Friday, October 19, 2007

!!माउसको काम अब तपाइको आखाँले गर्ने छ !!

बिश्वप्रतिस्प्रधाको रफ्तारमा ढौडिरहेको अबस्थामा बिबिधकुराहरुको आबिस्कार हुन्दै आयो यसै सिलशिलामा मान्छेको मस्तिकले कन्ट्रोल गर्न नसक्ने बृहत कार्य सन्चालन र ठुला लेखाहरुको अभिलेख राख्नको लागी र सरल कार्य सन्चालनको लागी कम्प्युटरको आबिस्कार गरियो अहिले बिगतमा आबिस्कार गरिएको कम्प्युटरहरुको रुप, आकार र प्रकारमा परिबर्तन गर्दै ल्याउदा अहिले मान्छेको मन र कम्प्युटरको मस्तिकको सम्बन्धको समेत कायम गरिएको कुरा प्रस्टहुनमा आएको छ हामिले कम्प्युटरको काम गर्दा हातले माउसलाई चलाई राख्नु पर्ने झन्झटलाई बैज्ञानिकहरुले हटाइ दिएका छन ! अब माउसको काम तपाइको आँखालाई पालो दिएका छन, "आबिस्कारकहरुले" । यदि तपाइलाई माउसको जरुरी परेमा कहाँ क्लिक गर्नुहुने हो त्यहाँ हेर्नु होस र इन्टर गर्नु होस । समस्या समधान भइहाल्ने छ तर यो कुरा स्मरण गर्नु होस तपाई हाम्रो कम्प्युटरमा यो प्रकृया हुन्दैन । जुन कम्प्युटरको भर्खरै आबिस्कार गरिएको खबर सन्चारका मध्यमहरु बताउछन् । जुन कम्प्युटरमा हाम्रो आखाँ को हेराई सँग सम्बन्ध कायम गर्नलाई एउटा क्यामेरा राखिएको हुन्छ । जसले तपाई कहा हेर्दै हुनुहुन्छ त्यो उसले कम्प्युटर सँग सुचित गरिरहेको हुन्छ । प्रतिक्षा गरौ यो कम्प्युटर हामिकहाँ चाडै आइपुग्ने छ ।

Thursday, October 18, 2007

शुभ कामना

विजया दशमी २०६४ सालको उपलक्षमा देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदि-बहिनिहरुमा हार्दिक मँगलमय शुभ कामना ! बिशेषत: कतार र मलेशियामा रहनु हुने हाम्रा समाज सेबी,बुद्दिजीबि सहयोदा दाजुभाई तथा दिदि बहिनीहरुले नवज्योती युवा परिवारलाई आर्थिक सहयोग प्रदान गर्नु भएको मा नवज्योती समाज परिवार यहाँहरुलाई हार्दिक बधाईका साथ सु-स्वास्थ्य, दिर्घायु अनि उत्तरोतर प्रगतीको कामना गर्दछ !
अध्क्षय तथा नबज्योती युवा परिवार
डागीबारी-८, झापा

Friday, October 5, 2007

आमाको आशिर्बाद

शान्ती राई
लेटाङ्-५, मोरङ



दशै
तिहार आयो भन्छन आमा!
खोई कहाँ हो यसपाली हामी अन्यौलमा छौँ
हामी सबै परदेशिको मन घचघचाउछ दशैँले
खोई कहाँ छ दशै तिहार भनी रमाई
मनको ढोका खोली हेर्छौ आमा!
देख्न नपाई हावाले कहा उडाइदिन्छ आमा!
आज कतारमा नेपाल आमालाई सम्झी
दशै र तिहारको यादलाई छातीमा सजाई
बिदेसमा मजदुरी गरिरहेका छौ आमा!
पोहोरको दशै तिम्रो काखमा हाँसेथ्यौ
यसपालीको दशै तिहारमा मरुभुमीमा छौ
आमा! भाग्यमानै रहेनछ यसपाली दशैमा सँगै बस्नु
अर्को दशैमा आउँला तिमिसँग आशिर्बाद थाप्नलाई
सबै नेपालिहरुको बिन्ती सुनिदेउ आमा !
अर्को साल त तिम्रो आशिर्बाद थाप्न पाउँ आमा!

रास/ दोहा