Saturday, September 19, 2009

के यो बालक आँफैले आफ्नो आत्मा हत्या गरेका हुनत .......??

यो फोटो देख्न साथ हामी स्तब्ध हुनेछौ । तर आज यो धट्नाको बारेमा बिस्त्रीत जानकारी गर्नु भन्दा अगाडि म तपाईंहरुलाई यसको बारेमा अवलोकन गर्ने मौका दिन्दै छु । तपाईंको बिचार तल प्रस्तुत गर्नु होला ।

Sunday, September 13, 2009

**नेपाल आमाकी छोरी ""हिमाली रानी" जी नजार यता लगाउनुहोस त !**

मेरो मनको सागुरो कोठाको भ्रमणकर्ता समस्त पाठक ब्रिन्द, यो गीत बिशेष गरेर यू के मा रहनु हुने अनलाईकी मित्रले, यो गितको शब्द र संगीत मलाई माग्नु भएको थियो । त्यसैले मैले यो गीतलाई यहाँ अपडेत गरेको हुँ । तपाहरुलाई पनि मन लागे प्ले बट्टन क्लिक गरी हेरी दिनुहोस् ल । तर गीत चाँही पुरानो पुर्बेली गीत चुन्वा दोभान भन्ने हो ।
शायद हर्जुर हरुलाई अचम्म लाग्न सक्ला । यो पुरानो लोकगित किन मनपरएको होला भनेर, तर यसमा एउटा रहश्य लुकेर रहेको छ । त्यो रहश्य अहिलेनै चाँही नखोलौ होला पच्छी ल । र यो गीतको स्रोता भन्नुपर्दा । उहा चौतर्फी बिधामा ओक्तपोख्त एक हामी बाट अहिले सम्म अद्रिश्य बडो कलाकार हुनुहुन्छ । तपाईंहरुलाई म उहाको बारेमा बिस्तारै परिचय दिन्दै जाने छु । अहिले म पनि उहासँग परिचय मात्र गर्दै छु । । अनी नेपाल आमाकी छोरी "हिमाली रानी" जी यो गीतको प्राप्ती पछी के गर्नु पर्ने यो कुरा त लेखी रहनु जरुरत छैन होला नि होइन ?? .............................................................................





केटा :दुई चार बचन् बोलौला कान्छी, त्यो मन लिनलाइ
{तिमीलाई भनी साचेको मैले, जिन्दगी लिनलाइ}________२
केटी : बाडिहै आयो गहिरी खेत, बगायो धानको बिउ
{सम्झना मात्र रही रहने, मरेर जाने जिउ }_____२
केटा :चुङ्वा दोबान { ख्याल~~ ख्याल गर्दै बित्यो जीवन }______२
केटी : हङ्कङ शहर { गाउघर सम्झी झर्छ आशु धरर }______२
_______~~~ __________~~~ ___________~~~ ________


केटा :मरेर जाने यो चोला, सन्सारको रितै हो
{ बाचुन्जेल सम्म हासखेल गर्नु, मायालु रितै हो }______२
केटी :बल्छी र टाङो बोकेर कान्छाउ तम्बर दोबान
हासखेल मात्र नगर कान्छाउ, धल्केला जोवन
केटा :चुङ्वा दोबान { ख्याल ~~ख्याल गर्दै बित्यो दिवन}______२
केटी :हङ्कङ शहर { गाउघर सम्झी झर्छ आशु धरर }______२
________~~~ _____________~~~ ______________

केटा :कालो मा कालो गाजल, रातो छ रिबन
{ तिम्रोनै लागी भनेर साचेको जीवन }______२
केटी :गाजलु आँखा अर्काको कान्छौ, नहेर रिबनमा
केटा :चुङ्वा दोबान { ख्याल ख्याल गर्दै बित्यो दिवन}______२
केटी :हङ्कङ शहर { गाउघर सम्झी झर्छ आशु धरर }______२

Friday, September 4, 2009

!!++स्वाइनफ्लु र यसबाट बच्ने उपाय++!!

अब यो संसारमा बाँच्नको लागि पनि गाह्रो पर्ने भयो । रोग पनि के के हो ? के के ? सन १९६८ सलामआ विश्वब्यापी रुपमा फैलिएको हन्कङ फ्लु, जसलाई विश्वब्यापी माहामारिको सङ्या दिएको थियो, सो भाईरसबाट त्यतिबेला १० लाख मानीसले ज्यान गुमाउनु परेको थियो । ठीक त्यसै गरेर सन २००९ को एप्रिल महिनादेखी स्वान फ्लु नामक रोग " ए एचवान एनवान भाईरस" मेक्सिकोमा पहिलो पटक देखापर्‍यो । यो रोगले अहिले सम्ममा विश्वको ७४ वटा मुलुकको भ्रमण् गरी सकेको छ । नेपालमा समेत यो रोगले २२ जनालाई आक्रमण गरी सकेको छ, अब यो रोगको नियन्त्रणको बारेमा नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले के कस्ता कदमहरु चाल्ने हो । त्यो आफ्नै ठाउमा छ तर हामीले पनि आफुलाई यो रोगबाट बच्चाउनको लागि तल लेखिएको केही उपायाहरु अपनाएमा धेरै फाईदाजनक हुने छ ।

निम्न कुराहरुमा ध्यान दिने हाइ ल

0१] भिड्भाडा तथा बजारमा नजाने ।
0२] साथीहरु सँग अंकमाल नगर्ने ।
0३] हाच्छिउ तथा खोक्दा रुमाल प्रयोग गर्ने साथै एकपटक प्रयोग गरेको रुमाल फेरी अर्को पटक प्रयोग गर्नु परे कृपया धोएर मात्र पुनप्रयोग गर्ने ।
0४] एकले प्रयोग गरेको रुमाल अरुले प्रयोग ।
0५] जथाभावी सिगान तथा खकार नफाल्ने।
0६] बस, प्लेन तथा रेलमा लामो यात्रा गरेर कत्तैबाट आएको भए आफ्नो स्वास्थ्य परिक्षण गर्ने र गराउने ।
0८] लामो यात्रा गर्नु परे आफ्नो सुरक्षाको लागी मुखमा माक्स लगाउने ।
0९] सकेसम्म नयाँ मानिस तथा सङ्खा लागेको ब्यातिको सामुने नजाने ।
१०] आँफै बिरामी हुनुहुन्छ वा आँफैलाई कम्जोर महसुस गरिरहनुभएको छ भने आराम लिनुहोस् । २४ धन्टाभन्दा बढी समय त्यसै नबस्नुहोस तुरुन्दै अस्पातल जानुहोस् ।

धन्यवाद!!