Monday, February 16, 2009

खाडीमुलुकमा महिला कामदारको पिडा

खाडी मुलुकमा नेपाल सरकारले घरेलु कामदारको रुपमा नेपाली महिलाहरुलाई नपाठाउने प्रावधान बनाएको भए पनि दलालहरु मार्फत भारतको बाटो हुँदै । कतार लगायत अन्य खाडीमुलुकमा घरेलु कामदारको लागी नेपाली महिलाहरु यहाँ आउने क्रम दिनानु दिन बड्दै गइरहेको छ । भरखरै मात्र नेपाल दुताकासको सरणमा आएका केहि नेपाली चेलीहरुलाई बिभिन्न संसस्था अनि बुद्धि जीवी तथा सहयोगी भावना भएका नेपालीहरुको रोहवरमा ति पिडीत चेलीहरुलाई प्लेन टिकेट उपलब्ध गराइ नेपाल फर्काएको केहि दिन वित्न नपाउदै । विदेशमा गएर आफ्नो नयाँ जिवनको सुरुवात गर्छु मेरो नामको पच्छि झुण्डीएको गरिवी शब्दलाई हटाउने छु । मेरो उज्वल भबिश्यको निर्माण गर्ने छु भन्ने बृहत सपना बोकि २ महिना अघी कतार आएकी, दमक-११, मालपोत टोलकी राधिका लिम्बूको पनि अन्य नेपाली चेलीहरुकोझै दयनीय अवस्था भएको छ । उनि नेपालबाट यहाँ आउन अगाडी एजेन्टले आफुलाई कम्पनीको कामको लागी पठाउने र मासिक तलब पनि ७५० कतारी रियल दिने प्रतिबद्धता गरेका थिए रे । र काम भने अफिसमा चियाँ बनाउने र बगैचामा पानी लगाउने भनेर तर राधिका जव कतारमा आइ पुगिन र उनिलाई थाहाँ भयो । उनि कम्पनीको कामको लागी नभई घरेलु कामको लागी आएकी रहेछिन् । त्यो पनि एक पाकिस्थानी परिवारमा। त्यसैले उनीले जुन घर मालिक को दुर्व्यबहार र अन्य समस्यालाई झेल्न नसकेर अहिले दुताबश्को शरणमा छीन । यसरीनै झुट आस्वसन देखाई सिधा-साधा नेपालीहरुलाई ठग्ने क्रम दिनानु दिन बृद्धि भईरहेकोछ । त्यसैले नेपाली दिदि-बहिनी तथा दाजुभाईहरु हामी आफै सजक हुनु नितान्त आबश्यक छ ।
नपाली पुरुष तथा महिलाहरु जो कोही पनि बिदेशिनु कुनै रहर होइन । यो आ-आफ्नो बाद्दयता हो । गरिवी, बेरोजगारी, राजनितिक अराजकता जस्ता गम्भिर समास्याका कारणले गर्दानै नेपालीहरु बैदेशिक रोजगारीको लागी बिदेशिनु पर्ने बाद्दयता सृजना भएको छ ।
तर यस्ता समस्यामा परि ठुलो रकम दलाललाई अशुल गरि बैदेशिक रोजगारीमा आउने नेपाली कामदारहरुले । भनेको जस्तो परिश्रामिक ज्याला नपाउने, सम्झाउता अनुसारको सुविधा नपाउने । अझै जटिल समस्या महिला घरेलु कामदारहरुले झेल्नु परेको छ । घर मालिकको दुरब्याबहार, २४सै घण्टा काममा लादिनु पर्ने खान बस्नको उचित ब्याबस्था नहुने, जस्ता समस्याले गर्दा उनिहरुमा शारिरीक अनि मानसिक अशर समेत पर्न गएको यर्थात घट्नाहरु छन् । त्यसैले जो कोहि पनि बिदेशिनु अगाडी आफु के कामको लागी? कति मासिक तलब? कति घण्टा सम्म काम गर्नु पर्ने? के-के सुबिधाहरु छन? मेरो दक्षता अनुरुपको काम हो की होइन? भन्ने यर्थाथ जानकारी लिएर मात्र विदेशिनु पर्ने सल्लाह र सुभब छ । र नेपाली दिदिबहिनीहरुलाई मेरो अनुरोध खाडीमुलुकमा तपाईलाई कुनै दलालले घरेलु कामदारको निम्ती विबिध प्रलोभन देखाई फसाउने प्रयास गर्दै छन् भने । तपाईको जस्तोसुकै दयनिय आर्थिक अबस्था भए पनि घरेलु कामदारको लागी खाडी मुलुकमा नआउनु होला । ति दलालहरुले भने बमोजिमको कुनै पनि सर सुविधा पाउनुहुने छैन । त्यसैले बेलैमा बुद्धि पुर्‍यौ, आफ्नो अस्तित्व अनी इज्यतको सम्रक्षण गरौं ।

सेवारो! डि बि लिवाङ

No comments:

Post a Comment

प्रिय पाठक मित्रहरु तपाईंहरुले मेरो ब्लगलाई ब्राउज गरिदिनुभएकोमा धन्यवाद ! र लेख रचनाहरु को अध्यायन पछी कृपया कमेन्टपनी लेखी दिनुहोला तपाईंहरुको सल्लाह र सुझपनै मेरो सफलताको प्रतिक हुने छ । तर प्रतिकृया लेख्दा शिर्सक सँग सम्बन्धित प्रतिकृया लेख्नु होला । कृपया जताभाबी अपच शब्दको प्रयोग नगरिदिनुहोला । धन्यवाद ! धन्यवाद !! धन्यवाद !!!