Sunday, September 13, 2009

**नेपाल आमाकी छोरी ""हिमाली रानी" जी नजार यता लगाउनुहोस त !**

मेरो मनको सागुरो कोठाको भ्रमणकर्ता समस्त पाठक ब्रिन्द, यो गीत बिशेष गरेर यू के मा रहनु हुने अनलाईकी मित्रले, यो गितको शब्द र संगीत मलाई माग्नु भएको थियो । त्यसैले मैले यो गीतलाई यहाँ अपडेत गरेको हुँ । तपाहरुलाई पनि मन लागे प्ले बट्टन क्लिक गरी हेरी दिनुहोस् ल । तर गीत चाँही पुरानो पुर्बेली गीत चुन्वा दोभान भन्ने हो ।
शायद हर्जुर हरुलाई अचम्म लाग्न सक्ला । यो पुरानो लोकगित किन मनपरएको होला भनेर, तर यसमा एउटा रहश्य लुकेर रहेको छ । त्यो रहश्य अहिलेनै चाँही नखोलौ होला पच्छी ल । र यो गीतको स्रोता भन्नुपर्दा । उहा चौतर्फी बिधामा ओक्तपोख्त एक हामी बाट अहिले सम्म अद्रिश्य बडो कलाकार हुनुहुन्छ । तपाईंहरुलाई म उहाको बारेमा बिस्तारै परिचय दिन्दै जाने छु । अहिले म पनि उहासँग परिचय मात्र गर्दै छु । । अनी नेपाल आमाकी छोरी "हिमाली रानी" जी यो गीतको प्राप्ती पछी के गर्नु पर्ने यो कुरा त लेखी रहनु जरुरत छैन होला नि होइन ?? .............................................................................





केटा :दुई चार बचन् बोलौला कान्छी, त्यो मन लिनलाइ
{तिमीलाई भनी साचेको मैले, जिन्दगी लिनलाइ}________२
केटी : बाडिहै आयो गहिरी खेत, बगायो धानको बिउ
{सम्झना मात्र रही रहने, मरेर जाने जिउ }_____२
केटा :चुङ्वा दोबान { ख्याल~~ ख्याल गर्दै बित्यो जीवन }______२
केटी : हङ्कङ शहर { गाउघर सम्झी झर्छ आशु धरर }______२
_______~~~ __________~~~ ___________~~~ ________


केटा :मरेर जाने यो चोला, सन्सारको रितै हो
{ बाचुन्जेल सम्म हासखेल गर्नु, मायालु रितै हो }______२
केटी :बल्छी र टाङो बोकेर कान्छाउ तम्बर दोबान
हासखेल मात्र नगर कान्छाउ, धल्केला जोवन
केटा :चुङ्वा दोबान { ख्याल ~~ख्याल गर्दै बित्यो दिवन}______२
केटी :हङ्कङ शहर { गाउघर सम्झी झर्छ आशु धरर }______२
________~~~ _____________~~~ ______________

केटा :कालो मा कालो गाजल, रातो छ रिबन
{ तिम्रोनै लागी भनेर साचेको जीवन }______२
केटी :गाजलु आँखा अर्काको कान्छौ, नहेर रिबनमा
केटा :चुङ्वा दोबान { ख्याल ख्याल गर्दै बित्यो दिवन}______२
केटी :हङ्कङ शहर { गाउघर सम्झी झर्छ आशु धरर }______२

No comments:

Post a Comment

प्रिय पाठक मित्रहरु तपाईंहरुले मेरो ब्लगलाई ब्राउज गरिदिनुभएकोमा धन्यवाद ! र लेख रचनाहरु को अध्यायन पछी कृपया कमेन्टपनी लेखी दिनुहोला तपाईंहरुको सल्लाह र सुझपनै मेरो सफलताको प्रतिक हुने छ । तर प्रतिकृया लेख्दा शिर्सक सँग सम्बन्धित प्रतिकृया लेख्नु होला । कृपया जताभाबी अपच शब्दको प्रयोग नगरिदिनुहोला । धन्यवाद ! धन्यवाद !! धन्यवाद !!!