- विक्रम सुब्बा
लेखिँदैछ अब एउटा नयाँ किताब
मानिसहरू भन्दैछन् –
किताबको कुनै पनि अध्यायमा
राजाका जुँगावाला टोपीले शिर उठाउँने छैन
रानीका कुटील मुस्कान कतै पोतिने छैन
युवराजका कामुक ठट्टाहरूको विवरण लेखिने छैन
युवराज्ञीको शिरमा दैवी शक्तीको ताज पहिर्याइने छैन
के के होला त त्यो किताबमा ?
किताबको कुनै पनि खण्डमा
पार्टीका अड्डाहरू
भाडाका टाँगन घोडा बाँध्ने अस्तवल हुने छैन
मन्त्रालयका नयाँ कुर्सीमा
पुरानो छाँयाले जागिर खाने छैन
व्यापारीको बगैँचाका हाँगाहरूमा
बेभिचारका सन्तानजस्तो फल फल्ने छैन
कतैबाट संचालित कुनै सिल्लीहरूले
संसदको माइकबाट विष फुक्ने छैन
गाउँ-घर-टोलको सुरक्षाको निम्ती
कुनै बन्दुकेको राइफल भर्ति हुने छैन
के के होला त त्यो किताबमा ?
किताबको कुनै पनि दफामा
महिलाका उज्याला आँखा थुन्ने आँशु हुने छैन
रैथाने मानिसको किपटका पर्खालबाट ढुंगाहरू थुतेर
पुराण वाचन गर्नेको आशन निर्माण हुने छैन
स्वदेश गानका ढुकढुकी चल्दा
दलितका छातीको धुनलाई विरहको पहिरोले तान्ने छैन
मधेसका निकुञ्जहरूबाट निस्किरहेका सुगंधहरूलाई कसैले
देसद्रोही कुर्ता र अनागरिक सुरुवाल पहिर्याउँने छैन
कर्णालीको नौरंगे डाँफेलाई फसाउँने इन्द्रजाल हुने छैन
के के होला त त्यो किताबमा ?
किताबको कुनै पनि हरफमा
लिम्बुवानको कञ्चनजंघामा स्वतन्त्र डुल्ने
ध्वाँसे-थ्याप्चे चितुवालाई धराप थापिने छैन
खम्बुवान-अरुणको हाक्पारालाई फसाउँने ढोडिया हुने छैन
तमुवान र मगरातलाई धसाउँने पाताले छाँगो हुने छैन
थरुहट र तामाङसालिङको निधारमा कालो वादल हुने छैन
झुप्राका छानाहरू जगल्ट्याउँने वतासको तुफान हुने छैन
खलंगातिर झरिरहेको बहुमुल्य जडीबुटी
कथाको केवल असहाय घाइते पात्र हुने छैन
तराइका अन्न सिरिफ चण्डालका लोकगीतको गेडा हुने छैन
के के होला त त्यो किताबमा ?
किताबको कुनै पनि अनुसूचिमा
मानिसका मुटु-कलेजो भेदन गर्ने सुइरो हुने छैन
छोरी-बुहारीको अस्मितालाई मुडाझैँ चिर्ने खञ्जहर हुने छेन
किसानको खेतले विधवा बस्ने मौसम आउँने छैन
मजदुरका हातहरू तुरुङ ठोक्ने शान्ति हुने छैन
विद्यार्थीका पठनपाठन रोक्ने घडि घुम्ने छैन
गायकले गीत गाउँदा कुनै हुकुमी ताल बज्ने छैन
कविहरूका अराजक उडानलाई बाँध्ने संहिता हुने छैन
स्वर्गजस्तो यो मेरो मुलुकमा
राक्षस उत्पादन गर्ने कारखाना हुने छैन
अब तिमी नै भन,के के होला त त्यो किताबमा ?
Thursday, May 29, 2008
श्रिलन्की महिला माथिको एक दु:खदायी त्यो दिन
भन्छन दु:खीलाई जहाँ गएपनि दुखै दु:ख, अनि सुखीलाई जहाँ गएनी सुखै सुख! यो भनाई साच्चैनै साबित रहेछ । बिचरी ए
क श्रीलङ्की महिला आफ्नो उज्वल भबिस्य निमार्ण गर्ने हैसियतका साथ ५ बर्ष अगाडी रोजगारिको सिलसिलामा खाडि मुलुकको साउदी अरबमा पुगेकी थियीन । उनिले ५ बर्ष सम्मको कमाई आफु आउँदा लागेको लगानी खर्च बाहेक, सबै पैसा आफु सँगै राखी घर फर्कने आसा गरिन र उनिले घ्रर फर्कने बेलामा पैसा भन्दा सुन लानुनै बेस होला भन्ने सोचिन र उनिको कमाईले सबै सुन किनि खुसिका साथ घर फर्किन । बिचरिको कस्तो दुरभाग्य रहेछ, दैबले पनि किन ती निर्दोष माथि यति ठुलो सजाय दिएको । ति महिला खुसिले गद गद हुन्दै प्लेन बा ओर्ली आफ्नो लग्गेज तान्न लागिन । उनि एकै पटक बिहोस भइन । सबैलाई अत्याईन, कुरा बुझ्दा बिचरिको लग्गेजनै एक छेउमा काटी सुन चोरी गरि दिएछन् । उनिले आशुँ सिबाय केहि पाईनन् त्यहाँ । त्यसैले हामी पनि देश बिदेशको यात्रा गर्नु पर्दा सतर्क पुर्ण तरिकाले यात्रा गर्नु जरुरि रहेछ भन्ने यो साचो घट्नाले पाठ सिकाएको छ ।
क श्रीलङ्की महिला आफ्नो उज्वल भबिस्य निमार्ण गर्ने हैसियतका साथ ५ बर्ष अगाडी रोजगारिको सिलसिलामा खाडि मुलुकको साउदी अरबमा पुगेकी थियीन । उनिले ५ बर्ष सम्मको कमाई आफु आउँदा लागेको लगानी खर्च बाहेक, सबै पैसा आफु सँगै राखी घर फर्कने आसा गरिन र उनिले घ्रर फर्कने बेलामा पैसा भन्दा सुन लानुनै बेस होला भन्ने सोचिन र उनिको कमाईले सबै सुन किनि खुसिका साथ घर फर्किन । बिचरिको कस्तो दुरभाग्य रहेछ, दैबले पनि किन ती निर्दोष माथि यति ठुलो सजाय दिएको । ति महिला खुसिले गद गद हुन्दै प्लेन बा ओर्ली आफ्नो लग्गेज तान्न लागिन । उनि एकै पटक बिहोस भइन । सबैलाई अत्याईन, कुरा बुझ्दा बिचरिको लग्गेजनै एक छेउमा काटी सुन चोरी गरि दिएछन् । उनिले आशुँ सिबाय केहि पाईनन् त्यहाँ । त्यसैले हामी पनि देश बिदेशको यात्रा गर्नु पर्दा सतर्क पुर्ण तरिकाले यात्रा गर्नु जरुरि रहेछ भन्ने यो साचो घट्नाले पाठ सिकाएको छ ।Sunday, April 27, 2008
अज्ञात जिन्दगी
के हो जिन्दगी आफैलाई थाहा छैन
कुन मोड देखी कहाँसम्म ल्याएको छ ।
आज यो उराठ लाग्दो मरुभुमिको देशमा ।।
धेरै सपनाहरु बोकेर आएको थिएँ
सपना त आज निद्राको सपना जस्तो भएछ
कति आकाँक्षा र चाहनाहरु लिएको थिए
आफ्नो भबिस्य आफैले बनाउनु भनेर ।
धन हुनेलाई धनमाथि धन हुनेरहेछ
ऋण हुनेलाई केवल मन माथी मन्
सुख त होईन यो मनलाई दु:ख नै भयो
न त रातमा निद्रा न त दिनमा भोक भएछ ।
कसरी बिताउनु भयो दुई बर्षको लामो दुरीलाई
मनमनै अनेकौ कुराहरु कल्पिरहन्छु सधैभरी
औला भाँची दिनहरु गनिरहन्छु सधैभरि ।
अरुण धिमाल " विबश "
दमक-८ जमुझार, झापा
हाल:दोहाकतार
कुन मोड देखी कहाँसम्म ल्याएको छ ।
आज यो उराठ लाग्दो मरुभुमिको देशमा ।।
धेरै सपनाहरु बोकेर आएको थिएँ
सपना त आज निद्राको सपना जस्तो भएछ
कति आकाँक्षा र चाहनाहरु लिएको थिए
आफ्नो भबिस्य आफैले बनाउनु भनेर ।
धन हुनेलाई धनमाथि धन हुनेरहेछ
ऋण हुनेलाई केवल मन माथी मन्
सुख त होईन यो मनलाई दु:ख नै भयो
न त रातमा निद्रा न त दिनमा भोक भएछ ।
कसरी बिताउनु भयो दुई बर्षको लामो दुरीलाई
मनमनै अनेकौ कुराहरु कल्पिरहन्छु सधैभरी
औला भाँची दिनहरु गनिरहन्छु सधैभरि ।
अरुण धिमाल " विबश "
दमक-८ जमुझार, झापा
हाल:दोहाकतार
Saturday, April 19, 2008
!!CONGRATULATION TO THE ALL WINNERS OF OUR LOTTERY PROGRAM!!
Below mentioned are the winners of the raffle draw coupon organized by M/S Nawa Jyotee Youth Family associate commission, Doha- Qatar, on the auspicious occasion of happy New Year 2065 B.S.
(A) 1St PRIZE WINNER। (21” Sony TV+ VDV player.
Mr. Jiwan Chamling ( Rame)
Goldhap-Shivir, Jhapa Nepal
Coupon No: 269
(B) 2nd PRIZE WINNER. ( Home Theatre )
Mr. Kamal Ghimire
Satashi - 4, Jhapa
Coupon No: 197
( C ) 3rd PRIZE WINNER. ( RCR Tape )
Mr. Chandra Bahadur Rai
Dharampur - 5, Jhapa
Coupon No: 046
( D ) 4th PRIZE WINNER. ( 1.8 Litre , Rice cooker )
Mr. Chandra Subba
Jharbari - 4, Jhapa
Coupon No: 311
( E ) 5th PRIZE WINNER. ( Black & Decker Press Iron )
Mrs. Kopila Budathikee
Shunsari Dharan
Coupon No: 117
Notice: If you have been winner of our lottery program and you are not received your prize to yet. You can contact us. +974-6534473 "Or" 5274147
Organized
NAWA JYOTEE YOUTH FAMILY, Associte Commition, Doha-Qatar
Friday, March 7, 2008
अरवमा महिला कामदार पठाउन बन्द गर
// नेपाली मन // साउदी अरब
हाल नेपालको जनसंख्या लगभग दुइ करोड नब्बे लाख पुगिसकेको छ जस्मा महिलाको संख्या झण्डै आधा भन्दा बढी छ । नेपाली सामाजिक संरचना र संस्कार हर्ेदा महिलाहरु घरमै बस्ने, चुल्हो चौको गर्ने, घरमा वालबच्चाहरुको हेरचाह गर्ने, गाइभैंसी वा खेतीपातीको काम गर्ने आदि महत्वपर्ूण्ा तर गैर आयमूलक कामहरुमै अल्भिmन बाध्य भएको पाइन्छ । जनसंख्याको आधा भन्दा बढी हिस्सा यसरी अप्रत्यक्ष रुपमा निश्त्रिmय जस्तै हुँदा देशको आर्थिक अवस्था ओरालो लाग्नु अस्वभाविक पनि होइन । तर एक्काइसौं शताव्दिको यो सूचना, संचार एवं विश्वव्यापीकरण संगसंगै नेपाली महिलाहरु पनि परम्परागत सामाजिक संरचनाबाट उन्मुक्ति पाउन खोज्नु सामान्य कुरा हो । संचारको यस युगमा नेपाली महिलाहरु परम्परागत रुपमा गरिराखेको चुल्हो चौको छाडेर विद्यालय, कलेजको साथसाथै रोजगारी र अझ बैदेशिक रोजगारीमा समेत जान शुरु गरिसकेका छन् । यस अवस्थामा समाजमा कमजोर हाम्रा नेपाली महिलाहरु कसरी आफूलाई त्यस कठिन कार्यमा अभ्यस्त बनाउलान् प्रश्न गम्भीर छ ।
बेैदेशिक रोजगारीको कुरा गर्दा नेपालको रोजगारीको श्रोत भारत नै हो । अझै पनि हाम्रो देशका कुना कुनावाट लाखौंको संख्यामा भारतमा रोजगारीको लागि भारतमा जान्छन् त्यस मध्ये महिलाको संख्या केहि बर्षयता ह्वात्तै बढेको पाइन्छ । खुल्ला सिमा र सजिलै जान पाइने हुनाले आम्दानीको श्रोतको रुपमा भारत जाने नेपाली महिलाहरुको संख्या बर्षोनी बढ्दैछ । हुन पनि सधै पिता वा परिवारको खटनमा रहेर दिएको खाने र लाउने हाम्रो परम्परागत संस्कारबाट असन्तुष्ट नेपाली महिला जमात समाजमा बढ्दैछ । यस अबस्थामा स्वदेशमा रोजगारीको राम्रो व्यवस्था नहुने, भए पनि पारिवारिक असहयोग एवं काममा हुने दर्ुर्व्यवहारबाट वाक्क भएर सुन्दर भविष्यको खोजीमा विदेशतिर हानिनु नेपाली महिलाको बाध्यता नै हो । तर यसरी विभिन्न सपना देखेर भारत पसेका लाखौं नेपाली चेलीहरु बर्म्बई लगायतका बेश्यालयहरुमा नारकीय जिवन विताइरहेका छन् । सामान्य रोजगारीमा लागेका महिलाहरु पनि श्रम ऐन वा अन्य कानुनको अभावमा अत्यन्त पिडित छन् । घरायसी काममा लागेका महिलाहरुको श्रम मात्र होइन यौन शोषण पनि गरिएको छ जुन अत्यन्त भयाबह रुपमा बढ्दैछ तर कमजोर नेपाल सरकारको कारण उनीहरुको आवाज सुन्ने कुनै निकाय छैन ।
हाल आएर फेरी नेपाली महिलाहरु भारतमा मात्र होइन अरवका खाडीहरुमा काम गर्न जाने क्रम बढ्दैछ । पढेलेखेका र टाँठा वाठा नेपाली युवाहरुको अवस्था समेत खाडी मुलुकहरुमा खतरनाक रहेको अवस्थामा नेपाली महिलाहरुको खाडी मुलुकहरुमा उपलव्ध रोजगारी अकल्पनीय रुपमा पिडादायी हुने कुरामा कुनै शंका छैन । कानुनी वा गैरकानुनी रुपमा नेपालबाट अरवतिर जाने नेपाली महिलाहरु विषेश गरी घरायसी काममा संलग्न छन् जस्ले गर्दा उनीहरुको अवस्था पिडादायी मात्र होइन नारकीय नै छ । मुश्लिम समाजमा महिलाहरुको हैसियत नोकर वा भनौं एउटा खेलौना जस्तो मात्र छ । उनीहरु घरमै वन्दीको रुपमा जिवन विताइरहेका छन् । यस्तो बन्द र आततायी समाजमा नेपाली महिलाहरुले घरभित्र काम गरिरहेका छन् । उनीहरु नेपालबाट लाखौं खर्च गरेर विदेशिएका छन् जस्ले चाहेर पनि नेपाल फर्किहाल्ने अबस्थामा हुदैनन् । यस्तो अबस्थामा उनीहरु मुश्लिम पुरुषहरुको यौन दासको रुपमा काम गर्न बाध्य छन् । आफ्नो कमजोर आर्थिक अवस्थाको कारणले त्यहाँ नेपाली महिलाहरु हदैसम्म शोषित भएको र त्यसको प्रतिकार गर्दा कतिले ज्यानै गुमाउनु पर्ने अवस्था समेत विद्यमान छ । यस्तो अवस्थामा नेपाल सरकारले आफ्ना नागरिक र विशेष गरी महिलाहरुको श्रम र यौन शोषण अन्त्य गर्न सरकारी स्तरमा केहि गर्न ढिला भइसकेको छ । घरभित्र अपराध हुने र ती कुराहरु कानूनबाट बर्जित भएपनि बन्द नभएको बर्तमान परिस्थितिमा नेपाली चेलीहरुलाई अरब मुलुकमा कामदारको रुपमा पठाउने कार्य तत्काल रोक्नु पर्दछ । भारत वा अन्य देशबाट गैरकानूनी रुपमा नेपाली महिलाहरु त्यता तर्फलैजाने दलालहरुलाई हदैसम्मको सजाय हुने कानूनी व्यवस्था गरिनु पर्दछ । अन्यथा हाम्रा चेलीहरु यौनपिपासु दानबहरुको शिकार सधै भइरहनेछन् । चेलीहरुको इज्जत लुटिएर कमाएको धनले हाम्रो उच्च आर्थिक स्तर र दह्रो राष्टिय अर्थतन्त्र हामीलाई चाहिदैन ।
Subscribe to:
Posts (Atom)