लाछिएका लेखहरु

खबरदार !

लोकतन्त्रको वस्त्रलाई उतार्दै
स्वार्थ'तन्त्रको श्रीपेच ओड्नेहरुलाई, खबरदार
सोझा, निमुखा जनतालाई झुक्याइ
आफ्नो खोल्ती भर्ने डाकाहरुलाई, खबरदार
देश र जनताको लागि केही गर्छौ भन्दै
साभसद ग्रिहमा बस्नेहरुलाई, खबरदार
नयाँ नेपालको संबिधान बनौछौ भन्दै
नयाँ इतिहासको नाटक रच्नेहरुलाई, खबर्दार
चारजात छत्तिस वर्णको साझा फुलबारी
नेपालको अस्तिप्त्व समाप्त गर्नेहरुलाई, खबरदार
एकै आमाका सन्तान बीच
रगतको खोला बगाउनेहरुलाई, खबरदार
गरीब जनताको पसिनामा
ढुङ्गा चलाउने माझीहरुलाई, खबरदा



बिदेशमा मेरो सान !

थोरै दाम धेरै काम
घरमा छैन दुई छाक माम्
विदेशमा हेर्नुहोस् मेरो सान,
महिना भरको कमाइ हुन्छ पाँचसौं
हप्तै पिछे क्यासिनोर बार धाउछु
त्यतिमात्र कहाँ हो र गाठे
ऋणै खोजेर भएपनि
साइली र माइली घुमाउछु
अनि भएनत मेरो सान,
वा क्या मझा छ विदेशमा
कसलाई थाहा र स्वदेशमा,
म त ५५ पुगि ६० लागेको
जुँगा र दारी मात्र नभएको
१६/१७ को बैस आको
अनि भएना त मेरो सान,
 बाल बच्चा अनि परिवारहरु
भोकै  नाङ्गै ढौडीराछन्
आखिर केनै भयो र ?
मैले यहाँ लाएकै छु
मिठो मसिनो खाएकै छु
बेल्चा र गैती चलाउने मेरो काम
अनि भएना त मेरो सान,
प्रत्येक हप्ताको झुमा
पिउनै पर्छ मैले लुमा
लडीबुडी खेल्छु, थाहै हुन्न भुइमा
झसँग भई विउजन्छु
अस्पतालको बेडमा हुन्छु
तर नि सफल भएकै छु
खजुरबोटे, श्रीलङ्की, भियतनामी
साथमा लिएकै छु
अनि भएना त मेरो सान,
त्यति मात्र कहाँ हो र!
वन्टेड अर्वाड पाएकोछु
घर जाने सपनालाई
अव मैले भुलेको छु
तर नि मलाई डरभर छैन
जिवन यहाँ गुजारेकै छु
काम र दाम नभए नि
आपत छैन मलाई यहाँ
छलकपटमा खपिसै छु
महिनामा २/४ जना त फसाएकै छु
अनि भएना त मेरो सान!
!

*  डी बि लिवाङ