Saturday, January 19, 2013

कतारमा चासोक तङनाम २०६९ सम्पन्न




Chasok-Tangnam-qatar२१ डिसेम्वर, २०१२ का दिन किरात याक्थुङ चुम्लुङ कतार र किरात प्रवासी राष्ट्रिय मञ्च कतारको संयुक्त आयोजनामा दोहा नेश्नलको ढाका रेष्टुरेण्ट सभा हलमा एक भब्य समारोहका बिच “याक्थुङ संस्कृति हाम्रो पहिचान, संरक्षण सम्वर्धन गर्ने हाम्रो अभियान” भन्ने मुल नाराका साथ बिविध लिम्बु मनोरञ्जनात्मक साँस्कृतिक कार्यव्रmम सहित चासोक तङनाम–२०६९ सम्पन्न भएको समचार प्राप्त भएको छ । किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष तथा चासोक तङनाम–२०६९ मुल समारोह समितीका संयोजक श्री लोकेन्द्र कुमार तुम्रोकको सभापतित्वमा सम्पन्न भएको कार्यव्रmममा चुम्लुङका महासचिव श्री विर्जहाङ तुम्रोक र किरात प्रवासी राष्ट्रिय मञ्च कतारका सचिव श्री गोविन्द फियाकले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथी गैर आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका सचिव श्री टि.वी. कार्की, बिशेष अतिथी नेपाल प्रवासी आदिबासी जनजाती महासंघ कतारका अध्यक्ष श्री बिनेश तामाङ, गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतारका अध्यक्ष श्री अमृत गुरुङ, किरात प्रवासी राष्ट्रिय मञ्च कतारका अध्यक्ष तथा कार्यक्रम सहसंयोजक श्री विजय लाओती र किरात याक्थुङ चुम्लुङ कतारका प्रमुख सल्लाहकार श्री दिल किरण खजुम रहेका थिए ।

अतिथीहरुमा संघिय लिम्बुवान राज्य परिषद कतारका अध्यक्ष श्री नरेन्द्र एभेङ लिम्बु, नेपाल लोकतान्त्रिक मञ्च कतारका उपाध्यक्ष श्री चानक पोखरेल, नेपाली जनसम्पर्क समिती कतारका सभापति श्री बिमल सुबेदी, कतार नेपाली एकता समाजका श्री खिम बहादुर वुढा मगर, नेपाली जनप्रगतीशिल मञ्चका सदस्य जिवछ महतो, नेपाल प्रवासी मगर संघ कतारका अध्यक्ष श्री भीम तरामु मगर, किरात राई यायोक्खा शाखा, कतारका अध्यक्ष श्री धिराज चाम्लीङ राई, तमु समाज कतारका अध्यक्ष श्री बिमल गुरुङ्ग, नेपाल प्रवासी तामाङ्ग समाज कतारका प्रथम उपाध्यक्ष श्री कुमार मोक्तान, नेपाल प्रवासी भुजेल सेवा समाज, कतारका अध्यक्ष हेमेन्द्र खवास, प्रवासी सुनुवार सेवा समाज, कतारका अध्यक्ष श्री राम बहादुर सुनुवार, नेवा पुःच कतारका अध्यक्ष श्री राधेश्याम महर्जन, खस क्षेत्री सेवा समाज कतारका अध्यक्ष श्री हंसराज ढकाल, नेपाली महिला समाजका उपाध्यक्ष रोजिना वास्तोला, प्रवासी नेपाली मुस्लिम समाजका सल्लाहकार साकीर अली, मोरङ्ग सुनसरी सेवा समाज, कतारका अध्यक्ष श्री बिनोद भटराई, पाथीभरा सेवा समाज ताप्लेजुङका अध्यक्ष श्री लक्ष्मी गुरुङ, पाँचथर सेवा समाजका अध्यक्ष श्री मन कुमार आङबो, खोटाङ्ग सेवा समाज, कतारका अध्यक्ष श्री किसन चन्द्र राई, गुल्मी सेवा समाज कतारका अध्यक्ष श्री भरत सापकोटा, पाँचथर सेवा समाजका प्रमुख सल्लाहकार श्री छविरवण कटुवाल, अन्तराष्ट्रिय कलाकार संघ कतारका अध्यक्ष श्री डिएन मगर, नेपाली प्रवासी युवा सेवा समाज, कतारका अध्यक्ष छम परियार, किरात प्रवासी राष्ट्रिय मञ्च, कतारका सल्लाहकार अमर बहादुर साँवा लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उल्लेख्य मात्रमा उपस्थिती रहेको थियो ।
बिशेष अतिथी नेपाल प्रवासी आदिबासी जनजाती महासंघ कतारका अध्यक्ष श्री बिनेश तामाङद्धारा ब्यानर अनावरण गरि उदघाटन गरिएको थियो । प्रमुख अतिथी श्री टि.वी.कार्की, विशेष अतिथी श्री बिनेश तामाङ र श्री अमृत गुरुङले संयुक्त रुपमा दिप प्रज्वलन गर्नु भएको थियो । कार्यव्रmमका प्रमुख अतिथी गैर आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका सचिव श्री टि.वी. कार्कीले लिम्बुहरुको परम्परागत बाजा च्याब्रुङ्ग बजाएर कार्यक्रमको औपचारिक रुपमा समुदघाटन गर्नु भएको थियो । उक्त अवसरमा लिम्वु परम्परागत विधी अनुसार कियाचु कतारका अध्यक्ष श्री लोकेन्द्र कुमार तुम्रोकले प्रमुख अतिथी श्री टि.वी. कार्की, श्री बिनेश तामाङ र श्री अमृत गुरुङको शीरमा पाघा बाँधी दिएर संस्थाको तर्फवाट विशेष सत्कार प्रदान गर्नु भएको थियो ।
राष्ट्रिय गानबाट शुरु गरिएको कार्यव्रmममा ज्ञात अज्ञात सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण पछि किरात प्रवासी राष्ट्रिय मञ्च कतारका सह सचिव श्री मन कुमार योङहाङले स्वगत मन्तब्य गरेका थिए । भने लिम्वु साँस्कृतिक परिषद कतारका कलाकारहरुले “सेवारो याक्थुङवा केरेक आनीरो याक्थुङरे चासोक तङनाममो आदुमेरो” भन्ने लिम्बु भाषामा रचना गरिएको स्वागत गीतबाट अतिथी तथा आगन्तुकहरुलाई स्वागत गरेका थिए । चासोक तङनामको महत्व र विशेषता बारे कियाचु कतारका सदस्य श्री यतु कुमार सम्वाहाम्फे लिम्बुले प्रष्ट पारेका थिए ।
उक्त अवसरमा कियाचु कतारलाई बिभिन्न काल खण्डमा संस्थामा योगदान पु¥याउने सदस्यहरुलाई बिशेष अतिथी नेपाल प्रवासी आदिबासी जनजाती महासंघ कतारका अध्यक्ष श्री बिनेश तामाङको बाहुलीबाट कदर पत्र प्रदान गरिएको थियो । कदर पत्र पाई सम्मानित हुनेहरुमा क्रमश सुर्य बहादुर फोम्बो लिम्बु, मनराज आङबो लिम्बु, डम्वर लिवाङ लिम्वु, हरि भक्त जबेगु लिम्बु, नन्दराज लोवा लिम्बु, गुञ्जन माङलाक लिम्वु रहुनु भएको थियो । कियाचु कतारमा विभिन्न काल खण्डमा संस्थालाई विशेष सहयोग गर्ने समाजसेवीहरु श्री द्रोण बहादुर वस्नेत र श्री छवि रमण कटुवाललाई प्रमुख अतिथी श्री टि.वी.कार्कीको वाहुलीवाट सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
प्रमुख अतिथी गैर आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका सचिव श्री टि.वी.कार्कीले प्रवासमा रहेर पनि आफ्नो भाषा, लिपी र संस्कृति संरक्षण गर्ने जुन जमर्काे गर्नु भएको छ यो आफैंमा सह्रायिन कार्य हो भन्नु भयो । चासोक तङनाम अव कुनै समुदायको मात्र नभई राष्ट्रिय पर्व भएकोले सवैले मिलेर मनाउँनु पर्ने धारणा राख्दै सवैलाई शुभकामना दिनु भएको थियो । बिशेष अतिथी नेपाल प्रवासी आदिबासी जनजाती महासंघ कतारका अध्यक्ष श्री बिनेश तामाङले आदिवासी जनजातिहरुले उठाएको पहिचान सहितको संघियतालाई जातिय राज्य भनेर गलत ढंगले ठुला राजनैतिक दलहरुले अपव्याखा गरेकोमा आक्रोस व्यक्त गर्दै अव त्यस्ता दलहरुलाई जनताले आफ्नो हैसियत देखाउँने छन् । पहिचान भनेको भाषिक, साँस्कृतिक, धार्मिक र भौगोलिक जस्ता आधारभुत कुराहरु हुन तर खाली जातलाई मात्र वुझ्नु हुदैन भन्नु भयो । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतारका अध्यक्ष अमृत गुरुङले आज जसरी चासोक तङनाममा हामी सवै समुदायका मानिस एक ठाउँमा भेला भएर अत्यन्तै हर्ष उल्लासका साथ मनाई रहेका छौं त्यसरी नै नयाँ नेपालमा सवै जात जाति र समुदायको हक, अधिकार सुनिश्चित हुनु पर्नेमा जोड दिनु भयो । कार्यक्रम सहसंयोजक तथा किरात प्रवासी राष्ट्रिय मञ्च कतारका अध्यक्ष श्री विजय लाओतीले चासोक तङनाम एकै ठाउँमा मनाउँन पाएकोमा खुशि व्यक्त गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिनु पर्ने वताउँनु भयो । कियाचु कतारका प्रमुख सल्लाहकार श्री दिल किरण खजुमले चासोक तङनाम राष्ट्रिय पर्व हो यो समुदाय विशेषको मात्र होईन यसलाई सवैले मान्नु पर्ने धारणा राख्नु भयो । सो अवसरमा काङसोरे याक्थुङ कोषका अध्यक्ष समेत रहेका खजुमले काङसोरे याक्थुङ कोषद्धारा २०६८ सालको एसएलसी परिक्षामा लिम्वु समुदायवाट सवै भन्दा वढि अंक प्राप्त गरी उतिर्ण गर्ने ईभाङ ६ ईलामका पवन योङहाङ लिम्वुलाई काङसोरे याक्थुङ पुरस्कार २०६८ प्रदान गरिएको घोषणा समेत गर्नु भएको थियो ।
संघिय लिम्वुवान राज्य परिषद कतारका अध्यक्ष श्री नरेन्द्र एभेङ लिम्वुले पहिचान सहितको संघियताको जायज मागलाई गलत ढंगले परिभाषित गर्नु नाजायज भएको विचार राख्दै लिम्वुवान प्राप्तीको लागि कुनै पनि कसर वाँकी नराखी अन्तिम घडी सम्म लड्ने कुरा वताउँनु भयो । नेपाल लोकतान्त्रिक मञ्च कतारका उपाध्यक्ष श्री चानक पोखरेलले नेपाल वहु धार्मिक र वहु साँस्कृतिक विशेषताले युक्त सुन्दर देश भएकोले यस्ता संस्कृतिहरु राष्ट्रका सम्पति हुन यसलाई राज्यले संरक्षण गर्नु पर्छ भन्नु भयो । नेपाली जनसम्पर्क समिति कतारका सभापति श्री विमल सुवेदीले राष्ट्रले यस्ता सुन्दर संस्कृतिहरुलाई संरक्षण गर्नु पर्छ र हामी सवै नेपालीले यस्ता चाड पर्वहरुलाई मान्ने परिपाटीको थालनी गर्नु पर्छ भन्नु भयो । कतार नेपाली एकता समाजका खिम बहादुर वुढा मगरले आफ्नो संस्था जातिय राज्यको पक्षमा नरहेको प्रष्ट पार्दै संघियताको नाममा देशलाई टुक्रयाउँन नहुने कुरा वताउँनु भयो । मातृ संस्थाको तर्फवाट किरात राई यायोक्खा कतारका अध्यक्ष धिराज चाम्लीङ राईले आगामी दिनमा सवै किरातीहरुले एकै ठाउँमा मिलेर यो चाड मनाउँनु पर्ने धारणा राख्दै यस कार्यको लागि आफुले आजै देखि थालनी गरेको कुरा स्पष्ट पार्नु भयो । नेपाली महिला सकाजका उपाध्यक्ष रोजिना वास्तोला, र जिल्ला संस्थाको तर्फवाट पाँचथर सेवा समाज कतारका अध्यक्ष श्री मन कुमार आङवोले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा कियाचु कतारका अध्यक्ष लोकेन्द्र कुमार तुम्रोक र प्रमुख सल्लाहकार दिल किरण खजुमले संयुक्त रुपमा किरात याक्थुङ चुम्लुङ कतारका ११ जना आजीवन सदस्यहरुलाई प्रमाण पत्र र परिचय पत्र वितरण गरेका थिए । उक्त आजीवन सदस्यहरुमा चण्डिलाल तुम्बाहाङफे लिम्बु, हिमनाथ लोरिङदेन लिम्बु, मन कुमार आङबो लिम्बु, नन्द बहादुर लोवा लिम्बु, पदम बहादुर लोवा लिम्बु , लक्ष्मी फियाक लिम्बु, ललित बहादुर तुम्बाहाङफे लिम्बु, देउमान लेछर्वो लिम्बु , प्रेम बहादुर लिबाङ्ग लिम्बु, टिका येङदेन लिम्बु र कृष्ण बहादुर बेघा लिम्बु रहेका छन । कियाचु कतारको आजीवन सदस्य स्वत कियाचु नेपालको हुने व्यवस्था भए अनुसार उक्त आजीवन सदस्य प्रमाण पत्र र परिचय पत्रमा कियाचु नेपालका अध्यक्ष श्री उत्तम सिंह थाङदेनद्धारा हस्ताक्षर गरिएको छ । स्मरण रहोस हाल सम्म कियाचु कतारमा ११९ जनाले आजीवन सदस्य लिई सकेका छन ।
कार्यक्रममा आदुमेरो आदाङ्गवासे चासोक तङनाममो र आनी फु–नुसा माँघा लाजेओ भन्ने गीतवाट लिम्वु साँस्कृतिक परिषद कतारका कलाकारहरु बिमल सिगु लिम्बु, अर्जुन माङलाक लिम्बु, मन कुमार लिम्बु, भुमिका राई, सरस्वती गुरुङको वेजोड प्रस्तुती रहेको थियो । अझ परम्परागत लिम्बु गीत हाक्पारे साम्लोमा दियो कलस सहित श्यामसुहाङ हुक्पाचोङबाङ लिम्बु र अम्बर साँवा लिम्बुले हाक्पारे साम्लो प्रस्तुत गर्दा त गाउँ घरको झलझली याद आएको अनुभुती हुन्थ्यो । अर्काे खास मनारोञ्जन ९ जिल्लाका लिम्वुहरुको साथमा कियाचु कतारका सदस्य यतु कुमार सम्बाङफे लिम्बुको नेतृत्वमा लाईभ यालाङ्ग (धान नाच), र कलाकार गुञ्जन माङलाकको नेतृत्वमा के लाङ्ग (च्याब्रुङ्ग नाच) र माङ्गलाङ्ग (देव नाच) ले त झन आफ्नो गाउँ वस्ती र चाडवाडको अनुभुती गराएको आभास हुन्थ्यो ।
उक्त अवसरमा भाग्यशाली चिठ्ठा कार्यक्रमको नतिजा प्रकाशित गरिएको थियो । भाग्यशाली चिठ्ठा कार्यक्रममा विजेताहरु प्रथम पुरस्कार कुपन नं. ००१० महेश्वर चौधरी (ल्याप टप), द्धतिया पुरस्कार कुपन नं.०२५० सविन लिम्वु (एलईडी) तेश्रो पुरस्कार कुपन नं. ०७७८ मचिन्द्र राई (डिजीटल क्यामेरा) सान्तवना पुस्कार महिला हाते घडी तीन जनालाई राजन पौडेल, एल एन लिम्वु, श्याम मोक्तान र पुरुष हाते घडी तीन जनालाई मोहन लिम्वु, राजु शेर्मा र देवान राई रहेका छन् । कियाचु कतारका सदस्य श्री अशोक योङहाङ लिम्वुले संस्थाको तर्फवाट धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा सहभागी हुने सम्पूर्ण कलाकार, स्वयम सेवक, जलपान व्यवस्थापन समितीका व्यक्तिहरुलाई प्रमुख अतिथीबाट प्रशंसा पत्र प्रदान गरिएको थियो । चासोक तङनाम समारोहमा उपस्थित किराती तथा गैर किराती सबैमा कार्यव्रmमलाई सफल पार्न सहयोग पु¥याउनु भएकोमा आभार प्रकट गर्र्दै चासोक तङनाम २०६९ को शुभकामना सहित पुन आगामी बर्षमा पनि यसरी नै चासोक तङनाम मनाउँने बाचाका साथ किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष श्री लोकेन्द्र कुमार तुम्रोकले कार्यक्रम समापन गर्नु भयो । धन्यवाद । चुरेरो ।।
विर्जहाङ तुम्रोक
महासचिव
किरात याक्थुङ चुम्लुङ
दोहा, कतार
साभार//साझा चौतारी 

No comments:

Post a Comment

प्रिय पाठक मित्रहरु तपाईंहरुले मेरो ब्लगलाई ब्राउज गरिदिनुभएकोमा धन्यवाद ! र लेख रचनाहरु को अध्यायन पछी कृपया कमेन्टपनी लेखी दिनुहोला तपाईंहरुको सल्लाह र सुझपनै मेरो सफलताको प्रतिक हुने छ । तर प्रतिकृया लेख्दा शिर्सक सँग सम्बन्धित प्रतिकृया लेख्नु होला । कृपया जताभाबी अपच शब्दको प्रयोग नगरिदिनुहोला । धन्यवाद ! धन्यवाद !! धन्यवाद !!!