गजब दुनियाँ

यी पनि आमा हुन ?
खाडीमुलुक बाट उड्यन भएको एउटा बिमानमा फिलिपिनो महिलाले आफ्नो बच्चालाई बिमानको फोहोर फाल्ने  बक्केटमा छाडेर गएको कुरा एउटा समाचार स्रोतले जानकारी गरेको छ । यस घट्नाको रहस्य अहिले सम्म खुल्न सकेको छैन ।  
 
 
 
 मानिसमा पनि चुम्बकिय शत्ती
यो संसारमा खोइ के के हो के ?? हामीले चुम्बकले फलामलाई तान्छ भन्ने कुरा त थाहा पाएकै थियौ, तर मानबिय शरीरले पनि फलमलाई आफ्नो शारीरिक अङमा तान्न सक्छ भन्ने घट्नाहरु बिरलै होला ।  तर ५०बर्षिया बेरेन्दा एलिसन भने यो नौलो धट्नाको पात्र बन्न पुगेकिछिन । उनको शरिरमा जसरी चुम्बकले फलमे धातुले बनेका बस्तुहरु आफुतिर आकर्षित गर्दछ । त्यसै गरि उनको शरीरले पनि साना-तिना फलमे धातु द्वारा बनेका फलामे  काटी, पिनसियो, चिम्टी, पैसाका सिक्का जस्ताकुराहरु ४५ मिनिट सम्म शरीरमा तासेर राख्न सक्ने चुम्बकिय शक्ति उनिमा छ । 

रजस्वला हुँदा बलात्कारको डर

संसार ढुङ्गे युग देखि कम्प्युटर युग सम्म पु्गी सक्दा पनि हामी नेपालीहरुमा अन्धविश्वास, रुडीबादि जस्ता मान्यताहरु मेटिएका  छैनन् । मैले यो हप्ताको राजधानी साप्ताहिक दोहा कतार को पृष्ठ १२ मा यस्तो खालको आस्चार्य लाग्दो समाचार पढ्ने मौका पाए र यसलाई मेरो ब्लगमा दुरुस्त साभार गरेको छु ।
हृाम्रो नेपाल भित्रैको यो यर्थाथ घट्नालाई उल्लेख गरिएको भए पनि कतिपयलाई विश्वास नलाग्न पनि स्वाभाकिनै हुने छ । मैले पनि आजसम्म आफ्नो गाँउ समाजमा यस्तो कुसंस्कार नदेखेर होला अचम्मपो लाग्यो ।
कुरा के हो? तपाइले पनि जान्नुहोस।

बाँके- पश्चिम नेपालका पहाडी जिल्लाहरुमा अझैपनि महिलाहरुमा छाउपडि प्रथा कायमै रहेको छ। बाँके जिल्लाको थपुवा नयाँबस्तीकी सीता थापा छाउ -रज्वसला) भएको बखत अहिले पनि छाउपडी -गोठ) मा बस्ने गर्छिन ।
कुनै सरसमान छोए पछि अनिस्ट हुन्छ भन्ने पुरानो सोचका कारण मध्य तथा सुदुरपश्चिमका महिलाहरु रजस्वला भएपछि राति गोठ अर्थात छाउपडिमा बस्ने प्रचलन छ ।
रजस्वस्वला भएपछि कुडी -गोठ) मा बस्छु ३० बषिर्या थापा भन्छिन् । घर भित्र सुत्यो र सरसमान छोयो भने देउता रिसाउछ भन्छन् । चलिरहेको परम्परा छाड्न मिल्दो रहेनछ ।महिनावारी हुनलाई उनि पाप कटेको ठान्छिन् । त्यसैले घर भित्र सुत्दा वा छुवाछुत गर्दा पर्ने असरको मनोबैज्ञानिक त्रास सीतामा छ ।
रज्वसलाको बेला घरभित्र सुत्न मनले मान्दैन, बाँकेको मनाकापुर गाविसस्थित मदनापुर गाँउकी ४० बषिर्या रीता बिक भन्छिन । उनि तर्राई झरेकी ३ बर्षभयो । तर पुरानो मान्यतालाई तोड्न सकेकी छैनन् । मैले जस्तै मेरा छोरी बुहारीले पनि छाउपडी बार्नुपर्छ, रीता भन्छिन् नत्र देउता रिसाउँछन् ।
    सीता र रीतामात्र होइन मध्य तथा सुदुरपश्चिमका महिलाहरु छाउपडी प्रथा छोड्न सकेका छैनन् । पहाडमाझै यहाँ पनि महिनावारी -रजस्वला) हुँदा बस्नको लागी घरमा कुडी बनाइएको छ । जिल्लाको नयाँ बस्ती थपुवा, पशुपतिनगर गाउँमा यस्ता कुडिहरु प्रसस्त देख्न सकिन्छ । अरु ठाँउकोत कुरै छाडौ बाँकेको सुगम गाविस कम्दी-९, डलैपुर गाउँभित्र पनि आमा, छोरी र बुहारीका लागि छाउपडी -गोठ) बनाउने गरिन्छ ।
ग्ानापुरकी ३५बषर्ीया लीला शर्मा गोठमा बस्न बाध्य भएको बताउछिन् । उनी भन्छिन्, हामी छाउपडी -गोठ) मा रहरले होइन करले बस्ने गर्दछौ ।
ग्ोठमा बस्दा असुरक्षा पनि उस्तै हुन्छ । बलात्कारका थुप्रै घट्नाहरु पनि घट्ने गर्दछन ।टुनीया गाउकी राधिका धामीलाई एक दिन यस्तै घट्नाको सामना गर्नु पर्यो । राधिका भन्छिन रजस्वला भएको बखत छाउपडी -गोठ) मा सुतिरहेकी थिएँ, बाहिरबाट आएको युवाले बलात्कारको प्रयास गरे, मसँग अर्की साथी पनि थिइन्, हारगुहार मागे पछि बलात्कृत हुनबाट जोगिइयो ।
उनि भन्छिन्, छाउपडीमा बस्नु भनेको काल निम्त्याउु जस्तै हो । तर, परम्परा धान्न महिलाले गर्नै पर्ने मान्यता भएकोले बाध्य भएर बस्नु पर्छ । गाँउगाउँमा महिला अधिकार र किशोरी जागरणका अभियान सुरु भएकोले बिस्तारै यी मान्यतामा परिर्वतन देखिन थालेका छ ।
छाउपडी प्रथा अन्धविश्वासमात्र हो भनेर बुझेका महिला छाउपडीमा बस्न छाडी सकेकाछन् ।
ती मध्येकी एक हुन नयाँबस्ती थपुवा गाविस-४ की दिलकुमारी बुढाथोकी । उनी भन्छिन, एक वर्षभयो म गोठमा बस्न छाडेको तर, अहिले सम्म देउता रिसाएको छैन बरु म सुरक्षित भएकोछु ।
दिलकुमारीले साहस गरेर कुसंस्कारलाई तोडेकी छिन । र्सपले डस्छकी, बलात्कृत भइन्छकी भन्ने डर त्रासमा राति निदाउनपनि सकिन्दैनथ्यो, उनि भन्छिन् ।  यस्तो दुःख सहेर कतिनजेल बस्नु भनेर घरैमा बस्न र सुत्न थाले । दिलकुमारी अगाडी कुरा थप्छिन, गाँउका केहि महिलाहरु मिलेर छाउपडी प्रथालाई तोड्दै रजस्वला भएको बेलापनि घरमै बस्न र सुत्न थाल्यौं । नयाँबस्ती थपुवा गाँउकै २५ बषर्ीया भुसा बिसीले घरमै सुत्न थालेको एक वर्षभएको बताइन् । गाँउबाट अहिले छाउपडी प्रथा हटाउने अभियानमा महिलाहरु लागेका छन् थपुवा गाँउका करिव एकसय छाउपडी झुप्राहरु भत्काइ सकेकाछन ।
"राजधानी साप्ताहिक दोहा कतार"