Wednesday, December 31, 2008

सोर सत्र काटी लागियो नि अठार ।।।।।।।।।।।


सोर सत्र काटी लागियो नि अठार ।।।।।।।।।।।

Monday, December 15, 2008

अमेरिकी भु-राष्ट्रपत्ती बूश् माथि दुई चप्पल प्रहार ......

सङ्युक्क्त राष्ट्रसंग अमेरिकी भु-राष्ट्रपत्ती तथा जर्ज डब्लुबुश आज अचानक इराक पुगी एक कार्यक्रम बिच बोल्दै गर्दा एउटा पत्रकारले बूश् माथि दुई चप्पल प्रहार गरेका छन । शायद बुश् माथि यस्तो किसिमको घट्न हुन्छ भन्ने कसैले पनि सोचेका थिएनन होला । तर आज बुश् लाई एक पत्रकाले साहासि पूर्ण तरिकाले चप्पले कसरी हानेका छन त? त्यो द्रिश्य हेर्नलाई तलको प्ले बट्टम क्लिक गर्नु होस् ।

Thursday, December 11, 2008

"साभार" नडराउनु होस कडा भान्सार दरको लागी !

//कासा दोहा कतार //

दोहा, अर्थमन्त्री एवं माओवादी नेता डा.बाबुराम भट्टर्राईसमक्ष कतारस्थित नेपाली समाजका अगुवाहरूले कामदारलाई ठग्ने ठग, दलाल तथा म्यानपावर एजेन्सी र एजेन्टमाथि कारबाही नभएकोमा आक्रोश पोखेका छन् ।
प्रतिउत्तरमा अर्थमन्त्री डा.भट्टर्राईले दोषीमाथि यसपटक भने कारबाही हुने पुरानै आश्वासन बा“डेका छन् । दर्ुइ महिनाभित्र दोस्रोपटक दोहा भ्रमणमा आएका अर्थमन्त्री डा.भट्टर्राईले अघिल्लोपटक पनि नागरिक समाजको अन्तर्त्रिmयामा ठगीमा संलग्न म्यानपावर एजेन्सी र एजेन्टलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका थिए । नेपाली दूतावासले गरेको कारबाही सिफारिसको फाइल बोकेर नेपाल फिरेका मन्त्रीले फेरि यसपटक 'त्यो फाइल आफूलाई उपलब्ध गराउन' निर्देशन दिएका छन् ।

मन्त्री डा.भट्टर्राईले विभिन्न म्यानपावर कम्पनी र एजेन्टले नेपाली कामदारलाई ठगी गरेकोबारे आफूलाई अवगत भइसकेको र यसमा कारबाहीका लागि श्रममन्त्रीस“ग कुराकानी गरिसकेको जनाएका थिए । दूतावासले बितेको १० महिनाको अवधिमा म्यानपावरमा ठगी गर्ने १ सयभन्दा बढी एजेन्सी र एजेन्टको फेहरिस्त उतारेर आवश्यक कारबाहीमा श्रम तथा रोजगार पर््रबर्द्धन विभागमा पठाइसकेको छ ।

दोहा दूतावासमा सोमबार आयोजित अन्तर्त्रिmया कार्यक्रममा राजदूत डा.र्सर्ूयनाथ मिश्रले कतार आउने सीधासादा नेपालीलाई फरक-फरक कम्पनीको श्रम सम्झौता तथा भिसा दिई पठाइने गरेको जानकारी गराएका थिए । यसरी गलत कागजात लिई आउनेलाई कतारी कानुनअनुसार न्याय दिलाउनसमेत कठिन भएको उनले बताएका थिए ।

कतार, यर्ूर्एइ, साउदी, मलेसियासहितका मुलुकमा काम गर्ने नेपालीलाई लक्षित गर्दै नेपालमा चर्को भन्सार महसुल लगाएको विषयमा अधिकांश वक्ताले अर्थमन्त्रीसमक्ष गुनासो गरेका थिए । उनीहरूको साझा स्वर थियो- 'चार/पा“च सय रियाल मासिक कमाउने यस्ता नेपालीहरू

दर्ुइ वर्षकाम गरेर घर परिवारका लागि केही थान घडी, कम्बल र टेलिभिजन लैजान्छन् । यस्तो अति आवश्यक वस्तुहरूमा चर्को भन्सार महसुल लगाउ“दा र्सवसाधारण मर्कामा परेका छन् ।'

अर्थमन्त्री डा.भट्टर्राईले भन्ने र्सवसाधारण आप्रवासी नेपालीका लागि भन्सार महसुल नलगाइएको स्पष्ट पारेका थिए । 'तपाईहरू एक-एक थान सबै सामान लग्नोस्, आफूले प्रयोग गरेका पुराना सामानहरू लग्नोस्- भन्सार लाग्नेछैन । हामीले तस्करहरूले भरिया लगाएर गर्ने तस्करी रोक्न भन्सार बढाएका हौ, र्सवसाधारणलाई दुःख दिन होइन,' अर्थमन्त्रीले भने ।

उनले कान्तिपुरस“गको भेटमा 'सैद्धान्तिक रूपमा तस्करीलाई निरुत्साहित गर्न भन्सार करमा शुल्क वृद्धि गरिएको' जनाएका छन् । राष्ट्रसंघीय आर्थिक लगानीसम्बन्धी अन्तर्रर्ााट्रय गोष्ठीमा भाग लिन दोहा आएका अर्थमन्त्री डा. भट्टर्राईले नेपाली कामदारलाई फजुलखर्ची नहुन र अनावश्यक विलासिताका सामान साथमा लिएर नजानसमेत आग्रह गरेका छन् । 'विदेशमा कमाउने, विदेशबाट सामान लैजाने, सिध्याउने अनि सुकुलगुण्डा बन्ने - यो त भएन नि,' टेलिभिजन, मोबाइललगायतका दैनिक उपभोग्य वस्तुमा लगाइएको ५० प्रतिशतसम्मको भन्सार करका कारण खाडीमा रहेका कामदारमा उब्जेको जिज्ञासा मेटाउ“दै उनले भने । उनले आफ्नो व्यक्तिगत उपयोग प्रयोजनमा लगिने एक-एक थान सामानमा भन्सार नलाग्नेसमेत बताए ।

दूतावासमा आयोजित भेलामा अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार डा.श्रीराम पौडेल, दूतावासका प्रथम सचिव रामकाजी खड्का, सहचरी प्रेम बराल, गैरआवासीय नेपाली संघका अन्तर्रर्ााट्रय सचिव सागर नेपाल, नागरिक समाजका करिब बक्स मिया, इन्जिनियर एसोसिएसनका नारायणप्रसाद चौधरी, जनप्रगतिशील मञ्चका होमनाथ शर्मालगायतले मन्तव्य राखेका थिए

Wednesday, December 10, 2008

पाठक बृंदा लेख्दा पनी के लेख्नु? केहि छैन लेख्ने बिषय पनी लेखी हाल्छन सबै कुरा पत्र पत्रिकाले त्यसैले मैले चाहि गीतहरु मात्र पस्कँदै छू, कृपया हेरिदिनु होला ! धन्यवाद !!


Friday, December 5, 2008

"साभार" नया नेपालको रूपरेखा

यो इन्टर्भियु तपाईंले भिडियो ब्लगमा अगाडिनै हेरी सक्नु भएको होला। तर पनि मलाई एकजन साथीले यो रोचक बिषयलाई मेल गरी पठाउनु भएको रहेछ त्यसैले मैले मेरो ब्लगमा प्रकाशन गरेको छु । यदी तपाईंले यो भन्दा अगाडि यो अन्तरबाता हेर्नु भएको छैन भने एकपटक सरासरती हेनु होला र कम्मर कसेर हास्नु हुन्छकी! रुनु हुन्छकी तपाईंलाई जे इच्छा लाग्छ त्यही गर्नु होस् ।



नमस्कार, आज २०७५ साल असोज २२ गते आइतबार । नेपालमा गणतन्त्र स्थापना भएको आज ठीक दस वर्ष पुगेको छ । त्यतिखेर मानिसले कल्पना नै गरेका थिएनन् कि केवल दस वर्षमा नेपालमा यति धेरै विकास होला भनेर । पूर्व काँकडभिट्टादेखि पश्चिम धनगढीसम्म साढे चार घन्टामा पुगिने बुलेट रेल सेवा ुएकता एक्सप्रेसुको सञ्चालन होस् वा दार्चुलादेखि ताप्लेजुङ जोड्ने पहाडी हाइवेको स्थापना होस्, दुवैको निर्माणबाट केवल दस वर्षमा नेपालमा चमत्कार भएको छ । ल्हासाबाट खासा हुँदै काठमाडौंसम्म बिछ्याइएको पेट्रोल पाइपको कुरो होस् वा रोल्पामा खुलेको संसारकै सबैभन्दा ठूलो जडीबुटी उद्योग होस्, दस वर्षपहिले मान्छेले देखेका यी सबै सपना अहिले पूरा भएका छन् ।

यी सबै सपनालाई पूरा गराउने देशका सबै राजनैतिक दल, नागरिक समाज र प्रतिबद्ध नागरिकलाई अहिले विश्वका देशले बधाईका सन्देशहरू ओइर्‍याइरहेका छन् । अरू त अरू, अहिले यो कार्यक्रम ुनेपाल-निर्देशु काठमाडौंस्थित नेपाल टेलिभिजनको

१२५ तले भवनको तीसौं तलाबाट सञ्चालन गरिहेका छौं । अब हामी यस विषयमा कुरा गर्दैछौं, दस वर्षदेखि निरन्तर रूपमा नेपालको प्रधानमन्त्रित्व सम्हालेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुसँग ।





अजयकुमार- आरामै हुनुहुन्छ रु
प्रचण्ड- राजनैतिक रूपमा आराम गरेर बसेको भए अहिले जुन विकास देख्दै हुनुहुन्छ, त्यो दस वर्षमा सम्भव नै हुँदैनथ्यो भन्ने मेरो ठम्याइ हो ।




अजयकुमार- दस वर्षअघि नेपाली राजनैतिक पार्टीका नेताहरू विदेशी राजदूतहरूलाई भेट्न निवेदन हाल्ने गर्दथे । तर, आज दस वर्षपछि विदेशी राजदूतहरूले नेपाली नेतालाई भेट्न पाऊ भनेर निवेदन हाल्ने गरेका छन् । यो परिवर्तनलाई कसरी हेर्नुभएको छ रु
प्रचण्ड- कुरो के हो भने त्यतिखेर हामी सबैका कमीकमजोरी थिए । हामी सबैको विवेकमा खिया लागेको स्थिति हो । समग्र देशको भन्दा पनि व्यक्ति, पार्टी र गुटको हितलाई मात्रै अगाडि ल्यायौं । तर, विस्तारै हामीमा एकता, सहकार्य र सहमतिको जुन वातावरण बन्यो, त्यसले देश, जनतालाई यो अवस्थासम्म पुर्‍यायो भन्ने हाम्रो ठम्याइ छ ।



अजयकुमार- हिजो तपाईंसँग अमेरिकी राजदूतले भेटेछन्, के कुरा भयो तपाईंहरूबीच रु
प्रचण्ड- मने, अमेरिकामा गत सेप्टेम्बरमा जुन समुद्रीआँधी आयो, त्यसले त्यहाँको अर्थतन्त्रलाई नराम्रो धक्का लाग्न पुग्यो । नोभेम्बरमा फेरि आतंककारी हमलाका कारण अमेरिकामा भोकमरी सुरु भयो, यस्तो विपत्तिमा नेपालले पनि अमेरिकालाई सहयोग गर्नुपर्‍यो भन्ने कुरा राजदूतले राखे । हामीले पनि मानवीयताका आधारमा अमेरिकालाई नेपाल सरकारका तर्फबाट एक करोड डलर सहयोग दिने वचनबद्धता प्रकट गरिसकेका छौं ।



अजयकुमार- हाम्रो इतिहास हेर्दा, हाम्रो देश दाता राष्ट्रहरूबाट ऋण लिएर चल्ने मुलुक, केवल दस वर्षमा नै विश्वका ठूला देशहरूलाई अनुदान दिन सक्ने बनेको छ । कस्तो लाग्छ तपाइंलाई रु
प्रचण्ड- यो केवल हाम्रो कारणले भन्दा पनि सम्पूर्ण राजनैतिक पार्टीहरू, नागरिक समाज र आमजनताको सहकार्यको प्रतिफल हो । यो देख्दा निश्चित रूपमा खुसी नहुने कुरै छैन भन्ने हाम्रो ठम्याइ हो । अझ चीनमा आएको बाढीबाट पीडितलाई पाँच करोड डलर अनुदान दिने नेपाल सरकारको हिजोको निर्णयले नेपाल र नेपालीलेको महानता झल्किएको छ भन्ने मलाई लाग्छ ।



अजयकुमार- प्रधानमन्त्रीज्यू, त्यति धेरै सहयोग गर्न सक्नेगरी नेपालले स्रोतचाहिँ कसरी, कहाँबाट जुटाउन सक्यो रु बताइदिनोस् न ।
प्रचण्ड- हामीले प्रष्ट भनेको छौं, हामीकहाँ भ्रष्टाचार छैन, त्यसकारण राजस्वले नै राज्यका दैनिक खर्च चल्ने गरेको छ । उता कर्णालीको बिजुली तिब्बत, चीन, मंगोलिया, उज्वेकिस्तान र रसियामा बेचेर डरल भित्र्याएका छौं । रोल्पा र हुम्लामा सबैभन्दा ठूलो जडीबुटी उद्योग खोलेर वाषिर्क ५० करोडको त औषधि निर्यात गर्दै आएका छौं । गत वर्ष मात्रै २० लाख पर्यटक नेपाल भित्रिएको रिपोर्ट त तपाईंले पनि हेरिसक्नुभएको छ । छुर्पी, चिया, यार्सागुम्बा, मणिमाणिक्य आदिको व्यापारले पनि हामी अहिले एसियाकै सबैभन्दा बढी आयस्रोत भएको मुलुकको रूपमा स्थापित भएका छौं ।



अजयकुमार- सरकारले जुन मेचीदेखि महाकालीसम्म बुलेट रेल सेवा सुरु गर्‍यो नि, यसका बारेमा बताइदिनोस् न रु
प्रचण्ड- काँकडभिट्टादेखि कैलालीसम्म केवल तीन घन्टामा पुर्‍याउने यो रेल सेवा पेट्रोलबिनै हाम्रै त्रिशुलीको बिजुलीले चल्नेगर्छ । संसारमा पेट्रोलको जति भाउ बढे पनि तराईका जनताको एकताको प्रतीक एकता एक्सप्रेस रेल सेवालाई कुनै फरक पर्दैन ।



अजयकुमार- एउटा आरोप छ, यो रेल सेवाले जनतालाई भन्दा ज्यादा नेपाल-भारत सिमानामा क्रियाशील चोर, डाँका, तस्कर र कालोबजारीलाई बढी फाइदा पुगेको छ रे नि रु
प्रचण्ड- त्यो सरासर अफवाह हो किनभने नेपाल-भारत सिमानामा दुवै देशका प्रहरीहरू यति क्रियाशील छन् नि, गैरकानुनी रूपमा कोही पनि आवातजावत गर्न सक्दैन । त्यसमा पनि मेचीदेखि कालीसम्म नै नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा १५ सय किलोमिटरको २० फुटे सेक्युरिटी वाल निर्माण भएको छ । त्यसमा करेन्ट जडान गरिएको छ । र, चौबीसै घन्टा स्याटलाइटले कन्ट्रोल र नेपाली सीमा सुरक्षा बलले निरीक्षण गरिरहेकाले नेपाल- भारतबीचको सम्बन्ध यति लामो समयसम्म सुमधुर रहन सकेको हो भन्ने मलाई लाग्छ ।



अजयकुमार- गत साता एउटा सनसनीपूर्ण समाचार आयो, एकजना मानिसले तपाइंलाई कालो झन्डा देखायो रे, हो रु
प्रचण्ड- हामी पनि अचम्मित भएका छौं कि यो दस वर्षबीचमा हिंसाको एउटा सानो रूप पनि देशमा देखिएन । तर, यो कालो झन्डा देखाउने घटनाले हामी चिन्तित भएका छौं । कतै हामीले जनताको आशा र अपेक्षामाथि कुठाराघात गरेकाले पो यो डरलाग्दो घटना भयो कि भन्ने लागेको थियो ।






अजयकुमार- किन देखाएका रहेछन् त कालो झन्डा रु
प्रचण्ड- आफ्नो अर्बौंको सम्पत्ति राज्यलाई दान दिने उनको इच्छा रहेछ । तर, राज्यको यो नियम छ कि जनताको सम्पत्ति राज्यले कुनै पनि सर्तमा लिनुहुन्न भनेपछि उनले राज्यलाई सहयोग गर्न पाउनुपर्छ भन्ने मागका साथ कालो झन्डा देखाएका रहेछन् ।

अजयकुमार- अचम्मको परिवर्तन हगि रु उहिले जनता कर तिर्न भनेपछि मरेजस्तो हुन्थे, आज राज्यलाई आफ्नो सम्पत्ति दान दिने हैसियतमा पुगे । कस्तो लाग्छ, केवल दस वर्षमा नै यस्तो संस्कारको विकास भएको छ रु
प्रचण्ड- मने, एक्काईसौं शताब्दीको लोकतान्त्रिक संस्कृति भनेकै यही हो जस्तो लाग्छ ।

अजयकुमार- तपाईं दस वर्षअगाडि एउटा शब्द खुब प्रयोग गर्नुहुन्थ्यो, चमत्कार । आखिर चमत्कार गरेरै देखाइदिनुभयो । समुद्र नै नभएको देश नेपालमा पानी जहाज पनि ल्याइदिनुभयो, कसरी रु
प्रचण्ड- बंगलादेशको फूलबारी नाकाबाट हामीले भारतसँग कुरा राख्यौं कि सप्तकोसीसम्म जोड्ने ठूलो नहर बनाउनुपर्‍यो भनेर । त्यसपछि पश्चिम बंगाल, बिहार हुँदै पानीजहाज चल्न सक्ने नहर सप्तकोसीसम्म जोड्यौं । सप्तकोसीबाट उत्तरतिर पानीजहाज धनकुटाको मूल घाटसम्म लगेर नेपाल र नेपालीले चमत्कार गरेकोमा अहिले सारा विश्व पनि अचम्मित भएको छ ।

अजयकुमार- नेपाल सरकारले अमेरिकन र युरोपियनलाई भिसा बन्द गर्‍यो भन्ने समाचार आएको छ नि रु
प्रचण्ड- बन्द भन्दा पनि व्यवस्थित बनाउन खोजेको हो । यसअघि नै दुई लाखजति अमेरिकीहरू नेपालमा लुकीछिपी काम गर्दै गरेका थिए । टुरिस्ट भिसामा आएर यतै लुकीछिपी काम गर्ने युरोपियनको संख्या पनि लाखौं रहेको स्थिति छ । त्यसैले हामी केही कडाइ मात्र गरेको हौं ।

अजयकुमार- त्यसको मतलब विदेशीलाई नेपालमा कामदार भिसा अब सदाका लागि बन्द गरेको हो त रु
प्रचण्ड- हैन, हिजै मात्र डोमेस्टिक हेल्परको रूपमा नेपाल आउने पाँच हजार अरेबियन महिलाका भिसा हामीले इस्यु गरिसकेका छौं । जुम्लाको अन्तर्राष्ट्रिय मिनेरल उद्योगका लागि दस हजार जर्मन मजदुरहरू यसै साता नेपाल आउँदै छन्। मुस्ताङमा निर्माणाधीन नेपाली डिजिनेल्यान्डमा काम गर्ने ५० हजार निर्माण मजदुर आगामी फेब्रुअरीसम्ममा नेपाल भित्रिइसक्नेछन् ।




अजयकुमार- प्रकृतिप्रेमीहरूको आरोप छ कि सरकार काठमाडौंमा बनाएका ८०,१००,१५० तले भवनहरूले काठमाडौंका डाँडाकाँडालाई छेके । यसले प्रकृतिमाथि अन्याय भयो रे, सरकारले के सोचेको छ यस विषयमा रु
प्रचण्ड- मने, विकासलाई त कसैले चाहेर पनि छेक्न सक्दैन । योभन्दा बढी भवनहरू काठमाडौंमा नबनून् भन्ने जनताको मागलाई ध्यानमा राखेरै हामी नेपालको शीतकालीन राजधानी विराटनगर, गृष्मकालीन राजधानी हुम्ला, शरदकालीन कैलाली र शिशिरकालीन राजधानी ताप्लेजुङलाई बनाएका हौं ।



अजयकुमार- भनेर भन्ने र अन्तर्वार्ता लिने र दिने दिन कहिले आउला रुरुरुरु
प्रचण्डः १० वर्षकर्ुर्नुस अवस्य आउँछ ।


-श्र

Friday, November 21, 2008

चिकित्स्ाकहरुको लापर्बाहिले गर्दा एक शिशुको मरेतुल्य अवस्था

तमिम मात्र २ बर्षका छन् । उनि भर्खर ताता तुतु बोल्ल सिक्दैछन् । जब उनि ढाई महिनाका थिए, उनलाई सामान्य विमारले आक्रमण गरेछ । उनलाई उपचार्थ दोहा कतारको सबै भन्दा ठुलो हमद अस्पतालमा भर्ना गरिएको रहेछ । तमीम भएको शिसु कक्षमा अरुपनि शिशु विमारी रहेछन् ।
त्यस मध्ये एउटा बच्चाको अबस्था धेरै गम्भिर रहेछ । डक्टरको जाँच अनुसार ती अर्का बच्चाको पेट र घोडाको अपरेशन गर्नु पर्ने भएको रहेछ, र केही डक्टर र नर्सहरुले शिशुलाई अपरेशन कक्षमा लगेछन तर जुन विमारी बच्चालाई होइन । तामीम नामका शिशुलाई अपरेशन कक्षमा लगी अपरेशन गरिएछ । शिशुको अपरेशन पश्चात तामीमका मुमा, बाबा, हजुरआमा पनि तामीम भएको बेट तिर आएछन । तमीमलाई कसैले पनि नदेखे पच्छि। त्यहाँको स्टाफहरु सँग सोध खोज गरेछन् । तामिम अपरेशनको लागी अ.कक्षमा भएको कुरा सुनाएछन् । सबैजना छाँगा बाट झरे तुल्य भए । तर समय निक्कै टाडिएको रहेछ तामिमका परिवारको आगमन अलिक छिट्टो भएको भए तामीमको यो हालत हुने थिएन होला । तमीमको घोडा, आन्द्रा भुँडी सबै निकालेर फालिएको रहेछ । उनको हजुरआमाको भनाई अनुशार तामिम २ महिना सम्म मरेका हुन की बाचेका हुन् केहि थाहाँ भएना भनिन् । अहिले तामीमले नयाँ जिवन विताइरहेकाछन आदि प्राकृतीक मानव शरिरीर र अधा कृतीम पलाष्टिक जिवन । बालकले खाएको सामान्य तरल खानालाई पचाउनको लागी र दिसा पिसाबको एउटा पलाष्टिकको थैलो बनाइ पेट बाहिर टसाएर राखिएको छ भने राम्रो अबस्थामा भएको देब्रे घोडा काटि आधा मात्र बाकि छ । यसरी चिकित्सकहरुको ठुलो लापर्बाहिले गर्दा एक निर्दोश शिशुले मरेतुल्य जिवन गुजारा गर्नु पर्ने भएको छ ।

तमीमको हजुरआमा सगँको कुरा कानी

ंंंंंंंंंयो बच्चाको यस्तो हालत कसरी भयो त?
हजुरआमाःxx त्यहाँ यो मेरो नाति सँगै अरु विमारी बच्चाहरु पनि थिए, अर्को बच्चाको अपरेशन गर्नु पर्ने मेरो नातिलाई चिकित्सकहरुले लगेर अपरेशन गरेछन् ।

अनि बच्चाको हेरचाहको लागी तपाइहरु कोहि हुनुहुन्थ्यो त ?
हजुरआमाःxx तमीमको आमा भित्री थिइनु उनि पनि बाहिर आएकी थिइन, त्यही बखत मेरो नातिलाई चिकिस्चकहरुले लापर्बाहि तरिकाले अपरेशन गरि हालेछन।

अनि तपाइहरुले हमद अस्पताल माथि कुनै कानुनि कारबाही अघि सार्नू भो की छैन ?
हजुरआमाःxx खोइ गरियो तर के गर्नु - यति राम्रो बच्चाको यो हालत बनाए ति राक्षस डाक्टरहरुले -भक्कानो स्वरमा ) भने ।

कानुनि निकायहरुबाट कस्तो प्रतिकृया पाउनु भो ?
हजुर आमा xxः केहि छैन् ! यसमा उनिहरु निर्दोस छन रे

यो बच्चाको भबिस्यको जिम्मेवार त हमद अस्पताल हुनु पर्यो नी ?
हजुर आमा xxः अहिले सम्म बच्चाको २० घण्टाको हेरफेर अस्पतालले गर्दै आएको छ । दिनको ४ घण्टा उसलाई हामी घर ल्याउछौं । अब भरै ४ बजे अस्पतार वापस गर्नु पर्छ ।

यो बच्चाको स्वास्थ्यमा सुधार आउछ अरेत ?
हजुर आमा xxः के हुन हामिले लन्डन पनि लग्यौ त्यहाँ पनि केहि शिप लागेन अब उसको बा आमाले अरु कतै बिचार गर्छन की, बरु तमीमको यो हालत हुनु भन्दा त त्यती खेरै मृत्यू भएको भए राम्रो हुन्थ्यो । यतिको सास्ती खेपेर बाच्नु भन्दा -भक्काने स्वारमा भन्छिन ।

बच्चाको आमानी खोई ?
xxxबच्चाको आमा कतार च्यानलमा समाचार प्रस्तोता छिन् । उनि अहिले अफिस गएकी छिन् । तपाईलाई हर्ेर्ने मन छ भने म अहिले देखाउला नी १५ मिनेट पछि समाचार आउछ ।

बच्चाको शुभ नाम के होला?
xxxबच्चाको नाम तमीम हो । यो हाम्रो नातिको स्वास्थ्य लाभको लागी तपाईले पनि भगवान -अल्लाह) सँग प्राथना गरि दिनुहोला भनिन् ।
यसरि कुराकानी भई रहेको थियो मेरो पनि समयले डाँडा काट्न लागेको सङ्केत गर्यो मैले उहा सँग विदा लिइ आफ्नो बाटो तर्फलागे ।

Thursday, November 20, 2008

धेरै पुरानो तर ख्याती प्राप्त लिम्बु फिल्म नुमाफुङ को एक द्रिश्य.......

Tuesday, November 18, 2008

<करणी पछि गाईको हत्या>

गुल्मी- नेपालको राष्ट्रिय जनवार गाईलाई हामी लक्ष्मीको रुपमा पुजा गर्ने गछौं तर त्यही गाईलाई कुनै पुरुषले बलत्कार गरेर मार्यो भनेको सुन्दा पत्याउन पनि गाह्रो पर्छ होला तर यो सत्य हो ।
गुल्मी जिल्लाको हाडहाडे-५, धनमुढा निबासी २३ बषिर्या सालिकराम पुनले गाईलाई करणी गरि मारेको अभियोगमा जिल्ला प्रहरी कार्यलय गुल्मीले पक्राउ गरेको छ । गत मंगलबार राति स्थानिय गिर्रि्रसाद श्रीसको गोठबाट नजिकैको खरबारीमा लगी रुखमा बादि करणी गरी सो गाईलाई झुण्डाएर मारेको अभियोगमा पुन पक्राउ परेका छन् ।
करणीको अभियोगमा पक्राउ परेका पुन र मृत गाईलाई इलाका प्रहरी कार्यालय पुर्कोट दहले जिल्ला प्रहरी कार्यालय गुल्मी पुर्‍याएको छ । करणीको अभियोग लागेका अर्का १७ बषर्ीय वेदप्रसाद पुन फरार छन । //रा.सा. दोहा//

Tuesday, October 28, 2008

के गर्छौ...??

मखमलि अनि सयपत्रिको माला उनेर के गर्र्छौ ?
नहुँदा माइति भाइटिकामा ढोका थुनेर के गर्र्छौ ?

लाइदिनु वल्लो पल्लो घरको दाजुभाईलाई
सबै भन्दा ठुलो माला मरै नाममा चुनेर के गर्र्छौ ?

दिन'लाई पनि खाल-खालको तरकारी सेलरोटी र
भर्लाको पातको टपरी बुनेर के गर्र्छौ ?

साथी संगीहरु, रातैभरि देउसी, भैलो खेल्दा
एक्ले तिमी मनमा कुरा बुनेर के गर्र्छौ ?

पाए पछि चिठ्ठि सुनेपछि हालखबर मेरो
परदेशमा माइतिको दुःख सुनेर के गर्र्छौ ?

सौजन्य दोहा//रासा

केबी किराँत
टाँडी-६, मोरङ्ग
Email-purbelisathi@hotmail.com

Monday, October 27, 2008

चेलिलाई चिठ्ठि!!

लेखिरा'छु चिठ्ठ तिमलाई
पर'देशको भुमि बाट ।
दशै आई बिदा भयाे
तिहार पनि भित्री सक्यो
गाउँ घरमा हिजो आज ।

गए साल भने तिमलाई,
यो साल त आउ'छु भनि ।
गन्दै होलीउ दिनहरु
माइति कहिले आउने भनि-।

माफि गर चेली मलाई,
अन्जान एउटा माइति सम्झी ।
नगरेको कहाँ हो र -,
कसुर मैले आउने भनि ।

हुदैन रैेछ परदेशमा,
सोचे जति सबै पनि ।
नबसहै अव तिमी
दिनहरु गनी, गनी ।

फुलेका होलान धकमक्क,
सयपत्रि मखमलि
आगनि र कान्लाहरुमा ।
भए होलान झिलिमिली,
हिजो आज गाउँ घरमा ।

फर्के होलान प्रदेशबाट,
पल्ला घरे दाईभाई पनि ।
सप्तरङ्ग िटिका निधारमा,
सयपत्रि मखमली गलामार्
अर्पण गर्न भनि, चेलिको हातमा ।

झनै चित दुख्यो होला
माइति साथ नहुँदा खेरि ।
नरौं है चेलि बिन्ति छ मेरो
फर्कि आउछु अर्को साल,
तिमलाई सम्झी कसैगरी!

डि. वि. लिवाङ्ग
दोहा कतार

Friday, October 24, 2008

इन्टरनेट प्रयोगाकर्ताहरू होसियार .......!!!!!!!!!!!

हिजोआज इन्टरनेट विश्वाका सबै मनिषाको उठबस गर्ने साथीको रुपमा हुँदै अाइरहेको छ । यो इन्टरनेट अरु संचारको माध्यम भन्दा अलिक फरक भएकोले पनि होला मनिषहरु इन्टर्नेटलाई बडी प्राथमिकता दिने गर्दछन। र साच्चैनै यो इन्टरनेट फाईदा जनक पनि छ। सरल, सुलव अनी छरित्तो ढंगले यसको प्रयोग गर्न सकिन्छ। अनी विश्वाको जुनासुक्कै ठाउमा रहेर पनि आफुले कुरा गर्न खोजेको ब्यात्ती सँग प्रतक्ष हेराहेर गर्दै च्याटिङ गर्न सकिन्ने । तर हिजो आज इन्टरनेट प्रयोग कर्ताहरुले सजकता अपनाउनु जरुरी छ, जब हामीले नेटको मजा लिनलाई बिभिन्न साइटहरुमा ब्रौजिङ गर्दै भित्र पस्दै जाँदा कुन्नैबेला यस्तो ठाउमा पुगिन्छकी त्यहा बिभिन्न प्रलोभन देखाउदै एटिएम नम्बर र पासओर्ड पनि माग्न थाल्छ यदी त्यस्तो अवस्थामा तपाईंले आफ्नो सेक्रेट कुराहरु सार्वजनिक नगर्नु उत्तम हुने छ । नत्र तपाईंले पछुत्ताउनुपर्ने हुन्छ । कसै यस्ता ब्यत्ती पनी छौ आफ्नो अन्लाईनको साथीहरुलाई पनि पासओर्ड दिने तर यसो गर्नु राम्रो हुन्न । पछील्लो दिनहरुमा आएर यस्ता बिभित समस्याको शिकार बन्ने मानिसको सन्ख्य दिननु दिन बड्दै छ । त्यसैले इन्टरनेट त प्रयोग गराऔ तर होस् पनि पुर्याउ

Sunday, October 12, 2008

कतारमा केहि नेपालीहरूले यसरी दशैं मनाए !

नेपाल बिबिध भाषा, लिपी, सस्कृती अनी परम्पराको धनी देश हो । नेपालीहरुको एउटा महान पर्बको

रुपमा दशै र तिहारलाई मानिन्छ, र यो दशै र तिहारलाइ प्राय नेपालीहरुले प्रथम प्राथमिकता दिने चलन छ । यसरीनै २०६५ सालको बिजय दशमीको भोलिपल्ट शुक्रबारको दिन म पनि दशैको बिदाको रमाइलो गर्न भनी दोहाको पार्कतिर निस्केको थिए । जहाँ मैले यस्तो दृष्य देखे जुन दृस्यलाई चुक्कौनै सकिन । जहाँ नेपालीहरु आ-आफ्नै तरिकाले रमाइरहेका थिए। मिठा-मिठा पारीकार बनाइ त्यहा एक अर्कामा बाडिचुडी गरी खाने कार्यक्रम भई रहेको थियो । त्यो क्षणले म कतारमा नभै नेपालमानै रमाउदै छु जस्तो भान भयो । साच्चैनै रमाइलो थियो त्यहा। त्यो रमाइलो दृस्यको केही अंश मैले मेरो मनको चौतारी मा पस्किएको छु ।

Friday, August 22, 2008

बेइजिंग ओलंपिक २००८ बाट नेपालले खाली हात फर्कनु पर्यो !

बेइजिंग २००८ ओलंपिकमा नेपालको तर्फबाट दीपक बिस्टले तेकवान्दो खेलमा भाग लिएका थिए। केहि समय अघि उनले इरानको एक खतरनाक खेलाडी हादिसई संग ८० के जी तौल समुहमा भिडेका थिए । उनले धेरै कसरत गर्दा पनी हदिसई द्वारा ७-० ले पराजित हुनु पर्यो, र उनले फेरी कास्य पदकको लागी खेल्ने मौका पाएका थिए । बिडम्बना त्यो पनी गुमाउनु पर्यो । उनले चीनका खेलाडी जू गाओसंग फेरी पनी पराजित हुनु पर्यो । र नेपालीहरूले बीजिंग ओल्य्म्पिकमा नेपाललाई पदक दिलाउन सक्ने खेलाडीको रुपमा बिस्ट माथी आशा गरेका थियौ तर त्यो आशा -आशामै सिमित रहयो । नेपालले बेइजिंग २००८ को ओलंपिक इतिहासमा आफ्नो नाम कायम गर्न सकेन ।

हाम्रो देश हाम्रो नेपाल प्राण भन्दा प्यारो छ !




Saturday, August 16, 2008

परदेशी माइतिलाई चेलिको उपहार ( रक्षा बंदन )

हिंदू धर्मं अनुसार आज मिति २०६५ साउन ३२ गते शानिबारको दिन जन्नैपूर्णिमा, रक्षाबंदनको दिन हो । यो दिन चेलीहरुले आफ्ना माइती राजाहरुलाई सत्रु नलागोस बिभिन्न अप्रिय घट्टनाहरुबात सुरक्षित हुन भनी चेलीहरूले आफ्ना माइतिहरुलाई रक्षाबंदन दाइने हातमा बाधिदिने प्रचालन छ ।

प्रधानमंत्रीलाइ शुभकामना


नेपाली जनताको बलिदान पूर्ण जनाअन्दोलन्-२ अनुसार चुनिएको संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री जस्तो महामयी पदका लागी । नेकपा माओवादीका अध्क्षय पुष्पकमल दाहाल ज्युले आफ्नो बिपक्षिदलका माननिय नेता शेरबहादुर देउवालाई पराजित गर्दै । माननिय प्रधानमन्त्रि पुष्पकमल दाहाल, दुई तिहाइ बहुमतले बिजयी हुनुभएकोमा र उहाको सफल कार्यकालको निम्ती हार्दिक शुभकामना ब्यात्त गर्दछु ।
डि बि लिवङ
दोहा कतार

Monday, August 11, 2008

भारत लाइ वेइजिंग मा पहिलो पटक पदक दिलाउन सफल खेलाडी .


बिस्वकाप २००८ को लागी भारतलाई पहिलो पटक सोर्ण पदक दिलाउने र बिस्वकप को लागी भारतको तर्फ़बाट खाता खोल्ने अहिले सम्मका प्रतिभासाली खेलाडी उहा हुनुहुन्छ Mr. अभिनाव बिंद्रा । Gold medalist Abhinav Bindra of India celebrates after winning the gold medal at the Men's 10m Air Rifle shooting title at the 2008 Beijing Olympics। Bindra's demal is India's first ever individual Olympic gold medal।

Friday, July 18, 2008

नया नेपाल

हिमाल तराइ पहाड हेर
कती राम्रो हाम्रो नेपाल
सयौ थुङा फुलको माला
साह्रै राम्रो हाम्रो नेपाल
लाली गुराष डाफे मुनाल
नाचेको छ हाम्रो नेपाल
अझै झनै राम्रो भा छ
गणतन्त्र भाको छ नेपाल
लेखिन्दै छन नयाँ बिधान
पाउनेछन सबैले अधिकार
हुने छ त्यस पछी नेपालमा हाहाकार
कसलाई थाहा छ? त्यो दिन !
सबै नेता स्वार्थमा तन्लिन
कसलाई के को मतलब ?
नगर चिन्ता नेपाली जन्ता
पाउदै छौ हामीले अर्कै नागरिता
बोल्दै छौ हामीले अर्कै भाषा
लाउदै छौ हामीले अर्कै भेष भुसा
चलाऊदै छौ हामीले
महात्मा गान्दी सहीतको नोट् पैसा
अरु के चहियो र नेपाली हामीलाई
किन गर्छौ चिन्ता ?
यो नै होइन र हाम्रो माग
अब नेपाली जनताहरुले
धन्यबाद ग्यापन गर्नु पर्छ
ति भनौद भुसिया नेताहरुलाई
भए भरको पुराना चप्पल र जुत्ताको माला उनेर
पखालौ ति फोरोरी नेताहरुलाई
राम्रो काम गरुन भनी
गोबर र पानिले
थुक्का नेपाली नेता, चोरहरु देशका
देशत बेच्याउनी तिमीहरुले
राजनीतिकको खेलै-खेलमा
बिताउछन अब नेपालीहरु
पूर्णत जीवन झेलै-झेलमा

तिम्रा स्वर अझै सुकेनन

सुदर्शन -


तिम्रा स्वर अझै सुकेनन
बाटो मशान घाट को देखाईदै छ
तिम्रा रहर अझै मरेनन १

अस्तित्त्व भन्दा नारा प्यारो तिम्लाइ
‘हिन्दी’ले पुरै नेपाल घन्किनेछन
नेपाल त नेपालीको हुनु पर्थ्यो नि ?
तिम्रा माग अब रद्दी को टोकरिमा थान्किने छान

सीमा पारी बहादुर भन्थे
सीमा वारी अफसोस मान्थेऊ
प्रमाण पत्र पाउने भएउ
लेबल लागे पछि थाह पाउछौ

राजनीति कुन चरा को नाऊ हो !
आफ्नै खुट्टा माँ बन्चरो हान्छाऊ ?
देश बर्बाद भैसकेपछि
झोला बोकेर मुग्लान जान्छौ

Friday, June 27, 2008

आँफैले जन्माएको छोरीलाई पहिला आँफैले चाखे त के भयो ? बिदेशमा कस्ता-कस्ता कुराहरु भाईसके,

रास// दोहा कतार
कैलाली : आफ्नै छोरीलाई बाबुले बल्लत्कार गर्‍यो भन्दा कमैलाई अनौठो लाग्न सक्छ । तर, एउटा यौनपिपासु बाबुले भने फ्नी चार बर्षिया छोरीलाई डेढ बर्षादेखी बलात्कार दर्दै आएको रहस्य बाहिर आएपछी उनी हाल काराघरमा जेल जीवन बिताइरहेका छन । आफ्नी अबोध छोरीमाथि पशुवत व्यबहार गर्ने बाबु हुन, बर्दिया जिल्ला जामुने गाबिस-१ का ४१ बर्षिय बखतबहादुर सुनार । यौनपिपासु सुनुवारले चार वर्षिया रमा सुनार ( नाम परिवर्तन ) लाई बिगत डेढ वर्षदेखी विभिन्न यतना दिएर पटका-पटक बलात्कार गर्ने गरेको रहस्य बाहिर सार्वजनिक भएपछी उनि माथि मुद्ध चलाइेको थियो । बलात्कारी सुनुवार बिरुद्ध रमाकी सौतेनी आमाकी छोरीको साहयोगमा छिमेकिहरुलाई जिल्ला प्रहरी कार्यालयमा फागुनमा मुद्ध दर्त गरेको प्रहरिले जानकारी दिएको छ । बलात्‍कृत रमा हाल चार बर्षा पाँच महिनाकी भाईन । रमा तीन बर्षकी छन्दा नै बलात्कारी बखतको यातनाका कारण उनकी आमा अर्कैसँग विवहाँ गरेर गएको बाताइेको छ । बलात्कारी बखतले जेठी श्रीमतीबाट छ जना छोरी जन्मेका कारण छोरा पाउन रमाकी आमालाई बिहे गरेको छिमेकिहरुको भनाइ छ । कान्छी श्रीमती अर्कैसँग विवाह गरेर गएपछी र जेठि श्रीमतीले नजिकै आउन नदिएपछी यौनमात चढेका यौनपिपासु बखतले रमालाई घरभित्रै कुटपिट गरेर मुख छोप्दै बलात्कार गरेको पनि बालिका बताउछिन।त्यतिमात्र नभै रमाको मुख र नाकमा समेत जबर्जस्ती यौन्संपर्क गर्ने गरेका कारण डेढ बर्षको अवधिमा उनको नाक मुख पुरै पाकेको र दिसापिसाब गर्द एक-डेढ घण्टासम्म रोएर छाट्पटिने गरेको उनकी दिदी बताउछिन । बलात्कारीको आरोप लागेका बखतले सोधपुछका क्रममा प्रहरिका सामुन्ने आँफैले जन्माएको छोरीलाई पहिला आँफैले चाखे त के भयो ? बिदेशमा कस्ता-कस्ता कुराहरु भाईसके, मैले त आफ्नै छोरीलाई पो बलात्कार गरे भन्दै बयान दिएको र मेडिकल जांच गराउदा रमाको पाठेघरमा बखतको शुक्रकिट फेला परेपछी उनी दोशिनै हुन भन्ने प्रमाणित भएको प्रहरिको भनाइ छ । आफ्नै जन्म दिने बाबुबाट बाल्यकालमै यस्तो दानबिय ब्याबहारको सामना गर्न वाध्य अबोध रमा भने मानसिकरुपमै बिक्षिप्त बनेकी देखिन्छिन । उनी एक-दुइ साता पहिलेसम्म केटा देख्ने बित्तिकै रोएर आफ्न आँखा छोप्ने, चिच्याउने र काम्ने महिला मानव अधिकार रक्षक सन्जाल बर्दियाकी सचिव बिमला बिरुले जानकारी दिए । यौन अपराधी बखतलाई अदलतले बलत्कारी प्रमाणित गरेपछी रमाको आफ्नो परिवार कोही नहुँदा बिहीवार सन्जालकी सचिब बिमला बिरुले ओरेकद्वरा सन्चालित महिला आवाज गृह धनगढीमा ल्याएकी छन । रमालाई अर्को ब्यबस्था नहुन्जेलसम्मका लागि सुरक्षाग्रुहमै सम्रक्षण दिइने सो कार्यलका प्रतिनिधि बसन्ती चौधरिले जानकारी दिइन । अबोध अवस्थाकै यौन पिपासु बाबुद्वारा पिडा भोग्न वाध्य बालिका रमाको लालनपालन्को बालअधिकार र मानव अधिकारअको जिम्मा बोकेका संघसंस्थाले पहल गर्नुपर्ने निताअन्त जरुरी छ ।
यस्ता अपराधिलाई कस्तो सजाय मान्य होला तपाईको मत प्रस्तुत गर्नु होला । यदि तपाईले गाउघर माँ यस्ता घटनाहरु थाहा पाउनु भएको भए नजिकको प्रहरी कार्लय या त मनब अधिकार बादी संग संस्थाहरुलाई ख़बर गर्न नभुल्नु होला धन्यबाद ।

नेपालीहरुले रोजगारिको निम्ती बिदेशनै रोज्नु पर्ने आवश्यकता छैन

नेपालको राजनीतिक अराजकता, गरीबी, बेरोजगरी जस्ता समस्याले गर्दा'नै अहिले आएर नेपाली दाजु भाई तथा दिदिबहिनीहरुले बैदेशिक रोजगारिलाई रोज्ने क्रम दिनानु दिन बड्दो छ, र देशमा युवा शक्त्तिको मात्रा घट्दो छ । बिभिन्न मुलुक को कुना कन्दरामा छरिएर रहेका सम्पूर्ण प्रबशी नेपालिहरुले रोजगारिको निम्ती बिदेशलाइ'नै रोज्नु पर्ने जरुरी नभएको उहाको सन्देश छ । नेपालीहरुले ठुलो रकम कमाउने सपनामा कसैले घर जग्ग धितो राखी बिदेश जाने कसैले महंगी ब्याजदरमा ऋण खोजी गरी बिदेश जाने गरेको र भनिएको मुलुक मा पुगेर पनि भनेको जस्तो काम, तलब र सुबिदा नपाउने गरेको र सम्बन्धित काम नपाउनाले जबर्जस्ती दक्षतानै हासिल नगरेको काम पनि गर्नु पर्ने । र हरेक सर-सुबिधाहरुबाट बन्चित हुनुपर्ने । सोच्दै नसोचेको दु:ख बिदेशमा भोग्नु पर्ने । कतिपयले त झनै आफुले लगानी गरेको रकम समेत असुल नगरि खालिहात स्वदेश फर्कनु पर्ने यस्ता अनगिन्ती उधारणाहरु पाईन्छ
त्यसैले सुश्री पार्बाट सुब्बा भन्नु हुन्छ : हामी नेपालीहरुले रोजगारिको निम्ती बिदेशनै रोज्नु पर्ने आवश्यकता छैन । यदी हामीले स्वच्छ अनी आनन्द मनले यो मात्री भुमी नेपालमा'नै केही गर्ने हो भने यही छ बिदेश, यो माटो मानै फलाउन सकिन्छ हिरा मोती । यही छन हामीलाई आबश्यक सम्पूर्ण कुराहरुलाई परिपुर्ति गर्न सक्ने माध्यमहरु । तर हामी नेपालीहरुको एउटा साघुरो त्यो सोचाइलाई फराकिलो बनाउनु नितन्त आबश्यक छ । हामी नेपालीहरु एक्कै पटक उडेर चन्द्रमा लाई स्पर्श गर्न खोज्छौ । हामी भित्र द्रिढता, संकल्प जस्ता कुराले बास र साथ नदिनुनै हाम्रो लागी दुर्भाग्यको कुरा हो । त्यसैले हामी धेरै सम्पत्ती कमाउने आश ' माँ बिदेश तिर हाम फाल्ने काम गर्छौ । आखिर त्यती धेरै लगानी गरेर पनि त बिदेशमा गएर बेल्चा र गैती नगरि त धर छैन नि: त्यो पनि ५०/ ६० डिग्री प्रचन्ड गर्मिमा । फेरी डियुटी पनि कहाँ थोरै समय हो र ? कम्तिमा ८ देखी १४ घण्टा सम्मा गर्नु पर्छ । ऐया अथ्था नभनी।।।। कस्तो होला हामी नेपालीहरुको भाग्य । सम्झन्दै कहाली लाग्ने । यदी त्यो बिदेशी भुमिमा हामीले गरेको परिश्रम् को आधा समय मात्रा नेपाली भुमिमा सदुपयोग गर्ने हो भने । हामीले यो माटोलाई सुन चान्दीमा पारीणत गर्न सक्छौ । पुन्जी हुनेले कुनै ब्यापार ब्यबसाय, जग्गा जमिन हुनेले कृषी जस्तै मौसम अनुसारक खेतीहरु , साग सब्जी , जडिबुट्टी, पशु पालन जस्ता भिभिन्न ब्यवसायहरु गरेर हामीले बिदेश बाट मात्र नभै स्वदेशमानै आर्थिक आम्दनी गर्न सकिन्छ । र यस्तो कार्यले देशलाई दुबै पक्षमा फाईदा पुर्याउने छ । त्यसैले हामीले जे गर्नु छ, यही हाम्रो मात्री भुमी मा आफ्नो पारिवारिक महोलमा सुखी अनि खुसीका साथ गर्नुनै उत्तम हुने छ भन्ने यो मेरो सन्देशलाई यही बिश्रम लिन चाहन्छु । भन्दै उहाले म संग इस्वरा गर्नु भयो ।
उहाको भनाई प्रति तपाई के भन्नु हुन्छ ?

Saturday, June 7, 2008

लिम्बू ड्रेस मा एक लिम्बुनी महिला





A girl in traditional dress checks an entrance card during the start of the Indigenous International Film Festival 2008 on Friday at the City Hall।

Thursday, May 29, 2008

किताब

- विक्रम सुब्बा

लेखिँदैछ अब एउटा नयाँ किताब
मानिसहरू भन्दैछन् –
किताबको कुनै पनि अध्यायमा
राजाका जुँगावाला टोपीले शिर उठाउँने छैन
रानीका कुटील मुस्कान कतै पोतिने छैन
युवराजका कामुक ठट्टाहरूको विवरण लेखिने छैन
युवराज्ञीको शिरमा दैवी शक्तीको ताज पहिर्‍याइने छैन
के के होला त त्यो किताबमा ?
किताबको कुनै पनि खण्डमा
पार्टीका अड्डाहरू
भाडाका टाँगन घोडा बाँध्ने अस्तवल हुने छैन
मन्त्रालयका नयाँ कुर्सीमा
पुरानो छाँयाले जागिर खाने छैन
व्यापारीको बगैँचाका हाँगाहरूमा
बेभिचारका सन्तानजस्तो फल फल्ने छैन
कतैबाट संचालित कुनै सिल्लीहरूले
संसदको माइकबाट विष फुक्ने छैन
गाउँ-घर-टोलको सुरक्षाको निम्ती
कुनै बन्दुकेको राइफल भर्ति हुने छैन
के के होला त त्यो किताबमा ?
किताबको कुनै पनि दफामा
महिलाका उज्याला आँखा थुन्ने आँशु हुने छैन
रैथाने मानिसको किपटका पर्खालबाट ढुंगाहरू थुतेर
पुराण वाचन गर्नेको आशन निर्माण हुने छैन
स्वदेश गानका ढुकढुकी चल्दा
दलितका छातीको धुनलाई विरहको पहिरोले तान्ने छैन
मधेसका निकुञ्जहरूबाट निस्किरहेका सुगंधहरूलाई कसैले
देसद्रोही कुर्ता र अनागरिक सुरुवाल पहिर्‍याउँने छैन
कर्णालीको नौरंगे डाँफेलाई फसाउँने इन्द्रजाल हुने छैन
के के होला त त्यो किताबमा ?
किताबको कुनै पनि हरफमा
लिम्बुवानको कञ्चनजंघामा स्वतन्त्र डुल्ने
ध्वाँसे-थ्याप्चे चितुवालाई धराप थापिने छैन
खम्बुवान-अरुणको हाक्पारालाई फसाउँने ढोडिया हुने छैन
तमुवान र मगरातलाई धसाउँने पाताले छाँगो हुने छैन
थरुहट र तामाङसालिङको निधारमा कालो वादल हुने छैन
झुप्राका छानाहरू जगल्ट्याउँने वतासको तुफान हुने छैन
खलंगातिर झरिरहेको बहुमुल्य जडीबुटी
कथाको केवल असहाय घाइते पात्र हुने छैन
तराइका अन्न सिरिफ चण्डालका लोकगीतको गेडा हुने छैन
के के होला त त्यो किताबमा ?
किताबको कुनै पनि अनुसूचिमा
मानिसका मुटु-कलेजो भेदन गर्ने सुइरो हुने छैन
छोरी-बुहारीको अस्मितालाई मुडाझैँ चिर्ने खञ्जहर हुने छेन
किसानको खेतले विधवा बस्ने मौसम आउँने छैन
मजदुरका हातहरू तुरुङ ठोक्ने शान्ति हुने छैन
विद्यार्थीका पठनपाठन रोक्ने घडि घुम्ने छैन
गायकले गीत गाउँदा कुनै हुकुमी ताल बज्ने छैन
कविहरूका अराजक उडानलाई बाँध्ने संहिता हुने छैन
स्वर्गजस्तो यो मेरो मुलुकमा
राक्षस उत्पादन गर्ने कारखाना हुने छैन
अब तिमी नै भन,के के होला त त्यो किताबमा ?

श्रिलन्की महिला माथिको एक दु:खदायी त्यो दिन


भन्छन दु:खीलाई जहाँ गएपनि दुखै दु:ख, अनि सुखीलाई जहाँ गएनी सुखै सुख! यो भनाई साच्चैनै साबित रहेछ । बिचरी श्रीलङ्की महिला आफ्नो उज्वल भबिस्य निमार्ण गर्ने हैसियतका साथ ५ बर्ष अगाडी रोजगारिको सिलसिलामा खाडि मुलुकको साउदी अरबमा पुगेकी थियीन । उनिले ५ बर्ष सम्मको कमाई आफु आउँदा लागेको लगानी खर्च बाहेक, सबै पैसा आफु सँगै राखी घर फर्कने आसा गरिन र उनिले घ्रर फर्कने बेलामा पैसा भन्दा सुन लानुनै बेस होला भन्ने सोचिन र उनिको कमाईले सबै सुन किनि खुसिका साथ घर फर्किन । बिचरिको कस्तो दुरभाग्य रहेछ, दैबले पनि किन ती निर्दोष माथि यति ठुलो सजाय दिएको । ति महिला खुसिले गद गद हुन्दै प्लेन बा ओर्ली आफ्नो लग्गेज तान्न लागिन । उनि एकै पटक बिहोस भइन । सबैलाई अत्याईन, कुरा बुझ्दा बिचरिको लग्गेजनै एक छेउमा काटी सुन चोरी गरि दिएछन् । उनिले आशुँ सिबाय केहि पाईनन् त्यहाँ । त्यसैले हामी पनि देश बिदेशको यात्रा गर्नु पर्दा सतर्क पुर्ण तरिकाले यात्रा गर्नु जरुरि रहेछ भन्ने यो साचो घट्नाले पाठ सिकाएको छ ।

Sunday, April 27, 2008

अज्ञात जिन्दगी

के हो जिन्दगी आफैलाई थाहा छैन
कुन मोड देखी कहाँसम्म ल्याएको छ ।
आज यो उराठ लाग्दो मरुभुमिको देशमा ।।

धेरै सपनाहरु बोकेर आएको थिएँ
सपना त आज निद्राको सपना जस्तो भएछ
कति आकाँक्षा र चाहनाहरु लिएको थिए
आफ्नो भबिस्य आफैले बनाउनु भनेर ।

धन हुनेलाई धनमाथि धन हुनेरहेछ
ऋण हुनेलाई केवल मन माथी मन्
सुख त होईन यो मनलाई दु:ख नै भयो
न त रातमा निद्रा न त दिनमा भोक भएछ ।

कसरी बिताउनु भयो दुई बर्षको लामो दुरीलाई
मनमनै अनेकौ कुराहरु कल्पिरहन्छु सधैभरी
औला भाँची दिनहरु गनिरहन्छु सधैभरि ।

अरुण धिमाल " विबश "
दमक-८ जमुझार, झापा
हाल:दोहाकतार

Saturday, April 19, 2008

!!CONGRATULATION TO THE ALL WINNERS OF OUR LOTTERY PROGRAM!!

Below mentioned are the winners of the raffle draw coupon organized by M/S Nawa Jyotee Youth Family associate commission, Doha- Qatar, on the auspicious occasion of happy New Year 2065 B.S.
(A) 1St PRIZE WINNER। (21” Sony TV+ VDV player.
Mr. Jiwan Chamling ( Rame)
Goldhap-Shivir, Jhapa Nepal
Coupon No: 269
(B) 2nd PRIZE WINNER. ( Home Theatre )
Mr. Kamal Ghimire
Satashi - 4, Jhapa
Coupon No: 197
( C ) 3rd PRIZE WINNER. ( RCR Tape )
Mr. Chandra Bahadur Rai
Dharampur - 5, Jhapa
Coupon No: 046
( D ) 4th PRIZE WINNER. ( 1.8 Litre , Rice cooker )
Mr. Chandra Subba
Jharbari - 4, Jhapa
Coupon No: 311
( E ) 5th PRIZE WINNER. ( Black & Decker Press Iron )
Mrs. Kopila Budathikee
Shunsari Dharan
Coupon No: 117
Notice: If you have been winner of our lottery program and you are not received your prize to yet. You can contact us. +974-6534473 "Or" 5274147
Organized
NAWA JYOTEE YOUTH FAMILY, Associte Commition, Doha-Qatar

Friday, March 7, 2008

अरवमा महिला कामदार पठाउन बन्द गर


// नेपाली मन // साउदी अरब
हाल नेपालको जनसंख्या लगभग दुइ करोड नब्बे लाख पुगिसकेको छ जस्मा महिलाको संख्या झण्डै आधा भन्दा बढी छ । नेपाली सामाजिक संरचना र संस्कार हर्ेदा महिलाहरु घरमै बस्ने, चुल्हो चौको गर्ने, घरमा वालबच्चाहरुको हेरचाह गर्ने, गाइभैंसी वा खेतीपातीको काम गर्ने आदि महत्वपर्ूण्ा तर गैर आयमूलक कामहरुमै अल्भिmन बाध्य भएको पाइन्छ । जनसंख्याको आधा भन्दा बढी हिस्सा यसरी अप्रत्यक्ष रुपमा निश्त्रिmय जस्तै हुँदा देशको आर्थिक अवस्था ओरालो लाग्नु अस्वभाविक पनि होइन । तर एक्काइसौं शताव्दिको यो सूचना, संचार एवं विश्वव्यापीकरण संगसंगै नेपाली महिलाहरु पनि परम्परागत सामाजिक संरचनाबाट उन्मुक्ति पाउन खोज्नु सामान्य कुरा हो । संचारको यस युगमा नेपाली महिलाहरु परम्परागत रुपमा गरिराखेको चुल्हो चौको छाडेर विद्यालय, कलेजको साथसाथै रोजगारी र अझ बैदेशिक रोजगारीमा समेत जान शुरु गरिसकेका छन् । यस अवस्थामा समाजमा कमजोर हाम्रा नेपाली महिलाहरु कसरी आफूलाई त्यस कठिन कार्यमा अभ्यस्त बनाउलान् प्रश्न गम्भीर छ ।
बेैदेशिक रोजगारीको कुरा गर्दा नेपालको रोजगारीको श्रोत भारत नै हो । अझै पनि हाम्रो देशका कुना कुनावाट लाखौंको संख्यामा भारतमा रोजगारीको लागि भारतमा जान्छन् त्यस मध्ये महिलाको संख्या केहि बर्षयता ह्वात्तै बढेको पाइन्छ । खुल्ला सिमा र सजिलै जान पाइने हुनाले आम्दानीको श्रोतको रुपमा भारत जाने नेपाली महिलाहरुको संख्या बर्षोनी बढ्दैछ । हुन पनि सधै पिता वा परिवारको खटनमा रहेर दिएको खाने र लाउने हाम्रो परम्परागत संस्कारबाट असन्तुष्ट नेपाली महिला जमात समाजमा बढ्दैछ । यस अबस्थामा स्वदेशमा रोजगारीको राम्रो व्यवस्था नहुने, भए पनि पारिवारिक असहयोग एवं काममा हुने दर्ुर्व्यवहारबाट वाक्क भएर सुन्दर भविष्यको खोजीमा विदेशतिर हानिनु नेपाली महिलाको बाध्यता नै हो । तर यसरी विभिन्न सपना देखेर भारत पसेका लाखौं नेपाली चेलीहरु बर्म्बई लगायतका बेश्यालयहरुमा नारकीय जिवन विताइरहेका छन् । सामान्य रोजगारीमा लागेका महिलाहरु पनि श्रम ऐन वा अन्य कानुनको अभावमा अत्यन्त पिडित छन् । घरायसी काममा लागेका महिलाहरुको श्रम मात्र होइन यौन शोषण पनि गरिएको छ जुन अत्यन्त भयाबह रुपमा बढ्दैछ तर कमजोर नेपाल सरकारको कारण उनीहरुको आवाज सुन्ने कुनै निकाय छैन ।
हाल आएर फेरी नेपाली महिलाहरु भारतमा मात्र होइन अरवका खाडीहरुमा काम गर्न जाने क्रम बढ्दैछ । पढेलेखेका र टाँठा वाठा नेपाली युवाहरुको अवस्था समेत खाडी मुलुकहरुमा खतरनाक रहेको अवस्थामा नेपाली महिलाहरुको खाडी मुलुकहरुमा उपलव्ध रोजगारी अकल्पनीय रुपमा पिडादायी हुने कुरामा कुनै शंका छैन । कानुनी वा गैरकानुनी रुपमा नेपालबाट अरवतिर जाने नेपाली महिलाहरु विषेश गरी घरायसी काममा संलग्न छन् जस्ले गर्दा उनीहरुको अवस्था पिडादायी मात्र होइन नारकीय नै छ । मुश्लिम समाजमा महिलाहरुको हैसियत नोकर वा भनौं एउटा खेलौना जस्तो मात्र छ । उनीहरु घरमै वन्दीको रुपमा जिवन विताइरहेका छन् । यस्तो बन्द र आततायी समाजमा नेपाली महिलाहरुले घरभित्र काम गरिरहेका छन् । उनीहरु नेपालबाट लाखौं खर्च गरेर विदेशिएका छन् जस्ले चाहेर पनि नेपाल फर्किहाल्ने अबस्थामा हुदैनन् । यस्तो अबस्थामा उनीहरु मुश्लिम पुरुषहरुको यौन दासको रुपमा काम गर्न बाध्य छन् । आफ्नो कमजोर आर्थिक अवस्थाको कारणले त्यहाँ नेपाली महिलाहरु हदैसम्म शोषित भएको र त्यसको प्रतिकार गर्दा कतिले ज्यानै गुमाउनु पर्ने अवस्था समेत विद्यमान छ । यस्तो अवस्थामा नेपाल सरकारले आफ्ना नागरिक र विशेष गरी महिलाहरुको श्रम र यौन शोषण अन्त्य गर्न सरकारी स्तरमा केहि गर्न ढिला भइसकेको छ । घरभित्र अपराध हुने र ती कुराहरु कानूनबाट बर्जित भएपनि बन्द नभएको बर्तमान परिस्थितिमा नेपाली चेलीहरुलाई अरब मुलुकमा कामदारको रुपमा पठाउने कार्य तत्काल रोक्नु पर्दछ । भारत वा अन्य देशबाट गैरकानूनी रुपमा नेपाली महिलाहरु त्यता तर्फलैजाने दलालहरुलाई हदैसम्मको सजाय हुने कानूनी व्यवस्था गरिनु पर्दछ । अन्यथा हाम्रा चेलीहरु यौनपिपासु दानबहरुको शिकार सधै भइरहनेछन् । चेलीहरुको इज्जत लुटिएर कमाएको धनले हाम्रो उच्च आर्थिक स्तर र दह्रो राष्टिय अर्थतन्त्र हामीलाई चाहिदैन ।

Wednesday, February 13, 2008

इराक कोही नआउनु ः नेपाली श्रमिक


देवेन्द्र भट्टर्राई
दोहा, माघ २९ - सुनसरी, झुम्काका २८ वर्षो दीपनारायण चौधरीले यो मिति अब जीवनभर कहिल्यै भुल्ने छैनन् । गतिलो रोजगारीका लागि अनेक चोर बाटा छिचोल्दै चार वर्षघि इराक आएका २८ वर्षो चौधरी अहिले यो पर्राई भूमिमा बाया“ हात गुमाएर बसिरहेका छन् ।
अमेरिकी कम्पनीका खानेकुरा, बमबारुद बोकेर कुवेत-इराकको १२/१५ दिन लामो राजमार्गमा ट्रक चलाउने चौधरी गत वर्षो नोभेम्बर १३ मा बगदाद नजिकको स्ट्राइजरमा त्रुटिपर्ूण्ा रूपमा भएको बम आक्रमणमा परेका थिए । 'रातको २ बजेको थियो, ट्रक चलाइरहेका बेला कतैबाट गोली प्रहार भएको थियो,' कृत्रिम हात जोडेपछि कुवेत, मावुलास्थित कम्पनीको शिविरमा आराम गरिरहेका चौधरीले कान्तिपुरस“ग फोनमा भने ।
गोली प्रहारले बाया“ हातका माथिसम्मै हड्डीहरू टुक्रिएको थियो । पछि अस्पताल पुगेर त्यो पनि काटियो । 'आवश्यक क्षतिपर्ूर्तिसहित घर फिर्ने दिनगन्ती गर्दै बसिरहेको छु,' उनले भने ।
पा“च कक्षासम्म पढेका दीपकी श्रीमती विष्णुकुमारी थारू, सानी छोरी लक्ष्मीकुमारी र ६० वषर्ीया आमा हाईदेवी झुम्का गाउ“मै छन् । 'मैले मेरो बिमाबाट ५० हजार डलर क्षतिपर्ूर्ति पाउने भएको छु, अब अमेरिकी कम्पनीले कति दिने हो, त्यो भने थाहा भएको छैन,' उनले सुनाए ।
दीपले कुवेतबाट इराक हु“दै र्टर्कीको बोर्डरसम्मै अमेरिकी कम्पनीका सामान ट्रकमा लिएर जानुपथ्र्यो । उनका अनुसार त्यो राजमार्गमा एकसाथ ३०/३५ ट्रक आवतजावत गरिरहेका हुन्छन् ।
दीप यसअघि साउदी अरेबियाभित्र पनि झन्डै पा“च वर्षट्रक ड्राइभर बनेर गाउ“ फिरेका थिए । पछि फेरि गाउ“ले साथीभाइको लहैलहैमा लागेर साउदी हु“दै इराक छिरेका थिए । 'मजस्तै सयजति नेपाली दाजुभाइहरू इराकमा ड्राइभर नै होलान्, ठूलाबडाका घरमा काम गर्ने नेपाली दिदीबहिनी पनि छन्,' उनले भने । आफ्नो महिनाको २ सय कुवेती डलर -झन्डै ५० हजार रुपैया“) तलब रहेको र यसबीचमा झन्डै ८ लाख रुपैया“ घर पठाइसकिएको समेत उनले बताए ।
उनको अमेरिकी कम्पनी रियालको मुख्य कार्यालय भने कुवेतमा छ । 'घटनापछि पनि अफिसले राम्रो व्यवहार गरेको छ,' उनले सुनाए- 'नेपालबाट परिवार ल्याउने हो भने पनि छोरीको पढाइगुनाइसहित परिवार रेखदेख गर्न गाडी, घर दिने भनेको छ । तर क्षतिपर्ूर्ति लिएर गाउ“ गएपछि मात्रै फेरि यता फिर्ने/नफिर्नेबारे टुंगो लाग्नेछ ।' घटनापछि दीपलाई कम्पनीले इराक अस्पताल हु“दै जोर्डन पुर्‍याएको थियो । त्यहीं लगाइएको कृत्रिम हातले चियाको कप समाउनसम्म भने मिल्छ ।
उनका अनुसार काठमाडौंका राकेश श्रेष्ठ र हिमाल केसी पनि अलग्गै ड्राइभिङ दर्ुघटनामा परेर अहिले कम्पनीको कुवेत शिविरमा आराम गरिरहेका छन् ।