Monday, July 23, 2007

नेपाली चेलीको पिडा

हाम्रो देश नेपालको कहालि लाग्दा ति दिनहरु अनि राजनैतिक अराकजक्ता, बेरोजगारि, गरिबी जस्ता बिभिन्न समस्याका कारण नेपाली दाजु भाइहरुले मात्र नभइ हाम्रा नेपाली दिदि-बहिनिहरु पनि बैदेशिक रोजगारको लागी बिदेशिनु पर्ने बाद्यता सिर्जना भएको छ | र नेपाल सरोकारले बैदेशिक रोजगारीहरुको लागी ठोस कानुन नबनाउनु र तयार पारिएको कानुन र नितीहरुको सदुपयोग गर्न नसक्नु अनि बैदेशिक रोजगारको लागी तालिमको ब्याबस्था नहुनु, बिभिन्न मेनपावरहरुले झुट आस्वसन देखाइ रोजगारका लागी बिदेशिन लागेका श्रमक्रमीहरुलाई फसाउने जस्ता प्रक्रियाहरुले गर्दानै नेपाली दाजुभाई तथा दिदि-बहिनीहरुले बैदेशिक भुमिमा कठोर यातना भोग्नु परेकोछ |
यसरिनै धनकमाउने ठुलो सपना बोकेर १ बर्ष अगाडी घरेलु कामदारको लागी कुवेत पुगेकी दोलखा जिल्लाकी २३ बर्षिया इन्द्रलक्ष्मीलाइ घर मालिकले दिनहु चरम यातना दिने खबर प्राप्त भएपछि उनिलाइ झिकाउन उनका बुबा नरबहादुरलाइ धौ-धौ परेको छ | उनले बिगत ८ महिना यता आफ्नो छोरिको कुनै खबर खाबर पाएको छैनन |गत बर्ष जेठमा ९५ हजार रुपैया तिरेर त्यहाँ पठाइएकी छोरीले गत मँसिरमा आफुले काम गर्ने घर मालिकले दिनहुँ चरम यातना दिने गरेको तथा तीन्/चार दिनसम्म खाना नदिएको खबर गरि आफुलाइ उद्दार गर्न आग्रह गरेको र त्यसपछि हाल सम्म कुनै खबर नआएको नरबहादुर बताउछन |छोरिलाई झिकाउन डेढ लाख लाग्ने सुनेका नरबहादुर भने अझै पनि पैसाको खोजिमा भौतारि रहेका छन | गत बर्ष पुषमा छोरीले पठाएको पत्रमा लेखिएको टेलिफोन नम्बरमा सम्पर्क गर्दा उताबाट लास नेपाल पठाइसक्यो भन्ने जवाफ आउने गरेको बताउदै नरबहादुर भन्छन पैसा कमाउन बिदेश गएकी छोरीको न लास आयो , न सास ! यसरिनै अनगिन्ती नेपालीहरुले यस्ता समस्याहरु भोग्नु परेको छ |
त्यसैले बैदेशिक रोजगारीको लागी बिदेश जानु भन्दा अगाडी के कामको लागी ? कति तलब ? कति घन्टा काम गर्नु पर्ने ? भिसा, खान-बस्न,अनि टिकटको ब्याबस्था छ की छैन भन्ने कुराको राम्रो जानकारी लिई, ठोस एग्रिमेन्ट गरेरमात्र बिदेश आउनु पर्ने आग्रह गर्दछु |