Thursday, December 11, 2008

"साभार" नडराउनु होस कडा भान्सार दरको लागी !

//कासा दोहा कतार //

दोहा, अर्थमन्त्री एवं माओवादी नेता डा.बाबुराम भट्टर्राईसमक्ष कतारस्थित नेपाली समाजका अगुवाहरूले कामदारलाई ठग्ने ठग, दलाल तथा म्यानपावर एजेन्सी र एजेन्टमाथि कारबाही नभएकोमा आक्रोश पोखेका छन् ।
प्रतिउत्तरमा अर्थमन्त्री डा.भट्टर्राईले दोषीमाथि यसपटक भने कारबाही हुने पुरानै आश्वासन बा“डेका छन् । दर्ुइ महिनाभित्र दोस्रोपटक दोहा भ्रमणमा आएका अर्थमन्त्री डा.भट्टर्राईले अघिल्लोपटक पनि नागरिक समाजको अन्तर्त्रिmयामा ठगीमा संलग्न म्यानपावर एजेन्सी र एजेन्टलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका थिए । नेपाली दूतावासले गरेको कारबाही सिफारिसको फाइल बोकेर नेपाल फिरेका मन्त्रीले फेरि यसपटक 'त्यो फाइल आफूलाई उपलब्ध गराउन' निर्देशन दिएका छन् ।

मन्त्री डा.भट्टर्राईले विभिन्न म्यानपावर कम्पनी र एजेन्टले नेपाली कामदारलाई ठगी गरेकोबारे आफूलाई अवगत भइसकेको र यसमा कारबाहीका लागि श्रममन्त्रीस“ग कुराकानी गरिसकेको जनाएका थिए । दूतावासले बितेको १० महिनाको अवधिमा म्यानपावरमा ठगी गर्ने १ सयभन्दा बढी एजेन्सी र एजेन्टको फेहरिस्त उतारेर आवश्यक कारबाहीमा श्रम तथा रोजगार पर््रबर्द्धन विभागमा पठाइसकेको छ ।

दोहा दूतावासमा सोमबार आयोजित अन्तर्त्रिmया कार्यक्रममा राजदूत डा.र्सर्ूयनाथ मिश्रले कतार आउने सीधासादा नेपालीलाई फरक-फरक कम्पनीको श्रम सम्झौता तथा भिसा दिई पठाइने गरेको जानकारी गराएका थिए । यसरी गलत कागजात लिई आउनेलाई कतारी कानुनअनुसार न्याय दिलाउनसमेत कठिन भएको उनले बताएका थिए ।

कतार, यर्ूर्एइ, साउदी, मलेसियासहितका मुलुकमा काम गर्ने नेपालीलाई लक्षित गर्दै नेपालमा चर्को भन्सार महसुल लगाएको विषयमा अधिकांश वक्ताले अर्थमन्त्रीसमक्ष गुनासो गरेका थिए । उनीहरूको साझा स्वर थियो- 'चार/पा“च सय रियाल मासिक कमाउने यस्ता नेपालीहरू

दर्ुइ वर्षकाम गरेर घर परिवारका लागि केही थान घडी, कम्बल र टेलिभिजन लैजान्छन् । यस्तो अति आवश्यक वस्तुहरूमा चर्को भन्सार महसुल लगाउ“दा र्सवसाधारण मर्कामा परेका छन् ।'

अर्थमन्त्री डा.भट्टर्राईले भन्ने र्सवसाधारण आप्रवासी नेपालीका लागि भन्सार महसुल नलगाइएको स्पष्ट पारेका थिए । 'तपाईहरू एक-एक थान सबै सामान लग्नोस्, आफूले प्रयोग गरेका पुराना सामानहरू लग्नोस्- भन्सार लाग्नेछैन । हामीले तस्करहरूले भरिया लगाएर गर्ने तस्करी रोक्न भन्सार बढाएका हौ, र्सवसाधारणलाई दुःख दिन होइन,' अर्थमन्त्रीले भने ।

उनले कान्तिपुरस“गको भेटमा 'सैद्धान्तिक रूपमा तस्करीलाई निरुत्साहित गर्न भन्सार करमा शुल्क वृद्धि गरिएको' जनाएका छन् । राष्ट्रसंघीय आर्थिक लगानीसम्बन्धी अन्तर्रर्ााट्रय गोष्ठीमा भाग लिन दोहा आएका अर्थमन्त्री डा. भट्टर्राईले नेपाली कामदारलाई फजुलखर्ची नहुन र अनावश्यक विलासिताका सामान साथमा लिएर नजानसमेत आग्रह गरेका छन् । 'विदेशमा कमाउने, विदेशबाट सामान लैजाने, सिध्याउने अनि सुकुलगुण्डा बन्ने - यो त भएन नि,' टेलिभिजन, मोबाइललगायतका दैनिक उपभोग्य वस्तुमा लगाइएको ५० प्रतिशतसम्मको भन्सार करका कारण खाडीमा रहेका कामदारमा उब्जेको जिज्ञासा मेटाउ“दै उनले भने । उनले आफ्नो व्यक्तिगत उपयोग प्रयोजनमा लगिने एक-एक थान सामानमा भन्सार नलाग्नेसमेत बताए ।

दूतावासमा आयोजित भेलामा अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार डा.श्रीराम पौडेल, दूतावासका प्रथम सचिव रामकाजी खड्का, सहचरी प्रेम बराल, गैरआवासीय नेपाली संघका अन्तर्रर्ााट्रय सचिव सागर नेपाल, नागरिक समाजका करिब बक्स मिया, इन्जिनियर एसोसिएसनका नारायणप्रसाद चौधरी, जनप्रगतिशील मञ्चका होमनाथ शर्मालगायतले मन्तव्य राखेका थिए

No comments:

Post a Comment

प्रिय पाठक मित्रहरु तपाईंहरुले मेरो ब्लगलाई ब्राउज गरिदिनुभएकोमा धन्यवाद ! र लेख रचनाहरु को अध्यायन पछी कृपया कमेन्टपनी लेखी दिनुहोला तपाईंहरुको सल्लाह र सुझपनै मेरो सफलताको प्रतिक हुने छ । तर प्रतिकृया लेख्दा शिर्सक सँग सम्बन्धित प्रतिकृया लेख्नु होला । कृपया जताभाबी अपच शब्दको प्रयोग नगरिदिनुहोला । धन्यवाद ! धन्यवाद !! धन्यवाद !!!