Monday, October 19, 2009

चेलिलाई चिठ्ठी!!


स्नेही चेली.....
प्रदेशी दाईको तर्फबाट तिमीलाई अनमोल मायाका साथै अबिरल सम्झनाका लहरहरु.....! अनी २०६६सालको दिपावलीको मंगलमय शुभकामना ल !
शायद ती तरेली परेका खेतका कन्ला-कान्लामा अनी घरको चारकुने आगनिमा सयपत्री, मोखमली अनी गोदवरी धकमक्क फुलेको देखेर खुशीले गद गद हुन्दै पुतलिझै ती प्रत्येक फुलका थुङाथुङ संगै तिमी रमयौ होली। ती कलिलो मनभरी रङिबिरङी सपनाहरु सङालेर । पूर्वको क्षितिजबाट उदाएको सुर्य अस्तचालको छाहरिमुनी निन्द्राको काखमा पुग्दा सम्म टोलाउदै मेरो बाटो कुरेर प्रतिक्षा गर्यौ होली । अनी आज भाइटिकाको दिन "दिर्गजिबी जल" संगै अरुभाइहरुको परिक्रमा गर्दा, म सधैं बस्ने ठाममा नहुन्दा बिगतलाई सम्झन्दै, चित दुखाउदै कति रोयौ होली । सृस्‍टिको आरम्भदेखिनै चेली र माइतीको अटुट सम्बन्ध बोकेको पवित्र अनी महानचाड दिपावलीको " भाइटिकामा" यसपाली पनि तिम्रो सुकोमल ती हातले सयपत्री, मोखमली अनी गोदाबारी सहित माया र खुशीले गासिएको फुलको माला, यो मेरो गलामा पहिराउन नपाउदा अनी सप्तरङी इद्रेणी टिका निधारमा लगाउन नपाउदा । मलाई त्यो भन्दा धेरै खेद लागेको छ, जति तिमीलाई लाग्दो हो । आखिर जीवनमा सोचे र भनेको सबै कुरा नहुन्दो रहेछ । त्यसैले तिमीलाई मेरो सात बिन्ती छ । नरोऔ चेली नझार आशु !
खुशी साथ: *भइलिनीमा सङिनीहरु सित दिल खुलेर गाउ, *तिमीले गाएको गितमा हाम्रो सस्क्रिती परम्परा मौलाउदै जाओस, *मारुनी बनी मदलुको तलमा छमछमी नाच, तिमीले नाचेको नाचमा, हाम्रो पर्वको अस्तित्व झल्कन्दै जाओस, *प्रत्येक साझहरुमा दिपावलीको दिप जलाउदै जाऔ, *तिमीले जलाएको दिपज्योतीले अन्दकारलाई चिरे जस्तै राष्ट्रका सबै अशान्तिहरु चिर्दै जाओस, *अनी भोली पल्टको सुर्योदयसंगै सदा-सदाको लागि नेपाली भुमिमा दिगो शान्ती छाओस, सारानेपलीहरुले शान्ता अनी स्वतन्त्ररुपले बाँच्न पाओस !

-:समाप्त:-

No comments:

Post a Comment

प्रिय पाठक मित्रहरु तपाईंहरुले मेरो ब्लगलाई ब्राउज गरिदिनुभएकोमा धन्यवाद ! र लेख रचनाहरु को अध्यायन पछी कृपया कमेन्टपनी लेखी दिनुहोला तपाईंहरुको सल्लाह र सुझपनै मेरो सफलताको प्रतिक हुने छ । तर प्रतिकृया लेख्दा शिर्सक सँग सम्बन्धित प्रतिकृया लेख्नु होला । कृपया जताभाबी अपच शब्दको प्रयोग नगरिदिनुहोला । धन्यवाद ! धन्यवाद !! धन्यवाद !!!