Pages

Thursday, October 29, 2009

कतारमा दिपावली तथा भाइटिका मनाइयो......

डि.वि.लिबाङ्ग/दोहाः हामी नेपालीहरु संसारको जहा र जुनसुकै अवस्थामा रहेपनि, परम्परागत रितिरिवाज, सस्कृतीलाई कहिल्यै भुल्ने छैनौं। यसरीनै बैदेशिक रोजगारीको शिलशिलामा दोहा कतारमा कार्यरत केहि नेपालीहरुले गत शुक्रबार र्कोनसको फेमीली पार्कमा सृष्टीको आरम्भ देखिनै चेलि र माईको अटुट सम्बन्ध बोकेको नेपालीहरुको पवित्र अनि महान चाड दिपावली तथा भाईटिका पर्व भब्यताको साथ मनाएका छन् ।


कार्यक्रम इन्दिरा दाहाल, बीनीता थापा र अन्नपर्ुण्ा पन्त लगायत केहि चेलीहरुद्धारा आयोेजना गरिएको भए पनि कार्यक्र निक्कै रोचक अनि अबिस्मरणीय भएको थियो । चेलीहरुको सकृयतामा आयोजीत तिहार तथा भाईटिका कार्यक्रमा निक्कै ठुलो सन्ख्यामा दिदी-बहिनी तथा दाजुभाईको सहभागीता रहेको थियो। कार्यक्रमा शुभकामना आदान प्रदान गर्नूको साथै विभिन्न रोचक कार्यक्रहरु पनि प्रस्तुत गरिएको थियो । कार्यक्रको अनत्यमा आगन्तुक सम्पर्ुण्ा दाजुभाईले चेलीहरुको हातबाट सप्तरङ्गी टिका पनि लगाएका थिए ।

केही तस्बिरहरु.............
ब्यत्ती गत समस्याको कारण समयमै यी फोटोहरु र यो समचारलाई प्रकाशन गर्नसकिन ढिलो भयो भनेर नहास्नुहोला है ल ।


फोटो डी बी लिवाङ

बिदेशमा चाड कसरी मनाइछ भनेर स्वदेशी आफन्तहरुलाई भिडियोमा देखेउने सोच गरेको थिए .  प्राबिधिक कठिनाईको कारण अहीलेनै अप्लोड गर्न सकिन म केही दिन पछि अप्लोड गर्ने छु है ल ।

Monday, October 19, 2009

चेलिलाई चिठ्ठी!!


स्नेही चेली.....
प्रदेशी दाईको तर्फबाट तिमीलाई अनमोल मायाका साथै अबिरल सम्झनाका लहरहरु.....! अनी २०६६सालको दिपावलीको मंगलमय शुभकामना ल !
शायद ती तरेली परेका खेतका कन्ला-कान्लामा अनी घरको चारकुने आगनिमा सयपत्री, मोखमली अनी गोदवरी धकमक्क फुलेको देखेर खुशीले गद गद हुन्दै पुतलिझै ती प्रत्येक फुलका थुङाथुङ संगै तिमी रमयौ होली। ती कलिलो मनभरी रङिबिरङी सपनाहरु सङालेर । पूर्वको क्षितिजबाट उदाएको सुर्य अस्तचालको छाहरिमुनी निन्द्राको काखमा पुग्दा सम्म टोलाउदै मेरो बाटो कुरेर प्रतिक्षा गर्यौ होली । अनी आज भाइटिकाको दिन "दिर्गजिबी जल" संगै अरुभाइहरुको परिक्रमा गर्दा, म सधैं बस्ने ठाममा नहुन्दा बिगतलाई सम्झन्दै, चित दुखाउदै कति रोयौ होली । सृस्‍टिको आरम्भदेखिनै चेली र माइतीको अटुट सम्बन्ध बोकेको पवित्र अनी महानचाड दिपावलीको " भाइटिकामा" यसपाली पनि तिम्रो सुकोमल ती हातले सयपत्री, मोखमली अनी गोदाबारी सहित माया र खुशीले गासिएको फुलको माला, यो मेरो गलामा पहिराउन नपाउदा अनी सप्तरङी इद्रेणी टिका निधारमा लगाउन नपाउदा । मलाई त्यो भन्दा धेरै खेद लागेको छ, जति तिमीलाई लाग्दो हो । आखिर जीवनमा सोचे र भनेको सबै कुरा नहुन्दो रहेछ । त्यसैले तिमीलाई मेरो सात बिन्ती छ । नरोऔ चेली नझार आशु !
खुशी साथ: *भइलिनीमा सङिनीहरु सित दिल खुलेर गाउ, *तिमीले गाएको गितमा हाम्रो सस्क्रिती परम्परा मौलाउदै जाओस, *मारुनी बनी मदलुको तलमा छमछमी नाच, तिमीले नाचेको नाचमा, हाम्रो पर्वको अस्तित्व झल्कन्दै जाओस, *प्रत्येक साझहरुमा दिपावलीको दिप जलाउदै जाऔ, *तिमीले जलाएको दिपज्योतीले अन्दकारलाई चिरे जस्तै राष्ट्रका सबै अशान्तिहरु चिर्दै जाओस, *अनी भोली पल्टको सुर्योदयसंगै सदा-सदाको लागि नेपाली भुमिमा दिगो शान्ती छाओस, सारानेपलीहरुले शान्ता अनी स्वतन्त्ररुपले बाँच्न पाओस !

-:समाप्त:-

Friday, October 16, 2009

फोटो ब्लॉग / साभार :नेजा /

दीपावलीको अवशरमा विभिन्न स्कुल बीच भएको भैलो प्रतियोगितामा नृत्य गर्दै स्कुलका विधार्थीहरु। एक रोचक तस्बीर..

Thursday, October 15, 2009

** शुभकामना दीपावलीको **


** स्वदेश तथा बिदेशको कूना-कन्दरामा छरिएर रहनुभएका समस्त नेपाली दिदि-बहिनी, तथा दाजु-भाइहरुमा २०६६ सालको दिपावलीको पावन अवशरमा शुख सान्ती सम्रिद्दी एवम उत्तरोतर प्रगतिको मंगलमय भुभकामना प्रकट गर्दछु । **

Monday, October 12, 2009

डेनमार्कमा डोल्फिन माछा .........!

संसारको प्राणीहरुमध्य बौद्दिकस्थरको पहिलो बर्गमा मानबजातिलाई मानिन्छ, भने त्यसपछि डोल्फिन नामक माछालाई मानिछ । तर यसको हत्या कसरी गरिन्दै छ यहाँ? मैले युट्युबमा केही भिडियोहरु हेर्द जाँदा अचानक यो दु:ख लाग्दो भिडियो भेटे र यहाँ अप्डेट गरेको हुँ।

Sunday, October 11, 2009

क्यामेराको आँखाबाट....




बिभिन्न मुलुक बाट रोजगारिको शिलसिलामा दोहा कतारमा आएका बिदेशी नागरिकहरु छुट्टीको'दिन आफ्नो साथीरुसँग भेट्ने र कुन्नै पार्क या खाली ठाउमा भेलाभई हप्ताभरिको थकाई मेटाउने एकआपसमा आफ्ना समस्याहरु आदानप्रदान गर्ने चलन छ । तर हिजो आज त्यसरी जताततै बस्न घुम्नको लागी निषेध! गरिएकोहुनाले सुरक्षा कर्मिको कडा सुरक्षाको कारण जताततै हिंड्न र घुम्न नमिल्ने भएकोले । पैदल यात्रीहरु कतै टाउकोमा छरिपो बर्षने हो कि? भन्ने डरत्रास सहित् गलत मार्गबाट हत्तार-हतार रोड क्रस गर्दै !



दोहाको प्रमुख बसपर्कमा बस कुरेर बसेका केही यात्रीहरु ..........