Pages

Monday, February 2, 2009

कसैले बुझेनन् मनको पीडा "विचार"(साभार//रासा)

विष्णु मायाँ
हाल-दोहा कतार


अविछिन्न आफ्नै पारामा दौडिरहेको यस जिन्दगीमा कुनै लक्ष्य प्राप्तिका लागी टन्टलापुर घाममा खटिनुपर्ने रहेछ । कोहिबेला घनघोर वषर्ात्मा होमिनु पर्ने रहेछ । सफलताको शिखर चुम्न चुनौतीको कठोर यातनासमेत हाँसीहाँसी सामना गर्नु पर्ने रहेछ । जहाँ मानविय भावना प्रेम, दयाँ जस्ता भावनाका गुणहरुलाई समेत पराइको आँचलमा सुम्पिएर जीवनको आदर्शलाई खोक्रो बनाएर आफ्नो लक्ष्य र सपना साकार पार्नुपर्ने रहेछ ।

यो कस्तो विवस्ता होला? यो कस्तो मजबुरी होला? आफ्नो परिचय आफ्नो मौलिकता समेत पैतालामा राखेर जीवनको आवश्कता पुरा गर्नुपर्ने किन? महान नेपालीको गौरवलाई समेत बेवास्ता गरेर नेपालीको छाँतीमा बदनामीको कालो पोतो पोत्ने यो विवश क्षण, यो मजवुरीको मुटु चिरिने विवशताको क्षण कसले दिएको? कोहीसँग उत्तर छ? नेपालीले ४५ ड्रि्रीको घाममा गैती र बेल्चा हान्नु पर्ने बिवश परिवेश कसले सिर्जना गरेको? सिउँदोको सिन्दुर र हातको खन्खन चुरीलाई चटक्कै छाडेर पराइको आँगनमा पराइको गुलामी गर्ने यो महान् अवसर कसले दिएको? समाजको तिखो बचन, सभ्य र सुसज्जित नामले चिनाउने समाजले आज एक अवला नारीलाई शोषण र दमन गर्ने मनसाय बोकेर आफ्नो स्वार्थ मनोकांक्षा तृप्त नहुँदा विभिन्न आरोप एवं लाल्छना लगाएर परिवार/समाजदेखि टाढा पुर्‍याउछन्, यो अधिकार कसले दिएको ? कोहिसँग उत्तर छ?

लोकतन्त्रर र प्रजातन्त्रको नाममा लाखौं नेपाली चेलीको सिउँदोको सिन्दुर पुछिएका छन् । यो कसले बुझेको छ? नारी स्वतन्त्रताको नाममा विभिन्न गोष्ठी सभाहरु सम्पन्न भएका छन् तर कसैले सोचेका छैनन् । ग्रामीण भेगमा जो दासताको सिकार भएर परिवारबाटै पीडित हुँदा आत्माहत्या गर्ने बाहेक विकल्प छैन ।
के त्यहाँ लोकतन्त्र, प्रजातन्त्र, नारी स्वतन्त्रता जस्ता परिवर्तित सोच र अधिकार पुगेका छन् त- एक छाकका लागी २४ घण्टा खटिँदा पनि विभिन्न आरोप लाल्छना लगाएर बदनामीको तितो बचन सहनर्ुपर्छ,नारी अधिकार परिवर्तनको नौलो किरण खाई, कहाँ छ??

No comments:

Post a Comment

प्रिय पाठक मित्रहरु तपाईंहरुले मेरो ब्लगलाई ब्राउज गरिदिनुभएकोमा धन्यवाद ! र लेख रचनाहरु को अध्यायन पछी कृपया कमेन्टपनी लेखी दिनुहोला तपाईंहरुको सल्लाह र सुझपनै मेरो सफलताको प्रतिक हुने छ । तर प्रतिकृया लेख्दा शिर्सक सँग सम्बन्धित प्रतिकृया लेख्नु होला । कृपया जताभाबी अपच शब्दको प्रयोग नगरिदिनुहोला । धन्यवाद ! धन्यवाद !! धन्यवाद !!!