Friday, November 21, 2008

चिकित्स्ाकहरुको लापर्बाहिले गर्दा एक शिशुको मरेतुल्य अवस्था

तमिम मात्र २ बर्षका छन् । उनि भर्खर ताता तुतु बोल्ल सिक्दैछन् । जब उनि ढाई महिनाका थिए, उनलाई सामान्य विमारले आक्रमण गरेछ । उनलाई उपचार्थ दोहा कतारको सबै भन्दा ठुलो हमद अस्पतालमा भर्ना गरिएको रहेछ । तमीम भएको शिसु कक्षमा अरुपनि शिशु विमारी रहेछन् ।
त्यस मध्ये एउटा बच्चाको अबस्था धेरै गम्भिर रहेछ । डक्टरको जाँच अनुसार ती अर्का बच्चाको पेट र घोडाको अपरेशन गर्नु पर्ने भएको रहेछ, र केही डक्टर र नर्सहरुले शिशुलाई अपरेशन कक्षमा लगेछन तर जुन विमारी बच्चालाई होइन । तामीम नामका शिशुलाई अपरेशन कक्षमा लगी अपरेशन गरिएछ । शिशुको अपरेशन पश्चात तामीमका मुमा, बाबा, हजुरआमा पनि तामीम भएको बेट तिर आएछन । तमीमलाई कसैले पनि नदेखे पच्छि। त्यहाँको स्टाफहरु सँग सोध खोज गरेछन् । तामिम अपरेशनको लागी अ.कक्षमा भएको कुरा सुनाएछन् । सबैजना छाँगा बाट झरे तुल्य भए । तर समय निक्कै टाडिएको रहेछ तामिमका परिवारको आगमन अलिक छिट्टो भएको भए तामीमको यो हालत हुने थिएन होला । तमीमको घोडा, आन्द्रा भुँडी सबै निकालेर फालिएको रहेछ । उनको हजुरआमाको भनाई अनुशार तामिम २ महिना सम्म मरेका हुन की बाचेका हुन् केहि थाहाँ भएना भनिन् । अहिले तामीमले नयाँ जिवन विताइरहेकाछन आदि प्राकृतीक मानव शरिरीर र अधा कृतीम पलाष्टिक जिवन । बालकले खाएको सामान्य तरल खानालाई पचाउनको लागी र दिसा पिसाबको एउटा पलाष्टिकको थैलो बनाइ पेट बाहिर टसाएर राखिएको छ भने राम्रो अबस्थामा भएको देब्रे घोडा काटि आधा मात्र बाकि छ । यसरी चिकित्सकहरुको ठुलो लापर्बाहिले गर्दा एक निर्दोश शिशुले मरेतुल्य जिवन गुजारा गर्नु पर्ने भएको छ ।

तमीमको हजुरआमा सगँको कुरा कानी

ंंंंंंंंंयो बच्चाको यस्तो हालत कसरी भयो त?
हजुरआमाःxx त्यहाँ यो मेरो नाति सँगै अरु विमारी बच्चाहरु पनि थिए, अर्को बच्चाको अपरेशन गर्नु पर्ने मेरो नातिलाई चिकित्सकहरुले लगेर अपरेशन गरेछन् ।

अनि बच्चाको हेरचाहको लागी तपाइहरु कोहि हुनुहुन्थ्यो त ?
हजुरआमाःxx तमीमको आमा भित्री थिइनु उनि पनि बाहिर आएकी थिइन, त्यही बखत मेरो नातिलाई चिकिस्चकहरुले लापर्बाहि तरिकाले अपरेशन गरि हालेछन।

अनि तपाइहरुले हमद अस्पताल माथि कुनै कानुनि कारबाही अघि सार्नू भो की छैन ?
हजुरआमाःxx खोइ गरियो तर के गर्नु - यति राम्रो बच्चाको यो हालत बनाए ति राक्षस डाक्टरहरुले -भक्कानो स्वरमा ) भने ।

कानुनि निकायहरुबाट कस्तो प्रतिकृया पाउनु भो ?
हजुर आमा xxः केहि छैन् ! यसमा उनिहरु निर्दोस छन रे

यो बच्चाको भबिस्यको जिम्मेवार त हमद अस्पताल हुनु पर्यो नी ?
हजुर आमा xxः अहिले सम्म बच्चाको २० घण्टाको हेरफेर अस्पतालले गर्दै आएको छ । दिनको ४ घण्टा उसलाई हामी घर ल्याउछौं । अब भरै ४ बजे अस्पतार वापस गर्नु पर्छ ।

यो बच्चाको स्वास्थ्यमा सुधार आउछ अरेत ?
हजुर आमा xxः के हुन हामिले लन्डन पनि लग्यौ त्यहाँ पनि केहि शिप लागेन अब उसको बा आमाले अरु कतै बिचार गर्छन की, बरु तमीमको यो हालत हुनु भन्दा त त्यती खेरै मृत्यू भएको भए राम्रो हुन्थ्यो । यतिको सास्ती खेपेर बाच्नु भन्दा -भक्काने स्वारमा भन्छिन ।

बच्चाको आमानी खोई ?
xxxबच्चाको आमा कतार च्यानलमा समाचार प्रस्तोता छिन् । उनि अहिले अफिस गएकी छिन् । तपाईलाई हर्ेर्ने मन छ भने म अहिले देखाउला नी १५ मिनेट पछि समाचार आउछ ।

बच्चाको शुभ नाम के होला?
xxxबच्चाको नाम तमीम हो । यो हाम्रो नातिको स्वास्थ्य लाभको लागी तपाईले पनि भगवान -अल्लाह) सँग प्राथना गरि दिनुहोला भनिन् ।
यसरि कुराकानी भई रहेको थियो मेरो पनि समयले डाँडा काट्न लागेको सङ्केत गर्यो मैले उहा सँग विदा लिइ आफ्नो बाटो तर्फलागे ।

No comments:

Post a Comment

प्रिय पाठक मित्रहरु तपाईंहरुले मेरो ब्लगलाई ब्राउज गरिदिनुभएकोमा धन्यवाद ! र लेख रचनाहरु को अध्यायन पछी कृपया कमेन्टपनी लेखी दिनुहोला तपाईंहरुको सल्लाह र सुझपनै मेरो सफलताको प्रतिक हुने छ । तर प्रतिकृया लेख्दा शिर्सक सँग सम्बन्धित प्रतिकृया लेख्नु होला । कृपया जताभाबी अपच शब्दको प्रयोग नगरिदिनुहोला । धन्यवाद ! धन्यवाद !! धन्यवाद !!!