Sunday, September 16, 2007

बर्तमान.........

अकाश-धर्ती जोड्छु भन्नेहरु
यदा-कदा लर्बरिएको देख्दा
..................................
मन मेरो जले’को छ
भयानक घट्नाहरु देख्दा
.................................
कस्तो होला कर्म हाम्रो
नेपाली सोझा जन्ताहरु’को
..................................
चौतर्फी देखिन्छ खोटो
रोजेनन कसैले राम्रो बाटो
.................................
गर्छु भन्ने'ले नि गर्न सकेनन् केहि
घुसिया अनि भुसियाहरु को माझ
..........................................
बोल्छु भन्नेले नि बोल्न सकेनन् केहि
साम्सद र सम्भिदान सभामा आज
......................................................
होस गर नेपाली जन्ता हुँदैन केहि यहाँ
जबसम्म हुन्दैन अनत्य तानाशाहा
.........................................
गर्छन बचौ तिनिहरु को
जो छ दुस्ट, पापी अनि हत्यारा
........................................
गर्छन् अनत्य जसको
निर्दोश अनि निमुखा जन्ताको
.......................................
जङ्गल पसे नेपाली जन्ता
नयाँ नेपाल बनाउ भनी
......................................
तर नी भएना केहि
११ बर्षे शसस्त्र जनयुद्धमा पनि
....................................
यस्तै रहेछ नेपाली कर्म
अब हुने हो के-के भस्म ?
....... !......अस्तु.......!........

Friday, September 14, 2007

एउटा गित तिजको लयमा.......



एउटा गित गाउछु मैले तिजको लयमा
बिदेश आउने नेपालीको सुन्नुहोस वयन !

साना-साना बाल बच्चा रुन्दैहोलान घरमा
नेपाली हौ भन्न पनि लाग्छ मलाई सरम !

धेरै जसो दिदि बहिनी आफ्नो नम्बर बताउने
किन होला दाजुभाईले फोनमा सताउने !

साझ बिहान छाक टार्न गह्रो होला नेपालमा
२-४ सयको हाला कार्ड हाल्छन मोबाईलमा !

कस्लाई रहर हुन्छ बिदेशमा आउनलाई
बा आमाको मायालाई छाडी दु:ख पाउनलाई !

२-४ बर्ष बिदेश बसे मै हु भन्ने साथीभाई
राजा भन्दा ठुलो सोच्ने आफु आफैलाई !

२-३ सयको जागीर खाई गर्नछन कुरा हजारको
गाउँ घरको साथीभाई हुन्छन बजारको !

गाँउमा सँगै खेल्ने साथी कतार मा चिनिन्दैनन्
नेपालीलाई देखे भने बोल्न जान्दैनन् !

घरमा स्वास्नी छोरा छोरी बस्छन बाटो हेरेर
बाबा हिड्छन बिदेशमा केटी फेरेर !

साथीहरु पनि हिड्छन स्वार्थी सन्सार हेरेर
एक महिनामा दर्जनौ केटा फेरेर !

किन होला नेपालीमा यस्तो चलन आएको?
रुप पनि रैछ हजुर कुन दिनमै पाएको !

स्वार्थी सन्सार स्वार्थी मान्छे चलन यस्तै रैछ नै
साचो माया गर्नेलाई जोख्छन पैसामा !

नेपालमा बिहे गरी बिदेशमा आउनेलाई
झुटो कुरा नगरौ'है बिन्ती हजुरहरुलाई !

एउटा गित गाउँछु मैले तिजको लयमा
बिदेश आउने नेपालीको सुन्नुहोस वयन् !

@....अस्मिता
हाल : दोहा कतार / रासा

Sunday, September 9, 2007


नेपालको पुर्बमा बसोबसगर्ने लिम्बु र राई जातीहरुले आफ्नो लिम्बुवान र खम्बुवान राज्य निर्माण गरौ भनि टाङ्गिएका केहि प्रचारका ब्यनरहरु यो धरानको भानु भत्त चोक हो