Tuesday, February 26, 2013

प्रेमसम्बन्ध सुमधुर राख्ने आठ मन्त्र


हामी चाहन्छौं, हाम्रो जिन्दगी सधैं सुखी रहोस्। शरीर स्वस्थ होस्। यसका लागि हामी विशेष सतर्कता अपनाउँछौं। यो कुरा हाम्रो प्रेम-सम्बन्धमा पनि लागू  हुन्छ। सम्बन्धलाई प्रगाढ बनाउन केही कुरामा ध्यान दिनुपर्छ।

१. आफ्ना लागि समय निकालौं

दाम्पत्य जीवनको अर्थ, पूरै घर-गृहस्थीमा डुब्नुपर्छ भन्ने होइन। वास्तवमा खुसी र सुखी दम्पती ती हुन्, जसमा पति-पत्नीले आ-आफ्ना लागि समय  व्यतीत गर्न पाउँछन्। यसरी एक्लै समय बिताउने क्रममा उनले आफ्नो इच्छा एवं चाहनाको गहिराइ बुझ्न सक्छन्। यसैगरी समय बिताउन आफ्ना  पार्टनरलाई पनि मौका दिनुपर्छ। यो क्रिएटिभ समयले जीवनमा ऊर्जा वृद्धि त गर्छ नै, खुसी पनि दिन्छ। 

२. केही रोमान्टिक हुनुपर्छ

जीवनलाई रोमान्टिक बनाउन त्यति धेरै खर्च गर्नु आवश्यक छैन। यसमा सानोतिनो कुराले पनि उत्तिकै महत्व राख्छ। एक-अर्काले आदानप्रदान गर्ने  सामान्य उपहार तथा अन्तरंग कुराकानीले पनि दाम्पत्य जीवनमा रोमान्स ल्याउन सक्छ। पार्टनरलाई के कुराले रोमान्टिक बनाउँछ ? बुझ्ने प्रयास गरेर  त्यही किसिमको व्यवहार गरौं। 

३. बेडरुममा साथसाथ जाने 

यदि बेड सेयर गर्नुहुन्छ भने किन साथै बेडमा जाने बानी बसाल्नुहुन्न ? यसका लागिसुत्ने समय एउटै हुनुपर्छ भन्ने छैन। पार्टनरको बानी चाँडै सुत्ने छ  भने उनीसँगै गएर केही बेर बेडमा बसेर मनपर्ने पुस्तक पढ्न सकिन्छ। जब पार्टनर सुत्छन्, तब आफ्नो बाँकी काम गर्न सकिन्छ। यसले प्रेम  सम्बन्धलाई अझ प्रगाढ बनाउँछ। 

४. एकअर्कामा कनेक्ट 

पार्टनरको हात आफ्नो हातमा लिनुहोस्। आँखा जुधाउनुहोस्। यो रोमान्टिक पलमा यस्तो कुरा गर्नुहोस्, जसले दुवैलाई रमाइलो महसुस गराओस्। कुनै  महत्वपूर्ण कुराकानी गर्नुपूर्व यस किसिमको अभ्यासले आपसी समझदारी बढाउँछ। 

५. परिवर्तनका सम्बन्धमा चर्चा 

परिवर्तन जीवनको नियम नै हो। जीवन सधैं एकनास रहँदैन। लामो जीवन यात्रामा धेरै उतारचढाव भोग्नुपर्छ, हामीले। अतः यस किसिमका उत्तारचढावका  सम्बन्धमा दम्पतीले आपसमा चर्चा गर्नु उपयुक्त हुन्छ। यसले कुनै पनि सम्भावित समस्याका बारेमा मानसिक रूपमा तयार रहन सघाउ पुर्‍याउँछ।  जस्तो, दम्पतीमध्ये एकको जागिर गुम्यो भने  परिस्थितिलाई कसरी सम्हाल्ने ? यस्ता अनपेक्षित परिवर्तनलाई आत्मसात् गर्न मानसिक तयारी आवश्यक  छ।  

६. खुसी आफैंभित्र खोजौं 

हामी प्रायः दोस्रो व्यक्तिबाट खुसी खोजिरहेका हुन्छौं। सत्य के हो भने आफ्नो खुसी पार्टनरमा निर्भर हुँदैन। यो त आफ्नै अन्तर्मनमा निहित हुन्छ। दाम्पत्य  जीवनलाई सुखमय राख्न आफू खुसी हुनु आवश्यक छ। यदि आफू खुसी रहन सकिएन भने त्यसको सोझो असर आफ्नो दाम्पत्य जीवनमा पर्न सक्छ। 

७. एकअर्काको अपेक्षा बुझौं 

कहिलेकाहीं हामी के सोच्छौ भने पार्टनरले आफ्ना लागि विशेष केही गरोस्। यद्यपि उनलाई यस सम्बन्धमा केही थाहा नहुन सक्छ। अर्थात् आफ्नो अपेक्षा  के हो ? पार्टनर अन्जान हुन सक्छन्। त्यसैले यस्ता कुराको सूची तयार गरौं, जसले आफूलाई खुसी राख्न सकोस् र पार्टनरवाट त्यही कुरा प्राप्त होस्।  यस्तो सूची आफ्नो पार्टनरलाई पनि तयार गर्न लगाउनुपर्छ। पछि यो सूचीलाई आपसमा साट्न सकिन्छ। यस किसिमले एक-अर्काबीचको इच्छा, अपेक्षा  थाहा हुन्छ। अतः आफ्ना पार्टनरलाई खुसी राख्ने किसिमका व्यवहार अपनाउन सकिन्छ।  

८. प्रेम अभिव्यक्ति 

कुनै पनि सम्बन्धमा सुरक्षा एवं विश्वास जगाउन प्रेम व्यक्त गर्नुपर्छ। यस विषयमा कुनै आदर्श नियम छैन। आफ्नो पार्टनरका सामु प्रेम व्यक्त गर्ने सबै को आ-आफ्नै तरिका हुनसक्छ। स्वयं तय गर्नुपर्छ कि पार्टनरका सामु कसरी प्रेमको भावना व्यक्त गर्ने ? एउटा गुलाबको फूल र 'आई लभ यु' नोट  लेखेर छोड्नु प्रेम व्यक्त गर्ने प्रचलित विधि हो।

 **साभार साप्ताहिक** 

No comments:

Post a Comment

प्रिय पाठक मित्रहरु तपाईंहरुले मेरो ब्लगलाई ब्राउज गरिदिनुभएकोमा धन्यवाद ! र लेख रचनाहरु को अध्यायन पछी कृपया कमेन्टपनी लेखी दिनुहोला तपाईंहरुको सल्लाह र सुझपनै मेरो सफलताको प्रतिक हुने छ । तर प्रतिकृया लेख्दा शिर्सक सँग सम्बन्धित प्रतिकृया लेख्नु होला । कृपया जताभाबी अपच शब्दको प्रयोग नगरिदिनुहोला । धन्यवाद ! धन्यवाद !! धन्यवाद !!!