खोज-खाज!

यूद्ध,

तिम्रो शक्ति प्रर्दशनको थलो
सत्ता कब्जाको उपाय
वीरता प्रमाणितको दह्रो कसी
तर यूद्ध,
कदापी तिमी एक्लै लड्दैनौ
संभवत तिमीसंगै
तिम्रोभन्दा विकराल यूद्ध
हामीले लड्दै आएको हुनुपर्छ ।
यूद्धस्थलमा तिमी लडिरहँदा
शत्रुपक्षको तरबारले
पहिले हामी रेटिन्छौं
अभावमा
भोकमरीमा
असुरक्षामा,
तिमीले प्रहार गरेको आर्टिलरीबाट
गोला बनेर फेरि
हामी नै बज्रन्छौं
विपक्षीको परिशरमा
अनि प्रत्येक रात
प्रत्येक दिन
आफैँ ध्वस्त हुन्छौं
कहिं सेक्स स्लेभज्ञ बनेर
कहिं कम्र्फट वुमनद्द बनेर ।
हाम्रो मातृत्वलाई
चुनौती दिने यूद्धले
फेरि हामीसंग नै योद्धाको माग गर्छ,
शरिर अव कारखानामा
अनुवादित हुन थाल्छ,
तथापि
जैविक कारखाना
दृष्टि विहिन हुन सक्दैन
सक्दैन हुन सम्बेदनाहिन,
आफन्तसंग वियोगको
आँशुमा पौडदै
लड्नुछ संघर्षको मैदानमा
प्रत्येक निमेषमा ।
बलत्कार,
हामीमाथि मात्रै प्रहार हुने
तिम्रो यूद्धको एक अभिन्न हतियार,
हामी हजारौं मृत्यू वरण गर्दै
बाध्यछौं विउतिन,
अनि यो कुरुप र विकृत युद्धसंग लडेर
तिमीछेउ आइपुग्छौं,
फेरि तिमीबाट तिरस्कृत हुनुको पीडासंगैं
जीवनको अर्को युद्धमा होमिन पुग्छौं ।
इतिहास साक्षी छ,
श्रृङखलाबद्ध वर्वर यूद्धहरू
यसरी लडिरहिउँ हामीले,
रुवाण्डाको जातीय यूद्धमा
पूर्व यूगोस्लाभियामा,
पाकिस्थान /बंगलादेशमा
विश्वयूद्ध /शितयूद्ध/ गृहयूद्धहरुमा
भूगोलका रेखा रेखामा
लडिएका यूद्धहरुमा ।
हामी तिम्रो यूद्धभूमिमा
यौन सेवा प्रदायक, भान्छे, सेविका
वफादार आत्मघाती दस्ता,
अनि तिमीसंगै
काँधमा बन्दुक बोकेर हिड्ने लडाकु,
तथापि यूद्ध
तिम्रो मात्रै पेवा
तिमी मात्रै यसको विजेता ।
कहलाएँनौ कहिल्यै हामी विरंगना
टाँगिएन कहिल्यै हाम्रो छातीमा भिक्टोरिया क्रश
गाइएन कहिल्यै हाम्रो विरताको गाथा,
यद्यपि
हरेक थरी यूद्धमा विचलित नभइ
निरन्तर लडी रहन सक्ने,
आदम्य साहस भएका
हामी
वास्तविक योद्धा
यसअर्थमा
तिमी
फगत छायाँ योद्धा !
हालः श्रीलंका ( साभार www.srijana.com)

विश्वकै सानी गायिका अतिथि
उज्यालो स्टेजमा तीन बर्षी अतिथि गौतम केसीले जब माइक समातेर गाउन थालिन उपस्थित सबै दर्शक चकित परे । अतिथिले राष्ट्रगानलाई लय र स्वर मिलाएर गाइरहँदा नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति अम्बर गुरुङ्ग समेत मन्त्रमुग्ध भएका थिए ।
अतिथिले दोस्रो गीत जस्तो बसायो उस्तै बस्छ मानिसको बानी, बानी भित्र लुकेर बसेको हुन्छ सुख र दुःखको खानी गाउँदा दर्शकको थपडिले स्वागत गर्‍यो । उनको उमेरका अन्य बच्चाले राम्ररी बोल्नसम्म सक्दैनन् । तर अतिथिले स्टेजमा लगातार तीनवटा गीत प्रत्यष सङ्गीतमा गाउँदा उपस्थित दर्शक भाबुक थिए । दर्शकको आँखामा खुसिको आँसुसमेत देखियो ।
गीत सुन्नसाथ अम्बर गुरुङ्गले अतिथिलाई काखमा उचालेका थिए । गुरुङ्गले अतिथि बिश्वकै कान्छी गायिका बन्नसक्ने आधार बलियो भएकोे गर्वसाथ भने । मेरो संगित क्षेत्रमा ६० बर्षो लामो यात्रामा सबैभन्दा आर्श्चाय र गर्वलागेको क्षण यहि हो, गुरुङ्गले भने नयाँ पुस्ता र पुरानो पुस्ताको मिलनको दिन पनि आजै सावित भएको छ । अतिथिले इश्वरप्रदान तरिकाबाट गीत गाएको उनको धारणा छ ।
कार्यक्रममा अम्बरले अतिथिको गिती एल्बम अतिथि पनि विमोचन गरिदिएका थिए । दर्ुइ बषैको सानै उमेरदेखि गीत गाउन थालेकी अतिथिले तीन वर्षै उमेरमा गीति एल्बम निकालेपछि संसारकै कान्छी गायिकाको उपाधि पाउने सम्भावना बढेको हो । अक्षर राम्ररी चिन्न नसक्निे अतिथिले गीतका शब्दहरु स्मरण गरेर गाउने गरेकी छिन।
उनको उहि कला देखेपछि अन्तराष्ट्रियस्तरमा उस्तो बालिकाको अदभुत क्षमता चिनाउन अर्बिट पब्लिसरले पहल गरेको छ । अर्बिट पब्लिसरको सक्रियतामा तयार पारिएको अतिथि एल्बममा  नौवटा गीत समावेश छन् । गिनिज बुक अफ वर्ल्ड रर्ेकर्डका लागि अतिथिका सबै कागजपत्र र प्रक्रिया अगाडि बढाइसकेको अतिथिको बुबा उद्धब केसिले जानकारी दिए ।
विश्वको रर्ेकर्ड हर्ेदा हालसम्म रोमानीयाकी चार बषिर्या बालिका क्लियोपेट्राले गीत गाएको फेला परेको छ । ठुलो संख्यामा दर्शकहरु सामु लाइभ दर्ुइ घण्टा गीत गाउने, बढी कमाउने कम उमेरकी कलाकार र सानो उमेरमा  एमटिभी अवार्ड पाउने अनि रोमानियमा नम्बर १ हिट गीत बन्न सफल सानो उमेरकी गायिकाको कर्ीर्तिमान उनको नाममा छ ।
अतिथिकी दिदि उसा केसिले पनि चार वर्षो उमेर देखिनै गित गाउन थालेकिहुन । त्यो देखेर अतिथिले उसाको नक्कल गर्ने बानिले पनि अतिथिलाई संगीत मोह जागेको उनका पिताले बताए । अतिथिले आफुले गाएको गितहरु मध्ये राष्ट्रिगान नै बढी मन पर्ने बताउछिन ।
दिदिले गीत गाउदा मलाई पनि गाउन मन लाग्थ्यो अतिथिले भनिन् । ठुलो भएर म राम्रो गीत गाउँछु । जन्मेको ६ महिनामै दोहोरो कुरा गर्न थालेकी अतिथि आठ महिनामै ढौडेको देखेर सानैदेखि असाधारण प्रतिभा भएकी बालिकाहुन, केसीले भने। प्रतिभावान् छोरीको बाबा हुन पाउदा मलाई गर्व लागेको छ।
एल्बममा जुगल डंगोल र रामकृष्ण दुवालले सङ्गीत दिएका छन् भने शब्द धनश्याम खड्का बालबालिकालाई लक्षित गरेर तयार पारिएको छ । अतिथि एल्बमको एउटा गीत एकादेशमा भालु थियो, भालुको खेतमा आलु थियो .......लगायतका बाल गीतहरु छन्। यो समाचार रासा कतार बाट सारीएको हो । 
३वर्षिय बालिकाले कसरी गीत गौदरहेछिन त ? ल सुन्नुहोस् !

जीवन संगिनीको मन पगाल्ने तरिका
- कोठाभित्र उनलाई नाच्न आग्रह गर्नूस्, आफूले पनि साथ दिनूस् |
- हावा लागेका वेला उनको मुख र आँखामा कपाल खस्दा सच्याईदिनूस् ।
- आफ्ना साथीभाइसित परिचय गराउँदा उनको काँधमा हात राख्न नभुल्नूस् ।
- बाटोमा हिँड्दा छेउछाउबाट कुनै उत्ताउलो लुगा लगाएकी सुन्दर युवती भेटिइन् भने उनको हात दह्रोसित अँठ्याउनूस् ।
- तपाईं दुःखी भएको वेला उनलाई फोन गर्नूस् ।
- उनको आँखाको ढक्कनमा म्वाइँ खानूस् ।
- उनको बाल्यकालको तस्बिर देखाउन आग्रह गर्नूस् ।
- बाथरुममा बच्चालाई जस्तै शिरदेखि पैतालासम्म नुहाइदिनूस् ।
- फोनमा अरूसित कुरा गरिरहेको वेला उनीसित यौनक्रियाकलाप गर्नूस् ।
- फोनमा रोएको सुन्नुभयो भने तुरुन्तै नजिक जानूस् र छातीमा टाँस्नूस् ।
- आक्कल-झुक्कल उनको वास्तविक नामले बोलाउनुस् ।
- उनलाई पनपर्ने पप एल्बम किनेर ल्याइदिनूस् ।
- कफी अर्डर गर्दा उनको टेस्टअनुसार गर्नूस् ।
- टिभी हेर्दा हेर्दै निदाइन् भने बोकेर बेडरुममा लानूस् र लुगा फुकालिदिनूस् ।
- बेला बेलामा उनलाई इमेल पठाउनूस् ।
- प्लेन चढ्नुभन्दा ठीकअगाडि उनलाई फोन गर्नूस् ।
- छतमा सुकाएका उनका भित्री लुगा उठाएर ल्याइदिनूस्, अनि मायाले पत्याएर सम्बन्धित ठाउंमा राखिदिनोस ।
- उनी उदास भएका वेला हँसाउन भरमग्दुर प्रयास गर्नूस् ।
- तपाईंलाई मनपर्ने खेल हेर्न रंगशाला लैजानुस् । तर, खेलमा भन्दा बढी उनीमाथि ध्यान दिएको अभिनय गर्नुस् ।
- उनी इर्ष्यालु भएका बखत अँगाल्नूस् । कस्सेर अँगाल्नूस् ।
- उनको वक्षस्थलको प्रशंसा गर्नूस् ।
- उनी वाथरुमबाट निस्केपछि दुईवटा तौलिया दिनूस् । एउटा कपाल पुछ्नलाई । अर्को शरिर पुछ्नलाई ।
- कुराकानीका बीचमा 'आई लभ यू' भनिदिनूस् ।
- अफिसबाट फर्किदा चकलेट-सकलेट ल्याइदिनूस् ।
- उनले नयाँ लुगा लगाएको वेला झट्टै थाहा पाउनूस् र तारिफ गर्नूस् ।
- भित्तामा उभ्याएर माया साट्नूस् ।
- तपाईंका सबैभन्दा नजिकका केटीसाथीको अगाडि उनको हातमा चुम्बन गर्नूस् ।
साभार :समुन्द्र पारी डट कम






म पनि प्रधान मन्त्रीको दाबेदार

अंक गणिको त माहिरै हँु
ऐच्छिक गणित पनि घोकेको छु
सताको जोडघटाउ सिकेकै छु
भ्ागबण्डाको भाषण दिएकै छु
लागेनत मेरो कुरा दमदार
म पनि प्रधानमन्त्रीको दाबेदार।र्
अर्थशात्रको उच्च बिद्धान हुँ
करको दायरा दामी पार्नेछु
छानो निकालेर छत लाएकै हो
भत्ता झिकर भात खाएकै हो
छैन त मेरो कुरा दमादर
म  पनि प्रधानमन्त्रीको दाबेदार
कुटनितीकेत कुरै छाड्नुहोस
लुटनितीको पनि ज्ञान छ
दक्षिणको फर्ुर्तीलाई दबाउन
उत्तरको अस्त्र उत्तम छ
भेटिएन अझै यो देशको पहरेदार
म पनि प्रधानमन्त्रिको दाबेदार
दात्रृ राष्ट्र सँग दान लिनेनै छु
भात्रृ संस्थालाई भरोसा दिलाउनेनै छुर्
कर्मचारिलाई काइदा हुने छ
कार्यकर्तालाइृ फाइदा हुनेछ
जन्ताको लागि मजेदार
म पनि प्रधानमन्त्रीको दाबेदार
चुनाबमा पनि चुनिएकै छु
थुनामा पनि थुनिएकै छु
सबैको हातमा संविधान दिने छु
तपाईको एकमात्र भरोसेदार
म पनि प्रधानमन्त्रीको दाबेदार

नेत्र दहाल
दोहा कतार ( "राजधनी साप्ताहिक")