Monday, August 20, 2007

!!केबल उनिलाई.....!!


भनौ म कसरी मनको चाह, प्रियत्मा तिमीलाई
देखि रहन्छु हर रात सपनीमा, प्रियत्मा तिमीलाई

जति बोल्यो बोलाउ लाग्ने, मोहनी पो हौ की
भेटे मैले पहिलो साथी, जिवनमा तिमलाई

जति सुन्यो सुनौ लाग्ने, कोयलीझै तिम्रो बोली
जति बोले हासे पनि बोलेकोनै छैन जस्तो, हृदयमा मलाई

कसरी सम्मालौ चन्चले यो मन, पागल भइने हो की
सोनामिझै भयो यो मन भेटे पछि, नेटमा तिमलाई

माया गर्छु भन्दा तिमलाई, गाली गर्ने हौ की
थाहा भए सबै कुरा गर्छौ होली, घृणा मलाई

गल्ती भए माया गर्न, सन्सारमा तिमलाई
माफी गर अन्जान सम्झी, हृदयमा मलाई !!






Thursday, August 9, 2007

"कथा" !!सात बर्षसम्मको प्रेम, क्षणभरमै झेरेम!!

गोधुली साँझ सँगै तिन दिन देखी बेपता भएका रोहन एक दिन समुन्द्रि किनारामा बसि बालुवाका ढिस्कोहरुलाई लात मारर्दै भुर्र-भुर्र उडाउदै,अनि त्यो औशिको रातमा ति अकाशका ताराहरुलाई गन्दै टोलाएर बसिरहेका थिए त्यतिकैमा हस्याङफस्याङ गर्दै राज आइ पुगे, रोहन तिमी यहाँ ? त्यो पनि एक्लै ? यो राज को आवजले रोहन झसँग भए अनी रोहनले राजलाई अँकमाल गरे रोहनका आखाँबाट आशुँका थोपाहरु बग्न थालेका थिए रोहनले भने राज तिमी कसरी म कहाँ आई पुग्यौ? कसले भन्यो ? म यहा छु भनेर ? त्यतिकैमा राजले भने हेर रोहन जुन दिन-देखि तिमी बेपता भयौ त्यो दिन देखि म लगायत कम्पनिका सबै जना तिम्रो खोजिमा लागी परि रहेका थियौ अनि रोहन ! तिमि किन यसरि कसैलाइ थाहानै नदि यो एकान्त समुन्द्री किनारमा बसि रहेको छौ ? तिमिले मलाइ सत्य कुर भनत ? प्लिज ! रोहन म तिम्रो साथि हुँ भनेर राजले रोहनलाइ बिन्ति गरे ! बिचरा रोहनले ३ दिन देखि खाना, पिना, निन्द्रलाइ बिर्सि सकेका थिए उनी भोक, प्यास, निरद्र र मानसिक चिन्ताले ग्रसित भएका थिए बोल्दा पनि थर-थर काम्दै बोल्थे यसरि राजको आग्रहले झनै रोहनको मनमा आगो सल्कियो रोहनले भने राज! म के भनौ तिमीलाइ? आखिर सबैकुरा भै सक्यो ........! राजले भने तर पनि त भएको के हो ? त्यो त भन ? भनेर राजले रोहनलाइ फेरि पनि आग्रह गरे रोहनका आखाँबाट आशुँका थोपाहरु अबिरल बगीरहेक थिए रोहन स्वयम ले ति आशुँका थोपालाई हातका औलिहरुले पुस्दै, भक्काने स्वरमा रोहनले राजलाई भने राज!तिमी साच्चै नै मेरो यो जिवन कहानि सुन्न चाहन्छौ होइनत ! हो रोहन म तिम्रो यो दुःखान्तको बारेमा जान्न चाहन्छु रोहनले भने त्यसो भए ठिकै छ तिमी जान्न सक्छौ भनेर रोहनले आफ्नो दुःख बेदनाको यथार्थता पस्कन सुरु गरे ..!!
आज भन्दा सात साल अगाडी को कुरा हो मैले जब प्रबेशिका परिक्षा पास गरेर भर्खरै कलेजको सुरुवात मात्र गर्दै थिए एक दिन क्यामपसमा भब्य कार्यक्रमको आयोजना गरिएको थियो कर्यक्रममा बिबिध रोचक समाग्रिको साथै कबिता प्रतियोगिता पनि राखिएको थियो म पनि साहित्त्यअनुरागी भएको हुनाले जानी नजानी एउटा कबिता बाचन गर्ने साह्स गरे जुन दिनको साहित्य प्रतियोगीतामा ५५ जना साहित्यअनुरागीहरुले भाग लिएका थियौ कार्यक्रम सुचारु रुपमा सन्चालन भईरहेको थियो यसरिनै कबिता बाचन गर्ने चरनले पनि आफ्नो गतिलाइ निरन्तरता दिइ सकेको थियो प्रतियोगि सबै जना को भन्दा को कम्ति भन्ने भावपुर्ण तवरले उत्सुकताका साथ बसिरह्का थियौ तमाम प्रतियोगीहरुबाट आ-आफ्नो लेख रचनाहरु पस्कने क्रम जारि रहयो यसरीनै कार्यक्रमको चरणले पनि अनत्यतिर प्रबेश गरिसकेको थियो सबैजनाले आ-आफ्नो रचनाहरु प्रस्तुत गरि सकेका थिए कार्यक्रमको अन्तिमचरणमा मेरो पालो रहेको थियो मेरो कबिताको शिर्षक थियो ................यसरि मैले आफ्नो कबितालाई तमाम दर्सक सामु पस्के पश्चात तालिले ३ मिनेट जति त कार्यक्रमको प्राङ्गणलाई गुन्जयमान बनाएको थियो मेरो आशाको दियो सल्कियो पक्कैपेनि मेरो कबिताले प्रथम श्रेणीमा स्थान हाशिल गर्ने छ भन्ने पुर्ण बिस्वास जाग्यो नभन्दै प्रधानध्यापक श्री डिल्लीरमण भण्डारी ज्युले नतिजा प्रकाशन गर्नु भयो नतिजा प्रकाशन गर्दा चौथो, तेस्रो, दितिय र पहिले प्रतियोगीहरुको नामवालि क्रमस तल देखी माथि प्रकाशित गरियो अनत्यमा मेरो नाम आयो मेरो खुसिले सिमा नाग्योकार्यक्रममा विविध पत्र पत्रिकाका सम्पादकहरुको पनि उपस्थिती रहेको थियो पुर्बअन्चलकै लोकप्रिय मासिक पत्रिका सगरमाथा सौगातको सम्पादक दाइले मेरो कबितालाई मासिक पत्रिकामा प्रकाशित गर्ने सल्लाह दिनु भयो मैले सहजै स्वीकार गरे
एक दिन अचानक एकजना हुलाकी दाईले अपरिचित मित्रको पत्र मेरो हातमा थमैदिनु भयो मलाई धेरै खुलदलि लाग्न थाल्यो यो कसले लेखेको होला ? कहाँ बाट आएको होला ? हत्तार-हत्तार पत्र खोले, हत्तारले पत्रनै चेतिएछ पत्र यसरि सुरुवात गरिएको थियो
मिती २०५७/०२/२२
हृदयी स्पर्षी अदृश्य मित्र, रोहन जी !
अविरल सम्झनाको साथै अनमोल मायाँको अनुपम लहरहरु.......!! सायद अनौठो महसुस भइरहेको होला, बसन्तको भुमरिले पात-पतिङ्गार उडाइ ल्याएसरी, अचानक अपरिचित मित्रको पत्र हातमा पर्दा !कृपया अन्यथा नसोचि दिनु होला
तपाइले सगरमाथा सौगातमा आफ्नो रचनालाई प्रस्तुत गर्नु भएको रहेछ मलाई धेरै राम्रो लाग्यो र तपाई सँग पनि परिचित हुने उत्साह जाग्यो यदि मेरो गल्ती भए अन्जान मित्र सम्झी माफ गर्नु होला ! सम्भब भए मेरो पत्र को प्रतिउत्तरमा २ शब्द कोर्ने चेष्टा गर्नु होला भन्दै ओझेल पर्दछु...!!
उहि अपरिचित मित्र
रोहिमा साही

भनि लेखीएको एउटा अपरिचित मित्रको पत्र पाउन सफल भए मैले पनि सहजै प्रतिउत्तर लेखे यसिरिनै हाम्रो मित्रवत सम्बन्धले दिनानु दिन रुप परिबर्तन गर्दै लग्यो पत्रचार निरन्तर रुपमा चलि रहयो ३ बर्ष सम्म त न मैले उनिलाई देखे न उनिले मलाई देखीन ! तिन बर्ष सम्म हामिले अदृश्य मित्रवत सम्बन्धलाइ सन्चारको माध्यम मार्फनै सुरक्षीत राखेका थियौ यसरिनै दिनहरु बिद्दै गए अचानक हाम्रो मित्रताको सम्बन्धले नयाँ रुप परिबर्तन गर्यो जहाँ कसैको कर काप थिएन हामि बिच एक अर्काको आबश्यकताको महसुश हुन थाल्यो मलाई पनि उनि सँग कहिल्यै भेटु ? कहाँ भेटु ? जस्तो लाग्न थाल्यो उनको पनि त्यहि हाल थियो
उनि नेपालकै रमणिय स्थल पोखरामा बस्थिन, मैले पोखरा सुनेको मात्र थिए पोखरा वास्तबमै कस्तो छ भन्ने बिषयमा म अनबिज्ञ थिए उनि सँगको पहिलो भेटको लागी पोखरा सम्म जाने मैले कसुर गरे सोमबार को दिन थियो बिहान सबेरै उठेर बिहानीको नित्य कर्म सकी म पोखरा जाने तयारि भए बसको टिकेट बिहान ५:३० को थियो र म घरबाट निस्किए बस चडी पोखरा प्रस्थान गरे यात्रा निक्कै लामो रहयो गोधुलि साँझ सँगै पोखरा बस स्टेशन मा ओर्लिए झिसमिसे अँध्यारो भइसकेको थियो केहि दुर सम्मको बस्तुहरुलाइ ठम्याउनै नसकिने अबस्था भइ सकेको थियो त्यहाँका टेक्सी ड्राइभरहरु आउनु होस ! आउनु होस !! तपाई कहाँ जानुहुने हो भन्दै ग्राहकहरुलाई आफुतिर तान्दै थिए अर्का एक जना ड्राइभर भाइ पनि म कहाँ आए दाई तपाई कहाँ जानुहुने ? भने मैले भने भाई आज मैले कतै जानु छैन मलाइ राम्रो अनि भरपर्दो लज सम्म पुर्याउनु सक्नु हुन्छ की ? भन्न साथ ड्राइभर भाइले भने अरे ...! दाई यो त मेरो कर्तब्य हो तपाइले चिन्ता मान्नै पर्दैन निः ल आउनु होस बस्नु होस भने म आगाडिको बायाँ पट्टीको सिटमा बसे मेरो मनमा हर कुराहरु खेल्न थाले नचिनेको नजानेको नयाँ ठाउँ कतै यो टेक़्सि ड्राइभरले कतैलगेर फसाउने पो हो की भन्दै सोचि रहेको थिए ड्राइभर भाइले ल ओर्लनुहोस दाई भने म झसन्ग भए ! ड्राइभर भाइले भने,ओ! हो दाईलाई सारै थकाई लागेको रहेछ ! धन्नै निधाउनु भए छ नि? भने मैले भने हो भाई सारो थकाई लागेको छ ड्राइभर भाइले भने हेर्नुहोस दाई यो पोखराकै प्रसिद्द होटल हो यहाँ तपाइको राम्रो सुरक्षा हुने छ तपाई निर्ढुक्क भएर यहाँ बस्नु होला भने मैले धन्यबाद ! भाइलाई भन्दै टेक़्सि बाट झरे ड्राईभर भाइले मेरो सरसमानहरु होटल सम्म पुर्याइ दिए मैले दुबैजनाको लागी सफ्ट ड्रिङ ( नोन अल्कोहल ) को अडर गरे अनि हामि दुबैजना त्यहाँ बाट छुट्टीयौ
मेरो मन अस्थिर थियो रहिमा सँग कति बेला उज़्यालो भएर भेट गर्ने भन्ने कुराले झन-झन सताउन थाल्यो काउण्टर नेर फोन राखीएको थियो रोहिमालाई मैले फोन गर्ने कसुर गरे रोहिमाको मोबाइलमा मैले लामो समय सम्म डायल गरि रहे रिङ्गिङ भई रहयो उनिले रिसिभ गरिन ! फेरि पनि रि-डायल बटन प्रेस गरे तीन रिङमा फोन रिसिभ भयो तर स्वर पुरुषको थियो मैले सरि! भन्दै हत्तार-हत्तार फोन राखे नम्बर मिस्टेक भयोकी भनेर चेक गरेको नम्बर पनि ठिकै थियो फेरि ५ मिनेट पछि मैले फोने गरे रोहिमालेनै फोन रिसिभ गरेछिन हेल्लो! को बोल्नु भा हो ? भनेर रोहिमाले मलाइ सोधिन, मैले उनिको स्वर बाट चिने हाई रोहिमा म रोहन ! भने रोहिमाले भनिन अनि तपाई अहिले कहाँ बाट ? भनेर सोधिन म पोखरा आइ पुगे, म अहिले .......होटल बाट बोल्दै छु रोहिमा धेरै खुसि भइन अनि हाम्रो भोलि पल्ट बिहान ९ बजे भेट हुने सरसल्लाह भयो मैले उनिलाई भने ठिकै छ रोहिमा भोलि भेटमै सबै कुरा गराउला ल ! हैब अ नाइस ड्रिम एण्ड बाइ रोहिमा भन्दै फोन राखि दिए
रात पनि कति लामो ..! कहिल्यै उज्यालो नहुने यता-उता गर्दै ओछियान माथि पल्टि रहे , घडिको सुइ पनि कति ढिलो चलेको यसरिनै अचानक बिहानि उसा सँगै निदाउन पुगेछु म अचानक बिउझीए बिहानको ७ बजेको थियो वरिपरि डाँडा,पाखा,हिमाल अनि हरियाली दृश्यहरु रमणिय देखिन्थे पोखरा वास्तबमै रमैले अनुभव भयो
समयले आफ्नो गतिलाई निरन्तरता दिइ रहेको थियो ८:४५ बजे भएको थियो,काउण्टरको छेउमा केहि बस्ने चियरहरु राखिएको थिए रोहिमाको प्रतिक्षामा समयको रप्तारलाई अवलोकन गर्दै बसि रहे ! समय सुस्त गतिमा चलिरहेको थियो धेरै प्रतिक्षाको अन्तरालमा एउटा जीप होटलको अगाडि रोकियो जीप भित्र ३ जना युवाहरु र आगाडीको सिटमा एकजना युवति बसेकी थियीन रोहिमा आइपुगेछिन भनेर मेरो मनमा खुसिले छायो सबै जना गाडि बाट ओर्लिए सबैजना म भए तिरनै आइरहेका थिए ति अपरिचित युवति मिठो मुस्कान छर्दै सुस्त गतिमा, ५ इन्च लामो हिल लगाएर आउदै थियीन ति युवाहरु सँग मैले न्यालि रहे उनि रोहिमानै हो कि भनेर जव म उनिलाई नजर लगाउथे उनि मुसुक-मुसुक हास्थिन ..यसरि चारै जना म कहाँ आइ पुगे मैले रोहिमाको फोटो लुकाएर हेरे म दोधारमा परे उनिलाई रोहिमा जस्तै देख्न थाले म निक्कै आकर्षक अवस्थामा बसेको थिए ति युवतिले छड्के नजरलगाउदै मलाई नबोलाई क्रस गरेर भित्र पसिन त्यस पछि मेरो मनले अस्थिर रुप लियो मनलाई स्थिर बनाउन सकिन रोहिमाको पर्खाइमा निक्कै लामो समय बिताइ सकेको थिए घडिमा ११ बजि सकेको थियो त्यहाँ बस्दा-बस्दा बोर लागेर म आफ्नै कोठा तिर लागे केहि समय पछि मेरो रुममा तल काउण्टर बाट फोन आयो मैले रिसिभ गरे काउण्टरको दाईले तपाइको भेटको लगी यहाँ २ जना बहिनीहरु आउनु भएको छ के माथिनै पठाइ दिउकी ? तपाईनै आउनु हुने हो भन्नु भयो मैले माथिनै पठाइ दिने सल्लाह दिए रोहिमा र उनकी साथि म कहाँ आई पुगे रोहिमाले हाई रोहन!भनीन मैले पनि हाई रोहिमा भन्दै पहिलो भेटको अँगालोमा बाधियौ रोहिमाले भनिन मेरी साथि शुभेछा, मैले हाई शुभेछा भने उनिले पनि हाई भनिन्\ मेरो नाम रोहन भनि मैले शुभेछालाइ मेरो परिचय दिए शुभेछाले एउटा गिफ़्ट बोकेकी थियीन रोहिमाले त्यो गिफ्ट हाम्रो पहिलो भेटको चिनो भन्दै मेरो हातमा थमाई दिइन मैले पनि उनिलाइ भनि एउटा उपहार किनेर ल्याएको थिए जुन उपहार रोहिमालाई सुम्पे र हामि तिनै जना घुम्न जाने भयौ मलाईत त्यहाँको बारेमा केहि पनि थाहाँ थिएना म त्यहाँको लगी नौलो थिए उनिहरुले पोखराको रमणिय स्थलहरु सबै ठाँउमा घुमाए पोखरा साच्चै नै रमणिय स्थल रहेछ उनि सँगको त्यो एउटा क्षण म कहिले पनि बिर्सन्न सक्दिन फेवातालमा ढुङ्गामाथि चडि तालको यात्रा गर्दै आजिवन दु:ख-सुखमा सँगै जिउने छौ भन्दै, भबिश्यका मिठा-मिठा सपनाहरु मनमा कल्पन्दै, बार्तालापमा प्रस्तुत गर्दै त्यो तालको छाल सँगै हामी रमाइ रहेको थियौ शुभेछा, पनि रोमन्टीक खालकी थियीन उनि हामी दुई बिचको कुरालाई लिएर धेरै रेला गर्थिन समय पनि कति चाडो बितेछ ! साँझ ५ बजे भई सकेको रहेछ यस्तो जिवनकै रमणिय क्षणलाई निरन्तरता दिइरहु जस्तो लागी रहन्दा रहन्दै पनि हामी छुट्टिन्नु पर्ने भयो मेरो ७:३० बजेको नाइट बस पोखरा बाट छुट्ने समय थियो हामि सबै बस पार्क तिर लाग्यौ अब रोहिमालाई मैले कसरि छोडेर जाने ? भन्दै बिबिध कुराहरु मनमा खेलिरहे रोहिमा पनि खासै बोल्न छाडिन उनको गुलावको फुलझै मुहारमा बिछोडका काडाहरु बिझिसकेका थिए हामि दुबैजनाको शब्द-शब्दमा वेबब्रेशन हुन थालि सकेको थियो थाहै नपाई बस पार्क आई पुग्यौ लगभक ७ बज्नै लागि सकेको रहेछ झन-झन मनमा चीसो हुन थाल्यो रोहिमालाई यसो हेरेको त रोहिमाको आखाँमा बिछोडका आँशुहरु रसाई सकेका थिए रोहिमाको त्यो अबस्था देखेर मेरो पनि त्यही हालत भयो घडिको सुई पनि कति चाडो चलेको ७:२५ भएछ म जाने बस पनि हरन मार्दै आइपुग्यो रोहिमा र मेरो अन्तिम क्षण थियो दुबैजनाको आखाँ बाट अबिरल आशुँका थोपाहरु बग्न थाले गाडिपनि हिड्नलागेको थियो रोहिमालाई अँकमाल गर्दै म त्यहाँ बाट बिदा भए गाडिले पनि आफ्नो गतिलाइ निरन्तरता दिन थाल्यो मैले झ्याल बाट रोहिमालाई हेरि रहे उनिले रुन्दै हातहल्लाउदै बिदाईको सङ्केत दिई रहिन ! त्यतिकैमा गाडि दाइने पट्टि मोडियो रोहिमाको दृश्य पनि ओझेलियो
त्यसपछित झन हाम्रो मित्रताले नौलो रुप लियो हामि एकले अर्कालाई धेरै मायाँ गर्थ्यौ यसरिनै हाम्रो प्रेमको यात्राले सातौ बसन्त पार गर्न नपाउदै, समयले कोल्टे फेर्यो अचानक बसन्त रितुको तुफान भुमरिले हाम्रो प्रेमलाई उडाएर छरपस्ट बनाई दियो सायद उनिले मलाई कम्जोर ठानेर हो की ? या त कसैको करकापले हो ? मैले २ दिन आगाडि फोनमा बार्तालाप गर्दै उनिले केहि भनिनन् मैले अर्को दिन यहाँ बाट फोन गर्दा उनि अर्कैको भई सकेकी छिनभनेर मलाइ कसैले भने ! आखिर मैले रोहिमाको लागी के गरेको थियीन र ? तर राज यो सन्सारमा सबै भन्दा ठुलो पैसा रहेछ, राज पैसा ! रोहिमाले दौलतको सिरानि लगाएर सुत्त्ने आशामा हाम्रो ७ बर्ष सम्मको प्रेमको यात्रालाई क्षण भरिमै बिर्सिदीईन !उनि अहिले महलको बास गर्छिन रे ! उनि लेण्डक्रोजरमा सान्दार भएर हिड्छीन रे ! उनि उधोक पत्त्नी भएकी छिन रे ! राज दौलत अगाडी भएपछित सबै भुल्न सकिन्दो रहेछ तर राज! ति अतितका क्षणलाइ म त भुल्न सक्दिन नि! म कसरि भुलौ ? म यो कसरि सहन सक्छु ? भनेर रोहनले राजलाई भने रोहनले आफ्नो बियोगी कथाको प्ररम्भ देखि अन्त्यसम्म नै आखाँ बाट बलिन्द्र आशुँ बगाई रहे रोजले पनि रोहनको यो कुराहुनेर थाहै नपाई आशुँका धारा चुवाउन थालेछन ! राजले रोहनलाई आत्त्मा साथ गदै भने रोहन आखिर हुनु नहुनु भई सक्यो तिमीले यसरि मानसिक चिन्ता गर्नु ब्यार्थ छ ! रोहन तिमी होसमा औ ? भनेर राजले रोहनलाइ भने रोहनले चित बुझाउनै सकेनन् फेरि पनि राजले कुरा थपे हेर रोहन ! सोच, तिमिले लगाएको एउटा जुत्ता फाटेर गयो आखिर तिम्रो खुट्टा नै त चुडिएर गएननी ! भनेर राजले रोहनलाई भने रोहनले अबिरल बगीरहेका ति बलिन्द् आशुँका धारालाई पुस्दै थेङ्श राज ! तिमीले मेरो भत्त्किएको मनलाई टालिदियौ म तिमीले भने झै मेरो मनलाई बुझाउने चेस्टा गर्छु भनेर रोहनले राजलाइ भने
रोहनको कथा प्रस्तुती राजको सुन्नती समय बितेको पनि थाहै भएन छ ! पुर्व बाट बिहानी उसाका किरनहरु पृथ्वीमा झरिसकेका थिए ! राजले रोहनलाई भने रोहन हेर त उज्यालो पो भएछ त ४ बजे भई सकेछ यहाँ नबसौ अब हामी रुम तिर लाग्नु पर्छ उता फेरि म पनि हराए भनेर सबै चिन्तित होलान भेनर राजले रोहनलाई भने दुबै जना त्यहाँ बाट उठेर आफ्नो कोठा तर्फ लागे........!!


आदाणिय पाठक बृन्दहरु लेखरचनाहरु भनेको काल्पनामा डुबेर लेखिएको हुन्छ, तर यसरि लेखिएको लेखरचनाहरु पनि कसैको जिवन कथालाई चित्रण गरेझै ठ्याक्कै मिल्न पुग्छ यसरिनै कसैको जिवन कहानी सँग मिल्दो जुल्दो भएमा माफि गर्नु होला मैले कसैको वास्तविक जिवन कहानीलाई पस्कन खोजेको होइन्
धन्यबाद! डि.वि. लिबाङ्

. !!! को होला त्यो !!!

को होला त्यो "जो"
हर रात सपनिमा आउने
रात्-भरि सगै बसी
काउ-कुती लगाउने
बिहान हुन नपाउदै
विलायर जाने
को होला त्यो "जो"
कल्पनामा मात्र हसाउने
वास्तविकतामा मा रुवाउने
अनि औसीको रातमा
आशाको दियो जलाई
लथालिङ पारी,त्यसै छोडेर जाने
को होला त्यो "जस् लाई"
जिन्दगी भर पर्खि,बसु बसु लाग्ने
भेटे पछी
औपचारिकता मै सिमित हुने
जती बोले पनि,
बोलेको नै छैन जस्तो लाग्ने
को होला त्यो "जस्को"
कल्पनाले आँफैमा हराउनेलाई
जिस्काइरहन मन लाग्ने
कपों-कल्पित भयपनि,
टासीयर नै बोलु-बोलु लाग्ने
को होला त्यो "जस् लाई"
अगालोमा बेरेर राखु-राखु लाग्ने
सधैं भरि यसरी नै साथ,
पाईरहु जस्तो लाग्ने
समयलाई पक्रेर
उनिलाई नै चडाइदिउ जस्तो लाग्ने
उनि र मेरो साथ
कहिल्यै नछुटोस् जस्तो लाग्ने
भगवानले मेरै-लागि उनलाई,
बनाइदिए जस्तो लाग्ने

Friday, August 3, 2007

राष्ट्रगान आजदेखि

अम्बर गुरुङको संगीत र व्याकुल माइलाको शब्द रहेको राष्ट्रगान शुक्रबार साँझबाट सार्वजनिक हुने भएको छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमेतको उपस्थितिमा साँझ ५ बजे योजना आयोगको कक्षबाट सरकारी तथा निजी सञ्चारमाध्यममार्फत एकसाथ सार्वजनिक गर्न लागिएको हो । मन्त्रिपरिषद्बाट पारित राष्ट्रगानलाई अपराह्न अन्तरिम विधायिका संसद्मा पेस गरी त्यहाँबाट पारित गरेर सार्वजनिक गर्ने कार्यक्रम छ ।"कान्तिपुर समचार "

!!!रोएको छ, प्रवासी मन (हिरण्य जोशी)!!!

\'जुत्ताले कहाँ घोच्छ, लगाउनेलाई मात्र थाहा हुन्छ\' भनेझैं विदेशिनुको पीडा प्रवासिएका नेपालीले जति राम्ररी आत्मानुभूति गर्न सक्छन्, त्यति अरूले नबुझ्न सक्छन् । किन प्रवासिनुपर्‍यो ? प्रवासमा के कस्ता समस्या सामना गर्नु परिरहेछ ? समाधानका लागि सरकारले के कस्ता काम गर्न सक्छ ? उनीहरूको हित हुने कस्ता योजना सरकारले ल्याउनु आवश्यक छ ? यस्ता अनेकन प्रश्नको जवाफ प्रवासिएका नेपालीले भन्दा राम्रो अरूले दिन नसक्लान् ।
नयाँ नेपालमा यी विषयका नीति तय गर्न आवश्यक छ र यसमा प्रवासिएका नेपालीको योगदान महत्त्वपूर्ण हुनेछ ।

विगतमा सरकारले वैदेशिक रोजगारीलाई धेरै महत्त्व दिए । लाखौं नेपाली विदेशी भूमिमा गएर काम गर्दैछन् । राजनीतिक रूपमा नभए पनि उनीहरू आर्थिक शरणार्थीचाहिँ अवश्य नै हुन् । यसले देशको अर्थतन्त्रलाई टेवा पुर्‍याएको छ । साथै केही नकारात्मक पक्ष पनि नआएका होइनन् । ग्रामीण भेग युवाविहीन हुने अवस्थामा पुग्दैछ । यसको अर्थ कसैलाई प्रवासिनबाट रोक्नुपर्छ भन्ने होइन ।

प्रवासी नेपालीलाई एउटा समूहको रूपमा हेर्ने हो भने यो आदिवासी/जनजाति या दलितको भन्दा ठूलो छ । यतिखेर कमसेकम ४० लाखको हाराहारीमा नेपाली देशबाहिर काम गरिरहेछन् । भारतमा मात्र ३० लाखभन्दा बढी नेपाली नागरिक काम गरिरहेको अनुमान छ । त्यस्तै अन्य मुलुकमा पनि लाखौंको संख्यामा नेपाली रोजगारी गरिरहेका छन् । यसरी विदेशिनेको कुल संख्या हेर्ने हो भने त्यो नेपालको जनसंख्याको लगभग २० प्रतिशत हुन आउँछ । यो संख्या युरोपका कतिपय राष्ट्रहरूको कुल जनसंख्याभन्दा पनि बढी छ । यो समूहभित्रै विभिन्न जातजाति, क्षेत्र, लिङ्ग र वर्गका मानिस छन् । उनीहरूको जातीय, क्षेत्रीय, लैंगिक र वर्गीय समस्या देशभित्र रहेका सम्बन्धित समूहजस्तै फरक छन् । तर उनीहरूलाई प्रवासी नेपालीको रूपमा एकै समूहभित्र राख्दा सबैका उस्तै विशिष्ट समस्या र भावना हुन्छन् ।

प्रवासी नेपालीको यो समूहले नेपालको अर्थतन्त्र र राजनीतिमा लगातार महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । भारतको कुरा गर्ने हो भने सबै नेपाली आन्दोलनका आधार भारतमा बसेर नै कोरिएका थिए । १९९७ देखि ०६२/६३ को जनआन्दोलनसम्मका सबै प्रक्रियामा भारतमा रहेका नेपाली स्वदेशमा रहेकाजति नै सहभागी थिए ।

प्रवासिएका नेपाली राज्यले गैरनागरिकका रूपमा व्यवहार गर्दै आफ्नो योगदानलाई उपेक्षा गरिएकोमा दुःखी छन् । उनीहरूको मन रोएको छ । राष्ट्रको पुनःसंरचना गरी नयाँ नेपालको निर्माण होस्, देश समावेशी लोकतान्त्रिक गणतन्त्रको दिशामा अघि बढोस्, विकासको गति तीव्र होस्, देशले आर्थिक उन्नति गरोस्, कोही नेपाली प्रवासिनु नपरोस्, यो प्रत्येक प्रवासिएका नेपालीको सपना हो । यिनै सपना साकार होउन् भनेर उनले विदेशमा बसेर पनि नागरिकको कर्तव्य निर्वाह गरे ।

संविधानसभाको निर्वाचनमार्फत उनीहरूका यस्ता सपना साकार हुने झीनो सम्भावना पनि यतिखेर देखा पर्दैछन् । तर अहिलेे संविधानसभा र नयाँ नेपाल निर्माणमा कहीं पनि उनीहरूको भूमिका नरहने अवस्था देखापरेको छ । स्वाभाविक रूपमा यसले उनीहरूमा निराशा जगाउनेछ । साथसाथै देशको राजनीतिप्रति उनीहरूको चासोलाई कम गर्ने अवस्था सिर्जना हुनसक्छ । यस्तो अवस्था उत्पन्न भयो भने विदेशिएका नेपालीहरूको स्वदेशप्रति जिम्मेवारीबोधमा कमी आउनु अस्वाभाविक हुने छैन ।

अहिले विभिन्न व्यक्तिहरूले विभिन्न कोणबाट संविधानसभाको निर्वाचन हुनेमा सन्देह जनाइरहेका छन् । त्यस्तो स्थिति आएमा त्यो राष्ट्र र लोकतन्त्रका लागि खतरनाक हुनेछ । सम्पूर्ण देशवासी तथा प्रवासी नेपालीका लागि त्यो घोर निराशाको अवस्था हुनेछ । हामी सबै चाहन्छौं, त्यस्तो स्थिति नआओस् । देश संविधानसभाको दिशामा सशक्त रूपमा अघि बढोस् । लोकतान्त्रिक गणतन्त्र सुनिश्चित होस् ।

जनआन्दोलनको बलमा स्थापित लोकतान्त्रिक सरकारले प्रवासी नेपालीको भावना र योगदानको कदर गर्दै उनीहरूको अधिकारलाई सुनिश्चित गर्ने बेला आइसकेको छ । कुनै पनि देशको नागरिकलाई लोकतन्त्रले दिने सबैभन्दा आधारभूत अधिकार हो, चुन्न र चुनिन पाउने अधिकार । तर अहिले हाम्रो देशको झन्डै एक चौथाइ जनता यो अधिकारबाट वञ्चित छ । उनीहरूको त्यो अधिकारको रक्षा गर्नका लागि प्रवासिएका नेपालीलाई संविधानसभा निर्वाचनमा मताधिकार प्रदान गर्ने र संविधानसभामा उनीहरूको प्रतिनिधित्व गराई लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण प्रक्रियामा सामेल गर्नु जरुरी छ ।


हिरण्य जोशी
hiranya.joshi@gmail.com