Friday, October 5, 2007

आमाको आशिर्बाद

शान्ती राई
लेटाङ्-५, मोरङ



दशै
तिहार आयो भन्छन आमा!
खोई कहाँ हो यसपाली हामी अन्यौलमा छौँ
हामी सबै परदेशिको मन घचघचाउछ दशैँले
खोई कहाँ छ दशै तिहार भनी रमाई
मनको ढोका खोली हेर्छौ आमा!
देख्न नपाई हावाले कहा उडाइदिन्छ आमा!
आज कतारमा नेपाल आमालाई सम्झी
दशै र तिहारको यादलाई छातीमा सजाई
बिदेसमा मजदुरी गरिरहेका छौ आमा!
पोहोरको दशै तिम्रो काखमा हाँसेथ्यौ
यसपालीको दशै तिहारमा मरुभुमीमा छौ
आमा! भाग्यमानै रहेनछ यसपाली दशैमा सँगै बस्नु
अर्को दशैमा आउँला तिमिसँग आशिर्बाद थाप्नलाई
सबै नेपालिहरुको बिन्ती सुनिदेउ आमा !
अर्को साल त तिम्रो आशिर्बाद थाप्न पाउँ आमा!

रास/ दोहा

No comments:

Post a Comment

प्रिय पाठक मित्रहरु तपाईंहरुले मेरो ब्लगलाई ब्राउज गरिदिनुभएकोमा धन्यवाद ! र लेख रचनाहरु को अध्यायन पछी कृपया कमेन्टपनी लेखी दिनुहोला तपाईंहरुको सल्लाह र सुझपनै मेरो सफलताको प्रतिक हुने छ । तर प्रतिकृया लेख्दा शिर्सक सँग सम्बन्धित प्रतिकृया लेख्नु होला । कृपया जताभाबी अपच शब्दको प्रयोग नगरिदिनुहोला । धन्यवाद ! धन्यवाद !! धन्यवाद !!!