Saturday, February 2, 2013

ऐतिहासिक किरात चाढ चासोक तङनाम थर्कदीप तिगेला



किरात लिम्बु जातिले प्रत्येक बर्ष बैशाख महिनामा गरिने यक्वा तङ्नाम(भुमि पुजा), साउन एक गते मनाइने साउने सक्रान्ति (सिसेक्पा तङ्नाम), कार्तिक महिनामा औसीको रातमा मनाईने वलिहाङ तङ्नाम, मााध एक गते मनाइने माघे सक्रान्ति(कःक्फक्वा तङ्नाम) खेतबारिमा अन्न पाकेपछि तागेरा निङ्वाफुमाङलाई कृतज्ञा स्वरुप मनाईने चासोक तङनाम(न्वागी पुजा) परम्परादेखि मनाउदै आएको मुख्य चाडहरु हुन । यी चाड्हरुबाट के प्रमाणित हुन्छ भने किरात लिम्बु जातिहरु प्रकृतिकको पुजक हुन् । यी जातिहरुको चाड्पर्ब पुजापाठ यहि प्रकृति सुवाउदो कृषिमा आधारित भएर गर्ने गर्दछन् ।
किरात लिम्बु जातिले मनाउदै आएको चाड्हरु किरात मुन्धुमअनुसार राजा माङ्हाङ्को पालादेखि उनको आादेश अनुसार सुरुवात गरेको भन्ने विश्वास पाइन्छ । यी चाढहरुमध्ये चासोक तङ्नाम विशेष महत्वका साथ हेरिने गरेको छ । मुन्धुमअनुसार याक्थुङ (लिम्बु) जातिहरु कृषि युगमा प्रबेश गर्नु अगाडि सावा येहाङका सन्तानहरुले कन्दमुल काँचै खाएर जीवन यापन गर्दथे । त्यसले तर्दा बिभिन्न रोग लाग्ने थर्दथ्यो । यस्तो अवस्थाबाट मुक्ति पाउन उनीहरु तागेरा निङवाफुमाङले उनीहरुलाई धान, कोदो,घैयार जुनेलो आदि अन्नको बीउबिजन दिए । अन्नको बीउविजन पाएपछि किरात याक्थुङ जातिको आदिम पुर्खा सावायेहाङको चेली सिबेरा एःक्थुम्मा र सिबेरा याभुङ्गेक्माले काठको खन्ती, अङ्कुसेले भस्मे तयार पारी अन्नको बीउ रोपी छरी अन्न फलाइन् । यसरी उत्पादन गरेको अन्नपातलाई आगोमा पकाई खान थाले । आगोमा पकाई खान थालेपछि सावायेहाङका सन्तानले बिभिन्न रोगबाट मुक्त भई उनीहरुको जन्सङख्या बढ्न थाल्यो । आफ्नो चेलीको पुण्य कामदेखि खुसी भई चेलीलाई आशीर्वाद र वरदानको रुपमा फलाएकोे अन्नपात चेली सिबरा एःक्थुम्मा र सिबेरा याबुङकेक्मालाई ‘नालि कुजेन’ भनि चढाएपछि मात्र खान पाउने बाचाबन्धन गरिदिए । त्यसपछि किरात याक्थुङ लिम्बु जातिमा तासोक तङ्नामको परम्परा रहेको पाईन्छ ।
याक्थुङ लिम्बु जातिले चेली सिबेरा एःक्थुम्मा सिबेरा याबुङकेक्मालाई सर्बप्रथम खेतीपाति गर्न सिकाउने देवीको रुपमा पुजिने गरिन्छ । चासोक तङनाममा उनको नाममा कृतज्ञाता स्वरुप तागेरा निङवाफुमाङ सँगै पाकेको अन्नपात पाकेपछि चासोक (न्वागी) गरेरमात्र खाने चलन गरेको छ । अन्नबालि राम्रोहोस, हावापानी नलागोस, फलिफापहोस, देवी देवताहरु प्रसन्न होउन भनेर चासोक(न्वागी पुजा) गर्ने गरिन्छ । यसरी अन्नबाली पाकेपछि चासोक नगरि खाएमा रगत छाद्ने, धताउने, बौलाउने., कुँजो हुने, सोला हान्ने, गाड निस्कने, जीउ सुकेर जाने, आँखा, कान दुखाउने आािद रोग लाग्छ भन्ने विश्वार रहिआएको छ । न्वाँगी पुजा गर्दा मुख्यत युमा, थेबा तथा थुङ्दाङबा देबि देवताको पुजा गरिने भएता पनि प्रार्थना गरे अनुरुप सफलता प्राप्त होस् भनी मिसेकm कुईकुदापा, ताक्फेङमा जा ताम्भुङवा र अन्य तक्सङ्बा, सिरिङ्मा, तेन्छामा, खजमा, वजमा, काप्पोबा, हिमसाम्माङ, काशीहाङमा, युमा साम्माङ, थुङदाङबा जस्त ाबन देबी देवतालाई पनि पुजिन्छ । साभार बर्ष १३, अङ्क ११ मङ्सिर २०६५ तान्छोपा मासिक क्रमशः

चासोक बिधि–
अन्नबाली धान, मकै वा कोदो पाकेपछि चासोक पुजा गर्नुपर्दछ । यसका लागि घरको मुलिले चोखोनितो गरी हतियारले नकाटी हातैले चुढाएर धान, मकै, कोदोको वाला ल्याएर धानलाई भुटेर चिउरा बाइन्छ र नङले छोडाएको चामल अक्षेताको रुपमा प्रयोग गरिन्छ । कोदोको वालालाई हातले माडेर गेडा निकालिन्छ र त्यसमा मर्चा पानी मिसाएर पुजाको लागि जाँड बनाईन्छ । त्यस जाँडलाई घुङरिङ, मालिङगो वा बासको सानो तामा आदिलाई गाड्न सजिलो हुनेगरि काटेर माथिल्लो भागलाई मुठारेर तोङ्बा जस्तो पारी हालिन्छ । तोङबा बनाइने बस्तुबाट तोङबामा लगाउने पिपा पनि तयार गरिन्छ । चिण्डो वा लोहोटामा चोखो पानी हाली वासाङना वा लाइकक्सो (केराको पातलाई बेरेर बनाएको पानी छर्कने बस्तु) गयार गरिन्छ । धुपीको धुलो वा सुकेको तितेपाती, भेटी, अक्षेता, चिउरा आदि तयार गर्नुपर्छ । र पुजा गरिने घरपरिवारको सकभर सबै परिवारको कमरभन्दा माथि लगाउने कपडा(जसलाई मैनाम,येबो भनिन्छ) पुजाको अगाडिपट्टि राखी मान्छेपिच्छे आशिर्बाद मागिन्छ । घरबाहिर चासोक पुजा गर्दाखेरी भने माटो खनी निकालेको माटोले जमिन सम्याई त्यसमाथि केराको पात सुल्टो पारी दुई सरो ओछ्याएर पुजाथान बनाईन्छ र प्रत्येक देबी देवताको लागि लासो अगाडी १÷१ जोर तोङ्बा राखिन्छ । लासोमा नयाँ धानको अक्षता र चिउरा, फलफुल, धुप, नैबेध, राखी, चोखो पानीले छर्की मुन्धुम बाचन गरी पुजा सम्पन्न गरिन्छ । पुजा सुरु गर्नु अधि धुप जलाइन्छ । पुजा सकिएपछि लासोअधि राखिएको तोङबाको जाड् पिछिङले लासोमा छर्केर र तोङबाहरु लडाई लासो भत्काईन्छ । यो पुजा फेदाङमाले मुन्धुम वाचन गर्दै आवश्यक विधिअनुसार सम्पन्न गर्दछन् । सामन्यतया यो पुजा साझपख सुरु गरिन्छ । घरभित्र र बाहिरको देवि देवताहरुको पुजा गरिसकेपछि फेदाङमाले नयाँ पाकेको अन्नको चिउरा र अक्षेताको साथ अन्य चढाउने सामाग्रीको वलिरहेको चुलोमा चढाएर अन्तयमा घरपरिवारको प्रत्येक सदस्यलाई आ–आफ्नो मैनाम आशीर्बादको साथ फिर्ता दिने गर्दछ ।
क्रमश

No comments:

Post a Comment

प्रिय पाठक मित्रहरु तपाईंहरुले मेरो ब्लगलाई ब्राउज गरिदिनुभएकोमा धन्यवाद ! र लेख रचनाहरु को अध्यायन पछी कृपया कमेन्टपनी लेखी दिनुहोला तपाईंहरुको सल्लाह र सुझपनै मेरो सफलताको प्रतिक हुने छ । तर प्रतिकृया लेख्दा शिर्सक सँग सम्बन्धित प्रतिकृया लेख्नु होला । कृपया जताभाबी अपच शब्दको प्रयोग नगरिदिनुहोला । धन्यवाद ! धन्यवाद !! धन्यवाद !!!