Friday, July 5, 2013

वैवाहिक जिवनलाई सुखी अनि खुशी राख्नको लागि !





साधरण भाषामा वैवाहिक जीवन भन्नाले समाजमा चली आएको चलन चल्ति अनुरुप एउटा पुरुषले एउटी महीलाई समाजलाई साक्षी राखी अग्नि ज्वालाको कसमा सहित खाली सिउदोमा सिन्दुर लगाई विवाह गर्नुलाई वैवाहिक जीवन भनिन्छ । तर वैवाहिक जीवनको अर्थ त्यतिमात्र छैन । वैवाहिक जीवन भन्नाले दुई मुटुको एक मिलन अर्थात दुई आत्माको मिलन हो । त्यसैले जो कोहि वैवाहिक जीवनमा आवद्ध भई सके पच्छी । प्रत्येक क्षणका आत्मिय निर्णयहरूलाई दुबै दाम्पती बीचको सहमतिमा गर्दै जानु पर्दछ, ता की जिवनका हरेक आरोह-अवरोह (उतर-चडाब) हरूलाई सहज पूर्ण ढंगले पार गर्न सकिन्छ। अर्थात वैवाहिक जीवनमा सूख अनि खुशीको अनुभुती गर्न सकिन्छ।

जीवन संघर्षशिल हुनु पर्दछ। जीवनमा जस्तो सुकै परिस्थितीहरू आइपरे पनि उत्त समस्याको निकासी मुल फुटाउन सक्नु पर्दछ। जो ब्यात्तीले जीवनमा सघर्ष, धैर्यधारण गर्न सक्दैन उसको जीवन केवल हावाले उडाई रहेको प्लास्टिकको टुक्रा भन्दा फरक हुँदैन । जीवनमा जस्तो सुकै अपार प्रखालहरू हाम्रा अगाडी खडा भए पनि त्यस पर्खालाई फोरेर अगाडी बड्छु भन्ने साहस प्रत्येक ब्यात्तिमा हुनु पर्दछ। यसो भन्दैमा श्रीमान र श्रीमतीको बीचको बिना सहमती एक-एर्काले आफू खुशी समस्याको निकासहरू खोज्न थाल्यौ भने त्यो सम्भव हुँदैन । दुबै जनाले उचित समयमा उचित निर्णय गर्न सक्नु पर्दछ।
समाजमा यस्ता उधारणहरू धेरै छन । कुनै पनि कार्य गर्नु पर्दा श्रीमानले श्रीमती सँग सल्लाह नगर्ने र श्रीमतीले पनि श्रीमान सँग सल्लाह नगरि कुनै पनि योजनाको निचोड गर्ने । यसो गर्नाले कुनै ना कुनै अवस्थामा दाम्पती बीच खलबली आउन सक्दछ। त्यसैले अती साना-साना बिषयहरू पनि एकले अर्कालाई अवगत गरि गराइ अगाडी बड्ने बानिको बिकाश गर्नु पर्दछ। केही ब्यात्तिमा यस्तो सोचाइ आउन सक्छ । यो मेरो लागि फैदा जनक छ तर मेरो श्रीमान अर्थात श्रीमतीलाई जानकारि गराए भने उसले ठाडै अस्विकार गर्दछ । त्यसैले उसलाइ जानकारि गर्नु ठीक होईन भनेर एकल निर्णय गर्ने गर्दछन । तर त्यो निर्णय भनेको छोटो समयको लागि स्वार्थी निर्णय हो । यसले सफल वैवाहिक जीवनमा खोट पुर्याउदछ। यति सफल जीवनको चाहाना राख्नु हुन्छ भने । अरबौको फैदाजनक कार्यमा पनि तपाईको जोडीले त्यस योजनाको लागि कस्तो मत राख्दै हुनुहुन्छ? अरबौको भौतिक सम्पत्तिको  फाइदालाई भन्दा तपाईको श्रीमान अर्थात श्रीमतीको भावनालाई बुझ्न अती आवश्यक छ। ताकि तपाईको निर्णयले तपाईको जीवन साथिलाई खल्लो पन महसुस नहोस । यसको मतलव फाइदा बेफाइदा जस्तो सुकै निर्णयहरू पनि दुई दाम्पत्ती बीचको सहमतिमा हुनु पर्दछ ।

बोली चालीको क्रममा एकले अर्कालाई अती सम्मानजक शब्दहरू प्रयोग गरेर बोल्ने बानिको बिकास गर्नु पर्दछ। ता की तपाईले बोल्दै गर्नु भएको शब्दहरूले तपाईको  जिवन साथीको मायाको पर्खालाई स्पर्ष गर्न सकोस । तपाईको प्रत्येक ब्याबहारले तपाईको जिवन साथिको मन प्रफुल्ल रहोस। यदि तपाईको जीवन साथिले तपाईको ब्यात्तिगत ब्याबहारमा अर्थात बोल्ने, खाने, बस्ने, लगाउने, हिड्ने हरेक कुरामा कुनै एक बिषयमा तपाईले सुधार गर्नु पर्दछ भन्ने मत राख्नु हुन्छ भने तपाईले त्यस बिषयमा तुरुन्त सुधार गर्नु पर्ने हुन्छ। जबकी तपाईको जीवन साथिले मैले भनेको कुरा मेरो जोडीले मानेन भन्ने महसुस नहोस । र कुराकानीको क्रममा आफ्नो जीवन् साथिको जहिले तारिफ गर्ने गर्नुहोस।
तपाइ पूर्व तीर लाग्दै हुनुहुन्छ । म पश्चिम तीर जान्दै छू जस्ता झुटो कुरा कहीले नगर्नुहोस । जीवनमा तपाईको जिवन साथिले एकपटक मात्र तपाईको कम्जोरी थाहा पाएमा त्यो कम्जोरीको शिकार जीवन भरी हुनु पर्दछ। किनकी त्यहा बाट बिश्वासका आधारहरु चर्कन सुरु हुन्छन् ।
यदि तपाइ नारी अर्थात कसैको श्रीमती हुनुहुन्छ भने । तपाइले समाजमा रहेका ब्यात्तीहरूलाई अर्थात पारिवारिक सदस्य बीच सम्मानजनक व्यबहार गर्नु सिक्नुहोस  । आफ्नो श्रीमानको साथी-भाइ अर्थात घरमा कोहि आगन्तुक पाहुना ,बटुवा आए भने तपाईले उहाँहरूको इज्यत गर्न सिक्नुहोस । बस्ने ब्यबस्था मिलाउनुहोस। घरमा केही नभए पनि मिठो बोली बचन सहित पानी दिएर भएपनि स्वागत गर्ने गर्नुहोस । तपाईको जुन ब्याबहारले अगान्तुक पहुना अनि तपाईको  जीवन साथी अर्थात तपाईको सिंगो परिवारलाई खुशी मिल्नेछ। यसले तपाईको शफल वैवाहिक जीवनमा थप सहयता मिल्नेछ।