Thursday, July 29, 2010

कतार टेलिकमले आज देखे कतारका सम्पुर्ण फोन नम्बरुमा एक अंक थप् गरेको छ ।

कतार टेलिकमले आज देखे कतारका सम्पुर्ण फोन नम्बरुमा एक अंक थप् गरेको छ । लेन्डलाइन र  मोबाइलहरुको कतार कोड बाहेक सुरुवातको सेम नम्बर अगाडी थप् गरि आजदेखी डायल गर्नु पर्ने हुन्छ । जस्तै तपाईंको पहीलेको नम्बर ३०००००० भए अहीले ३३००००००, पहीलेको नम्बर ४०००००० भए अहीले ४४००००००, पहीलेको नम्बर ५०००००० भए अहीले ५५००००००, पहीले नम्बर ६०००००० भए अहीले ६६०००००० र पहीले नम्बर ७०००००० भए अहीले ७७०००००० यसै गरि  आजदेखी कतारबासी तपाइको आफन्तलाई कल गर्नु होला ।
र आज घुम्दै जाँदा कतारको बिभिन्न स्थानमा आफ्नो फोनको नम्बर थप् गर्नमा ब्यस्त केही तस्बिरहरुलाई एकै ठाउमा समाबेश गरेको छु ।

Tuesday, July 20, 2010

अतिथी केसी बिश्वकै कान्छी गायिका हुन सक्ने अनुमान गरिएको छ ।

हुने बिरुवाको चिल्लो पात भने'झै अक्षर नै नचिनेकी, ३ बर्सिया अतिथी गौतम केसीले हामि सबैलाई आश्चार्यचकित तुल्याएकी छिन् । कस्तो पत्याउनै गाह्रो छ, उनी भर्खर ३ बर्सकी भयिन तर शास्त्रिय संगिताको सुर तालमा रमाउदै  गितहरु गाउछिन । सम्बभत उनी बिश्वकै कान्छी गायिकामा पर्न सक्ने अनुमान गरिएको छ । बिभिन्न समाचारश्रोतहरुमा उल्लेख गरिए अनुसार अनी २ बर्षकी छँदा देखिनै गीत गाउन थालेकी रे । हिजो उनको गिती एल्बमको रिलिज पनि गरियो रे । जुन कर्यक्रममा अतिथीले लगातर ३ वटा गीत गाएर सबैलाई अचम्ममा पारिन । उनीले कस्तो गीत गाउदी रहेछिन त? ल तलको प्ले बटममा क्लिक गरेर हर्नुहोस् ल ।

Monday, July 19, 2010

जीवन संगिनीको मन पगाल्ने तरिका

- कोठाभित्र उनलाई नाच्न आग्रह गर्नूस्, आफूले पनि साथ दिनूस् |
- हावा लागेका वेला उनको मुख र आँखामा कपाल खस्दा सच्याईदिनूस् ।
- आफ्ना साथीभाइसित परिचय गराउँदा उनको काँधमा हात राख्न नभुल्नूस् ।
- बाटोमा हिँड्दा छेउछाउबाट कुनै उत्ताउलो लुगा लगाएकी सुन्दर युवती भेटिइन् भने उनको हात दह्रोसित अँठ्याउनूस् ।
- तपाईं दुःखी भएको वेला उनलाई फोन गर्नूस् ।
- उनको आँखाको ढक्कनमा म्वाइँ खानूस् ।
- उनको बाल्यकालको तस्बिर देखाउन आग्रह गर्नूस् ।
- बाथरुममा बच्चालाई जस्तै शिरदेखि पैतालासम्म नुहाइदिनूस् ।
- फोनमा अरूसित कुरा गरिरहेको वेला उनीसित यौनक्रियाकलाप गर्नूस् ।
- फोनमा रोएको सुन्नुभयो भने तुरुन्तै नजिक जानूस् र छातीमा टाँस्नूस् ।
- आक्कल-झुक्कल उनको वास्तविक नामले बोलाउनुस् ।
- उनलाई पनपर्ने पप एल्बम किनेर ल्याइदिनूस् ।
- कफी अर्डर गर्दा उनको टेस्टअनुसार गर्नूस् ।
- टिभी हेर्दा हेर्दै निदाइन् भने बोकेर बेडरुममा लानूस् र लुगा फुकालिदिनूस् ।
- बेला बेलामा उनलाई इमेल पठाउनूस् ।
- प्लेन चढ्नुभन्दा ठीकअगाडि उनलाई फोन गर्नूस् ।
- छतमा सुकाएका उनका भित्री लुगा उठाएर ल्याइदिनूस्, अनि मायाले पत्याएर सम्बन्धित ठाउंमा राखिदिनोस ।
- उनी उदास भएका वेला हँसाउन भरमग्दुर प्रयास गर्नूस् ।
- तपाईंलाई मनपर्ने खेल हेर्न रंगशाला लैजानुस् । तर, खेलमा भन्दा बढी उनीमाथि ध्यान दिएको अभिनय गर्नुस् ।
- उनी इर्ष्यालु भएका बखत अँगाल्नूस् । कस्सेर अँगाल्नूस् ।
- उनको वक्षस्थलको प्रशंसा गर्नूस् ।
- उनी वाथरुमबाट निस्केपछि दुईवटा तौलिया दिनूस् । एउटा कपाल पुछ्नलाई । अर्को शरिर पुछ्नलाई ।
- कुराकानीका बीचमा 'आई लभ यू' भनिदिनूस् ।
- अफिसबाट फर्किदा चकलेट-सकलेट ल्याइदिनूस् ।
- उनले नयाँ लुगा लगाएको वेला झट्टै थाहा पाउनूस् र तारिफ गर्नूस् ।
- भित्तामा उभ्याएर माया साट्नूस् ।
- तपाईंका सबैभन्दा नजिकका केटीसाथीको अगाडि उनको हातमा चुम्बन गर्नूस् ।
साभार :समुन्द्र पारी डट कम