Tuesday, October 28, 2008

के गर्छौ...??

मखमलि अनि सयपत्रिको माला उनेर के गर्र्छौ ?
नहुँदा माइति भाइटिकामा ढोका थुनेर के गर्र्छौ ?

लाइदिनु वल्लो पल्लो घरको दाजुभाईलाई
सबै भन्दा ठुलो माला मरै नाममा चुनेर के गर्र्छौ ?

दिन'लाई पनि खाल-खालको तरकारी सेलरोटी र
भर्लाको पातको टपरी बुनेर के गर्र्छौ ?

साथी संगीहरु, रातैभरि देउसी, भैलो खेल्दा
एक्ले तिमी मनमा कुरा बुनेर के गर्र्छौ ?

पाए पछि चिठ्ठि सुनेपछि हालखबर मेरो
परदेशमा माइतिको दुःख सुनेर के गर्र्छौ ?

सौजन्य दोहा//रासा

केबी किराँत
टाँडी-६, मोरङ्ग
Email-purbelisathi@hotmail.com

1 comment:

  1. साह्रै मन छुने कविता!

    ReplyDelete

प्रिय पाठक मित्रहरु तपाईंहरुले मेरो ब्लगलाई ब्राउज गरिदिनुभएकोमा धन्यवाद ! र लेख रचनाहरु को अध्यायन पछी कृपया कमेन्टपनी लेखी दिनुहोला तपाईंहरुको सल्लाह र सुझपनै मेरो सफलताको प्रतिक हुने छ । तर प्रतिकृया लेख्दा शिर्सक सँग सम्बन्धित प्रतिकृया लेख्नु होला । कृपया जताभाबी अपच शब्दको प्रयोग नगरिदिनुहोला । धन्यवाद ! धन्यवाद !! धन्यवाद !!!