Monday, June 29, 2009

सम्झन्दा खेरी हिजोजस्तो लाग्छ तर जबकी आउँला भाच्दा लगभग ९ बर्ष पुरा भई सकेछ, कुरा एस एल सिको हो । भन्ने गर्थे एस एल सि भनेको फलामे द्वारहो यसलाई पारर्गन सके अन्य ढोकाहरु पारगर्न खासै गाह्रो पर्दैन भनेर आफु भन्दा अग्रज अभिभाबकहरु भन्ने गर्थे । एसएलसी को परिक्षा समाप्ती पछी परिक्षाको नतिजाको पर्खाइमा दिनहरु गन्दै बसेको थिए । एकदिन रेडियो नेपालको समाचारमा एस एल सि परिक्षाफल प्रकासित भएको अखबार सुन्न पाए मेरो मुटुले गतिमा धेरै परिवर्तन गर्‍यो मनमा धेरै खुल्दुली भयो । के गर्ने ? म बसेको ठाउमा संचारको आभब थियो, भनऔ त्यहा टेलिफोन समेको पनि सुबिधा थिएन जुन समयमा । पत्र पत्रीका, अनलाई मध्यम भनेको त कुन चरिकोनाम हो कतिलाई थाहै थिएन । र आफ्नो रिजल्ट थाहा पाउनको लागी म आफ्नो सदरमुकाम ताप्लेजुङ् आउनु पर्ने भयो र म बिहान सबेरै उठेर सदरमुकाम तर्फ लागे। बल्ल तल्ल साझपख सदरमुकाम पुगे र बजारमा गोरखापत्र खोजे कत्तै भेटिन भर्खर बिरटनगर, झापा सम्म मात्रा आउँदै गरेको समाचार त्यहाका ब्याबसयीहरुले बताये अब मैले के गर्ने?? झापामा आफ्नो परिवारअलाई फोन गरे त्यहा पनि गोर्खापत्र बजारमा रहेनछ । र सिराहामा मेरो एकजना साथी टेक्नेसियन पेसामा कार्यरत थिए उनलाई फोन गरे र एउटा गोर्खापत्र किन्न लगाये । अनी मेरो बिधालयबाट सेन्टअप परिक्षा धेरै कडाईका साथ भएको हुनाले १५ जनाले मात्रा परिक्षामा सामेल हुन पायौ, मेरो साथीलाई हामी सबैजनको सिम्बल नम्बर दिए र १५ मिनेट पछी मैले फेरी फोन गरे र मलगायत १२जना पास भएको रहेछौ । ३जना साथीहरुको नमवली प्रकाशन हुनसकेन रहेछ, र घर फर्कन्दा बाटमा सबैले मलाई सोध्न थाले मेरो रिजालट के भयो? के भयो ?? भन्दै मैले तिनजना कसरी फेल भएको कुरा सुनाउ? मैले भन्नै सकिन स्यम् फेलभएका साथीहरुले पनि सोधे मैले मनले नमानी नमानी ढाटी दिये रिजालट को लागी अहिलेनै निश्चित छैन मैले पनि गोर्खापत्र हेर्न पाइन भनेर कुरा टाडे त्यसैले अझै पनि एसएलसी परिक्षाको नतिजा प्रकाशन भयो भन्ने सुन्दा मेरा ति अतितका दिनहरु र ति मेरा समस्त कक्षाका साथीहरुलाई सम्झैदिन्छ र खुशी लाग्छ । यो मेरो एस एल सि को अनुभवहो।
यो बर्ष परिक्षार्थी मध्ये ६८.७४ प्रतिशत विद्यार्थीलाई खुशी छभने अन्यबाकि परिक्षार्थिहरु दुखी हुनुहुन्छ तर असफल विद्यार्थीहरुले आफ्नो आत्मबललाई दर्हो बनाइ सफलअताको मार्गमा लम्कनकोलागी आफ्नो प्रत्एक गतिलाई परिवर्तन गर्ने सल्लह र सुजप अनी सफल परिक्षार्थिहरुलाई सदबहार यसरीनै सफलता हासिल गर्दै जानुहोला भन्दै उज्वल भबिश्यको कामना शाहीत यो बर्षको एस एल सि शिर्सक बाट ओझेल पर्दछु । सेवारो !!
तपाईंको एस एल सि नतिजा हेर्नको लागि यहाँ क्लिक गर्नु होस्

Thursday, June 25, 2009

आदाणिय पाठक ब्रिन्द म ३ महिना अगाडिदेखी ब्यातिगत कारणबिशेषले अती ब्यस्त रहेको हुनाले नयाँ प्रकाशनमा ढिलाई भएकोमा हृदय देखिनै क्षमा चाहन्छु । DB Liwang