Friday, September 14, 2007

एउटा गित तिजको लयमा.......



एउटा गित गाउछु मैले तिजको लयमा
बिदेश आउने नेपालीको सुन्नुहोस वयन !

साना-साना बाल बच्चा रुन्दैहोलान घरमा
नेपाली हौ भन्न पनि लाग्छ मलाई सरम !

धेरै जसो दिदि बहिनी आफ्नो नम्बर बताउने
किन होला दाजुभाईले फोनमा सताउने !

साझ बिहान छाक टार्न गह्रो होला नेपालमा
२-४ सयको हाला कार्ड हाल्छन मोबाईलमा !

कस्लाई रहर हुन्छ बिदेशमा आउनलाई
बा आमाको मायालाई छाडी दु:ख पाउनलाई !

२-४ बर्ष बिदेश बसे मै हु भन्ने साथीभाई
राजा भन्दा ठुलो सोच्ने आफु आफैलाई !

२-३ सयको जागीर खाई गर्नछन कुरा हजारको
गाउँ घरको साथीभाई हुन्छन बजारको !

गाँउमा सँगै खेल्ने साथी कतार मा चिनिन्दैनन्
नेपालीलाई देखे भने बोल्न जान्दैनन् !

घरमा स्वास्नी छोरा छोरी बस्छन बाटो हेरेर
बाबा हिड्छन बिदेशमा केटी फेरेर !

साथीहरु पनि हिड्छन स्वार्थी सन्सार हेरेर
एक महिनामा दर्जनौ केटा फेरेर !

किन होला नेपालीमा यस्तो चलन आएको?
रुप पनि रैछ हजुर कुन दिनमै पाएको !

स्वार्थी सन्सार स्वार्थी मान्छे चलन यस्तै रैछ नै
साचो माया गर्नेलाई जोख्छन पैसामा !

नेपालमा बिहे गरी बिदेशमा आउनेलाई
झुटो कुरा नगरौ'है बिन्ती हजुरहरुलाई !

एउटा गित गाउँछु मैले तिजको लयमा
बिदेश आउने नेपालीको सुन्नुहोस वयन् !

@....अस्मिता
हाल : दोहा कतार / रासा

No comments:

Post a Comment

प्रिय पाठक मित्रहरु तपाईंहरुले मेरो ब्लगलाई ब्राउज गरिदिनुभएकोमा धन्यवाद ! र लेख रचनाहरु को अध्यायन पछी कृपया कमेन्टपनी लेखी दिनुहोला तपाईंहरुको सल्लाह र सुझपनै मेरो सफलताको प्रतिक हुने छ । तर प्रतिकृया लेख्दा शिर्सक सँग सम्बन्धित प्रतिकृया लेख्नु होला । कृपया जताभाबी अपच शब्दको प्रयोग नगरिदिनुहोला । धन्यवाद ! धन्यवाद !! धन्यवाद !!!