Thursday, January 1, 2009

कतारमा चासोक तङनाम

कासा// दोहा, किराँत याक्थुङ् एकता समाज दोहाले आदिम कालदेखि पुर्खाहरूले मान्दै आएको चासोक तङनाम -नुहागी खाने चाड) पर्व नेपाली दूतावासको सभाकक्षमा गत शुक्रबार आयोजना गरेका थिए ।
समाजका अध्यक्ष दिलकिरण खजुमको सभापतित्वमा सम्पन्न कार्यक्रममा राजदूत डा.सूर्यनाथ मिश्र, गैरआवासीय नेपाली संघका सचिव सागर नेपाल, नेपाल प्रवासी आदिवासी जन- जाति महासंघका उपाध्यक्ष जनक वाम्बुले राई, टीबी कार्की, कमलमणि गुरागाईं, बद्रीप्रसाद पाण्डे, देवकाजी डंगोल लगायतका अतिथिको उपस्थिति थियो । कार्यक्रममा राजदूत डा. मिश्रले लिम्बूहरूको परम्पराअनुसार पगरी ओढाएर च्याब्रुङ बजाउँदै कार्यक्रको थालनी गरेका थिए । समारोहमा विभिन्न गीत तथा नृत्यले उपस्थित समुदायमा मनोरञ्जन बाँडेको थियो ।

गायक डम्बर मिभक लिम्बू, के.बी.नेम्वाङ, युवराज बेघा, लक्ष्मी फियाक, बृजहाङ तुम्रोक, सुवास लिम्बूलगायतले सेवारो गीत गाएका थिए भने वाद्यवादनमा डी.एन. मगर, तोरण मगर, श्रवण योङहाङ्ग, कर्ण राई थिए । उत्सवमा डी.एन. मगरको सारङ्गी धुन, तोरण र श्रवणको पिनायो तथा बाँसुरीको धुन गुञ्जायमान बनेको थियो । युवराज लिम्बू, जयकुमार लिम्बू, डम्बर लिम्बू, रूपनन्द लिम्बू, रामप्रसाद लिम्बू, विष्णु लिम्बू, लोकबहादुर लिम्बू लगायतलको नृत्यमा पनि उत्तिकै मोह थियो । महिला कलाकारको पोसाकमा सजिएर नृत्य देखाउने जयकुमार, विमल, रूपनन्द र सुवासले दर्शकलाई अचम्मै बनाएका थिए । एकल नृत्यमा रेवत तामाङले 'सायद तिम्रो बाटोमा' गीतको बोलमा आफ्नो कला देखाए गोवर्द्धन राजवंशी, के.बी. नेम्वाङ्ग, अमृत एभेङ्ग लिम्बू, केवल पाहिम लगायतका कलाकारले आ- आफ्ना गीत पस्किएका थिए । अन्त्यमा लिम्बू गीत 'इवाकासे तेङ्गजुम्सो' भूपति लिम्बू र डम्बर लिम्बूले गाएका थिए ।

No comments:

Post a Comment

प्रिय पाठक मित्रहरु तपाईंहरुले मेरो ब्लगलाई ब्राउज गरिदिनुभएकोमा धन्यवाद ! र लेख रचनाहरु को अध्यायन पछी कृपया कमेन्टपनी लेखी दिनुहोला तपाईंहरुको सल्लाह र सुझपनै मेरो सफलताको प्रतिक हुने छ । तर प्रतिकृया लेख्दा शिर्सक सँग सम्बन्धित प्रतिकृया लेख्नु होला । कृपया जताभाबी अपच शब्दको प्रयोग नगरिदिनुहोला । धन्यवाद ! धन्यवाद !! धन्यवाद !!!