढ बनाउनको लागी हामि बिच भेट हुने सल्लाह पनि धेरै पटक भयो । खोई..समय र परिस्थितीको खेल भनौ या त .................कहिले भेटको अवशर मिलेन । पत्रचार निरन्तर चलि रहेको हुन्थ्यो । हाम्रो मित्रताको यात्रापनि ५ बर्षवितिसकेको थियो । त्यतिकै एक अर्का विच भेटनै नभई म आफ्नो अधुरो जीवनको उज्यालो मार्गको खोजिमा बैदेशिक भुमी तीर हानिए । तर पनि मैले आफ्नो विगतका ति बाचा बन्धनहरुलाई तोड्न सकिन । किनकी हामी जहिले पनि एकले अर्कालाई जिवनमा कहिले पनि नभुल्ने जस्तो सुकै अवस्थामा पनि मित्रताको सम्बन्धलाई कायमनै राख्ने अठोट गरेका थियौ । म आफ्नो मात्रि भुमिदेखि केहि टाडा रहेर पनि उनीलाई पत्रचार नगरि बस्न सकीन । हामी बिच पत्रचार भई रहयो ।
त्यो अदिृश्य मित्रताले थाहै नपाई सात बर्षपुरा गर्न लागेको थियो । यसरी सात बर्षसम्मको मित्रतामा कहिले काहि पत्रमा फोनमा केहि रेला ठठ्ठाकाकुरा हरु पनि हुन्थे । तर उनिलाई मैले कहिले जिवन साथी बनाउछु भन्न सकिन् र उनिले पनि ....................

मैले उनीलाई नदेखे पनि मलाई यति कुरा स्पष्ट थियो । उनि इमान्दार, सहनशिल अनि एक योग्य महिला हुन भनी। र उनिलाई पनि मेरो बारेमा सबैकुराको जानकारी भइ सकेको थियो । यसरि पत्र-मित्रताको लामो यात्राले एक दिन अचानक अर्कै रुप लिन पुग्यो । उनले एउटा कुरा नलजाई कन भनिन् मलाई । सायद उनिले मेरो मनलाई राम्रोरी बुझि सकेकी थियीन होली । तर मैले हामी बिचको मित्रतालाई अझ प्रगाढ बनाउनको लागी कहिले पनि उनी माथी चाहेर पनि त्यस्तो कुनै प्रस्ताव राख्न सकिन् । जब कि उनीले बाटो खोलिन् मैले पनि त्यो गोरेटो लाई आत्मासाथ गर्न बाद्य भए । भन्नु पर्दा मलाई पनि उनको आबश्यकताका मुनाहरु पलाउन थालेका थिए । मैले पनि उनिलाई सहर्षस्वीकारे । र हाम्रो मित्रताको सम्बन्ध त्यो दिन देखि प्रेम र प्रेमीका परिणत भयो । त्यो सात बर्षपछिको अति मिठो फल थीयो ।
समय यसरिनै दिन पछि रात, रात पछि दिन गर्दै चलिरहेको थियो । समयले पनि थाहै नपाई कति चाडो कोल्टे फेरेछ । जवकी हाम्रो प्रेम यात्रा ६/७ महिनाको ढौडानमा थियो । एक दिन एका विहानै मैले उनिलाई फोन गर्नै कसुर गरे जुन दिन अति महत्वपर्ुण्ा दिन थियो "भ्यालेन्टाइन डे" । जो प्रेमी र प्रेमीका बिचको अति महत्वपर्ुण्ा दिन र मैले उनको नम्बर डायल गरे । लामो रिङ्गङि भयो कसैबाट पनि फोन रिसिब भएन । फेरि रि डायल गरे...........एक सानो बच्चीले फोन उठाइन् ! मैले ति बच्चीलाई रोहिमालाई देउन नानु भन्न पनि सकेको थियीन ती बच्चीले हत्तार हतार तोते बोलीमा अंकल रोहिमा आन्टी त हुनुहुन्न । उहाँ त अंकलको घर गई सक्नु भयो । भनीन् ! मैले कसरि विश्वास गर्ने - सायद नम्बर गल्ति भयो होला भनी मैले पुन डायल गरे उनकी बहिनी स्वस्तिकाले फोन उठाइन । उनि बोल्न साथ मैले स्वास्तीका हुन भनी ठम्याउन सके । उनीले पनि मलाई चिनीन् । मैले कुरा गर्नुनै पाइन उनिले कुरा गर्न थाली सुन्नु त ! म आज तपाईलाई कसरी सम्झाउ - के भनौ - भन्दै भनी मैले भने के भाको हो त्यो त भन! भने उनिले सरिल म दिदिको तर्फाट धरै माफी माग्दछु । मलाई पनि थाहा छैन दिदिले किन यस्तो निर्णर्य गरिन भनेर । भन्दै माफीका कुराहरु गर्न थालिन उनीले मलाई सम्झाउन कुनै आबश्यक नभएको कुरा भनी दिए । केहि छैन स्वस्तिका आखिर मान्छेले भाग्य बनाउदा बनाउन सकिन्न र भत्काउदा भत्काउन सकिन्न, जीवनमा मान्छेले जति पनि हार र जित जस्ता परिमाणहरु सँग सम्मन्ध कायम गर्दै जान्छन ती सबै लेखन्तका कुरा हुन । जो मानिसको जन्मको छैठौ दिनमा लेखिएको हुन्छ । भन्ने विश्वास छ भन्दै उनिलाईनै सम्झाउन सफल भए । जति मनमा पिडाहरु त थिए तर मैले के गर्ने-- त्यति कलिलो मायाँको मुनालाई चटक्कै निमोठ्दा कसको मन नदुख्ला र -- तर म मेरो भाग्यलाई दोस दिन्दै चित बुझाउन बाध्य भए ।

यो सब कसरि भयो त-

जहिले पनि मायाँ गर्नेहरु मायाँलाई धन सम्पत्ति, जात भात सँग जोख्न हुन्न, मायाँ अन्दो र निश्चल हुन्छ भन्छन तर होइन रहेछ । मायाँ कसैले स्वार्थको लागी पनि गरेको हुदारहेछन् । जबकी म सामान्य आयस्रोत को ब्यात्ति थिए । त्यस विच म भन्दा मुल्यवान, दौलतको धनी एक जवान राहिमा माथि आई लागेछ । रोहिमाले जिवनका सारा बाचा बन्धनलाई भुलि मेरो मायाँलाई सम्पतीमा दाँजी दिइन् । जबकी मलाई थाहाँ भो मायाँ भन्ने कुरा पैसामा विग्दोरहेछ। जसको किन बेच पनि हुदो रहेछ । त्यस पश्चात जिवनमा कहिले पनि मायाँको जालमा नपर्ने अठोट गरे । जीवनमा आँशु पिएर भए पनि एक्लै जिउने आफैले बाचा गरे । जवकि युवतीहरु देख्न बित्तिक्कै घृणा जाग्दथ्यो । सबै युवतीहरु धोकेवाज हुन्छन भन्ने लाग्दथ्यो । युवतीहरुलाई कहिले पनि नजिक बाट हर्ेन सकिन !


समयले पनि निक्कै लामो फड्को मारि सकेको रहेछ । त्यो सागर भन्दा पनि गहिरो घाउ धेरै पुरानो भई सकेछ । जसको दुःखाई पनि भुलि सकेको रहेछु । एक दिनको कुरा हो । जुन नयाँ बर्षनयाँ दिन अनि विहानीको र्मिमिरे उसासँगै एउटी अपरिचित युवती सँग परिचित हुन पुगे छु । उनकी नाम पनि कति राम्रो- चाँदनी रहेछ-नाम परिवर्तन) । चाँदनी सँग मेरो कसरि परिचय भयो त- एक्कैसौ सताब्दीको महत्वपर्ुण्ा संचार माध्यम अनलाई मार्फ उनीलाई भेट्न सफल भए । उनि साच्चैनै चाँदनी झै रैछे । उनको त्यो कोयलीझै मोहनी बोली, ति गाजलु आँखा, स्याउझै राता राता गाला देख्दात मैले ति बिगतका गहिरो घाउलाई पनि बिर्सन पुगेछु । अनि ति युवतीलाई अब्याक्त पे्रम गर्न थालेछु । म उनिलाई कति मायाँ गर्थे.....- त्यो कसैलाई थाहाँ थिएन । मात्र मलाई...........किनकी त्यो उनि प्रतिको मेरो अब्यात्त प्रेम थियो ।
जुन दिन सेप्टेम्बर २८ तारीकको दिन थियो । त्यो दिन उनीको जन्म उत्सब रहेछ । मलाई पनि उनिले त्यहाँ निमन्त्रण गरिन । मैले चाँदनीको परिवारलाई चिनेको थिइन । । जुन दिन विहान सबेरै देखि म चाँदनीको जन्मदिनको शुभकामना दिन जानलाई हत्तारीन्दै थिए । भर्खर पलाउदै गरेका जुगाँ र दारी पनि सेवीङ्ग गरि आर्कषक बनि चाँदनीलाई शुभकामना दिन जाने तयारी गर्दै थिए मैले आफ्नो सारा कार्यहरु सिद्धी गरे र आफुले रोजेको जिवन साथी चाँदनीलाई जन्मदिनको शुभकामना मात्र होइन। उनलाई मेरो जिवन सङ्गनिीनै कायम गरि घर र्फकने महान विचारका साथ स्पेसलिष्ट उपहार लिएर म मोटरसाइकल चडेर चादँनीको घर तर्फलागे ।



म चादँनीको घरमा पुगे धुमधाम साथ कार्यक्रम भईरहेको थियो । त्यहाँ चाँदनी मेरो प्रतिक्षामा थियीन । उनि मेरो बाटो कुरेर बसेकी रहेछिन् । केक काट्ने बेला भएको रहेछ । म अलिक अवेर भएकोले गर्दा उनी टोलाई रहेकी थियीन । सबैले उनलाई केक काट्न आग्रह गरिरहेको रहेछन् । तर उनि मेरो पर्खाइमा बसेकी रहेछिन् । म त्यहाँ पुग्न साथ स्वागतका ताली र पटकाहरु पड्कन सुरु भयो । चाँदनीलाई मैले हेप्पी वर्थडे टु यू चाँदनी भन्दै अंकमाल गरे । र मैले लगेको उपहार उनिलाई थमाए । चाँदनीले केक पनि काटिन् । र उनको पिता गगन् सिं स्टेज अघि आई एटेन्शन प्लीज ! यहाँ उपस्थित समस्त महानुभावहरु आजको दिन मेरी छोरीकी जन्मदिन महत्सव मात्र नभै दास्रो अवशर पनि हो । भनी बाबाले एनाउन्स गर्नु भयो म खुसिले गद गद भए मैले जे सोचेर आएको थिए त्यहि भयो । मैले केहि बोल्न पनि सकिन मैले चाँदनीलाई हेरी रहे सबैको आँखा म कहाँ केन्द्रीत थियो । मलाई लाज पनि भयो । चाँदनीकी पिताले फेरी भने "उपस्थित महानुभाबहरु मेरी छोरी चाँदनीको जीवन साथीको परिचय त दिनै पर्यो। उहा हुनुहन्छ । चाँदनीकी क्लास प|mेन जो अमेरीकामा कप्यूटर इन्जीनियरीङ्ग गरेर केहि समयको लागी नेपाल र्फकनु भएको छ । यो पहिलो केकको टुक्रा चाँदनीले उहालाई खुवाउनु पर्ने छ । भनी नसक्दा मेरा ती नयनहरुबाट आशँुका धाराहरु अविरल बगिरहेका थिए। मैले आफ्नो मनलाई सान्तावना दिलाउन सकिन म त्यहाँ बाट बाहिर निस्कीए कसैले मलाई रोक्ने कोसिस गरेनन् । म आफ्नो मोटर र्स्टाट गरि ढौडन लाग्दा पछि बाट एउटा आवज आयो ...रोहण.....रोहण सुनत...प्लीजव रोहण......!! भन्दै चाँदनी आउदै रहेछिन् । मैले केहि भन्न सकिन -भक्काने स्वरमा) चाँदनी मैले तिमीलाई नकरात्मक दृष्टीकोणले हेरेछु सरि चाँदनी र म यो तिम्रो जिवनको गरिमामय कार्यक्रमलाई न्यालेर बस्न सक्दीन भन्दै म घ्वाक घ्वाक घाटी फुलाइदै रुन्दै आफ्नो बाटो तर्फ लागे । त्यतिबेलानै मेरो गालामा ट्याम्म आवाज आयो । मैले एकछिन त तोरिको फुलनै देखे । केही पनि सोच्न सकिन यसो आँखा खोलेको त राती छ । राम्रोरी सम्झेको त ओछ्यानमा पो हेहेहेहे !!

Thursday, January 22, 2009

साभार् नेसा // युवतीहरूको कन्तबिजोग

देवेन्द्र भट्टराई/दोहा (कतार)

'यस दूतावासमा हाल उद्धारका लागि शरणमा रहेका नेपाली महिलाहरूको विवरण निम्नबमोजिम छ । यी सबै महिलाहरू उद्दारको पर्खाइमा रहेका छन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सामाजिक संघसंस्था तथा महिला अधिकार एवं हकहित संरक्षणसम्बन्धी संगठनहरूलाई यी महिलाहरूको शीघ्रातिशीघ्र उद्दारसम्बन्धी कार्यमा सहयोग जुटाइदिनुहुन यो दूतावास हार्दिक अपिल गर्दछ ।'
यो अपिल हो, साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासको । खाडी मुलुकहरूमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाइएको भए पनि रयिाद नियोगले सधैँजसो एक दर्जनभन्दा बढी अलपत्र नेपाली महिला कामदारलाई आश्रय दिँदै आएको छ । कतारको दोहा र संयुक्त अरब इमिरेट्सको आबुधावीस्थित नेपाली नियोगको पनि हालत उही छ ।
लैंगिक समानता र अवसरको समान उपयोगको युगमा यसैको वकालत गर्नका लागि काठमाडौँ र नेपालका प्रमुख सहरमा चेलीबेटी र बालबच्चा उद्दारका नाममा दर्जनौँ संस्था खुलेका छन् । उनीहरू ठूलठूला रपिोर्ट लेखन र अनुसन्धानका काममा व्यस्त छन् । व्यस्त मात्रै होइन, अति व्यस्त छन् । तर, घरेलु कामदार बनेर यो खाडीमा आएर हुनु नहुनुको बिचल्ली बेहोररिहेका महिलालाई उद्धार गर्न र यो अति असुरक्षित रोजगारमा नपठाउने पहल गर्नका लागि भने ती संघसंस्थाहरू पूरै मौन छन् ।
"दूतावासले बिचल्ली परेका नेपाली चेलीबेटीलाई आश्रयसम्म दिएको हो तर घरफिर्ती टिकट वा अरू उपचार खर्चका लागि सहयोग जुटाउने अवस्थामा दूतावास छैन," रयिाद नियोगका प्रथम सचिव खड्ग दाहाल भन्छन्, "त्यसैले बाध्य भएर सहृदयी संघसंस्था र व्यक्तिहरूसँग खुला रूपमा सहयोगको अपिल गरएिको हो ।" दूतावासमा आउनेमध्ये अधिकांश अरबी मालिकको मानसिक र शारीरकि सास्ती बेहोर्न नसक्ने, यौन शोषणमा पर्ने र मानसिक असन्तुलन भएका समेत हुने गरेका छन् । केही त गर्भ बोकेर मालिकको घरबाट भागेकाहरू पनि छन् ।
हो, जहिल्यै लैंगिक संवेदनशीलताका मुद्दा र विषय मात्रै खोज्ने महिलावादी एनजीओ/आईएनजीओका लागि रयिाद दूतावास आफैँले गतिलो खुराक पनि दिइरहेको छ । ती युवतीहरूलाई 'खाडीमा ल्याउने एजेन्ट को हो, कुन बाटोबाट आएका हुन्, कहिले र कसरी आएका हुन्, कामबाट किन भागेका हुन्, कहिलेबाट अलपत्र बनेका हुन्' सहितका सबै कारण दूतावासको वेब-पेजमै राखिदिएको छ ।
अब एउटी डोल्मा शेर्पाका लागि मात्रै बहसपैरवी गरेर हुने अवस्था छैन । उनी मृत्युदण्डको सजायबाट मुक्त त भइन् तर उनीमाथिको आजीवन कारावास अथवा लामो कारावासको सजायबारेका आशंका अझै टुंगिएको छैन । डोल्मासँगै त्यही कुवेतको जेलमा रहेका ३० भन्दा बढी नेपाली घरेलु कामदार युवतीको दुर्दशाबारे काठमाडौँका महिलावादी संस्थाहरूले कहाँ, कहिले बोल्न भ्याएका छन् ? कुवेतमा एक दशकदेखि रेस्टुराँ व्यवसाय गर्दै आएका मित्र सिञ्जालीका अनुसार, थुनामा रहेका मध्ये केहीको अभियोग पूरा भएकाले घरफिर्ती टिकटको मात्रै प्रतीक्षामा रहने पनि छन् । केही कुमारी-आमा जेलमा छन् भने केही गर्भ बोकेरै जेल परेका छन् । यो भयावह अवस्थामा कसले, के बोलेको छ ?
घरेलु कामदार बनेर आएकाहरू सबै नै भारत वा बंगलादेशको बाटो भएर आएका होइनन् । जस्तोः डिसेम्बर अन्तिम सातादेखि कतारको दोहा दूतावासमा आश्रति बनेकी हेटौँडाकी मञ्जु बानियाँ, २८, श्रम विभागको कल्याणकारी कोषलाई ससम्मान पाँच सय रुपियाँ बुझाएर काठमाडौँको बाटो हुँदै 'सर्भेन्ट'को भिसामा चार महिनाअघि दोहा आएकी हुन् । अब संगठनात्मक निकाय वा संस्थाबाहेक नोकर र घरेलु कामदारको भिसामा काठमाडौँको बाटोबाट खाडीमा आउन कसले काठमाडौँ विमानस्थलको ढोका खोलिदिएको हो ? यो प्रश्न कहीँकतै कसैले उठाउन चाहेका छन् ?
त्यही दुर्दशामा ओमानको सललहमा रसुवाकी लुसाङ तामाङ घरेलु बन्दीझैँ सात वर्षदेखि अरबी मालिकको घरमा थुनामा छिन् भने लेबनानका जेलमा पाँच जना युवती कोही उद्धारक विधाताको पर्खाइमा छन् । घरेलु कामदार बनेर रोजगारमा साउदी अरेबिया पुगेकी रूपन्देहीकी लोकमाया दर्जीको आकस्मिक निधन भएको एक वर्ष भएको छ । तर, उनको शव अहिले पनि रयिाद अस्पतालमै थन्किएको छ । अब उनको घरपरविार कता होला ? उनको शव फिर्ता गर्नमा के कठिनाइ आएको हो ? रयिादस्थित नेपाली दूतावासले के गररिहेको छ भनेर सोधिदिने अधिकारकर्मी संस्थाहरू खोइ त ?
घुर्कौली नेत्रगन्ज, सर्लाही घर भएकी मुनामाया दमिनी, २५, यतिखेर साउदी अरेबियाको जेद्दास्थित भारतीय काउन्सिलर कार्यालयमा शरणमा छिन् ।



अरबी मालिकको घरमा घरेलु कामदार रहेकी उनी मालिकको शारीरकि र मानसिक शोषण बेहोर्न नसकेर भाग्दै हिन्दी भाषा बोलेकै भरमा भारतीय काउन्सिलर कार्यालयमा पुगेकी हुन् । रयिाद दूतावासका प्रथम सचिव खड्ग दाहालका अनुसार काउन्सिल कार्यालयबाट फोन आएपछि रयिादबाट एक हजार किलोमिटरको दूरीमा रहेको जेद्दाबाट नेपाली दूतावाससम्म आउनका लागि काम लाग्ने गरी दमिनीको अस्थायी परचिय-पत्र बनाएर पठाइसकिएको छ । आफूलाई गाउँका राजेश भन्ने व्यक्तिले साउदी पठाएको र भारतको बाटो हुँदै यता आएको मात्र दमिनीले बताएकी छन् । उनको यो अवस्था र कन्तबिजोगबारे पनि बोलिदिने कोही छैन ।
घरेलु कामदार बनेर रोजगारमा आउन प्रतिबन्धित खाडीको कतारमा यही काममा १० महिनाअघि आएकी रूपन्देही, केरबानी-४ की रेनु दर्जी, ३४, आफ्नो काम र सेवासुविधा चित्तबुझ्दो नभएपछि घर फर्किन चाहन्छिन् । आफ्नो हराएको पासपोर्ट बनाउन हालै नेपाली दूतावास आएकी रेनु भारतको मुम्बई नाकाबाट उडेर कतार आएकी हुन् । "सुरुका तीन महिना भने मैले तलबै पाइनँ, अहिले अर्को मालिककहाँ काम थालेपछि भने एक महिनाको सात सय रियाल पाएँ," राजदूतसमक्ष आफ्नो समस्या सुनाइरहेकी रेनुले भनिन्, "मेरो अहिलेसम्म भिसा पनि छैन, परचिय-पत्र पनि छैन ।"
नवलपरासीकै एजेन्ट मोहन चौधरीलाई १५ हजार रुपियाँ तिर्ने सर्तमा यता आएकी उनी अहिले खर्तियातस्थित मालिकको घरमा काम गर्छिन् । गाउँमा श्रीमान्, सासू-ससुरा, १० वषर्ीया छोरी र ९ तथा ५ वर्षका दुई छोरासहितको परिवार रहेको उनले बताइन् । "सबै दिदीबहिनी परदेश हिँडेकै छन् भनेर यता आएकी हुँ," उनले भनिन्, "अहिले भने घरमा एक्लो रहेको मालिकसँग म पनि एक्लै काममा खटिनुपर्छ, म घर र्फकन चाहन्छु ।" कतारअघि साउदी अरेबियाको जेद्दामा दुई वर्ष काम गरेर घर र्फकेकी रेनुलाई अहिले भने घरमा रहेका छोराछोरीले फोनमा 'घर फर्किहाल्नु' भनेका रहेछन् । "एकैचोटि पैसा देख्नु र बेलाबेला देख्नु फरक कुरा हो," उनले सुनाइन्, "एकैचोटि धेरै देख्न भनेर यता आएकी हुँ, समस्या बेहोररिहेकी छु ।" यति विवरण सुनाएर घर मालिकले पठाएको भारत केरलाका एक ड्राइभरका पछि लागेर रेनु पिकअप चढिन् । त्यसपछि न तिनको सम्पर्क भेटियो, न खोजखबर ।
हो, अब खाडीका कतार र कुवेत अथवा साउदी अरेबिया र ओमान मात्रै होइन, रोजगारमा प्रतिबन्धित द्वन्द्वग्रस्त मुलुक इराकमा पनि नेपाली युवतीहरू जान थालेको रपिोर्ट कान्तिपुरमा छापिएपछि केही महिलावादी संस्थाका हर्ताकर्ताहरू यस प्रतिनिधिको इमेल-सम्पर्कमा आएका थिए । "के गर्न सक्नुहुन्छ, यो डरलाग्दो अवस्था रोक्न ?" प्रश्न गर्नासाथ निकै अन्तर्राष्ट्रिय पहुँच भएको एक संस्थाकी एक उच्च अधिकारीले भनिन्, "हेर्नुस्, हामीलाई यहीँका २०/२५ जिल्लाका चेलीबेटी बेचबिखन कार्यक्षेत्रमै काम गर्न भ्याइ-नभ्याई छ । अब इराकको कुरा के गर्ने ?"
त्यसैको भोलिपल्ट अर्को गतिलो महिलावादी एनजीओकी अपरििचत अधिकारी चिनजानमा जीमेल-वार्तामा आइन् । भर्खरै रयिाद दूतावासका एक अधिकारीले दिएको जानकारी ती एनजीओकर्मीलाई यस प्रतिनिधिले दियो, जो सपना र रुनिया नामका दुई युवतीका बारेमा थियो । र, युवती त्यही दिन गल्फ एयरको विमानबाट बेलुकी ५ बजे काठमाडौँ उत्रँदै थिए, उनीहरू रियाद नियोगको आश्रयस्थलमा एक महिना बसेर घर फिर्न लाग्दै थिए । दुईमध्ये एकको गर्भमा चार महिनाको बच्चा छ भने अर्की मानसिक विचलनको अवस्थामा थिइन् । "के तपाइं एयरपोर्ट गएर ती युवतीहरूलाई साथ लिएर उद्दार, परामर्श र सुरक्षामा केही गरििदन सक्नुहुन्छ ?" उनलाई सोधियो । तर, उनले जवाफ दिइन्, "ओहो, यो त हाम्रो कार्यक्षेत्रमै पर्दैन । बरु म हाम्रो महिला हकहितको सञ्जाललाई रपिmर गरििदन सक्छु । दुई-चार दिनमा कुनै सकारात्मक जवाफ आउला नि !"
यसो भन्दैमा खाडी महिलाका लागि सम्पूर्ण असुरक्षित पनि होइन । कतार विश्वविद्यालयमा क्लिनिङ् सुपरभाइजर काम गर्ने पुनम सुब्बा र प्रतिमा तामाङ, ग्रुप-फोर सुरक्षा समूहमा आएकी धरानकी महिमा श्रेष्ठसहितका ३० युवती, कतार पेट्रोलियमको सरकारी जागिरमा रहेकी जनकपुरकी सचिता ढकाल यस्ता केही सुरक्षित र गर्व गर्न मिल्ने नामहरू हुन् ।



तर, यो संख्या धेरै पातलो छ । "कर्पोरेट, कम्पनी र संगठनात्मक निकायमा खाडीको रोजगार एकदमै सुरक्षित छ," पुनमले भनिन्, "तर, घरेलु कामदार बनेर भने कोही पनि नेपाली दिदीबहिनी नआइदिए हुन्थ्यो भन्ने लाग्छ ।"
दोहा दूतावासको परसिरमा केही महिनाको अन्तरमा धरानकी रेशमा राई भेटिइन् । उद्धार खोज्दै धनकुटाकी नदिम लिम्बू आइन् । हेटौँडाकी मञ्जु बानियाँ अहिले पनि दूतावासमै शरणार्थी छिन् । यस्ता नाम एक होइन, अनन्त छन् । महिला र बालबच्चाको 'ट्याग' राखेर राष्ट्रिय-अन्तर्राष्ट्रिय मञ्चमा राम्रै नाम बनाउन सफल हुनेहरूको चर्चालाई थाती राखेर सरकारकै कुरा गर्ने हो भने पनि स्थिति लाजमर्दो छ । "न बिचल्लीमा परेका चेलीबेटीलाई सहजै उद्धार गर्न सकिन्छ, न हामीसँग आर्थिक सामथ्र्य नै छ," रयिाद नियोगका प्रथम सचिव दाहाल भन्छन् ।
यता कतारको दोहास्थित नियोगका अनुसार सरकारले सामाजिक कार्य र लोककल्याणका लागि भनेर वर्षमा जम्मा दुई लाख रुपियाँ दिने गरेको छ । त्यो पैसाले दूतावास आएका अतिथिलाई चियापान गराउन मात्रै पनि पुग्दैन । "हामी पनि हारगुहारमै चलेका छौँ, पीडितलाई उद्धार गर्नमा कि त स्थानीय सामाजिक संस्था कि त सहृदयी व्यक्तिहरू आउने गर्नुभएको छ," राजदूत डा. सूर्यनाथ मिश्र भन्छन् ।
अब यो हविगत, दुर्गति र कन्तबिजोगमा महिलावादी राष्ट्रिय-अन्तर्राष्ट्रिय संघसंस्थाहरूले के जवाफ देलान्, त्यो हेर्न बाँकी छ ।

दुई महिनादेखि शरणागत
घरेलु कामदार बनेर खाडी मुलुक आएका मध्ये साउदी अरेबियाको रयिाद दूतावासमा शरणागतमध्ये मोरङ, मधुमल्लाकी रामकुमारी दर्जी र नारायणघाटकी सुकमाया लामा पनि घरफिर्तीका सबै प्रक्रिया पूरा गरेर पनि फिर्ती टिकटको अभावमा दुई महिनादेखि बिचल्लीमा छन् ।
उनीहरूलाई घर र्फकन जनही दुई हजार साउदी रयिालसम्मको रकम जरुरी छ । "हामीसँग कल्याणकारी कोष नभएकाले विशेषतः महिला हकहितमा खुलेका संस्थासँग यसरी हारगुहार गर्नुपरेको हो," प्रथम सचिव खड्ग दाहाल भन्छन् ।
दाहालका अनुसार, रयिादस्थित दूतावासको आश्रयस्थल र आसपासका सरकारी सुरक्षागृहहरूमा अहिले पनि ५० भन्दा बढी नेपाली युवती बिचल्ली अवस्थामा बसिरहेका छन् । नेपाल सरकार स्वयंले आफ्नो श्रम नियममा सेवा र सुरक्षाको प्रत्याभूति नरहेकाले संगठनात्मक निकायबाहेक खाडी मुलुकहरूमा महिलालाई रोजगारमा नपठाउने नियम तोकेको छ । दूतावासमा अलपत्र परेर आएकालाई दैनिक १० रयिाल सहयोग प्रदान गरनिे भए पनि त्यो दुई छाक खानामा समेत कमी रहेको अवस्था छ ।
घरेलु महिला कामदारका लागि रोजगारमा जान प्रतिबन्धित रहेको भनिएको खाडीको साउदी अरेबियालगायतका मुलुकमा चेलीबेटी बिचल्ली बन्ने क्रम उस्तै छ । रयिादस्थित नेपाली दूतावासको आश्रयस्थलमा अहिले पनि एक दर्जन युवतीहरू उद्धारको पर्खाइमा छन् । नियोगका प्रथम सचिव खड्ग दाहालका अनुसार, यीमध्ये केही त साउदी सरकारको घरेलु कामदार विभागले प्रवेशाज्ञा भिसा हानिसकेका युवती पनि छन्, जो फिर्ती टिकटको अभावमा थन्किएर बसेका छन् ।
दूतावासका अनुसार, अहिले शरणमा काठमाडौँ, टोखाकी कल्पना कर्माचार्य, झापा, सतासीधामकी दीपकला राई, दाङ, शान्तिनगरकी बाटुली विक, सुर्खेत, उत्तरगंगाकी बाटुली सुनार, मोरङ, मधुमल्लाकी रामकुमारी दर्जी, झापा, चारपानेकी सुशीला बर्देवा, धादिङ, जीवनपुरकी शीला राई, वीरगन्ज, माईथानकी कुल्सुम खातुन र बर्दिया, बेलुवाकी कमला वली बढीमा दुई महिनादेखि रियाद दूतावासमा शरण लिएर बसेका छन् । उनीहरूले आफू शारीरकि, आर्थिक र मानसिक शोषणमा परेर जीवनरक्षाका लागि भागेर दूतावास आएको बताएका छन् । कतारको दोहा दूतावासमा पनि झन्डै दुई दर्जन युवकहरू बिचल्लीमा परेर बढीमा चार महिनादेखि शरणागत छन् ।

Sunday, January 18, 2009

Friday, January 16, 2009

जेम्स अनाया र आदिवासी जनजाति

डा. कृष्ण भट्टचन
नेपाल सरकारले आदिवासी जनजातिसम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदक प्रा. एस जेम्स अनायाले नेपालका आदिवासी जनजातिको अवस्थाबारे अध्ययन गरिसक्नुभएको छ । उहाँको भ्रमणको अन्त्यमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले गत मंसिर १७ मा नेपाली र अंग्रेजी भाषामा जारी गरेको प्रेस-विज्ञप्तिमा प्राथमिताका साथ उठाएका सवाल निकै महत्त्वपूर्ण रहेका छन् । समस्याको पहिचान : नेपालमा आदिवासी जनजातिले भोग्न बाध्य भएका समस्याका बारेमा विशेष प्रतिवेदक अनायाले उल्लेख गर्नुभएको छ, 'दमन र सीमान्तीकरणको लामो इतिहासले आदिवासी जनजातिलाई राजनीतिक प्रतिनिधित्व तथा निर्णय प्रक्रिया, पूर्ण नागरिकता, र आर्थिक तथा शैक्षिक अवसरबाट बाहिर्‍याएको छ । र, तिनका पृथक् संस्कृति र भाषाले लगातार खतरा मोल्नुपरेको छ ।' उहाँले नेपालमा एक जात, एक भाषा, एक धर्म, एक संस्कृति, एक लिंग, एक क्षेत्रकाले आदिवासी जनजातिलाई दमन र सीमान्तीकरण गरेकाले सारा समस्या सिर्जना भएको यथार्थलाई औँल्याउनुभएको प्रस्ट छ । संविधानसभासँग सम्बन्धित सवाल : संविधानसभाका सदस्यहरूमा आदिवासी जनजातिको संख्या उल्लेख्य रहेको कुरा उल्लेख गर्दै अनायाले आदिवासी जनजातिका आफ्ना छानिएका प्रतिनिधिमार्फत तिनका निर्णय-प्रक्रियाका आफ्नै विधिअनुसार नेपालले प्रतिबद्धता जनाएका अन्तर्राष्ट्रिय मापदण्डहरूले चाहेअनुसार तीसँग प्रत्यक्ष रूपमा परामर्श गर्न संविधान निर्माण-प्रक्रियामा थप संयन्त्र स्थापना गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । संविधानसभामा एक-तिहाइजति आदिवासी जनजातिमूलका व्यक्तिहरूको प्रतिनिधित्व हुनुलाई उहाँले सकारात्मक तर अपर्याप्त मान्दै कूटनीतिक भाषामा उठाउनुभएको सवाल भने गम्भीर प्रकृतिको छ । यी सभासद्लाई सम्बन्धित आदिवासी जनजाति समुदायले वा आपmना प्रतिनिधिमूलक संस्थाले परम्परागत विधि प्रयोग गरी छानेर नपठाएका हुनाले अहिलेका आदिवासी जनजातिमूलका सभासद्ले सम्बन्धित आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्दैनन् भन्ने यथार्थलाई उहाँले प्रस्ट इंगित गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय मापदण्ड भनेर मूलतः दुईवटा दस्ताबेजमा भएका प्रावधानलाई इंगित गर्नुभएको देखिन्छ । पहिलो, नेपालले अनुमोदन गरी कार्यान्वयनमा गइसकेको अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि १६९ को धारा ६.१ अनुसार आदिवासी जनजाति समूहहरूलाई 'प्रत्यक्ष रूपमा असर पार्नसक्ने कानुनी वा प्रशासनिक उपायलाई अवलम्बन गर्नेबारेमा सोचाइ बनाउँदा सम्बन्धित समूहहरूसँग उपयुक्त प्रक्रियाद्वारा, खास गरेर उनीहरूका प्रतिनिधिमूलक संस्थाहरूको माध्यमद्वारा परामर्श गर्नुपर्छ ।' दोस्रो, यही प्रावधान आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रको धारा १९ अनुसार 'आदिवासी जनजातिलाई प्रभाव पार्ने कानुनी वा प्रशासनिक कदमहरू पारित गर्नु वा कार्यान्वयन गर्नुपूर्व उनीहरूको स्वतन्त्र, पूर्व र सूचित मन्जुरीप्राप्त गर्न राष्ट्रले सम्बन्धित आदिवासी जनजातिका आपmनै प्रतिनिधिमूलक संस्थामार्फत उनीहरूसँग असल नियतबाट परामर्श र सहयोग गर्नेछन् ।' महासन्धि १६९ को धारा ६.१ मा 'सम्बन्धित समूहले उनीहरूलाई सरोकार राख्ने नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि जिम्मेवार निर्वाचित संस्था तथा प्रशासनिक एवं अन्य अंगहरूको निर्णय लिने सबै तहमा स्वतन्त्रतापूर्वक र कम्तीमा पनि जनसंख्याको अन्य समूहले जत्तिकै सहभागी हुन पाउने माध्यमहरू निर्माण गर्नुपर्छ ।' र, घोषणापत्रको धारा ५ मा उल्लेख गरिएको छ, 'आदिवासी जनजातिसँग आपmनो पृथक् राजनीतिक, कानुनी, आर्थिक, सामाजिक तथा सांस्कृतिक व्यवस्थालाई कायम राख्ने तथा सबल बनाउने अधिकार छ भने उनीहरूले चाहेमा राज्यको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा पूर्ण रूपमा सहभागी हुने अधिकार पनि छ ।' यसका साथै पूर्वपरामर्श, स्वतन्त्र, पूर्वसूचित मन्जुरी, र सहभागितासम्बन्धी प्रावधानहरू भएका महासन्धि र घोषणापत्रलाई पनि संविधानसभाको निर्वाचन गर्दा र निर्वाचन भइसकेपछि पनि आजसम्म संविधानसभाले संविधानसभा नियमावली, संवैधानिक समिति, विषयगत र प्रक्रियागत समितिहरू बनाएर जनस्तरमा सल्लाह र सुझावको माग गर्दासम्म राज्यले ठाडो उल्लंघन गरेको-गरेकै सन्दर्भमा हेर्नुपर्छ । 'लाहुर्निप' नामक संस्थाले संविधानसभाले गरेको अन्यायविरुद्ध न्यायको खोजीमा सर्वोच्च अदालतमा चाँडै निवेदन दर्ता गर्न लागेको छ । यस्तो प्रयास अत्यन्त सामयिक, अत्यावश्यक र सराहनीय छ । यस्तो उजुरी सर्वोच्च अदालतमा मात्र होइन, राष्ट्रिय मानवअधिकार आयोग र नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयमा पनि दर्ता गर्नु अत्यावश्यक छ । सर्वोच्च अदालतबाट आदिवासी जनजातिको मानवअधिकार सुनिश्चित गर्ने सम्बन्धमा निवेदन दर्ता गर्न नदिइने वा दर्ता भएर पनि न्याय नपाइने अवस्था आइलाग्यो भने न्यायका खोजीमा अन्तर्राष्ट्रिय तहमा जानेबाहेक अन्य विकल्प बाँकी रहँदैन । विशेष प्रतिवेदकले भन्नुभएको छ, 'आदिवासी जनजातिका अधिकारलाई नयाँ संविधानमा सुरक्षित गर्नु तथा यिनलाई नयाँ संविधान निर्माण-प्रक्रियामा समावेश गर्नर् अति महत्त्वपूर्ण छ ।' आशा राखौँ, राज्यपक्षले अर्थात् संविधानसभाले, मन्त्रिपरिषद्ले, राजनीतिक दलहरूले, न्यायालय सबैले विगतमा भएका गल्ती, कमी-कमजोरीलाई सच्याएर आदिवासी जनजातिको मानवअधिकार निर्वाध उपभोग गर्न दिनेछन् । आत्मनिर्णयको अधिकार र जातीय स्वायत्तता : विशेष प्रतिवेदकले उठाएको अर्को महत्त्वपूर्ण सवाल हो, आत्मनिर्णयको अधिकार र जातीय स्वायत्तता । उहाँका अनुसार 'नयां संविधानमा मूर्तरूप दिइने भनी अपेक्षा गरिएको संघीय संरचनाबारे जारी छलफलमा आत्मनिर्णय तथा स्वायत्तताका लागि आदिवासी जनजातिका जायज मागलाई पर्याप्त मात्रामा समावेश गरिनु आवश्यक छ ।' नेपाललगायत विश्वका एक सय ४४ सदस्य राष्ट्रले स्वीकार गरेका आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रको धारा ३ मा आदिवासी जनजातिहरूको आत्मनिर्णयको अधिकार उल्लेख छ । र, धारा ४ मा यसैका आधारमा आदिवासी जनजातिलाई स्वायत्तता (अटोनोमी) वा स्वशासन (सेल्फ रुल) को अधिकार भएको उल्लेख गरिएको छ । स्मरण रहोस्, विश्वको आदिवासी आन्दोलनले आत्मनिर्णयको अधिकारलाई राज्यको दयामायाबाट पाउने होइन, आदिवासी जनजातिको अविभाज्य नैसर्गिक अधिकारका रूपमा लिने गरेको छ । आशा राखौँ, संविधानसभाले संविधानको पहिलो मस्यौदालाई राजपत्रमा प्रकाशित गर्दासम्ममा आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार र आदिवासी जनजातीय स्वायत्तताको अधिकार सुनिश्चित गरिसक्नेछ । अन्यथा, राजपत्रमा छापिएका मस्यौदासँगै संविधानमा भएका आदिवासी जनजातिको मानव अधिकारविरुद्धका धाराहरू आदिवासी जनजाति आन्दोलनले सडकमा जलाउने सम्भावना टड्कारो देखिन्छ । भूमिमाथिको अधिकार ः 'आदिवासी जनजातिलाई तिनका पुख्र्यौली भूमिबाट जबर्जस्ती विस्थापित गरिनुका साथै सम्पत्तिमाथिको अधिकारबाट वञ्चित गरिएको छ र तिनलाई प्रायः न्यायमा पहुँच प्राप्त हुँदैन । सरकारद्वारा पहिल्यै गरिएका भूमि-अधिकारसम्बन्धी सहमतिको कार्यान्वयनलगायत आदिवासी समुदायहरूको भूमिप्रतिको अधिकार सुरक्षित गर्ने कार्य तीमध्ये एक हो ।' यसरी उहाँले लिम्बू, तामाङ, थारू, माझीलगायतका आदिवासी जनजातिसँग भए-गरेका सहमतिलाई तत्काल सम्बोधन गर्नुपर्ने जल्दाबल्दा विषयका रूपमा उठाउनुभएको छ । नेपाल र अन्य मुलुकका आदिवासी जनजातिले बन्दुक, सन्धि र धर्मशास्त्र (अन्यत्र बाइबल, नेपालमा मनुस्मृति) का माध्यम आदिवासी जनजातिको भूमि खोस्ने र भूमिसँगै पहिचान, मातृभाषा, धर्म र संस्कृतिसमेत निमिट्यान्न पार्ने काम विगतमा भएका थिए, अझै पनि भइरहेका छन् । महासन्धि १६९ अनुसार भूमि भन्नाले जल, जमिन, जंगल, खानी, चरण, जैविक विविधता र धार्मिक आस्थाका धरोहरसमेतलाई जनाउँछ । आदिवासी जनजातिको भूमिसँगको सम्बन्ध गहिरो भएकाले आदिवासी जनजातिको भूमिमाथिको स्वामित्वलगायतका अधिकार सुनिश्चित नगरी आदिवासी जनजातिलाई न्याय प्राप्त हुन सक्दैन । आदिवासी जनजाति महिला : विशेष प्रतिवेदकले उल्लेख गर्नुभएको छ, 'आदिवासी जनजाति महिलाले थप किसिमका भेदभाव तथा दुव्र्यवहार भोग्नुपरेको छ ।' उहाँले राज्यले यी समस्याको सम्बोधन गर्नुपर्ने आवश्यकतालाई प्रस्टसँग उठाउनुभएको छ । पृथक् पहिचान कायम राख्ने अधिकार : 'आदिवासी जनजातिका आर्थिक सामाजिक अवस्था उकास्ने कुरामा मात्र नभई वास्तविक अर्थको बहुसांस्कृतिक तथा सामाजिक व्यवस्थाभित्र पृथक् समुदायका रूपमा उनीहरू बाँच्ने कुरालाई सुरक्षित गर्ने कुरामा पनि अझ केन्दि्रत हुनुपर्ने प्राध्यापक अनायाले उल्लेख गर्नुभयो ।' राउटेले पनि हालै काठमाडौंमा मागेको अधिकार पनि यही पृथक् पहिचानको हो । अन्त्यमा, संविधानसभाले निर्माण गर्ने नेपालको मूल कानुन अर्थात् संविधानको निर्माणको संरचना र प्रक्रियाहरूमा महासन्धि १६९ र घोषणापत्रअनुसार नभएको तथ्य विदितै छ । यिनै संरचना र प्रक्रियालाई अघि बढाएर नयाँ संविधान निर्माण भएमा त्यस्तो संविधानमाथि आदिवासी जनजातिको स्वामित्व र अपनत्व रहनेछैन र आदिवासी जनजातिको मानवअधिकारप्राप्तिको संघर्ष जारी रहनेछ । आशा राखौँ, विशेष प्रतिवेदकले औँल्याउनुभएका कमीकमजोरीलाई संविधानसभालगायतका राज्यका सबै अंगले वेलैमा सच्याएर नयाँ संविधानमा आदिवासी जनजातिको मानवअधिकारको सम्मान गर्नेछ ।http://limbu-wan.blogspot.com

Wednesday, January 14, 2009

स्याङ्जालीलाई नभन जाली

Saturday, January 10, 2009

"साभार् कास" अमेरिकी अदालतमा नेपाली हत्याको मुद्दा

दिनेश रेग्मी


काठमाडौं, अमेरिकाको एक अदालतमा चार वर्षअघि इराकमा मारिएका १२ नेपालीलाई तस्करी गरी काममा लगाएको आरोपमा मुद्दा चलेको छ । यो मुद्दाको सुनुवाइ पुस २८ -जनवरी १२) मा हुँदै छ । नेपाली युवालाई 'मानव तस्करी' गरी इराकमा पुर्‍याएको आरोप अमेरिकको सैन्य सामग्री ठेकेदार कम्पनी 'किलोग ब्रन एन्ड रुट -केबीआर)' लाई लागेको छ ।
मुद्दा अमेरिकाको लस एन्जलसस्थित जिल्ला अदालतमा चलेको छ । नेपालीप्रति सहानुभूति राख्ने अमेरिकी वकिल म्याट हेडली कार्यरत वासिङ्गटनडीसीस्थित ल र्फम कोहेन मिल्सटेइनले 'मानव तस्करी अन्तर्राष्ट्रिय र अमेरिकी कानुनको उल्लंघन' भएको भन्दै यो मुद्दा भदौ ११ -अगस्ट २७) मा दायर गरेको थियो ।

मुद्दामा नेपालीको तर्फबाट चार वकिल ल्ाागेका छन्, ती सबै अमेरिकी हुन् । उनीहरू मुद्दा जित्नेमा आशावादी छन् । 'ती युवालाई अमेरिकी र जोर्डनी होटलमा राम्रो होटलमा काम लगाउने भनेर सैनिक कम्पनीमा काम गर्न लगाइएको छ,' नेपाल आएका हेडलीले सञ्चारकर्मीसँग भने- 'घटनाको साक्षीको रूपमा एकजना जीवित नेपाली पनि छन् ।'

घटनाको साक्षी बुद्धिप्रसाद गुरुङ अर्को गाडीमा भएको कारण इराकमा अपहरण हुनबाट जोगिएका थिए । गुरुङलाई पनि मावन तस्करी गरी त्यहाँ पुर्‍याइएको भनेर ल र्फम कोहेन उनको पक्षमा पनि लडेको छ । हेडलीमा अनुसार मानव अधिकार रक्षाका लागि नेपालीको तर्फबाट अमेरिकी अदालतमा परेको पहिलो मुद्दा हो । यसको लागि काठमाडौंबाट 'नेपाल इन्टिच्युट अफ डेभलपमेन्ट स्टडिज -निड्स) ले सहयोग गरेको छ ।

इराकमा आतंकवादी समूहको अपहरणमा परी ०६१ भदौ १५ गते मारिएका १२ मध्ये १० परिवारलाई अमेरिकी ल र्फम मिल्सटन र निड्सको सहयोगमा मुद्दा लडेर क्षतिपूर्तिसमेत दिलाएका छन् । दुई परिवारको सदस्य नभेटिएकाले उनीहरू १० परिवारको तर्फबाट मुद्दा लडेका थिए ।

क्षतिपूर्ति अमेरिकी कम्पनी केबीआरको सहायक ठेकेदार जोर्डनी कम्पनी 'डाउड एन्ड पाट्नर' ले तिरिसकेको छ । त्यहाँ मारिएका नेपाली युवाले डाउड एन्ड पाट्नरको सहयोगमा काम गरेका थिए ।

उनीहरूले अमेरिकाको श्रम विकाससम्बन्धी प्रशासनिक श्रम अदालतको मार्च २५ र अपि्रल १६ को निर्णयअनुसार मे २२ मा क्षतिपूर्ति दिइएको थियो । अदालतको निर्णयअनुसार प्रत्येक मृतकका परिवारले प्रतिमहिना २ सय ३३ अमेरिकी डलर र छोराछोरी हुनेले थप ७५ डलर पाएका छन् । 'पहिला मुद्दा सानो माछालाई हालिएको थियो र जितियो' निड्सका अध्यक्ष्ा गणेश गुरुङले भने- 'अहिले ठूलो माछालाई हालिएको छ, हेरौं के हुन्छ ।' वकिल हेडलीका अनुसार केबीआर कम्पनीले मानव बेचबिखन नगरेको भन्दै मंसिर ७ मा मुद्दा खारेज गर्न निवेदन दिएको थियो ।

केबीआरले मुद्दाको सुनुवाइ लसएन्जलबाट टेक्ससमा सार्नसमेत आग्रह गरेको छ । टेक्ससमा केबीआरको मुख्यालय भएको र त्यहाँको कानुन अलि खुकुलो भएकोले जोड दिएको हुन सक्ने वकिल हेडलीको भनाइ छ । केबीआर इराक युद्धका बेला सैन्य आपूर्ति गर्ने अमेरिकाको एउटा ठूलो कम्पनी मानिन्छ ।

यो कम्पनीको मुख्य कार्यकारीमा अमेरिकी उपराष्ट्रपति डिक चेनीले समेत प्रमुख कार्यकारी भएर काम गरेका थिए । चेनी पहिला कार्यरत भए पनि मुद्दामा कुनै फरक नपर्ने हेडलीको भनाइ छ ।

'अहिले मुद्दा प्रारम्भिक अवस्थामा छ, अगाडि बढ्न पनि सक्छ, बन्द हुन पनि सक्छ,' एक दशकअघि नेपालमा २ वर्ष बिताएका हेडलीले भने- 'अदालतले यो मुद्दालाई मानव तस्करी हो भन्ने ठहर्‍यायो भने अघि बढ्छ, नत्र बन्द हुन्छ ।' हेडलीले १९९७ देखि २ वर्षसम्म सुदूरपश्चिमको कञ्चनपुरमा अमेरिकी संस्था 'पिस कोर' को स्वयंसेवक भएर काम गरेका थिए ।

मुद्दामा नेपालीको तर्फबाट हेडलीसहित अमेरिकी वकिलहरू एजनिज्का प|mाइनम्यान, मोली म्याककोवेन र टारेक मासरनी लागेका छन् । इराकमा १२ नेपाली मारिएपछि सरकारले त्यहाँ काम गर्न नेपालीलाई प्रतिबन्ध लगाए पनि जाने क्रम रोकिएको छैन । अहिले १५ सय महिलासहित करिब ५० हजार नेपाली इराकमा कार्यरत रहेको अनुमान छ ।

Friday, January 9, 2009

!!को होली उनी!!


glitter-graphics.com
हरेक रात सपनिमा आउछिन उनी घरी-धरी
थाहै छैन मलाई यहाँ को होलीन तिनी ?
घुम्दै जान्छु बगैचामा कल्पनामा रम्दै
आउछिन उनी मुस्कुराउदै काउकुत्ती लाउदै
थाहै छैन मलाई यहाँ को होलीन उनी
जिस्काइ रन्छिन सधै मलाई नानाथरी भन्दै
बोली पनि कती मिठो कोएलीको जस्तो
सधा भरी मेरो कानमा गुन्जिरहोस् जस्तो!
एकै बचन् मोठो बोल्दा पारी मलाई लठ्ठै
को होली जिस्काइ रहने पर बाट मलाई
बोल्दिनन उनी म ..भनेर सोधौ अब कसलाई?
अन्धधुन्द कालो बादल सरि भएको छ मलाइ
चैत्र मासको बतास सरि कता बाट आइन उनी?
नदेख्दा उनको तस्बिर,
सुन्न नपाउदा उनको मधुर बोली
लाग्छ मलाई खट्पट्टी, छट्पट्टी पानी बिनाको माछा सरि
था'छैन मलाई, को हुन तिनी? त्यस्तो मोहनि रुपी !
त्यसैले गर्छु घरी घरी कल उनलाई
डर लाग्छ गाली कतै गर्छिन कि भनी
कृपया माफि गरहै मलाई, एक अन्जान सम्झी
बुझने प्रयास गरहै मेरो मनलाई, एक मित्रता बनी!

glitter-graphics.com

Wednesday, January 7, 2009

(About heaven of mom)


glitter-graphics.com

A mother is a mirror which reflects beauty.
A mother is an image of duty.

Her heart is felled with love like heaven above.
She is always ready to share and care.

When sorrow make luck bare,
She works with all her might to

Brightmould my future and make it.
Her smile and ever loving face are soothing like glory grace.

This lines is about my mom,
Who is not here now?

But she is always in our heart & memory.
Loving daughter Chandra.

Chandra Gurung
San Antonio, Texas
USA


ImageChef.com


उनी लेख्छिन आफ्नो स्वर्गकी आमाको सम्झनामा, मदर डेको दिन, तर आज मदर डे त होइन तर पनि उनको जिन्दगीका डाँयरीहरुलाई पल्टाउदै जाँदा उनिले मदर डे को दिन लेखेकी लेखमा आँखा जुध्न गयो। त्यसैले मैले यो उनकी कलमी यात्रााको एक पाईलालाई मेरो बलगमा पस्किएको छु । हुनको लागि त यो आमाको मुख गेर्ने दिनमा उप्डेट गरे को भए कती राम्रो हुन्थियो होला ? तर मैले जुन दिन सम्मा साचेर राख्न सकिन !


Mom,{आमा }

You at my side when I am weak
You hear me when I quietly speak

You comfort me with gentle arms
You shelter me from all the storms

You guide me with God's leading hand
For His word is your command

When I am sick, you're there by my side
And to your word I can always confide

I'm so glad that you're my mother
You're the best, I wouldn't want another

HAPPY MOTHER'S DAY from
Your Daughter

Chandra Gurung
San Antonio, Texas
USA


glitter-graphics.com

Sunday, January 4, 2009

!! मेरो मन !!


glitter-graphics.com


थाहै छैन किन कुन्नी,चन्चल गर्छ यो मन
फुर्सद छैन दिन रात एकै छिन् यो मन
थाहै छैन कस्ती होली सपनाकी परी
सपनीमा आउछिन उनी, मुस्कुराइदै झन
स्पर्समा पर्न खोज्छु, झस्की-झस्की उठ्छु
अनी पागल सारी, मुस्कुराउदै सम्झौछु यो मन
शायद त्यस्तो केनै थियो? उनी र मेरो पहिलो भेटमा?
भनी देउ प्रभु! सम्झै देउ प्रभु! यो मेरो मन
जली रहेछ, भातभत्ती पोलिरहेछ,
पग्लिरहेछ दिननु दिन, यो मन
सम्मालौ कसरी म? आँफैले आँफैलाई यो तन?


glitter-graphics.com

Saturday, January 3, 2009

नेपाल आमालाई चिठ्ठी

आमा म आज धेरै खुसि छु! र दुखी पनि!
अचानक सपनासरी भेटे थे, तिम्री एक छोरी
त्यो पनि सात समुन्द्र पारी, बैदेशिक भुमिमा
उनी मलाई देखेर धेरै खुशी भयीन, म पनि
तर उनी एक बखत रुन्दै थियिन आमा
जिन्दगीका पिडाहरु सम्झेर
कथिरहेकि थियिन आफ्नो बैदेशिक ब्यथा
भक्काने श्वरमा मलाई आफ्नै सम्झेर
कर्म मेरो कस्तो रहेछ ? सधा पराइ हुनुपर्ने
नेपाली दाजुभाइ भनी नजिकिन खोज्यो
उनिहरुकै मुखबाट नानाथरी सुन्नु पर्ने
हे आमा कुन दिनमा मलाई जन्म दियौ ?
जीवन भरी आशु पिलायौ !
सुख'को अनुभुती भएना कहिले
तिम्रो काखमा रम्दा पनि
सुख पाउने झिनो आसमा, आए तिम्लाई लत्याइ कन
सात समुन्द्र पारी, केही पाईन्छकी भनी?
तर,नयाँ मान्छे ,नयाँ भाषा , अर्कै एउटा संसारमा
हुन्न रहेछ कोही यहाँ, आफ्नो भन्ने बिदेश'मा
आफ्नो पनि पराइ हुन्छन, बिदेशमा मेरी आमा
विश्वाश गर्‍यो कसैलाई भने
सुन्नु पर्छ नानाथरी, दिन!रात सेल फोन'मा
साह्रै दु:ख रहेछ आमा!
इज्यत बच्चाउन पनि, बैदेशिक भुमिमा
भन्दै - भन्दै, रुन्दै छिन् आमा तिम्रो छोरी
बैदेशिक भुमिमा, मैले केही गर्न सकिन
तिम्री छोरीकी लागी भनी
केबल बगिरहेको आशु पुछ्न खोजे, सान्तावनाको लागि
अरु केही गर्न सकिन !!

डि बि लुङ्खिम
दोहा कतार

Thursday, January 1, 2009

कतारमा चासोक तङनाम

कासा// दोहा, किराँत याक्थुङ् एकता समाज दोहाले आदिम कालदेखि पुर्खाहरूले मान्दै आएको चासोक तङनाम -नुहागी खाने चाड) पर्व नेपाली दूतावासको सभाकक्षमा गत शुक्रबार आयोजना गरेका थिए ।
समाजका अध्यक्ष दिलकिरण खजुमको सभापतित्वमा सम्पन्न कार्यक्रममा राजदूत डा.सूर्यनाथ मिश्र, गैरआवासीय नेपाली संघका सचिव सागर नेपाल, नेपाल प्रवासी आदिवासी जन- जाति महासंघका उपाध्यक्ष जनक वाम्बुले राई, टीबी कार्की, कमलमणि गुरागाईं, बद्रीप्रसाद पाण्डे, देवकाजी डंगोल लगायतका अतिथिको उपस्थिति थियो । कार्यक्रममा राजदूत डा. मिश्रले लिम्बूहरूको परम्पराअनुसार पगरी ओढाएर च्याब्रुङ बजाउँदै कार्यक्रको थालनी गरेका थिए । समारोहमा विभिन्न गीत तथा नृत्यले उपस्थित समुदायमा मनोरञ्जन बाँडेको थियो ।

गायक डम्बर मिभक लिम्बू, के.बी.नेम्वाङ, युवराज बेघा, लक्ष्मी फियाक, बृजहाङ तुम्रोक, सुवास लिम्बूलगायतले सेवारो गीत गाएका थिए भने वाद्यवादनमा डी.एन. मगर, तोरण मगर, श्रवण योङहाङ्ग, कर्ण राई थिए । उत्सवमा डी.एन. मगरको सारङ्गी धुन, तोरण र श्रवणको पिनायो तथा बाँसुरीको धुन गुञ्जायमान बनेको थियो । युवराज लिम्बू, जयकुमार लिम्बू, डम्बर लिम्बू, रूपनन्द लिम्बू, रामप्रसाद लिम्बू, विष्णु लिम्बू, लोकबहादुर लिम्बू लगायतलको नृत्यमा पनि उत्तिकै मोह थियो । महिला कलाकारको पोसाकमा सजिएर नृत्य देखाउने जयकुमार, विमल, रूपनन्द र सुवासले दर्शकलाई अचम्मै बनाएका थिए । एकल नृत्यमा रेवत तामाङले 'सायद तिम्रो बाटोमा' गीतको बोलमा आफ्नो कला देखाए गोवर्द्धन राजवंशी, के.बी. नेम्वाङ्ग, अमृत एभेङ्ग लिम्बू, केवल पाहिम लगायतका कलाकारले आ- आफ्ना गीत पस्किएका थिए । अन्त्यमा लिम्बू गीत 'इवाकासे तेङ्गजुम्सो' भूपति लिम्बू र डम्बर लिम्बूले गाएका थिए ।