Wednesday, December 31, 2008

सोर सत्र काटी लागियो नि अठार ।।।।।।।।।।।


सोर सत्र काटी लागियो नि अठार ।।।।।।।।।।।

Monday, December 15, 2008

अमेरिकी भु-राष्ट्रपत्ती बूश् माथि दुई चप्पल प्रहार ......

सङ्युक्क्त राष्ट्रसंग अमेरिकी भु-राष्ट्रपत्ती तथा जर्ज डब्लुबुश आज अचानक इराक पुगी एक कार्यक्रम बिच बोल्दै गर्दा एउटा पत्रकारले बूश् माथि दुई चप्पल प्रहार गरेका छन । शायद बुश् माथि यस्तो किसिमको घट्न हुन्छ भन्ने कसैले पनि सोचेका थिएनन होला । तर आज बुश् लाई एक पत्रकाले साहासि पूर्ण तरिकाले चप्पले कसरी हानेका छन त? त्यो द्रिश्य हेर्नलाई तलको प्ले बट्टम क्लिक गर्नु होस् ।

Thursday, December 11, 2008

"साभार" नडराउनु होस कडा भान्सार दरको लागी !

//कासा दोहा कतार //

दोहा, अर्थमन्त्री एवं माओवादी नेता डा.बाबुराम भट्टर्राईसमक्ष कतारस्थित नेपाली समाजका अगुवाहरूले कामदारलाई ठग्ने ठग, दलाल तथा म्यानपावर एजेन्सी र एजेन्टमाथि कारबाही नभएकोमा आक्रोश पोखेका छन् ।
प्रतिउत्तरमा अर्थमन्त्री डा.भट्टर्राईले दोषीमाथि यसपटक भने कारबाही हुने पुरानै आश्वासन बा“डेका छन् । दर्ुइ महिनाभित्र दोस्रोपटक दोहा भ्रमणमा आएका अर्थमन्त्री डा.भट्टर्राईले अघिल्लोपटक पनि नागरिक समाजको अन्तर्त्रिmयामा ठगीमा संलग्न म्यानपावर एजेन्सी र एजेन्टलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका थिए । नेपाली दूतावासले गरेको कारबाही सिफारिसको फाइल बोकेर नेपाल फिरेका मन्त्रीले फेरि यसपटक 'त्यो फाइल आफूलाई उपलब्ध गराउन' निर्देशन दिएका छन् ।

मन्त्री डा.भट्टर्राईले विभिन्न म्यानपावर कम्पनी र एजेन्टले नेपाली कामदारलाई ठगी गरेकोबारे आफूलाई अवगत भइसकेको र यसमा कारबाहीका लागि श्रममन्त्रीस“ग कुराकानी गरिसकेको जनाएका थिए । दूतावासले बितेको १० महिनाको अवधिमा म्यानपावरमा ठगी गर्ने १ सयभन्दा बढी एजेन्सी र एजेन्टको फेहरिस्त उतारेर आवश्यक कारबाहीमा श्रम तथा रोजगार पर््रबर्द्धन विभागमा पठाइसकेको छ ।

दोहा दूतावासमा सोमबार आयोजित अन्तर्त्रिmया कार्यक्रममा राजदूत डा.र्सर्ूयनाथ मिश्रले कतार आउने सीधासादा नेपालीलाई फरक-फरक कम्पनीको श्रम सम्झौता तथा भिसा दिई पठाइने गरेको जानकारी गराएका थिए । यसरी गलत कागजात लिई आउनेलाई कतारी कानुनअनुसार न्याय दिलाउनसमेत कठिन भएको उनले बताएका थिए ।

कतार, यर्ूर्एइ, साउदी, मलेसियासहितका मुलुकमा काम गर्ने नेपालीलाई लक्षित गर्दै नेपालमा चर्को भन्सार महसुल लगाएको विषयमा अधिकांश वक्ताले अर्थमन्त्रीसमक्ष गुनासो गरेका थिए । उनीहरूको साझा स्वर थियो- 'चार/पा“च सय रियाल मासिक कमाउने यस्ता नेपालीहरू

दर्ुइ वर्षकाम गरेर घर परिवारका लागि केही थान घडी, कम्बल र टेलिभिजन लैजान्छन् । यस्तो अति आवश्यक वस्तुहरूमा चर्को भन्सार महसुल लगाउ“दा र्सवसाधारण मर्कामा परेका छन् ।'

अर्थमन्त्री डा.भट्टर्राईले भन्ने र्सवसाधारण आप्रवासी नेपालीका लागि भन्सार महसुल नलगाइएको स्पष्ट पारेका थिए । 'तपाईहरू एक-एक थान सबै सामान लग्नोस्, आफूले प्रयोग गरेका पुराना सामानहरू लग्नोस्- भन्सार लाग्नेछैन । हामीले तस्करहरूले भरिया लगाएर गर्ने तस्करी रोक्न भन्सार बढाएका हौ, र्सवसाधारणलाई दुःख दिन होइन,' अर्थमन्त्रीले भने ।

उनले कान्तिपुरस“गको भेटमा 'सैद्धान्तिक रूपमा तस्करीलाई निरुत्साहित गर्न भन्सार करमा शुल्क वृद्धि गरिएको' जनाएका छन् । राष्ट्रसंघीय आर्थिक लगानीसम्बन्धी अन्तर्रर्ााट्रय गोष्ठीमा भाग लिन दोहा आएका अर्थमन्त्री डा. भट्टर्राईले नेपाली कामदारलाई फजुलखर्ची नहुन र अनावश्यक विलासिताका सामान साथमा लिएर नजानसमेत आग्रह गरेका छन् । 'विदेशमा कमाउने, विदेशबाट सामान लैजाने, सिध्याउने अनि सुकुलगुण्डा बन्ने - यो त भएन नि,' टेलिभिजन, मोबाइललगायतका दैनिक उपभोग्य वस्तुमा लगाइएको ५० प्रतिशतसम्मको भन्सार करका कारण खाडीमा रहेका कामदारमा उब्जेको जिज्ञासा मेटाउ“दै उनले भने । उनले आफ्नो व्यक्तिगत उपयोग प्रयोजनमा लगिने एक-एक थान सामानमा भन्सार नलाग्नेसमेत बताए ।

दूतावासमा आयोजित भेलामा अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार डा.श्रीराम पौडेल, दूतावासका प्रथम सचिव रामकाजी खड्का, सहचरी प्रेम बराल, गैरआवासीय नेपाली संघका अन्तर्रर्ााट्रय सचिव सागर नेपाल, नागरिक समाजका करिब बक्स मिया, इन्जिनियर एसोसिएसनका नारायणप्रसाद चौधरी, जनप्रगतिशील मञ्चका होमनाथ शर्मालगायतले मन्तव्य राखेका थिए

Wednesday, December 10, 2008

पाठक बृंदा लेख्दा पनी के लेख्नु? केहि छैन लेख्ने बिषय पनी लेखी हाल्छन सबै कुरा पत्र पत्रिकाले त्यसैले मैले चाहि गीतहरु मात्र पस्कँदै छू, कृपया हेरिदिनु होला ! धन्यवाद !!


Friday, December 5, 2008

"साभार" नया नेपालको रूपरेखा

यो इन्टर्भियु तपाईंले भिडियो ब्लगमा अगाडिनै हेरी सक्नु भएको होला। तर पनि मलाई एकजन साथीले यो रोचक बिषयलाई मेल गरी पठाउनु भएको रहेछ त्यसैले मैले मेरो ब्लगमा प्रकाशन गरेको छु । यदी तपाईंले यो भन्दा अगाडि यो अन्तरबाता हेर्नु भएको छैन भने एकपटक सरासरती हेनु होला र कम्मर कसेर हास्नु हुन्छकी! रुनु हुन्छकी तपाईंलाई जे इच्छा लाग्छ त्यही गर्नु होस् ।



नमस्कार, आज २०७५ साल असोज २२ गते आइतबार । नेपालमा गणतन्त्र स्थापना भएको आज ठीक दस वर्ष पुगेको छ । त्यतिखेर मानिसले कल्पना नै गरेका थिएनन् कि केवल दस वर्षमा नेपालमा यति धेरै विकास होला भनेर । पूर्व काँकडभिट्टादेखि पश्चिम धनगढीसम्म साढे चार घन्टामा पुगिने बुलेट रेल सेवा ुएकता एक्सप्रेसुको सञ्चालन होस् वा दार्चुलादेखि ताप्लेजुङ जोड्ने पहाडी हाइवेको स्थापना होस्, दुवैको निर्माणबाट केवल दस वर्षमा नेपालमा चमत्कार भएको छ । ल्हासाबाट खासा हुँदै काठमाडौंसम्म बिछ्याइएको पेट्रोल पाइपको कुरो होस् वा रोल्पामा खुलेको संसारकै सबैभन्दा ठूलो जडीबुटी उद्योग होस्, दस वर्षपहिले मान्छेले देखेका यी सबै सपना अहिले पूरा भएका छन् ।

यी सबै सपनालाई पूरा गराउने देशका सबै राजनैतिक दल, नागरिक समाज र प्रतिबद्ध नागरिकलाई अहिले विश्वका देशले बधाईका सन्देशहरू ओइर्‍याइरहेका छन् । अरू त अरू, अहिले यो कार्यक्रम ुनेपाल-निर्देशु काठमाडौंस्थित नेपाल टेलिभिजनको

१२५ तले भवनको तीसौं तलाबाट सञ्चालन गरिहेका छौं । अब हामी यस विषयमा कुरा गर्दैछौं, दस वर्षदेखि निरन्तर रूपमा नेपालको प्रधानमन्त्रित्व सम्हालेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुसँग ।





अजयकुमार- आरामै हुनुहुन्छ रु
प्रचण्ड- राजनैतिक रूपमा आराम गरेर बसेको भए अहिले जुन विकास देख्दै हुनुहुन्छ, त्यो दस वर्षमा सम्भव नै हुँदैनथ्यो भन्ने मेरो ठम्याइ हो ।




अजयकुमार- दस वर्षअघि नेपाली राजनैतिक पार्टीका नेताहरू विदेशी राजदूतहरूलाई भेट्न निवेदन हाल्ने गर्दथे । तर, आज दस वर्षपछि विदेशी राजदूतहरूले नेपाली नेतालाई भेट्न पाऊ भनेर निवेदन हाल्ने गरेका छन् । यो परिवर्तनलाई कसरी हेर्नुभएको छ रु
प्रचण्ड- कुरो के हो भने त्यतिखेर हामी सबैका कमीकमजोरी थिए । हामी सबैको विवेकमा खिया लागेको स्थिति हो । समग्र देशको भन्दा पनि व्यक्ति, पार्टी र गुटको हितलाई मात्रै अगाडि ल्यायौं । तर, विस्तारै हामीमा एकता, सहकार्य र सहमतिको जुन वातावरण बन्यो, त्यसले देश, जनतालाई यो अवस्थासम्म पुर्‍यायो भन्ने हाम्रो ठम्याइ छ ।



अजयकुमार- हिजो तपाईंसँग अमेरिकी राजदूतले भेटेछन्, के कुरा भयो तपाईंहरूबीच रु
प्रचण्ड- मने, अमेरिकामा गत सेप्टेम्बरमा जुन समुद्रीआँधी आयो, त्यसले त्यहाँको अर्थतन्त्रलाई नराम्रो धक्का लाग्न पुग्यो । नोभेम्बरमा फेरि आतंककारी हमलाका कारण अमेरिकामा भोकमरी सुरु भयो, यस्तो विपत्तिमा नेपालले पनि अमेरिकालाई सहयोग गर्नुपर्‍यो भन्ने कुरा राजदूतले राखे । हामीले पनि मानवीयताका आधारमा अमेरिकालाई नेपाल सरकारका तर्फबाट एक करोड डलर सहयोग दिने वचनबद्धता प्रकट गरिसकेका छौं ।



अजयकुमार- हाम्रो इतिहास हेर्दा, हाम्रो देश दाता राष्ट्रहरूबाट ऋण लिएर चल्ने मुलुक, केवल दस वर्षमा नै विश्वका ठूला देशहरूलाई अनुदान दिन सक्ने बनेको छ । कस्तो लाग्छ तपाइंलाई रु
प्रचण्ड- यो केवल हाम्रो कारणले भन्दा पनि सम्पूर्ण राजनैतिक पार्टीहरू, नागरिक समाज र आमजनताको सहकार्यको प्रतिफल हो । यो देख्दा निश्चित रूपमा खुसी नहुने कुरै छैन भन्ने हाम्रो ठम्याइ हो । अझ चीनमा आएको बाढीबाट पीडितलाई पाँच करोड डलर अनुदान दिने नेपाल सरकारको हिजोको निर्णयले नेपाल र नेपालीलेको महानता झल्किएको छ भन्ने मलाई लाग्छ ।



अजयकुमार- प्रधानमन्त्रीज्यू, त्यति धेरै सहयोग गर्न सक्नेगरी नेपालले स्रोतचाहिँ कसरी, कहाँबाट जुटाउन सक्यो रु बताइदिनोस् न ।
प्रचण्ड- हामीले प्रष्ट भनेको छौं, हामीकहाँ भ्रष्टाचार छैन, त्यसकारण राजस्वले नै राज्यका दैनिक खर्च चल्ने गरेको छ । उता कर्णालीको बिजुली तिब्बत, चीन, मंगोलिया, उज्वेकिस्तान र रसियामा बेचेर डरल भित्र्याएका छौं । रोल्पा र हुम्लामा सबैभन्दा ठूलो जडीबुटी उद्योग खोलेर वाषिर्क ५० करोडको त औषधि निर्यात गर्दै आएका छौं । गत वर्ष मात्रै २० लाख पर्यटक नेपाल भित्रिएको रिपोर्ट त तपाईंले पनि हेरिसक्नुभएको छ । छुर्पी, चिया, यार्सागुम्बा, मणिमाणिक्य आदिको व्यापारले पनि हामी अहिले एसियाकै सबैभन्दा बढी आयस्रोत भएको मुलुकको रूपमा स्थापित भएका छौं ।



अजयकुमार- सरकारले जुन मेचीदेखि महाकालीसम्म बुलेट रेल सेवा सुरु गर्‍यो नि, यसका बारेमा बताइदिनोस् न रु
प्रचण्ड- काँकडभिट्टादेखि कैलालीसम्म केवल तीन घन्टामा पुर्‍याउने यो रेल सेवा पेट्रोलबिनै हाम्रै त्रिशुलीको बिजुलीले चल्नेगर्छ । संसारमा पेट्रोलको जति भाउ बढे पनि तराईका जनताको एकताको प्रतीक एकता एक्सप्रेस रेल सेवालाई कुनै फरक पर्दैन ।



अजयकुमार- एउटा आरोप छ, यो रेल सेवाले जनतालाई भन्दा ज्यादा नेपाल-भारत सिमानामा क्रियाशील चोर, डाँका, तस्कर र कालोबजारीलाई बढी फाइदा पुगेको छ रे नि रु
प्रचण्ड- त्यो सरासर अफवाह हो किनभने नेपाल-भारत सिमानामा दुवै देशका प्रहरीहरू यति क्रियाशील छन् नि, गैरकानुनी रूपमा कोही पनि आवातजावत गर्न सक्दैन । त्यसमा पनि मेचीदेखि कालीसम्म नै नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा १५ सय किलोमिटरको २० फुटे सेक्युरिटी वाल निर्माण भएको छ । त्यसमा करेन्ट जडान गरिएको छ । र, चौबीसै घन्टा स्याटलाइटले कन्ट्रोल र नेपाली सीमा सुरक्षा बलले निरीक्षण गरिरहेकाले नेपाल- भारतबीचको सम्बन्ध यति लामो समयसम्म सुमधुर रहन सकेको हो भन्ने मलाई लाग्छ ।



अजयकुमार- गत साता एउटा सनसनीपूर्ण समाचार आयो, एकजना मानिसले तपाइंलाई कालो झन्डा देखायो रे, हो रु
प्रचण्ड- हामी पनि अचम्मित भएका छौं कि यो दस वर्षबीचमा हिंसाको एउटा सानो रूप पनि देशमा देखिएन । तर, यो कालो झन्डा देखाउने घटनाले हामी चिन्तित भएका छौं । कतै हामीले जनताको आशा र अपेक्षामाथि कुठाराघात गरेकाले पो यो डरलाग्दो घटना भयो कि भन्ने लागेको थियो ।






अजयकुमार- किन देखाएका रहेछन् त कालो झन्डा रु
प्रचण्ड- आफ्नो अर्बौंको सम्पत्ति राज्यलाई दान दिने उनको इच्छा रहेछ । तर, राज्यको यो नियम छ कि जनताको सम्पत्ति राज्यले कुनै पनि सर्तमा लिनुहुन्न भनेपछि उनले राज्यलाई सहयोग गर्न पाउनुपर्छ भन्ने मागका साथ कालो झन्डा देखाएका रहेछन् ।

अजयकुमार- अचम्मको परिवर्तन हगि रु उहिले जनता कर तिर्न भनेपछि मरेजस्तो हुन्थे, आज राज्यलाई आफ्नो सम्पत्ति दान दिने हैसियतमा पुगे । कस्तो लाग्छ, केवल दस वर्षमा नै यस्तो संस्कारको विकास भएको छ रु
प्रचण्ड- मने, एक्काईसौं शताब्दीको लोकतान्त्रिक संस्कृति भनेकै यही हो जस्तो लाग्छ ।

अजयकुमार- तपाईं दस वर्षअगाडि एउटा शब्द खुब प्रयोग गर्नुहुन्थ्यो, चमत्कार । आखिर चमत्कार गरेरै देखाइदिनुभयो । समुद्र नै नभएको देश नेपालमा पानी जहाज पनि ल्याइदिनुभयो, कसरी रु
प्रचण्ड- बंगलादेशको फूलबारी नाकाबाट हामीले भारतसँग कुरा राख्यौं कि सप्तकोसीसम्म जोड्ने ठूलो नहर बनाउनुपर्‍यो भनेर । त्यसपछि पश्चिम बंगाल, बिहार हुँदै पानीजहाज चल्न सक्ने नहर सप्तकोसीसम्म जोड्यौं । सप्तकोसीबाट उत्तरतिर पानीजहाज धनकुटाको मूल घाटसम्म लगेर नेपाल र नेपालीले चमत्कार गरेकोमा अहिले सारा विश्व पनि अचम्मित भएको छ ।

अजयकुमार- नेपाल सरकारले अमेरिकन र युरोपियनलाई भिसा बन्द गर्‍यो भन्ने समाचार आएको छ नि रु
प्रचण्ड- बन्द भन्दा पनि व्यवस्थित बनाउन खोजेको हो । यसअघि नै दुई लाखजति अमेरिकीहरू नेपालमा लुकीछिपी काम गर्दै गरेका थिए । टुरिस्ट भिसामा आएर यतै लुकीछिपी काम गर्ने युरोपियनको संख्या पनि लाखौं रहेको स्थिति छ । त्यसैले हामी केही कडाइ मात्र गरेको हौं ।

अजयकुमार- त्यसको मतलब विदेशीलाई नेपालमा कामदार भिसा अब सदाका लागि बन्द गरेको हो त रु
प्रचण्ड- हैन, हिजै मात्र डोमेस्टिक हेल्परको रूपमा नेपाल आउने पाँच हजार अरेबियन महिलाका भिसा हामीले इस्यु गरिसकेका छौं । जुम्लाको अन्तर्राष्ट्रिय मिनेरल उद्योगका लागि दस हजार जर्मन मजदुरहरू यसै साता नेपाल आउँदै छन्। मुस्ताङमा निर्माणाधीन नेपाली डिजिनेल्यान्डमा काम गर्ने ५० हजार निर्माण मजदुर आगामी फेब्रुअरीसम्ममा नेपाल भित्रिइसक्नेछन् ।




अजयकुमार- प्रकृतिप्रेमीहरूको आरोप छ कि सरकार काठमाडौंमा बनाएका ८०,१००,१५० तले भवनहरूले काठमाडौंका डाँडाकाँडालाई छेके । यसले प्रकृतिमाथि अन्याय भयो रे, सरकारले के सोचेको छ यस विषयमा रु
प्रचण्ड- मने, विकासलाई त कसैले चाहेर पनि छेक्न सक्दैन । योभन्दा बढी भवनहरू काठमाडौंमा नबनून् भन्ने जनताको मागलाई ध्यानमा राखेरै हामी नेपालको शीतकालीन राजधानी विराटनगर, गृष्मकालीन राजधानी हुम्ला, शरदकालीन कैलाली र शिशिरकालीन राजधानी ताप्लेजुङलाई बनाएका हौं ।



अजयकुमार- भनेर भन्ने र अन्तर्वार्ता लिने र दिने दिन कहिले आउला रुरुरुरु
प्रचण्डः १० वर्षकर्ुर्नुस अवस्य आउँछ ।


-श्र