Friday, March 7, 2008

अरवमा महिला कामदार पठाउन बन्द गर


// नेपाली मन // साउदी अरब
हाल नेपालको जनसंख्या लगभग दुइ करोड नब्बे लाख पुगिसकेको छ जस्मा महिलाको संख्या झण्डै आधा भन्दा बढी छ । नेपाली सामाजिक संरचना र संस्कार हर्ेदा महिलाहरु घरमै बस्ने, चुल्हो चौको गर्ने, घरमा वालबच्चाहरुको हेरचाह गर्ने, गाइभैंसी वा खेतीपातीको काम गर्ने आदि महत्वपर्ूण्ा तर गैर आयमूलक कामहरुमै अल्भिmन बाध्य भएको पाइन्छ । जनसंख्याको आधा भन्दा बढी हिस्सा यसरी अप्रत्यक्ष रुपमा निश्त्रिmय जस्तै हुँदा देशको आर्थिक अवस्था ओरालो लाग्नु अस्वभाविक पनि होइन । तर एक्काइसौं शताव्दिको यो सूचना, संचार एवं विश्वव्यापीकरण संगसंगै नेपाली महिलाहरु पनि परम्परागत सामाजिक संरचनाबाट उन्मुक्ति पाउन खोज्नु सामान्य कुरा हो । संचारको यस युगमा नेपाली महिलाहरु परम्परागत रुपमा गरिराखेको चुल्हो चौको छाडेर विद्यालय, कलेजको साथसाथै रोजगारी र अझ बैदेशिक रोजगारीमा समेत जान शुरु गरिसकेका छन् । यस अवस्थामा समाजमा कमजोर हाम्रा नेपाली महिलाहरु कसरी आफूलाई त्यस कठिन कार्यमा अभ्यस्त बनाउलान् प्रश्न गम्भीर छ ।
बेैदेशिक रोजगारीको कुरा गर्दा नेपालको रोजगारीको श्रोत भारत नै हो । अझै पनि हाम्रो देशका कुना कुनावाट लाखौंको संख्यामा भारतमा रोजगारीको लागि भारतमा जान्छन् त्यस मध्ये महिलाको संख्या केहि बर्षयता ह्वात्तै बढेको पाइन्छ । खुल्ला सिमा र सजिलै जान पाइने हुनाले आम्दानीको श्रोतको रुपमा भारत जाने नेपाली महिलाहरुको संख्या बर्षोनी बढ्दैछ । हुन पनि सधै पिता वा परिवारको खटनमा रहेर दिएको खाने र लाउने हाम्रो परम्परागत संस्कारबाट असन्तुष्ट नेपाली महिला जमात समाजमा बढ्दैछ । यस अबस्थामा स्वदेशमा रोजगारीको राम्रो व्यवस्था नहुने, भए पनि पारिवारिक असहयोग एवं काममा हुने दर्ुर्व्यवहारबाट वाक्क भएर सुन्दर भविष्यको खोजीमा विदेशतिर हानिनु नेपाली महिलाको बाध्यता नै हो । तर यसरी विभिन्न सपना देखेर भारत पसेका लाखौं नेपाली चेलीहरु बर्म्बई लगायतका बेश्यालयहरुमा नारकीय जिवन विताइरहेका छन् । सामान्य रोजगारीमा लागेका महिलाहरु पनि श्रम ऐन वा अन्य कानुनको अभावमा अत्यन्त पिडित छन् । घरायसी काममा लागेका महिलाहरुको श्रम मात्र होइन यौन शोषण पनि गरिएको छ जुन अत्यन्त भयाबह रुपमा बढ्दैछ तर कमजोर नेपाल सरकारको कारण उनीहरुको आवाज सुन्ने कुनै निकाय छैन ।
हाल आएर फेरी नेपाली महिलाहरु भारतमा मात्र होइन अरवका खाडीहरुमा काम गर्न जाने क्रम बढ्दैछ । पढेलेखेका र टाँठा वाठा नेपाली युवाहरुको अवस्था समेत खाडी मुलुकहरुमा खतरनाक रहेको अवस्थामा नेपाली महिलाहरुको खाडी मुलुकहरुमा उपलव्ध रोजगारी अकल्पनीय रुपमा पिडादायी हुने कुरामा कुनै शंका छैन । कानुनी वा गैरकानुनी रुपमा नेपालबाट अरवतिर जाने नेपाली महिलाहरु विषेश गरी घरायसी काममा संलग्न छन् जस्ले गर्दा उनीहरुको अवस्था पिडादायी मात्र होइन नारकीय नै छ । मुश्लिम समाजमा महिलाहरुको हैसियत नोकर वा भनौं एउटा खेलौना जस्तो मात्र छ । उनीहरु घरमै वन्दीको रुपमा जिवन विताइरहेका छन् । यस्तो बन्द र आततायी समाजमा नेपाली महिलाहरुले घरभित्र काम गरिरहेका छन् । उनीहरु नेपालबाट लाखौं खर्च गरेर विदेशिएका छन् जस्ले चाहेर पनि नेपाल फर्किहाल्ने अबस्थामा हुदैनन् । यस्तो अबस्थामा उनीहरु मुश्लिम पुरुषहरुको यौन दासको रुपमा काम गर्न बाध्य छन् । आफ्नो कमजोर आर्थिक अवस्थाको कारणले त्यहाँ नेपाली महिलाहरु हदैसम्म शोषित भएको र त्यसको प्रतिकार गर्दा कतिले ज्यानै गुमाउनु पर्ने अवस्था समेत विद्यमान छ । यस्तो अवस्थामा नेपाल सरकारले आफ्ना नागरिक र विशेष गरी महिलाहरुको श्रम र यौन शोषण अन्त्य गर्न सरकारी स्तरमा केहि गर्न ढिला भइसकेको छ । घरभित्र अपराध हुने र ती कुराहरु कानूनबाट बर्जित भएपनि बन्द नभएको बर्तमान परिस्थितिमा नेपाली चेलीहरुलाई अरब मुलुकमा कामदारको रुपमा पठाउने कार्य तत्काल रोक्नु पर्दछ । भारत वा अन्य देशबाट गैरकानूनी रुपमा नेपाली महिलाहरु त्यता तर्फलैजाने दलालहरुलाई हदैसम्मको सजाय हुने कानूनी व्यवस्था गरिनु पर्दछ । अन्यथा हाम्रा चेलीहरु यौनपिपासु दानबहरुको शिकार सधै भइरहनेछन् । चेलीहरुको इज्जत लुटिएर कमाएको धनले हाम्रो उच्च आर्थिक स्तर र दह्रो राष्टिय अर्थतन्त्र हामीलाई चाहिदैन ।