Tuesday, February 26, 2013

प्रेमसम्बन्ध सुमधुर राख्ने आठ मन्त्र


हामी चाहन्छौं, हाम्रो जिन्दगी सधैं सुखी रहोस्। शरीर स्वस्थ होस्। यसका लागि हामी विशेष सतर्कता अपनाउँछौं। यो कुरा हाम्रो प्रेम-सम्बन्धमा पनि लागू  हुन्छ। सम्बन्धलाई प्रगाढ बनाउन केही कुरामा ध्यान दिनुपर्छ।

१. आफ्ना लागि समय निकालौं

दाम्पत्य जीवनको अर्थ, पूरै घर-गृहस्थीमा डुब्नुपर्छ भन्ने होइन। वास्तवमा खुसी र सुखी दम्पती ती हुन्, जसमा पति-पत्नीले आ-आफ्ना लागि समय  व्यतीत गर्न पाउँछन्। यसरी एक्लै समय बिताउने क्रममा उनले आफ्नो इच्छा एवं चाहनाको गहिराइ बुझ्न सक्छन्। यसैगरी समय बिताउन आफ्ना  पार्टनरलाई पनि मौका दिनुपर्छ। यो क्रिएटिभ समयले जीवनमा ऊर्जा वृद्धि त गर्छ नै, खुसी पनि दिन्छ। 

२. केही रोमान्टिक हुनुपर्छ

जीवनलाई रोमान्टिक बनाउन त्यति धेरै खर्च गर्नु आवश्यक छैन। यसमा सानोतिनो कुराले पनि उत्तिकै महत्व राख्छ। एक-अर्काले आदानप्रदान गर्ने  सामान्य उपहार तथा अन्तरंग कुराकानीले पनि दाम्पत्य जीवनमा रोमान्स ल्याउन सक्छ। पार्टनरलाई के कुराले रोमान्टिक बनाउँछ ? बुझ्ने प्रयास गरेर  त्यही किसिमको व्यवहार गरौं। 

३. बेडरुममा साथसाथ जाने 

यदि बेड सेयर गर्नुहुन्छ भने किन साथै बेडमा जाने बानी बसाल्नुहुन्न ? यसका लागिसुत्ने समय एउटै हुनुपर्छ भन्ने छैन। पार्टनरको बानी चाँडै सुत्ने छ  भने उनीसँगै गएर केही बेर बेडमा बसेर मनपर्ने पुस्तक पढ्न सकिन्छ। जब पार्टनर सुत्छन्, तब आफ्नो बाँकी काम गर्न सकिन्छ। यसले प्रेम  सम्बन्धलाई अझ प्रगाढ बनाउँछ। 

४. एकअर्कामा कनेक्ट 

पार्टनरको हात आफ्नो हातमा लिनुहोस्। आँखा जुधाउनुहोस्। यो रोमान्टिक पलमा यस्तो कुरा गर्नुहोस्, जसले दुवैलाई रमाइलो महसुस गराओस्। कुनै  महत्वपूर्ण कुराकानी गर्नुपूर्व यस किसिमको अभ्यासले आपसी समझदारी बढाउँछ। 

५. परिवर्तनका सम्बन्धमा चर्चा 

परिवर्तन जीवनको नियम नै हो। जीवन सधैं एकनास रहँदैन। लामो जीवन यात्रामा धेरै उतारचढाव भोग्नुपर्छ, हामीले। अतः यस किसिमका उत्तारचढावका  सम्बन्धमा दम्पतीले आपसमा चर्चा गर्नु उपयुक्त हुन्छ। यसले कुनै पनि सम्भावित समस्याका बारेमा मानसिक रूपमा तयार रहन सघाउ पुर्‍याउँछ।  जस्तो, दम्पतीमध्ये एकको जागिर गुम्यो भने  परिस्थितिलाई कसरी सम्हाल्ने ? यस्ता अनपेक्षित परिवर्तनलाई आत्मसात् गर्न मानसिक तयारी आवश्यक  छ।  

६. खुसी आफैंभित्र खोजौं 

हामी प्रायः दोस्रो व्यक्तिबाट खुसी खोजिरहेका हुन्छौं। सत्य के हो भने आफ्नो खुसी पार्टनरमा निर्भर हुँदैन। यो त आफ्नै अन्तर्मनमा निहित हुन्छ। दाम्पत्य  जीवनलाई सुखमय राख्न आफू खुसी हुनु आवश्यक छ। यदि आफू खुसी रहन सकिएन भने त्यसको सोझो असर आफ्नो दाम्पत्य जीवनमा पर्न सक्छ। 

७. एकअर्काको अपेक्षा बुझौं 

कहिलेकाहीं हामी के सोच्छौ भने पार्टनरले आफ्ना लागि विशेष केही गरोस्। यद्यपि उनलाई यस सम्बन्धमा केही थाहा नहुन सक्छ। अर्थात् आफ्नो अपेक्षा  के हो ? पार्टनर अन्जान हुन सक्छन्। त्यसैले यस्ता कुराको सूची तयार गरौं, जसले आफूलाई खुसी राख्न सकोस् र पार्टनरवाट त्यही कुरा प्राप्त होस्।  यस्तो सूची आफ्नो पार्टनरलाई पनि तयार गर्न लगाउनुपर्छ। पछि यो सूचीलाई आपसमा साट्न सकिन्छ। यस किसिमले एक-अर्काबीचको इच्छा, अपेक्षा  थाहा हुन्छ। अतः आफ्ना पार्टनरलाई खुसी राख्ने किसिमका व्यवहार अपनाउन सकिन्छ।  

८. प्रेम अभिव्यक्ति 

कुनै पनि सम्बन्धमा सुरक्षा एवं विश्वास जगाउन प्रेम व्यक्त गर्नुपर्छ। यस विषयमा कुनै आदर्श नियम छैन। आफ्नो पार्टनरका सामु प्रेम व्यक्त गर्ने सबै को आ-आफ्नै तरिका हुनसक्छ। स्वयं तय गर्नुपर्छ कि पार्टनरका सामु कसरी प्रेमको भावना व्यक्त गर्ने ? एउटा गुलाबको फूल र 'आई लभ यु' नोट  लेखेर छोड्नु प्रेम व्यक्त गर्ने प्रचलित विधि हो।

 **साभार साप्ताहिक** 

Monday, February 4, 2013

प्रियसीलाई चिट्ठी


प्रिय अर्धङेनी अल्पकालिन जीवनको दिर्घकालिन सम्झनाका लहरहरू ! समय र परिस्थितीको भेल संगै दलदलौदो छालहरूमा छ-छल्किन्दै भए पनि एक मुष्ठी सासलाई सुरक्षित सात राख्न सफल भएको छु। र तिमीमा पनि सधा स-कुसल रहोस भनि भगवान सँग  प्रथना गर्दछु ! 
समयले पनि कति चाडै फडको मारि सकेछ ? सायद तिमिले त घरमा चुलो र चौको, घास-दाउरा, उकाली-ओराली गर्दा/गर्दै आजको महत्वपुर्ण हाम्रो दिनलाई बिर्सी सक्यौ होली ! सम्झन पनि कसरी सक्थ्यौ र? जबकी तिमी आफ्नो गृह कार्य तालिकालाई समय दिनमै ब्यस्त छौ भने होइनर ? त्यसैले आजको महत्वपुर्ण समयलाई स्मरण गर्दै तिम्रो र मेरो जीवनको महत्वपुर्ण दिनलाई नजिकबाट एउटा उत्सवको रुपमा मनाउन नसके पनि २१सौ सताब्दीको भर पर्दो सन्चार माध्यम टेलिफोन उठाइ तिमिसँग टेलिफोन बाटै यस उत्वसबलाई मनाउन भनि कयौ पटक फोन गर्दा पनि संपर्क हुन सकेन । शायद मेरो भाग्यमा आज तिमी सँग मिठासमय कुरा गर्ने अवशर नजुरेको होला। नेपाल टेलिकमको गडबडी पनि कसरी भनौ? म संगै भएका सहकर्मी मित्रहरूको फोन सहजपुर्ण तरिकाले लागिरहेको थियो ! त्यसैले मैले सन्चार माध्यमलाई त दोस दिनै सक्दिन । 
आजको दिन तिमीसँग कति धेरै कुरा गर्ने मन हुँदा हुँदै पनि समय अनि परिस्थितीले मलाइ त्यो समय जुर्न सकेन । तर पनि आज भन्दा ठीक २बर्ष अगाडीको हाम्रो जीवनको पहिलोभेटलाई स्मरण गर्दै। त्यो दिनको प्रत्येक क्षणहरूलाई बर्तमानमा पणिरत गरि मनमनै रमाउदै बसेको छू। आज भन्दा ठीक २बर्ष अगाडी आजको दिन मेरो र तिम्रो लागि कति महत्वपुर्ण थियो। जब तिमी आफ्नो कार्य स्थलबाट नेपाल फर्किन्दै थियौ। त्यस पच्छी त मलाइ एक सेकेन्ड बिताउन पनि घन्टौ जस्तो लाग्दथियो। रात पच्छीको बिहानीको पर्खाइमा युगौ युग बिते जस्तो लागेको थियो । बल्ल तल्ल पुर्वी अकासबाट प्रिथिविमा बिहानिका उसाहरू छरिन सुरु भयो । म छामछम-छुमछुम गर्दै । तिम्रो र मेरो सम्बन्धमा कसैको नजर लगागोस भन्दै तिर्थस्थल निस्किए !त्यस पच्छी तिमी आउने अकासे बाटोमा हेरी रहे।  कुनै पेलेन आउने साथ मेरि नानु आयिन, भन्दै पागल झै आफै रमाउदै नाचिरहेको थिए !दिन भरिको पर्खैमा बस्दा बस्दा लगभक ३:४५ बजे तीर अन्तराश्ट्रिय बिमान स्थलको आगमन चार्टमा हेर्दा तिमी हावैजहाजबाट उत्रिसकेको छौ भन्ने कुरा बुझे । र आफैलाई कस्तो कस्तो लाग्न थाल्यो? जीवनमा कहीले प्रत्यक्ष नदेखेकी, नभेटेकी मेरि प्रियसीलाई म कसरी बोलाउ ? कसरी स्वागत गरौ? भन्दै मनमनै आतुर थिए। पछाडिबाट मलाइ सबैले जिस्काइ रहेका थिए । हामि चिनौदैनौ तपाइलेनै हाम्री दिदि लाई चिन्नु पर्छ हाई भन्दै बहिनि लगायत अन्य आफन्तहरूले मलाइ जिस्काइ रहनु भएको थियो । मलाइ झन झन लाज लाग्यो । र आफै सर्मान्दो भए तर तिमिले मलाइ अनलाइनमा देखाएकी त्यो लग्गेज राम्रो सँग मेरो मस्तिकमा राखेको थिए ! आगमन द्वारको नजिक्कै उभिएर हेरी रहे । मैले मान्छेलाई चिन्न नसके पनि लग्गेजलाई राम्रो सँग चिनेकोले तिम्रो लग्गेज कति बेला निस्कन्छ भन्दै हेरी रहे ~ । र निक्कै लामो समयको पर्खाइ पच्छी निलो कलरको लग्गेज मा रातो कलरको बोर्डर भएको एउटा लग्गेज दोर्यौदै तिमी आई रहेकी जस्तो लाग्यो र म बेहोसमाइ मेरि नानु.......! भन्दै कराएछु! जबकी म अँगालोमा बाधिन जाँदा ~~ अरे! ल ल तपाइ/? को हो? भन्दा आफै छक्क परे तर वास्तबमा ती युवती तिमी थिएनौ । फेरी सरी भन्दै आफ्नै पहिलेको ठाउमा आए सबै जना गलल हासे !! म अझै सर्मान्दो भए र भाई बहिनालाई अगाडी उभ्याऐ र म उनिहरुको पछाडि बसेर तिमि आउने बाटो तर्फ हेरी रहे ! निकै लामो समयको पर्खाइ पच्छी भाई बहिनाहरू दिदि!दिदि! भन्दै कराए ! र मैले तिमिलाइ धेरै नजर हरू बिचमा ठम्यौन निक्कै गाह्रो महसुस गरे ! तर पनि उनीले त मलाइ पक्कै चिन्छिन भन्दै म आफै अगाडी अगाडी सरे । जबकी तिमिले अती सभ्य अनि कोमल  भसामा दर्शन ! हजुर हजुरनै ....!! भन्दै तिमी अकमकिन्दै मेरो नजिक तिमी आउँदा तिमिनै मेरि अर्धङेनी हाउ भन्ने बिश्वस जाग्यो ! र हामि जिवनभरीको जिवन साथिहौ भन्दै अँगालोमा बधियौ ! र रबी दाई, उदय भाई, उपसना, सारिका, एकजना भाईको त नाम सम्झनै सकिन र तिमी अनि म एउटा मोटरमा चडेर सरर आफ्नो बाटो लाग्यौ थाहै नपाई एयर्पोर्ट देखि सतुङल सम्मको लामो यात्रा पनि कति चाडै पार गरेछौ ? जब घरमा पुगी सकेका थियौ !

जीवन मरेर गए पनि सम्झनात रहिरह्न्छ!जीवनका अतितीहरू पनि कहीले काही बर्तमान भएर आइ दिन्छन!!

Saturday, February 2, 2013

ऐतिहासिक किरात चाढ चासोक तङनाम थर्कदीप तिगेला



किरात लिम्बु जातिले प्रत्येक बर्ष बैशाख महिनामा गरिने यक्वा तङ्नाम(भुमि पुजा), साउन एक गते मनाइने साउने सक्रान्ति (सिसेक्पा तङ्नाम), कार्तिक महिनामा औसीको रातमा मनाईने वलिहाङ तङ्नाम, मााध एक गते मनाइने माघे सक्रान्ति(कःक्फक्वा तङ्नाम) खेतबारिमा अन्न पाकेपछि तागेरा निङ्वाफुमाङलाई कृतज्ञा स्वरुप मनाईने चासोक तङनाम(न्वागी पुजा) परम्परादेखि मनाउदै आएको मुख्य चाडहरु हुन । यी चाड्हरुबाट के प्रमाणित हुन्छ भने किरात लिम्बु जातिहरु प्रकृतिकको पुजक हुन् । यी जातिहरुको चाड्पर्ब पुजापाठ यहि प्रकृति सुवाउदो कृषिमा आधारित भएर गर्ने गर्दछन् ।
किरात लिम्बु जातिले मनाउदै आएको चाड्हरु किरात मुन्धुमअनुसार राजा माङ्हाङ्को पालादेखि उनको आादेश अनुसार सुरुवात गरेको भन्ने विश्वास पाइन्छ । यी चाढहरुमध्ये चासोक तङ्नाम विशेष महत्वका साथ हेरिने गरेको छ । मुन्धुमअनुसार याक्थुङ (लिम्बु) जातिहरु कृषि युगमा प्रबेश गर्नु अगाडि सावा येहाङका सन्तानहरुले कन्दमुल काँचै खाएर जीवन यापन गर्दथे । त्यसले तर्दा बिभिन्न रोग लाग्ने थर्दथ्यो । यस्तो अवस्थाबाट मुक्ति पाउन उनीहरु तागेरा निङवाफुमाङले उनीहरुलाई धान, कोदो,घैयार जुनेलो आदि अन्नको बीउबिजन दिए । अन्नको बीउविजन पाएपछि किरात याक्थुङ जातिको आदिम पुर्खा सावायेहाङको चेली सिबेरा एःक्थुम्मा र सिबेरा याभुङ्गेक्माले काठको खन्ती, अङ्कुसेले भस्मे तयार पारी अन्नको बीउ रोपी छरी अन्न फलाइन् । यसरी उत्पादन गरेको अन्नपातलाई आगोमा पकाई खान थाले । आगोमा पकाई खान थालेपछि सावायेहाङका सन्तानले बिभिन्न रोगबाट मुक्त भई उनीहरुको जन्सङख्या बढ्न थाल्यो । आफ्नो चेलीको पुण्य कामदेखि खुसी भई चेलीलाई आशीर्वाद र वरदानको रुपमा फलाएकोे अन्नपात चेली सिबरा एःक्थुम्मा र सिबेरा याबुङकेक्मालाई ‘नालि कुजेन’ भनि चढाएपछि मात्र खान पाउने बाचाबन्धन गरिदिए । त्यसपछि किरात याक्थुङ लिम्बु जातिमा तासोक तङ्नामको परम्परा रहेको पाईन्छ ।
याक्थुङ लिम्बु जातिले चेली सिबेरा एःक्थुम्मा सिबेरा याबुङकेक्मालाई सर्बप्रथम खेतीपाति गर्न सिकाउने देवीको रुपमा पुजिने गरिन्छ । चासोक तङनाममा उनको नाममा कृतज्ञाता स्वरुप तागेरा निङवाफुमाङ सँगै पाकेको अन्नपात पाकेपछि चासोक (न्वागी) गरेरमात्र खाने चलन गरेको छ । अन्नबालि राम्रोहोस, हावापानी नलागोस, फलिफापहोस, देवी देवताहरु प्रसन्न होउन भनेर चासोक(न्वागी पुजा) गर्ने गरिन्छ । यसरी अन्नबाली पाकेपछि चासोक नगरि खाएमा रगत छाद्ने, धताउने, बौलाउने., कुँजो हुने, सोला हान्ने, गाड निस्कने, जीउ सुकेर जाने, आँखा, कान दुखाउने आािद रोग लाग्छ भन्ने विश्वार रहिआएको छ । न्वाँगी पुजा गर्दा मुख्यत युमा, थेबा तथा थुङ्दाङबा देबि देवताको पुजा गरिने भएता पनि प्रार्थना गरे अनुरुप सफलता प्राप्त होस् भनी मिसेकm कुईकुदापा, ताक्फेङमा जा ताम्भुङवा र अन्य तक्सङ्बा, सिरिङ्मा, तेन्छामा, खजमा, वजमा, काप्पोबा, हिमसाम्माङ, काशीहाङमा, युमा साम्माङ, थुङदाङबा जस्त ाबन देबी देवतालाई पनि पुजिन्छ । साभार बर्ष १३, अङ्क ११ मङ्सिर २०६५ तान्छोपा मासिक क्रमशः

चासोक बिधि–
अन्नबाली धान, मकै वा कोदो पाकेपछि चासोक पुजा गर्नुपर्दछ । यसका लागि घरको मुलिले चोखोनितो गरी हतियारले नकाटी हातैले चुढाएर धान, मकै, कोदोको वाला ल्याएर धानलाई भुटेर चिउरा बाइन्छ र नङले छोडाएको चामल अक्षेताको रुपमा प्रयोग गरिन्छ । कोदोको वालालाई हातले माडेर गेडा निकालिन्छ र त्यसमा मर्चा पानी मिसाएर पुजाको लागि जाँड बनाईन्छ । त्यस जाँडलाई घुङरिङ, मालिङगो वा बासको सानो तामा आदिलाई गाड्न सजिलो हुनेगरि काटेर माथिल्लो भागलाई मुठारेर तोङ्बा जस्तो पारी हालिन्छ । तोङबा बनाइने बस्तुबाट तोङबामा लगाउने पिपा पनि तयार गरिन्छ । चिण्डो वा लोहोटामा चोखो पानी हाली वासाङना वा लाइकक्सो (केराको पातलाई बेरेर बनाएको पानी छर्कने बस्तु) गयार गरिन्छ । धुपीको धुलो वा सुकेको तितेपाती, भेटी, अक्षेता, चिउरा आदि तयार गर्नुपर्छ । र पुजा गरिने घरपरिवारको सकभर सबै परिवारको कमरभन्दा माथि लगाउने कपडा(जसलाई मैनाम,येबो भनिन्छ) पुजाको अगाडिपट्टि राखी मान्छेपिच्छे आशिर्बाद मागिन्छ । घरबाहिर चासोक पुजा गर्दाखेरी भने माटो खनी निकालेको माटोले जमिन सम्याई त्यसमाथि केराको पात सुल्टो पारी दुई सरो ओछ्याएर पुजाथान बनाईन्छ र प्रत्येक देबी देवताको लागि लासो अगाडी १÷१ जोर तोङ्बा राखिन्छ । लासोमा नयाँ धानको अक्षता र चिउरा, फलफुल, धुप, नैबेध, राखी, चोखो पानीले छर्की मुन्धुम बाचन गरी पुजा सम्पन्न गरिन्छ । पुजा सुरु गर्नु अधि धुप जलाइन्छ । पुजा सकिएपछि लासोअधि राखिएको तोङबाको जाड् पिछिङले लासोमा छर्केर र तोङबाहरु लडाई लासो भत्काईन्छ । यो पुजा फेदाङमाले मुन्धुम वाचन गर्दै आवश्यक विधिअनुसार सम्पन्न गर्दछन् । सामन्यतया यो पुजा साझपख सुरु गरिन्छ । घरभित्र र बाहिरको देवि देवताहरुको पुजा गरिसकेपछि फेदाङमाले नयाँ पाकेको अन्नको चिउरा र अक्षेताको साथ अन्य चढाउने सामाग्रीको वलिरहेको चुलोमा चढाएर अन्तयमा घरपरिवारको प्रत्येक सदस्यलाई आ–आफ्नो मैनाम आशीर्बादको साथ फिर्ता दिने गर्दछ ।
क्रमश