Thursday, August 26, 2010

विमानको दुर्घटना हुँदा १४ जना यात्रुको मृत्यु!

हिजो काठमाण्डौबाट सोलुखुम्वुको लुक्लाका लागि प्रस्थान गरेको अग्नि एयरको डोनियर विमानको दुर्घटना हुँदा १४ जना यात्रुको मृत्युभएको समाचार डिसि नेपाल डटकम बाट साभार गरेको छु । यो खबर सुनेर हामी स्तब्ध अनी मर्माहित भएका छौ । यस्तो घट्ना पुन नदोहोरियोस भनी हामी सबैले भगवान सँग प्रथाना गरौ । र म्रितकहरुको आत्माले चिरशान्ती पाओस भनि श्रदान्जली अर्पण गर्दछु,साथै सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्तिको उर्जा होस् भन्दै उहाँहरु प्रति हार्दिक समबेदना प्रकट गर्दछु ।






 लुक्लाको एयर्पोर्ट यस्तो छ । जहाँ एकदमै सागुरो हवैजहाज मैदान र रनवेको मुखैमा अग्लो पहाडले छेकिएको छ ।

Friday, August 6, 2010

घरेलु साहयकको लागि खाडीमुलुकमा नेपाली दिदि बहिनीहरुलाई नजान अनुरोध!


देशमा राजनितिक अस्थिरता, गरिवी, बेरोजगारी जस्ता समस्याको चपेटामा परि नेपाली दाजु-भाइले मात्र नभई नेपाली दिदि बहिनीहरुले समेत बैदेशिक रोजगारीको लागि विदेशिनु पर्ने बाद्दयता श्रीजना भएको हो ।
यसरी नेपाली दिदिबहिनीहरु  पनी  बैदेशिक रोजगारीको निम्ती बिदेशिनु भनेको । निजको पारिवारीक एवं राष्ट्रकै आर्थिक विकाशमा निक्कै ठुलो राहत पुर्‍याउनु हो, प्राय गरेर यसरि बिदेशिने नेपाली महिलाहरुको आर्थिक स्थीति अति कम्जोर, असक्त-अपाङ्ग श्रीमानका श्रीमतिहरु, श्रीमान बाट अपहेलित साथै गरिव परिवारका अविवाहित महिलारु प्राय धेरै मात्रमा भेटिन्छन् ।
स्मरण रहोस ! बैदेशिक रोजगारिको लागी विदेशिएका महिलाहरुलाई हर्ेर्ने हाम्रो सामाजिक कु-दृष्टीको अन्य गरौं ।  म आफैले केहि महिला कामदार भएको कम्पनीहरुको स्थलगत अध्यायन गर्दा । स्वदेशमा रहदा आफ्नो समाज र परिवारीक सुक्षा भन्दा पनि धेरै सुरक्षीत रहेको मैले तथ्य प्राप्त गरेको छु । तर जबर जस्ती कम्पनीको नियमलाई उल‹न गरि नियमको दायरा भन्दा बाहिर जान्छन भने । निजको कम्जोरी हो, तर प्राय महिला कामदार भएको कम्पनीहरुमा काम गर्ने समयअवधि, किनमेल गर्ने समय सिमा तोकिए हुन्छ । जुनसुक्कै समयमा क्याम्प भन्दा बाहिर जान पनि प्रतिबन्धनै गरिएको हुन्छ । त्यसैले कम्पनीका कामदार महिला दिदिबहिनीहरु सतप्रतिसत सुरक्षीत छन ।
तर जो अज्ञानताको कारण अर्थात दलालहरुको झुट आश्वसनमा फसेर अरविक घरमालिकको घरायसी साहयको रुपमा खाडीमुलुकमा गएकाछन् । उनिहरुले विद्यमान समस्यारु झेल्दै आईरहेकाछन् । नेपाल सरकारले वैदेशिक रोजगारिको निम्ती खाडीमुलुकमा नेपाली महिलाहरुलाई घरेलु कामदारको लागी जान रोक लगाएको भएपनि दलालहरु मार्फ भारतको बाटो हुँदै जानेहरुको संख्या दिनानुदिन बड्दै गइरहेको छ । प्राय जसो पिडित महिलाहरुलाई आफु घरको कामको लागी जादैछु भन्ने ज्ञान नभएको । दलालहरुले कम्पनीको राम्रो काम हो । धेरै राम्रो तलब र सर-सुविधा छ भनि झुट आश्वसनमा फसाएकाछन त कोहि म घरेलुकामदारको लागी जान्दै छु भन्ने जानेरै पनि आएका छन् । तर जुन किसिमले आए पनि ति निर्दोश नेपाली दिदि-बहिनीलाई के थाहा- जहाँ मानब पनि दानबझै हुन्छन् भनी, मेरो ब्यत्तिगत अनुसन्धानमा खाडीमुलकमा घरेलुकामदारको लागी आउने ९५प्रतिसत महिलाहरु मानसिक, शारीरिक,चरम साथै श्रमशोषण जस्ता समस्याहरु झेल्न बाध्य छन।  भने जस्तो पारिश्रमीक ज्याला नदिने । कामगर्ने समयको कुनै समयतालिका नहुने २४सै घन्टा काममा लादीनु पर्ने। घरमालिक - मालिकनीको र परिवारकै खेलाउना भएर बस्नु पर्ने । यस्ता विद्यमान समस्याहरु सँग हातेमालो गर्न बाध्यछन हाम्रा महिला दिदि-बहिनीहरु ! विभिन्न मुलुकबाट आएका महिलाकामदारुले कतिपय घरमालिकको सास्ती खप्न नसकेर आत्माहत्या गर्न पनि बाध्य भएकाछन ।  
हामीले यो विषयमा नेपाल सरकारलाई कडा सुरक्षाको लागी पहल गर्न र गराउन सम्भव नहोला, । किन भने २/३ बर्षसम्ममा संविधान निर्माणा प्रकृयामा नेपाल सरकार, राजनितिज्ञहरुको चरित्रले पनिर् छलगं पार्दछ । त्यसैले हामी आफै सजक बनौ ।
धन्यबाद! "डि वि लिबाङ्"