Saturday, January 19, 2013

जिउदै गाडेर मारिएका पत्रकार डेकेन्द्रको गीत युट्युबमा फेला पर्‍यो(भिडियो हेर्नुहोस)


काठमाडौ, माघ ५ - कोही त भैंसी ताराघाट,

धान पहेंलै मकै सेता

कोही त भैंसी वरम भिनाजु,

घुम कर्णाली फर्की यता

फाटेका टपरी चन,

धान पहेंलै मकै सेता

क्या भई मेरा कर्म भिनाजु,

घुम कर्णाली फर्की यता...

माओवादीद्वारा मारिएका दैलेखका पत्रकार डेकेन्द्र थापाले कर्णाली तीरमा बसेर कुनै बेला यसरी नै गाएका थिए । यो गीतलाई ध्रुव बस्नेतले खिचेका थिए ख्यालख्यालैमा । डेकेन्द्र हत्यालाई लिएर मुलुक तातिरहेका बेला ध्रुवले यो गीत सार्वजनिक गरेका छन् । पीडितलाई न्याय दिलाउने अभियानलाई बल पुर्‍याउन वृत्तचित्र निर्माता ध्रुवले यो गीतलाई बुधबार युट्युब मार्फत् सार्वजनिक गरेका हुन् ।

कणर्ाली किनारमा ढाका टोपी र खैरो इस्टकोट लगाएका डेकेन्द्रले दैलेखी भाकामा गाइरहेको भिडियो २ मिनेट २० सेकेन्ड लामो छ । ध्रुवले द्वन्द्वकालमा जिविसको काममा दैलेख जाँदा डेकेन्द्रले गरेको मित्रवत् सहयोग र मिलनसार व्यवहारलाई पनि सम्झे । 'यो भिडियो त्यही बेला खिचेको थिएँ,' ध्रुवले कान्तिपुरसँग भने, 'उनी कणर्ालीको तीरमा बसेर एकतमास गाइरहेका थिए, मैले जिस्किँदै कैद गरिहालें ।' डेकेन्द्रसँगको पुरानो संझनाको चिनोलाई अहिले सान्दर्भिक लागेर सार्वजनिक गरेको उनले बताए ।

कणर्ालीको परिवेश, विकास र परिवर्तनका भाव झल्कने गीत गाएका डेकेन्द्र समाज रूपान्तरण र विकासबारे सधैं चिन्तन रहने व्यक्तित्व रहेको समेत ध्रुवले दाबी गरे । उनले 'रक्ताम्य गराहरू', 'स्कुल्स इन द क्रस फायर', 'बरु मारिदिएको भए जाती हुन्थ्यो' जस्ता द्वन्द्व सम्बन्धी डकुमेन्ट्री बनाइसकेका छन् ।....भिडियो हेर्नुहोस....
March 2003   तिरको भिडियो हो ।



साभार//साझा चौतारी 

No comments:

Post a Comment

प्रिय पाठक मित्रहरु तपाईंहरुले मेरो ब्लगलाई ब्राउज गरिदिनुभएकोमा धन्यवाद ! र लेख रचनाहरु को अध्यायन पछी कृपया कमेन्टपनी लेखी दिनुहोला तपाईंहरुको सल्लाह र सुझपनै मेरो सफलताको प्रतिक हुने छ । तर प्रतिकृया लेख्दा शिर्सक सँग सम्बन्धित प्रतिकृया लेख्नु होला । कृपया जताभाबी अपच शब्दको प्रयोग नगरिदिनुहोला । धन्यवाद ! धन्यवाद !! धन्यवाद !!!