Thursday, October 29, 2009

कतारमा दिपावली तथा भाइटिका मनाइयो......

डि.वि.लिबाङ्ग/दोहाः हामी नेपालीहरु संसारको जहा र जुनसुकै अवस्थामा रहेपनि, परम्परागत रितिरिवाज, सस्कृतीलाई कहिल्यै भुल्ने छैनौं। यसरीनै बैदेशिक रोजगारीको शिलशिलामा दोहा कतारमा कार्यरत केहि नेपालीहरुले गत शुक्रबार र्कोनसको फेमीली पार्कमा सृष्टीको आरम्भ देखिनै चेलि र माईको अटुट सम्बन्ध बोकेको नेपालीहरुको पवित्र अनि महान चाड दिपावली तथा भाईटिका पर्व भब्यताको साथ मनाएका छन् ।


कार्यक्रम इन्दिरा दाहाल, बीनीता थापा र अन्नपर्ुण्ा पन्त लगायत केहि चेलीहरुद्धारा आयोेजना गरिएको भए पनि कार्यक्र निक्कै रोचक अनि अबिस्मरणीय भएको थियो । चेलीहरुको सकृयतामा आयोजीत तिहार तथा भाईटिका कार्यक्रमा निक्कै ठुलो सन्ख्यामा दिदी-बहिनी तथा दाजुभाईको सहभागीता रहेको थियो। कार्यक्रमा शुभकामना आदान प्रदान गर्नूको साथै विभिन्न रोचक कार्यक्रहरु पनि प्रस्तुत गरिएको थियो । कार्यक्रको अनत्यमा आगन्तुक सम्पर्ुण्ा दाजुभाईले चेलीहरुको हातबाट सप्तरङ्गी टिका पनि लगाएका थिए ।

केही तस्बिरहरु.............
ब्यत्ती गत समस्याको कारण समयमै यी फोटोहरु र यो समचारलाई प्रकाशन गर्नसकिन ढिलो भयो भनेर नहास्नुहोला है ल ।


फोटो डी बी लिवाङ

बिदेशमा चाड कसरी मनाइछ भनेर स्वदेशी आफन्तहरुलाई भिडियोमा देखेउने सोच गरेको थिए .  प्राबिधिक कठिनाईको कारण अहीलेनै अप्लोड गर्न सकिन म केही दिन पछि अप्लोड गर्ने छु है ल ।

2 comments:

  1. दाई यो दिपावालि भाई टिका मा रमाईलो भयो होला है......

    ReplyDelete
  2. भाई साँच्चै रमाइलो भएको थियो । दिदी बहिनीहरुले घरमा जस्तै गरि सेल रोटी बनएर ल्याएका थिए ।।।।।। एकछिन त नेपालनै बिर्सेंको थिए मैले ।

    ReplyDelete

प्रिय पाठक मित्रहरु तपाईंहरुले मेरो ब्लगलाई ब्राउज गरिदिनुभएकोमा धन्यवाद ! र लेख रचनाहरु को अध्यायन पछी कृपया कमेन्टपनी लेखी दिनुहोला तपाईंहरुको सल्लाह र सुझपनै मेरो सफलताको प्रतिक हुने छ । तर प्रतिकृया लेख्दा शिर्सक सँग सम्बन्धित प्रतिकृया लेख्नु होला । कृपया जताभाबी अपच शब्दको प्रयोग नगरिदिनुहोला । धन्यवाद ! धन्यवाद !! धन्यवाद !!!