Sunday, November 11, 2007

नरौ आमा तिमि बिदेशि छोरालाई सम्झी!!


बर्षौ दिन बितिसके, बिदेश आएको पनि
फर्किएको छैन घर, मनै भए पनि
********************************************
गन्दै होलि मेरी आमा, औला भाचि भाचि
घरमा छोरा कहिले, आउने होला भनि
********************************************
बिदेश बस्न रहर होइन, मेरो भयो कर
जति औने दिन तोक्छु, उति सर्छन पर
********************************************
कसरि भनौ बिदेश बस्न, आमा मेरो रहर
चाड बाड आयो होला, गाँउ घरमा हिजो आज
********************************************
आए होलान साथि सँगी, चाड-बाड सम्झी
मन झनै रोयो होला, उनिहरुको आगमनलाई देखि
********************************************
भाग्य मेरो कस्तो रहेछ ?, बालुवाको घर जस्तो
भान हुन्छ जिवनमा, खडेरि लागे जस्तो
********************************************
नरौ आमा तिमि, बिदेशि छोरालाई सम्झी
फर्कि औनेछु अर्को साल, आमा तिमिलाई सम्झी
********************************************
आमा तिमिलाई सम्झी !
आमा तिमिलाई सम्झी !!
********************************************


डि. बि. सुब्बा
lungkhim@gmail.com

No comments:

Post a Comment

प्रिय पाठक मित्रहरु तपाईंहरुले मेरो ब्लगलाई ब्राउज गरिदिनुभएकोमा धन्यवाद ! र लेख रचनाहरु को अध्यायन पछी कृपया कमेन्टपनी लेखी दिनुहोला तपाईंहरुको सल्लाह र सुझपनै मेरो सफलताको प्रतिक हुने छ । तर प्रतिकृया लेख्दा शिर्सक सँग सम्बन्धित प्रतिकृया लेख्नु होला । कृपया जताभाबी अपच शब्दको प्रयोग नगरिदिनुहोला । धन्यवाद ! धन्यवाद !! धन्यवाद !!!