Sunday, April 27, 2008

अज्ञात जिन्दगी

के हो जिन्दगी आफैलाई थाहा छैन
कुन मोड देखी कहाँसम्म ल्याएको छ ।
आज यो उराठ लाग्दो मरुभुमिको देशमा ।।

धेरै सपनाहरु बोकेर आएको थिएँ
सपना त आज निद्राको सपना जस्तो भएछ
कति आकाँक्षा र चाहनाहरु लिएको थिए
आफ्नो भबिस्य आफैले बनाउनु भनेर ।

धन हुनेलाई धनमाथि धन हुनेरहेछ
ऋण हुनेलाई केवल मन माथी मन्
सुख त होईन यो मनलाई दु:ख नै भयो
न त रातमा निद्रा न त दिनमा भोक भएछ ।

कसरी बिताउनु भयो दुई बर्षको लामो दुरीलाई
मनमनै अनेकौ कुराहरु कल्पिरहन्छु सधैभरी
औला भाँची दिनहरु गनिरहन्छु सधैभरि ।

अरुण धिमाल " विबश "
दमक-८ जमुझार, झापा
हाल:दोहाकतार

No comments:

Post a Comment

प्रिय पाठक मित्रहरु तपाईंहरुले मेरो ब्लगलाई ब्राउज गरिदिनुभएकोमा धन्यवाद ! र लेख रचनाहरु को अध्यायन पछी कृपया कमेन्टपनी लेखी दिनुहोला तपाईंहरुको सल्लाह र सुझपनै मेरो सफलताको प्रतिक हुने छ । तर प्रतिकृया लेख्दा शिर्सक सँग सम्बन्धित प्रतिकृया लेख्नु होला । कृपया जताभाबी अपच शब्दको प्रयोग नगरिदिनुहोला । धन्यवाद ! धन्यवाद !! धन्यवाद !!!