Monday, July 23, 2007

नेपाली चेलीको पिडा

हाम्रो देश नेपालको कहालि लाग्दा ति दिनहरु अनि राजनैतिक अराकजक्ता, बेरोजगारि, गरिबी जस्ता बिभिन्न समस्याका कारण नेपाली दाजु भाइहरुले मात्र नभइ हाम्रा नेपाली दिदि-बहिनिहरु पनि बैदेशिक रोजगारको लागी बिदेशिनु पर्ने बाद्यता सिर्जना भएको छ | र नेपाल सरोकारले बैदेशिक रोजगारीहरुको लागी ठोस कानुन नबनाउनु र तयार पारिएको कानुन र नितीहरुको सदुपयोग गर्न नसक्नु अनि बैदेशिक रोजगारको लागी तालिमको ब्याबस्था नहुनु, बिभिन्न मेनपावरहरुले झुट आस्वसन देखाइ रोजगारका लागी बिदेशिन लागेका श्रमक्रमीहरुलाई फसाउने जस्ता प्रक्रियाहरुले गर्दानै नेपाली दाजुभाई तथा दिदि-बहिनीहरुले बैदेशिक भुमिमा कठोर यातना भोग्नु परेकोछ |
यसरिनै धनकमाउने ठुलो सपना बोकेर १ बर्ष अगाडी घरेलु कामदारको लागी कुवेत पुगेकी दोलखा जिल्लाकी २३ बर्षिया इन्द्रलक्ष्मीलाइ घर मालिकले दिनहु चरम यातना दिने खबर प्राप्त भएपछि उनिलाइ झिकाउन उनका बुबा नरबहादुरलाइ धौ-धौ परेको छ | उनले बिगत ८ महिना यता आफ्नो छोरिको कुनै खबर खाबर पाएको छैनन |गत बर्ष जेठमा ९५ हजार रुपैया तिरेर त्यहाँ पठाइएकी छोरीले गत मँसिरमा आफुले काम गर्ने घर मालिकले दिनहुँ चरम यातना दिने गरेको तथा तीन्/चार दिनसम्म खाना नदिएको खबर गरि आफुलाइ उद्दार गर्न आग्रह गरेको र त्यसपछि हाल सम्म कुनै खबर नआएको नरबहादुर बताउछन |छोरिलाई झिकाउन डेढ लाख लाग्ने सुनेका नरबहादुर भने अझै पनि पैसाको खोजिमा भौतारि रहेका छन | गत बर्ष पुषमा छोरीले पठाएको पत्रमा लेखिएको टेलिफोन नम्बरमा सम्पर्क गर्दा उताबाट लास नेपाल पठाइसक्यो भन्ने जवाफ आउने गरेको बताउदै नरबहादुर भन्छन पैसा कमाउन बिदेश गएकी छोरीको न लास आयो , न सास ! यसरिनै अनगिन्ती नेपालीहरुले यस्ता समस्याहरु भोग्नु परेको छ |
त्यसैले बैदेशिक रोजगारीको लागी बिदेश जानु भन्दा अगाडी के कामको लागी ? कति तलब ? कति घन्टा काम गर्नु पर्ने ? भिसा, खान-बस्न,अनि टिकटको ब्याबस्था छ की छैन भन्ने कुराको राम्रो जानकारी लिई, ठोस एग्रिमेन्ट गरेरमात्र बिदेश आउनु पर्ने आग्रह गर्दछु |

Tuesday, July 10, 2007

!!सोचेको थिए विदेशमा!!

सोचेको थिए विदेशमा
के नै पो हुन्छ भनी
तातो हावा, बालुवा
अनि नुनिलो पानी
सुनेको थिए विदेशमा
स्वर्गको महल छ भनी
तर दु:ख पिडा तिरस्कार
र बिकृतिको सन्सार पो रैछ
नगर है भुल तिमी
नऔ है मात्रिभुमि छाडी
आफ्नै पौरख र
सिपले बाच्न सिक
त्यहि छन हिरामोती,सुन,चाँदि
गालि,सराप, तिरस्कार बाहेक
पाउदैनौ तिमले यहाँ केही
एक गाँस ढिडो र सिस्नो
खाएर भए पनि
स्वर्गको आनन्द छ त्यही
थाहै हुन्न रहेछ यहाँ
को दाजु? को भाई?
को हुन? दिदि, बहिनी
दाउरा सरुवाल,फरिया
र चौबन्दिले सजिएका नेपालीहरु
बैदेशिक पोसक अनि
हातमा महँगा मोबाईल बोकी
सान्दार भैइ हिड्छन यहाँ
कतै नेपाली पो हौकी भनि सोद्धा
भाषा बोल्दछन साम्राज्यबादि
बुझ्नै गाह्रो कस्तो यो हाम्रो बानी
त्यै पनि हामी नेपाली
बर्षौ दिन बितिसके
विदेश आएको पनि
सकेको छैन अझ सम्म
साहु बाट ल्याएको ऋण
पिउन छाडेनन नेपालीहरु
लुमा,त्यही झुमाको दिन
सोध्यो भने कसैलाई
गर्छौ किन यसो भनि
आउछन झम्टि बाग सरी
आफ्नै अगँ माथी
होइन साच्चै नै विदेश,
कस्तो विदेश?
कस्तो हो?नेपाली बिवेक
"क" भन्न नजान्ने नेपाली ठिटा
लामो..! लामो..!! कपाल
जुम्रा सरिको केशमा फेटा
खसि,बोको, पाठा, पाठी
सबै नेपाली महा नेता
अचम्म छ बा..आमा
फर्केर हेर्यौ भने यता
तिम्रा यी रगतका थोपा
त्यती मात्र कहाँ हो र?
महिनौ दिनको पसिनाको कमाई
गर्छन रुप मायाँलाइ
हात थमाई
सोचेको थिए मैले पनि
के नै हुन्छ?बिदेशमा भनि
था भो अब मलाई बिदेशमा
यस्तै रैछ भनि!
यस्तै रैछ भनि !!