Thursday, August 9, 2007

. !!! को होला त्यो !!!

को होला त्यो "जो"
हर रात सपनिमा आउने
रात्-भरि सगै बसी
काउ-कुती लगाउने
बिहान हुन नपाउदै
विलायर जाने
को होला त्यो "जो"
कल्पनामा मात्र हसाउने
वास्तविकतामा मा रुवाउने
अनि औसीको रातमा
आशाको दियो जलाई
लथालिङ पारी,त्यसै छोडेर जाने
को होला त्यो "जस् लाई"
जिन्दगी भर पर्खि,बसु बसु लाग्ने
भेटे पछी
औपचारिकता मै सिमित हुने
जती बोले पनि,
बोलेको नै छैन जस्तो लाग्ने
को होला त्यो "जस्को"
कल्पनाले आँफैमा हराउनेलाई
जिस्काइरहन मन लाग्ने
कपों-कल्पित भयपनि,
टासीयर नै बोलु-बोलु लाग्ने
को होला त्यो "जस् लाई"
अगालोमा बेरेर राखु-राखु लाग्ने
सधैं भरि यसरी नै साथ,
पाईरहु जस्तो लाग्ने
समयलाई पक्रेर
उनिलाई नै चडाइदिउ जस्तो लाग्ने
उनि र मेरो साथ
कहिल्यै नछुटोस् जस्तो लाग्ने
भगवानले मेरै-लागि उनलाई,
बनाइदिए जस्तो लाग्ने

No comments:

Post a Comment

प्रिय पाठक मित्रहरु तपाईंहरुले मेरो ब्लगलाई ब्राउज गरिदिनुभएकोमा धन्यवाद ! र लेख रचनाहरु को अध्यायन पछी कृपया कमेन्टपनी लेखी दिनुहोला तपाईंहरुको सल्लाह र सुझपनै मेरो सफलताको प्रतिक हुने छ । तर प्रतिकृया लेख्दा शिर्सक सँग सम्बन्धित प्रतिकृया लेख्नु होला । कृपया जताभाबी अपच शब्दको प्रयोग नगरिदिनुहोला । धन्यवाद ! धन्यवाद !! धन्यवाद !!!