आफ्नो बारेमा!

ब्लग किन गरेको भन्ने कसैको प्रश्नको जवाफमा!

यो प्रश्नको जबाफमा शब्द भन्दा अगाडी आँशु आउछ । मैले सुरुका दिनमा यो ब्लगलाई आजसम्म निरन्तरता दिनको लागी निर्माण गरेको पनि होइन । मेरो जिवनमा एक पटक अकल्पनीय प्रलय भएको थियो । त्यो घट्ना केवल कपकल्पित लेख जस्तै थियो । घट्नाको पात्र म आफै भएकोले ब्लगमार्फ मेरो यो घट्नालाई चित्राङ्कति गर्नको निम्ती ब्लग बनाएको थिए । मेरा शुभ चिन्तक मित्रहरुको प्रतिकृया र इमेलहरुको साहारामा आफुलाई सम्माहाल्दै ल्याए । त्यस पछि त यो मेरो ब्लग जिन्दागीको गोरेटोमा कसैसँग भावना साटा-साट गर्ने माध्यमको रुपमामै परिणत भइसकेको छ ।

ब्लगको नाम लु्ङ्गखिम् किन राखीयो भन्ने कसैको जिग्यासाको लागी !
यसमा त्यस्तो खास केहि छैन । लुङ्गखिम मेरो नामको अन्तिम नाम भएकोले अर्थात थर हो । त्यसैले  यो ब्लगलाई लुङ्गखिम नामले परिचित गराउन सफल भएको छु ।

ब्लग प्रकाशन कहाँबाट हुदँै छ- भन्ने तपाईको जिग्यासाको लागी !
मान्छेको जिवन न हो । जसको निश्चित गन्तब्य नहुँदो रहेछ । समय अनि परिस्थितीको उर्लन्दो भेलले बगाएर अचानक दोहा कतारको अनाकन्टार समुन्द्री किनारा छेउमा तारिएको छु । त्यसैले यसै मरुभुमी बाट मेरो ब्लगलाई संसारभरि छरीएर रहनुभएको मेरा प्रिय मित्रहरु समक्ष पुर्‍याउने प्रयासरत छु ।

यो समाचार साइट होकी भन्ने तपाईको जिग्यासाको लागी !
यो समाचार साइट होइन । तर पनि प्रकाशन गर्नै पर्ने खालका समाचारहरु भेटे भने प्रकाशन गर्नेनै छु । विशेष यो ब्यक्तिगत साइट भएको कारणले आफ्ना कुराहरु र  साथीहरुको  कोशेली "लेखरचना" अनि मनपरेको लेखेरचनाहरु अन्य साइटहरु बाट पनि साभार गर्छु !