Wednesday, February 13, 2008

इराक कोही नआउनु ः नेपाली श्रमिक


देवेन्द्र भट्टर्राई
दोहा, माघ २९ - सुनसरी, झुम्काका २८ वर्षो दीपनारायण चौधरीले यो मिति अब जीवनभर कहिल्यै भुल्ने छैनन् । गतिलो रोजगारीका लागि अनेक चोर बाटा छिचोल्दै चार वर्षघि इराक आएका २८ वर्षो चौधरी अहिले यो पर्राई भूमिमा बाया“ हात गुमाएर बसिरहेका छन् ।
अमेरिकी कम्पनीका खानेकुरा, बमबारुद बोकेर कुवेत-इराकको १२/१५ दिन लामो राजमार्गमा ट्रक चलाउने चौधरी गत वर्षो नोभेम्बर १३ मा बगदाद नजिकको स्ट्राइजरमा त्रुटिपर्ूण्ा रूपमा भएको बम आक्रमणमा परेका थिए । 'रातको २ बजेको थियो, ट्रक चलाइरहेका बेला कतैबाट गोली प्रहार भएको थियो,' कृत्रिम हात जोडेपछि कुवेत, मावुलास्थित कम्पनीको शिविरमा आराम गरिरहेका चौधरीले कान्तिपुरस“ग फोनमा भने ।
गोली प्रहारले बाया“ हातका माथिसम्मै हड्डीहरू टुक्रिएको थियो । पछि अस्पताल पुगेर त्यो पनि काटियो । 'आवश्यक क्षतिपर्ूर्तिसहित घर फिर्ने दिनगन्ती गर्दै बसिरहेको छु,' उनले भने ।
पा“च कक्षासम्म पढेका दीपकी श्रीमती विष्णुकुमारी थारू, सानी छोरी लक्ष्मीकुमारी र ६० वषर्ीया आमा हाईदेवी झुम्का गाउ“मै छन् । 'मैले मेरो बिमाबाट ५० हजार डलर क्षतिपर्ूर्ति पाउने भएको छु, अब अमेरिकी कम्पनीले कति दिने हो, त्यो भने थाहा भएको छैन,' उनले सुनाए ।
दीपले कुवेतबाट इराक हु“दै र्टर्कीको बोर्डरसम्मै अमेरिकी कम्पनीका सामान ट्रकमा लिएर जानुपथ्र्यो । उनका अनुसार त्यो राजमार्गमा एकसाथ ३०/३५ ट्रक आवतजावत गरिरहेका हुन्छन् ।
दीप यसअघि साउदी अरेबियाभित्र पनि झन्डै पा“च वर्षट्रक ड्राइभर बनेर गाउ“ फिरेका थिए । पछि फेरि गाउ“ले साथीभाइको लहैलहैमा लागेर साउदी हु“दै इराक छिरेका थिए । 'मजस्तै सयजति नेपाली दाजुभाइहरू इराकमा ड्राइभर नै होलान्, ठूलाबडाका घरमा काम गर्ने नेपाली दिदीबहिनी पनि छन्,' उनले भने । आफ्नो महिनाको २ सय कुवेती डलर -झन्डै ५० हजार रुपैया“) तलब रहेको र यसबीचमा झन्डै ८ लाख रुपैया“ घर पठाइसकिएको समेत उनले बताए ।
उनको अमेरिकी कम्पनी रियालको मुख्य कार्यालय भने कुवेतमा छ । 'घटनापछि पनि अफिसले राम्रो व्यवहार गरेको छ,' उनले सुनाए- 'नेपालबाट परिवार ल्याउने हो भने पनि छोरीको पढाइगुनाइसहित परिवार रेखदेख गर्न गाडी, घर दिने भनेको छ । तर क्षतिपर्ूर्ति लिएर गाउ“ गएपछि मात्रै फेरि यता फिर्ने/नफिर्नेबारे टुंगो लाग्नेछ ।' घटनापछि दीपलाई कम्पनीले इराक अस्पताल हु“दै जोर्डन पुर्‍याएको थियो । त्यहीं लगाइएको कृत्रिम हातले चियाको कप समाउनसम्म भने मिल्छ ।
उनका अनुसार काठमाडौंका राकेश श्रेष्ठ र हिमाल केसी पनि अलग्गै ड्राइभिङ दर्ुघटनामा परेर अहिले कम्पनीको कुवेत शिविरमा आराम गरिरहेका छन् ।