Friday, August 6, 2010

घरेलु साहयकको लागि खाडीमुलुकमा नेपाली दिदि बहिनीहरुलाई नजान अनुरोध!


देशमा राजनितिक अस्थिरता, गरिवी, बेरोजगारी जस्ता समस्याको चपेटामा परि नेपाली दाजु-भाइले मात्र नभई नेपाली दिदि बहिनीहरुले समेत बैदेशिक रोजगारीको लागि विदेशिनु पर्ने बाद्दयता श्रीजना भएको हो ।
यसरी नेपाली दिदिबहिनीहरु  पनी  बैदेशिक रोजगारीको निम्ती बिदेशिनु भनेको । निजको पारिवारीक एवं राष्ट्रकै आर्थिक विकाशमा निक्कै ठुलो राहत पुर्‍याउनु हो, प्राय गरेर यसरि बिदेशिने नेपाली महिलाहरुको आर्थिक स्थीति अति कम्जोर, असक्त-अपाङ्ग श्रीमानका श्रीमतिहरु, श्रीमान बाट अपहेलित साथै गरिव परिवारका अविवाहित महिलारु प्राय धेरै मात्रमा भेटिन्छन् ।
स्मरण रहोस ! बैदेशिक रोजगारिको लागी विदेशिएका महिलाहरुलाई हर्ेर्ने हाम्रो सामाजिक कु-दृष्टीको अन्य गरौं ।  म आफैले केहि महिला कामदार भएको कम्पनीहरुको स्थलगत अध्यायन गर्दा । स्वदेशमा रहदा आफ्नो समाज र परिवारीक सुक्षा भन्दा पनि धेरै सुरक्षीत रहेको मैले तथ्य प्राप्त गरेको छु । तर जबर जस्ती कम्पनीको नियमलाई उल‹न गरि नियमको दायरा भन्दा बाहिर जान्छन भने । निजको कम्जोरी हो, तर प्राय महिला कामदार भएको कम्पनीहरुमा काम गर्ने समयअवधि, किनमेल गर्ने समय सिमा तोकिए हुन्छ । जुनसुक्कै समयमा क्याम्प भन्दा बाहिर जान पनि प्रतिबन्धनै गरिएको हुन्छ । त्यसैले कम्पनीका कामदार महिला दिदिबहिनीहरु सतप्रतिसत सुरक्षीत छन ।
तर जो अज्ञानताको कारण अर्थात दलालहरुको झुट आश्वसनमा फसेर अरविक घरमालिकको घरायसी साहयको रुपमा खाडीमुलुकमा गएकाछन् । उनिहरुले विद्यमान समस्यारु झेल्दै आईरहेकाछन् । नेपाल सरकारले वैदेशिक रोजगारिको निम्ती खाडीमुलुकमा नेपाली महिलाहरुलाई घरेलु कामदारको लागी जान रोक लगाएको भएपनि दलालहरु मार्फ भारतको बाटो हुँदै जानेहरुको संख्या दिनानुदिन बड्दै गइरहेको छ । प्राय जसो पिडित महिलाहरुलाई आफु घरको कामको लागी जादैछु भन्ने ज्ञान नभएको । दलालहरुले कम्पनीको राम्रो काम हो । धेरै राम्रो तलब र सर-सुविधा छ भनि झुट आश्वसनमा फसाएकाछन त कोहि म घरेलुकामदारको लागी जान्दै छु भन्ने जानेरै पनि आएका छन् । तर जुन किसिमले आए पनि ति निर्दोश नेपाली दिदि-बहिनीलाई के थाहा- जहाँ मानब पनि दानबझै हुन्छन् भनी, मेरो ब्यत्तिगत अनुसन्धानमा खाडीमुलकमा घरेलुकामदारको लागी आउने ९५प्रतिसत महिलाहरु मानसिक, शारीरिक,चरम साथै श्रमशोषण जस्ता समस्याहरु झेल्न बाध्य छन।  भने जस्तो पारिश्रमीक ज्याला नदिने । कामगर्ने समयको कुनै समयतालिका नहुने २४सै घन्टा काममा लादीनु पर्ने। घरमालिक - मालिकनीको र परिवारकै खेलाउना भएर बस्नु पर्ने । यस्ता विद्यमान समस्याहरु सँग हातेमालो गर्न बाध्यछन हाम्रा महिला दिदि-बहिनीहरु ! विभिन्न मुलुकबाट आएका महिलाकामदारुले कतिपय घरमालिकको सास्ती खप्न नसकेर आत्माहत्या गर्न पनि बाध्य भएकाछन ।  
हामीले यो विषयमा नेपाल सरकारलाई कडा सुरक्षाको लागी पहल गर्न र गराउन सम्भव नहोला, । किन भने २/३ बर्षसम्ममा संविधान निर्माणा प्रकृयामा नेपाल सरकार, राजनितिज्ञहरुको चरित्रले पनिर् छलगं पार्दछ । त्यसैले हामी आफै सजक बनौ ।
धन्यबाद! "डि वि लिबाङ्"

No comments:

Post a Comment

प्रिय पाठक मित्रहरु तपाईंहरुले मेरो ब्लगलाई ब्राउज गरिदिनुभएकोमा धन्यवाद ! र लेख रचनाहरु को अध्यायन पछी कृपया कमेन्टपनी लेखी दिनुहोला तपाईंहरुको सल्लाह र सुझपनै मेरो सफलताको प्रतिक हुने छ । तर प्रतिकृया लेख्दा शिर्सक सँग सम्बन्धित प्रतिकृया लेख्नु होला । कृपया जताभाबी अपच शब्दको प्रयोग नगरिदिनुहोला । धन्यवाद ! धन्यवाद !! धन्यवाद !!!